Tag Archives: Buddhisagar

कविता : म हुनेछु

~बुद्धिसागर~ बसमा अगाडिपट्ट, आमाको काखमा उफ्रिंदै मुस्कुराइरहेको बालकलाई आँखा झिम्काउँदै मुस्कुराइदिनू, त्यही मेरो कलिलो मुस्कान हुनेछ । बाटोमा

Posted in कविता | Tagged | Leave a comment

गजल : ती चारा जलेपछि

~बुद्धिसागर~ भोकै मरे बचेरा ती चारा जलेपछि आगो पिई बाँचे कति धारा जलेपछि निलोनिलो आकाश पनि भइदिन्छ कालो टिलपिले यौटा सानो तारा जलेपछि

Posted in गजल | Tagged | Leave a comment

Translated Poem : Ruksana’s letter

~Buddhi Sagar Chapagain~ Translated by Yuyutsu Sharma Perhaps moonlight died in the gloom of your burka— Eid’s full Moon. Ruksana, at this moment what could I send you except these words? While placing the morsel of bread in your mouth … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Poem : March 27, 2003

~Buddhi Sagar Chapagain~ Translated by Yuyutsu Sharma In the fast fading blood has been drenched the empty vacuum flask, the lost ring and the ladyfinger close by has been blown off by the bullet. Under the merciless sun in a … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

गजल : यहाँ कुनै हाता छैन

~बुद्धिसागर~ जिन्दगीको फूल रोप्ने यहाँ कुनै हाता छैन आस्थालाई बचत गर्ने यहाँ कुनै खाता छैन धनी गरीब उँच‍नीच यही हाम्रो रीत भयो सबै अट्ने समानताको यहाँ कुनै छाता छैन

Posted in गजल | Tagged | Leave a comment

कथा : बकैनाको बूढो रुख

~बुद्धिसागर~ समयले आरुका रुखमा ‘हाइटेक सपना’ फुलाएको छ, आरुबारीमा । आरुबारी बसपार्कको उँभोतिर एउटा पीपलको रुख कसैलाई कुरेर बसेको छ, टुक्रुक्क । त्यसकै तल उमेरले धेरै रिंग्याएकाजस्ता वृद्ध पनि टुक्रुक्क बसेका छन् । के यिनले चिन्लान्, उनलाई ? उनले भनेका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Poem : My mother and I

~Buddhi Sagar Chapagain~ Translated by Yuyutsu Sharma Every morning my mother looks into the other end of the sky and says— Look son, even last night sky got aflame. I do not understand a thing. What I do understand is—

Posted in Translated Poem | Tagged , | Leave a comment

संस्मरण : यो रेडियो नेपाल हो

~बुद्धिसागर~ घरमा एउटा मात्र रेडियो थियो । बा राति पौने नौ बजेको बीबीसी नेपाली सेवा सुनेपछि मात्रै निदाउनुहुन्थ्यो । त्यसैले रेडियो राति बाकै सिरानमा हुन्थ्यो । म बा-आमाको ओच्छ्यान छेउमा ठडिएको ठूलो आलमारी पछाडि सुत्थें । घरका सबैमा चाँडै सुतेर … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : फिरफिरे

~बुद्धिसागर~ त्यो मोजाको फुटबल त्यो हरियो चउर त्यो खोलाको पौडी त्यो बालुवाको घर त्यो असारे झरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : सम्भावनाको ढोका खोल्ने उपन्यास

~हरि अधिकारी~ युवाकवि बुद्धिसागरको उपन्यास कर्नाली ब्लुजको प्रकाशनलाई नेपाली साहित्यको संसारमा यसवर्ष भएको एउटा महत्त्वपूर्ण घटनाका रूपमा लिन सकिन्छ । उपन्यासमा केही उल्लेख्य घटना छन्, जसले यस कृतिलाई पठनीय र मननयोग्य बनाएका छन् । गत वर्ष उर्गेनको घोडा लिएर आएका र चर्चा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : बुद्दिसागरको ‘फिरफिरे’ उडान

~जनकराज भट्ट~ बुद्दिसागरका पुस्तकहरु भन्दा बढी कथावाचनको र मान्छेको फ्यान हुँ म । उनले फिल्म हेर्दा र डेटिङ जाँदाका सुनाउने किस्सा अहिले पनि ग्याङमा हिट छन् । अति साधारण लाग्ने घटना पनि साह्रै स्वाद लाग्नेगरी पस्किनसक्नु उनको खुबी हो । … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

संस्मरण : म्याटिनी सो

~बुद्धिसागर~ रिले दौडको अन्तिम खेलाडीझैँ बेस्मारी दगुरेर रात टीकापुर आइसकेको थियो । घरघरमा बत्ती बलिसकेका थिए । अँध्यारो देख्नेबित्तिकै मेरो सातो गयो । दर्शकहरू फिलिम हल देब्रेतिर बनेको ट्वाइलेटतिर दगुरिरहेका थिए । मानिसको पिसाब फिलिम हलको देब्रेतिरबाट सहर पसिरहेको थियो … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : म मरे पछि

