Tag Archives: चन्द्र गुरुङ – Chandra Gurung

कविता : मैले बाँचेको शहर-१

~चन्द्र गुरुङ~ यो शहरको शरीरैभरि च्याउसरी उम्रेका कंक्रीट बील्डिङ्गहरू सबका सब -तन्काउँदै जीवन थाकेका ढाडहरू -उचाल्दै शान झुकेका टाउकाहरू -फुलाउँदै स्वाभिमान खुम्चिएका छातिहरू -उघार्दै सपना थुनिएका आँखाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता सङ्ग्रह : गणतन्त्रको खेती: आन्दोलन कविता २०६३

जनआन्दोलन २०६२-२०६३ मा सहादत प्राप्त गर्नु भएका सबै ज्ञात-अज्ञात सहीदहरूमा ससम्मान समर्पण गणतन्त्रको खेती: आन्दोलन कविता २०६३ – भाग – १ संयोजक नेपालीकविता डट कमको लागि विक्रम सुब्बा

Posted in कविता सङ्ग्रह | Tagged , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , | Leave a comment

कविता : अचेल मेरो गाउँ

~चन्द्र सिं गुरुङ्ग~ दिनहुँ हेर्छु घाँटु, सोरंठी र लोक दोहरीको नृत्यमा डम्फू, मादल र सारंगीको मौन धारण र गीति अक्षरहरुको शान्त मलामी माथि सल्लाघारीको डाँडामा बसेर जीर्ण तन र वितृष्ण मन बोकी शव यात्राको दृश्यावलोकन गर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : शहीद र पातहरू

~चन्द्र गुरुङ्ग~ जब जब जन्मभूमिका अङ्ग-प्रत्यङ्गलाई नोच्न थाल्छन् क्रूर नङ्ग्राहरूले र आमाको निर्दोष शरीरमाथि ताण्डव नृत्य गर्छन् अन्धा पाइतालाहरूले तब तब असंख्य सपूतहरू अन्धकारको विरोधमा राँको बनेर बल्दै

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : बदला

~ताहा मुहम्मद अली~ अनुवाद : चन्द्र गुरुङ कहिलेकाहीँ …म कामना गर्छु भेट्न पाए हुन्थ्यो युद्धमा त्यो मान्छे जसले मेरो बाबाको हत्या गरेको थियो र हाम्रो घरलाई ध्वस्त पार्दै निष्कासित गरिदिएको थियो मलाई एउटा सानो देशमा

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : देश

~चन्द्र गुरुङ~ अधबौसे युवकले मौकामा सदुपयोग गर्नलाई पर्समा चेपिराखेको छ ब्रान्डेड सुरक्षा कन्डमको ठूलो होर्डिङ बोर्डमा लेखिएको छ— निस्फिक्रीको ग्यारेन्टी यस्तो, सस्तो र सुलभ साधन होइन देश ! दिमागमा नाफाघाटाको ग्राफ कोर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : हिमाल, पहाड र तराइ

~चन्द्र गुरुंग~ असंख्य तेन्जिङ्ग र हिलेरीहरुका आक्रमणले घायल बनेका हिमालहरु हर क्षण झार्छन् हिउँको चिसो आँसु । कुनै आर्मी आफीसरको आदेश बमोजिम सजिएर हरियो कम्बैट ड्रेसमा

Posted in कविता | Tagged | Leave a comment

कविता : गिद्दहरु

~चन्द्र गुरुङ~ आजभोली, मेरो देशको आकाशमाथि लालच र पदलोलुपताका दुइ पखेटाहरु फिंजाई निर्दयी गिद्दहरु फेरी विचरण गर्न थालेका छन् जसका तीक्ष्ण लोभी नजरले प्रत्येक अवसररुपी चल्लालाई देख्न सक्छन् टाढैबाट चिन्न सक्छन् र मौका पाउन साथ झम्टिन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि र कविता–१

~चन्द्र गुरुङ~ ऊ एक कवि एउटा नयाँ कविता कोर्दै थियो । उसको कवितामा– आकाश, बादल, पुतली,

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : दिदिबहिनीहरु

~एकान्त श्रीवास्तव~ अनुवाद : चन्द्र गुरुङ दिदीबहिनीहरू घरभरि सुगन्धझैँ फैलिएका छन् । एकदिन उडी जाने छन् थाहा छैन हावाको कुन झोक्कासित । … रहने छ चर्को घाममा पनि

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : भुइँचालो र फूल

~चन्द्र गुरुङ~ एउटा फूल राखिदेउ त्यो सुनसान काखमा गएको छ निदर्यी भुइँचालो यहाँ उपद्रो मच्चाउँदै ।… आफ्नो सन्तानको यादमा रोइरहने उजाड मरुभूमि बनेको यो आमा मनमा चलोस संवेदनाको बतास । अर्को फूल टिपेर सिउरिदेउ त्यो तरुनीको केशराशिमा । बेपत्ता प्रेमीको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा देशको कथा

~चन्द्र गुरुङ~ ओ आफ्नो अनुहारभरि सुनौलो घाम बोकेर लेकबेँसी गर्ने राजकुमार जून झैँ लुकामारी खेलिरहने राजकुमारी बतासझैँ देउराली डाँडाकाँडा उडिहिँड्ने प्रियसी आऊ, म एउटा देशको कथा सुनाउँछु यस कथामा– सेता हिमालका शिरमा टेक्दै टेक्दै उक्लन्छन् स्वार्थी खुट्टाहरू आँखाभरि माया बोकेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छुटेको जीवन

~चन्द्र गुरुङ~ सखारै एउटा कलकलाउँदो दिन उदाउँछु दैनिकीको आकाशमा वल्लो छेउ, पल्लो छेउ घिसि्रन्छु अहोरात्र पसिनाको अविरल खोला बगाउँछु ढाडका कोमल हड्डीहरु खियाउँछु जोतिन्छु खुरन्धार मानौँ लानु छ आकाश-धर्ती नै ! समय यसरी बित्छ मनमा अड्दैन कर्कलाको पातमाथि नाच्ने शीतको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा भुइँचालो थाम्नु छ मुटुभित्र

~चन्द्र गुरुङ~ हिँडिरहेको एउटा मस्त घाम मध्याह्न दिन, चिप्लिझर्छ धरहराको निँधारबाट … घामसँगै लडिझर्छन् उज्यालाहरु दुर्धटनाग्रस्त बन्छन् आशाका किरणहरु । हेर्दाहेर्दै अन्धकारको साम्राज्य फैलिन्छ अस्त–व्यस्त दृश्यहरुको भीड लाग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्म र अफिम

~चन्द्र गुरुङ~ सडकैभरि पोखिएका भक्तजन् जोरदार चिच्च्याइरहेछन् भजनकीर्तन उफ्रिँदैछन् जोश र आक्रोश कुनातिर कोही फुसफुसाइरहेछ ओऽऽऽम माने पेमे ओऽऽम माने पेमे ओऽऽम माने पेमे चर्चभित्र रनभुल्लमा छ क्यारोलको लय मस्जिद वरिपरि पखेटा फटफटाइरहेछ आजानको पंक्षी लट्ठिएको छ समय- गल्ली-गल्ली, चोक-चोक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देश, कुकुरहरू र हड्डी

~चन्द्र गुरुङ~ गल्लीतिर चोकहरूमा उनकै कुरुप र क्रूर अनुहार डुलिरहन्छन् फोहरी र तिखा दाँत देखाउँदै भुकिरहन्छन् कर्कश स्वरमा आतंक । निर्दयीहरू एकआपसमा भिडिरहन्छन् लुछाचुँडी गरिरहन्छन्

Posted in कविता | Tagged | Leave a comment

अनूदित छोक : डर

~गोरख पांडेय~ अनु : चन्द्र गुरुङ उनीहरू डराउँछन् खै किन डराउँछन् उनीहरू कि सारा धन-सम्पत्ति गोला-बारूद, पुलिस-सेना हुँदा हुँदै पनि ?! उनीहरू डराउँछन्

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : पोस्टमार्टम रिपोर्ट

~चन्द्र गुरुङ~ यो लास त्यही मान्छेको हो– प्रत्येक तोडफोडमा जो बोक्दै विदेशी भाला र तरबार खोज्थ्यो आफ्नै दाजु–भाइका स्वदेशी टाउकाहरू, हिँड्थ्यो जसका प्रतिगमनकारी खुट्टाहरू –कुनै निरङ्कुश शासकलाई अग्रगमनकारी भन्दै –विष्णुको विशुद्घ अवतार मान्दै दरबाररूपी जीर्ण मन्दिरमा पुनःस्थापित गर्न ।

Posted in कविता | Tagged | Leave a comment

अनूदित छोक : दंगा-2

~गोरख पांडेय~ अनु : चन्द्र गुरुङ यसपटक दंगाफसाद निकै ठूलो थियो निकै परेको थियो रगतको वर्षा

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित छोक : कुर्सी

~गोरख पांडेय~ अनु : चन्द्र गुरुङ जबसम्म ऊ भुइँमा थियो कुर्सी नराम्रो थियो कुर्सी पाउने बित्तिकै उसलाई

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : नाकाबन्दी र केही टुक्रा …

~चन्द्र गुरुङ~ १ बन्द गर– नून, तेल र, ग्याँस । युगौँदेखि यी थोक खाएर बाँचिरहेको होईन मेरो स्वाभिमान । २ नाकाबन्दी गर अन्धकारमय बनाऊ हाम्रा दिनहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : अचेल हामी भेट हुँदा

~चन्द्र गुरुङ~ अचेल हामी भेट हुँदा- उपलब्धिका निजी डम्फु जोरसोर बजाउँछौँ श्रीमतीहरू गरगहनामा गजब चम्कन्छन् धनसम्पत्ति ज्यादै वाचाल बन्छन् रहन्छन् अनेकथरी प्रयास आफूलाई सर्वोत्कृष्ट साबित गर्ने ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा भुइँचालोे थाम्नु छ मुटुभित्र

~चन्द्र गुरुङ~ हिँडिरहेको एउटा मस्त घाम मध्याह्न दिन, चिप्लिझर्छ धरहराको निधारबाट …… घामसँगै लडिझर्छन् उज्यालाहरू दुर्धटनाग्रस्त बन्छन् आशाका किरणहरू । हेर्दाहेर्दै अन्धकारको साम्राज्य फैलिन्छ अस्त–व्यस्त दृश्यहरूको भीड लाग्छ अतास र हाहाकारको संयुक्त जुलुस निस्किन्छ ।

Posted in कविता | Tagged | Leave a comment

अनूदित छोक : दंगा-1

~गोरख पांडेय~ अनु : चन्द्र गुरुङ छुरी घोपेर कराए … हर हर महादेव छुरी घोपेर कराए … अल्लाह-हू-अकबर कोलाहल बन्द भएपछि

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : गाह्रो त मलाई छ

~कुमार अम्बुज~ अनु : चन्द्र गुरूङ सडकतिर, कौसीहरूमा टिभीमा, रेलगाडीमा, अखबारमा चारैतिर छन् धर्मको झण्डा उनीहरूलाई के गाह्रो हुनु, गाह्रो त मलाई छ म जो रिक्सा चलाउँछु म जो बिंडी बनाउँछु म जो उखु उमार्छु म जो ट्रैफिकमा फस्छु

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : एउटा धूर्त बकुल्लो

~चन्द्र गुरुङ~ आँखाहरू बन्द छन् अनुहारभरि फैलिएको छ मौनता … एक खुट्टामा उभिएर ध्यानमग्न छ बकुल्लो । कति शान्त कति सौम्य कति शालीन र, भद्र अनुहार ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एक अनुरोध

~चन्द्र गुरुङ~ आफ्ना कलिला कलिला औँलाहरू दोब्रयाउँदै जीवनलाई एक एक हिसाब लाउँदा मेरो सानो मुठ्ठीमा पर्न आएका छन् मात्र दुर्भाग्यपूर्ण दिनरातहरू । मेरा यी दुई हातहरू छन् उनकै सेवामा व्यस्त कि, आँैलाहरूले स्पर्श गर्न पाएका छैनन् जीवनलाई । खुट्टाहरू खटेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक आत्मीय साथीको लागि…

~चन्द्र गुरुङ~ चियादोकानहरूमा– पहिलो कपबाट अर्को खाली कपमा आधी जति सार्दै चियाको घूँट घूँट हामी बाँड्छौँ सहृदयता । क्लासरूम,

Posted in कविता | Tagged | Leave a comment