~बुद्धिसागर~ के के न गरौंला भन्ने छियो जिन्दगीमा। खेरै गो। यसरी यत्ति चाँडै मर्एला भन्ने त थिएन। मरिहालेँ। बिहान सवा ३ बजे उठेर बाथरुम गएको थिएँ। फर्किएर ओछ्यानमा पल्टिएँ। त्यस्सैबेला छाति चसक्क भएको थियो। निदाए हुँला सोचेको थिएँ। ज्या मरेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भूतमान्डु

~बुद्धिसागर~ कानमा कसैले मुखै जोडेर बोलेजस्तो लागेको थियो। खासमा मेरो कानको भित्रपट्टि उडुसले फन्का लगाइरहेको रै’छ। ब्युझँदा म ठमेलको कुनै थोत्रो र सस्तो होटेलको पुरानो पलङमा लम्पसार परेको थिएँ। सिरानीबाट रक्सीको बासी गन्ध आइरहेको थियो। डकार निस्क्यो। आफ्नै मुखबाट निस्केको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : राजधानीमा हामी

~बुद्धिसागर~ रहस्यको प्राचीन उपत्यकामा कैद भित्र-भित्र बाँसझैँ सुकेका बाहिर-बाहिर बेसारझैँ पहेँलिएका भएजति आँसु कतै धितो राखेर भएजति हाँसो कतै ‘सेल’मा टाँगेर

Posted in कविता | Tagged | Leave a comment

कविता : रत्नपार्क

~बुद्धिसागर~ बेरोजगार रामेश्वरले भर्खर थुकेको दादाखैनीको छाप छैन मेटिएका । पहिरो पीडित दिलकुमारी सोताङ्गले चिरा पारेका हरिया काँक्राका बियाँहरु झर्न पाएका छैनन्-भुइँमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पच्चीस वर्षो सँघारमा

~बुद्धिसागर~ आज त्रि्रो अहम्को छाती कुल्चेर म फिर्ता गरिरहेछु त्रि्रो नागरिकता देश ! तिमी मलाई फिर्ता देऊ- मेरा बितेका चौबीस वर्षरू !

Posted in कविता | Tagged | Leave a comment

कविता : कालो दाग

~बुद्धिसागर~ म एउटा गरिब तारा झर“े – धर्तीको कुनै प्राचीन खो“चमा ‘ऊ … तारा खस्यो’ आ“खा चिम्लिएर प्रेमको दर्ीघायुका लागि उभिए होलान् मायालुहरू लेउ जमेको पोखरीको किनारमा

Posted in कविता | Tagged | Leave a comment

कविता : साँझमा वसन्तपुर

~बुद्धिसागर~ दिनभरि घाममा पग्लिएकामन्दिर र मूर्तिहरूफेरि जमिरहेछन्र दिनभरि घाममा जमेकाआइमाई र लोग्ने मान्छेफेरि पग्लिरहेछन् । प्रत्येक साँझ वसन्तपुरचटपटे/ममः/आइसक्रिमभएर बेचिन्छ, र प्रत्येक साँझ वसन्तपुरमा यौटी केटी मनी ब्यागसँगै सपना हो कि यौवन ? लुटाएर घर फर्किन्छे । दिनभरि जुलुस र सभाले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेहरू माझ तिमीलाई

~बुद्धिसागर चपाईं~ मान्छेहरूमाझ तिमीलाई जाऊँ त कसरी जाऊँ हिँडेर कहिल्यै नसकिने बाटाहरू छन् उक्लेर कहिल्यै नसकिने पहाडहरू छन् यी दुवै हत्केलाभन्दा धेरै चाक्लो आकाश छ कहिले बन्ला त्यो झोलुङ्गे पुल

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी हजुरलाई

~बुद्धिसागर चपाईं~ मैले हजुरलाई हरियो सुगाको प्वाँखसँगै पठाइदिएको थिएँ दैलेखी चिसोचिसो बतास जो मर्ुछा परेको छ ठोक्किएर नरिवलको अग्लो रुखजस्तो बिजुलीको खम्बामा

Posted in कविता | Tagged | Leave a comment

कविता : यसपालिको सपना

~बुद्धिसागर~ गएको वैशाख रिन तिर्न फर्कियो रुख—रुखमा कलिला पात टाँगेर गयो गएको हिउँद रिन लिन फर्कियो रुखलाई बुच्चै पारेर सारा पात टिपेर फर्कियो

Posted in कविता | Tagged | Leave a comment

कथा : स्मृति बिक्री केन्द्र

~बुद्धिसागर~  उर्खमाउलो गर्मी थियो। सारा काठमान्डु पसिना चुहाइरहेको थियो। अगाडि ठडिएको भव्य ढोकातिर हेर्दा मेरा निधारका पसिना आँखाभित्र पसे। आँखा चहराउन थाले। भव्य र ठूलो ढोका कालो सिसा लगाइएको थियो। ढोकाको निधारमा ठूलो साइनबोर्ड थियो -स्मृति बिक्री केन्द्र। भर्खरै भित्रबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : पिता

~बुद्धिसागर~   हजुरका बाको एकतारे अहिले कहाँ छ?’ एकजना संगीतप्रेमीले एसएमएसमा सोध्नुभो। ‘कटासे बजार सर्दा छुटेछ,’ मैले उत्तर दिएँ, ‘अहिले त कतै पनि छैन होला।’ हो, मेरा पिता एकतारे बजाउनुहुन्थ्यो, गजबसँग। सानो छँदा पिताले गरेका सबै कुरा राम्रा र भरपर्दा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : एक्लो भगवान्

~बुद्धिसागर~ तीखो धुवाँलाई चिर्दै म भित्र पसेको थिएँ ।  मैतीदेवीको व्यस्त चोकको भित्रपट्टिको क्याफेमा झुन्डझुन्ड मानिस मौरीझैं भुन्भुनाइरहेका थिए । सोमालियाको बाघ भोकले दुब्लाएर बिरालो भएझैं, त्यो क्याफे पनि सन्निपातले ग्रस्त रोगीझैं जीर्ण र लथालिंग देखिन्थ्यो, भट्टीबाट क्याफेतिर बढेको तर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मैले भगवान देखें

~बुद्धिसागर~ ०५५ भदौको दोस्रो हप्ता । बिहान नौ बजे । मैले २९ नम्बरको गोल्डस्टार जुत्ता गोडामा बाधें । मान्म बजार फन्का लगाएँ । जुत्ता टपक्क टाँसिएका थिए । पाइताला रापिला भए । म जुत्ता छान्न कहिल्यै जान्दिनँ । कि त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : धन्यै मरिगएको ..

~बुद्धिसागर ~ कात्तिक अन्तिम हप्ता थियो, सायद। बिहानैदेखि ‘भिआइपी’ साहुजीलाई छट्पटी थियो। होटलको नाम ‘भिआइपी’ राखेदेखि उनको नामै भिआइपी साउजी भएको थियो। सधैं दौरासुरुवाल र स्टकोटमा यताउता दगुरिरहन्थे। त्यसदिन हतार झन् बढेको थियो। मसित उनका नौ-दस वर्षका दुइ छोरा र एक्काइसवर्षे … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : छोरी माग्न जाँदा..

~बुद्धिसागर~ करिब एकवर्ष अघि जन्डिसले ग्रस्त एकजना मित्रले पुरानो बानेश्वरको आफ्नो घुर्मेलो डेरामा बोलाएर मलाई भनेका थिए, ‘कविजी, अब बिहे गरौं।’ म हाँसेँ। ‘बिहे नगरेर नै मलाई जन्डिस भएको हो।’ म झन् हाँसेँ। ‘हेर्नुस्,’ उनी भावुक पनि भए, ‘खाना राम्ररी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातभर चन्द्रमा खसिरह्यो

~बुद्धिसागर ~ पुराना दिन पुराना लुगा होइनन्, मनलाग्दा टक्टकाउन मिल्ने। पुराना कैयौं दिन यस्ता हुँदारैछन्, जो भित्री दिमागमा चेपिएर बसेका हुन्छन्, कहिलेकाहीँ ती चेप उक्किन्छन्। शिवरात्रिको तयारीसहित पशुपतिका भर्‍याङ, चेप र घुम्तीहरूमा धुवाँ बेस्मरी उड्न थालेपछि, नांगा बाबाहरूले हातमा झाडु समाएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोस्रो प्रेम

~बुद्धिसागर~ रातिदेखि नै बेस्मारी हिउँ पर्न थालेको थियो। फुसफुस कपासझैं खसेको हिउँले बिहानसम्म त दोकानअगाडिको सडक सेताम्मे पारेछ। मुखबाट निस्केको तातो बाफलाई परपरसम्म उडाउँदै म टोलाइरहेको थिएँ। अनुहार धुने उत्साह पनि भएन। ज्यान पुरै कठ्याङि्ग्रदै गइरहेको थियो। क्यासेट प्लेयरमा हिन्दी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पिलपिल [लाइभ]

~बुद्धिसागर~ सल्लाघारी भुइँकुहिरोले भरियो। रमेश र म चिरानीले सालका रूख चिरेको हेरिरहेका थियौं। पानी दर्किन थालेपछि घरतिर दगुर्‍यौं। आधा घन्टापछि, मान्मबजारको वल्लो किनारमा पुग्यौं। म भित्रसम्म भिजेको थिएँ। घरघरमा ओत लाग्दै हिँडिरहेको थिएँ। उसलाई देखेँ। ऊ एउटा दोकानको कुर्सीमा उपरखुट्टी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक मच्छडको आत्मकथा

~बुद्धिसागर~ अफिसमा पस्नासाथ रिसेप्सनबाट मैले एउटा पुलिन्दा पाएँ। रिभ्युका लागि आएको किताब होला भनेर खोल्न हतार गरिनँ। साँझ घर फर्किने बेला के रैछ भनेर खोलेँ। भित्र तहतह मिलाइएका थोत्रा कागजका पन्ना थिए। एकदम केरमेट। कसैले रिभ्युका लागि पान्डुलिपि नै पठायो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment