Tag Archives: Bishnuprawa Sapkota

लघुकथा : फेसबूक आइ-डी

~बिस्नु प्रवा सापकोटा~ जुन दिन उसले आफ्नो फेसबूकमा आइ.डि खोली उ कुनै नुतन आलो काँचो लेखकको कृति प्रसिद्ध प्रकाशनले छापिदिए जत्तिकै खुशी थीइ । किनकि उसलाई आफ्ना सिर्जनाहरु प्रस्तुत गर्ने मन्च भेटें जस्तो लागेको थियो । उ राम्रो कबिता लेख्थी … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

गीत : काँहा जान हिडेको म

~बिस्नु प्रवा सापकोटा~ काहाँ जान हिडेको थें काहाँ पुगें आज पुग्नु पर्ने टाढा थियो परि सक्यो साँझ जुन छुने चाह बोकी,यात्रा थालें उकालीमा झनै पर भाग्यो जुन,आईपुग्दा देउरालीमा हिड्दा बाटो बिराएको,छैन जस्तो पनि लाग्छ

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

गीत : कहिले लाली गुँरास भै

~बिस्नु प्रवा सापकोटा~ कहिले लाली गुँरास भै कहिले सुनाखरी फुलिदिनु तिमी मेरो दिलको वरिपरि खडेरिमा जिन्दगीको, बर्षा बनेर दुख्ख पिडा दर्द माझ, हर्स बनेर तिमी मेरो अधेरीमा, फुल्नु जुनसरी

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

कविता : तिमी छेउ आउँदा

~बिस्नु प्रवा सापकोटा~ घाम पानीको मारुनी तालमा देउरालीको काँध माथि बुइ चढेर रुझ्दै भिज्दै नाँचीरहेको बैसालु इन्द्रेणी जस्तो भर्खर झरीले पात पत्र माथिको खैरो धुलो धोइदिएर

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

गजल : आमाको गुनासो

~बिस्नु प्रवा सापकोटा~ ‘सन्तानले माया मारे’ आमाको गुनासो ‘छोटाहरुले हेप्न थाले’ लामाको गुनासो बिचरा यो चखेवाको के हालत हुनेहोला ‘म त बरै डुब्न थाले’ सामाको गुनासो

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

कविता : रातो रुमाल

~बिस्नु प्रवा सापकोटा~ म सँगएउटा रातो रुमाल थियो मेरो थोत्रो आस्कोटको खल्तीमा पसिनाको गन्ध सुँघेर रमाउथ्यो म किसानको एउटै सारथी एउटै सपना एउटै साहारा एउटै आशा त्यै रातो रुमाल थियो .

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : फेसबुकमा गाँउको तस्बिर

~बिस्नु प्रवा सापकोटा~ म भित्र सम्भावानाका ढोकाहरु बन्द छन भन्ठानेर शहर बसेका मुग्लान पसेका मेरै कोखका उत्पादनहरु आक्कल झुक्कल पर्यटक झै म कहाँ आइपुग्छन एक सागर पसिनासँग साटेको एउटा क्यामरा बोकेर

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : जनताको अर्थ

~बिस्नु प्रवा सापकोटा~ हजुरबाले गुराँस जस्तो रक्तिम जवानी राणाका महलहरुको गाह्रो चिन्दै बिताए । ओइलिए पछी बैस कसैले सपना देखाइदियो अब राज्यमा तिमी जस्ता जनताले शासन गर्नु पर्छ । जाडोले कठाङ्रिएको बिरुवालाई घामको न्यानो किरणले

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

गजल : प्यारो अर्कै देश लाग्यो कि !

~बिस्नु प्रवा सापकोटा~ दाई किन गाउँ फर्केनौ? प्यारो अर्कै देश लाग्यो कि ! गाउँको ढुङ्गा माटो भन्दा,शहरनै बेश लाग्यो कि ! आउँछु भन्थ्यौ जुन बोकेर, गाउँ घरको अँधेरिमा फर्केनौत गाउँतिर खै,खुट्टामा कही ठेश लाग्यो कि !

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

गीत : पिरतीको हिसाब-किताब

~बिस्नु प्रवा सापकोटा~ कुन्नि कहाँ बिग्र्यो हाम्रो, पिरतीको हिसाब-किताब न त भयो वारपार, न त मिल्यो न्याय निसाफ भुल्यौ कि त जोड्नलाई केही गुणहरु मेरा बिर्सियौ कि त घटाउन केही दोषहरु तिम्रा ? हैन भने कता बिग्र्यो पिरतीको हिसाब किताब

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

बिस्नु प्रवा सापकोटाका बाह्र मुक्तकहरु

~बिस्नु प्रवा सापकोटा~ न आँखा आँखा जस्तो,न नाक नाक जस्तै छ मुहार, हात, खुट्टा,शरीरको हालत उस्तै छ मान्छेको चित्र बनाउ भनेको ‘के हो छोरा यो’? छोरो मुस्कुराउदै बोल्यो ‘बा मान्छे यस्तै छ’।। बाघलाई बाख्राले तर्साउदैन खडेरिमा पहरा सर्साउदैन यती कुरा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : मुक्तक | | प्रतिकृया छोड्नुहोस्

बिस्नु प्रवा सापकोटाका चौध मुक्तकहरु

~बिस्नु प्रवा सापकोटा~ टेकेको धर्ती जति छ,नटेकेको झन कती कती देखेको कुरा जती छ,नदेखेको झन कती कती जती चिट्ठी लेख्दै गयो,उती यस्तो लाग्दो रै छ – लेखेको कथा जती छ,नलेखेको झन कती कती ।। पराइको चुरी फुरी बढेको छ जताततै … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : मुक्तक | | प्रतिकृया छोड्नुहोस्

गजल : चिन्ता छ आमालाई

~बिस्नु प्रवा सापकोटा~ छोरो कुलतमा फस्छ कि, चिन्ता छ आमालाई हिडदा भिरबाट खस्छ कि, चिन्ता छ आमालाई काखी च्यापी बैगुनिलाई, हसाउदै बैरि सारा आफ्नै मान्छेलाई डस्छ कि, चिन्ता छ आमालाई

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

बिस्नु प्रवा सापकोटाका पन्ध्र मुक्तकहरु

~बिस्नु प्रवा सापकोटा~ एउटा पर्खाल नाग्दैमा तगारो कहाँ सकिन्छ र एउटा रात ढल्दैमा अँध्यारो कहाँ सकिन्छ र पाहिलै पिच्छे होसियार हुनु जरुरी छ यहाँ- एउटा भिर छिचोल्दैमा अफ्ठ्यारो कहाँ सकिन्छ र ।। दुई किनार जोडीएपछी पुल जन्मिन्छ खडेरिमा खडेरी बर्सेपछी … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : मुक्तक | | प्रतिकृया छोड्नुहोस्

गीत : उदास थियो घरको दैलो

~बिस्नु प्रवा सापकोटा~ उदास थियो घरको दैलो रुँदै थियो खरको छाना तिमीलाई नै सोध्दै थिए गाँउघरका सबैजना ।। बाटुलीले भन्दै थिइन्, सम्झि रुन्छु अधेंरीमा हाँसो छैन हाँसो जस्तो, पानी छैन पधेंरीमा माईला बाजे भन्दै थिए, गाँउ छैन गाँउ जस्तो

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

बिस्नु प्रवा सापकोटाका छब्बीस मुक्तकहरु

~बिस्नु प्रवा सापकोटा~ सबै उकालाहरु ओरालो छोएर टुङ्गिन्छन् सबै ओरालाहरु उकालो छोएर टुङ्गिन्छन् जिन्दगीको चक्र पनि घुम्छ यस्तै यस्तै गरि मैदानहरु पनि सधैं भिरालो छोएर टुङ्गिन्छन ।। मैदानहरु छन,हिमालहरु छन् डाँडाहरु पनि छन् फूलहरु छन्,पातहरु छन् काँडाहरु पनि छन् यो … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : मुक्तक | | प्रतिकृया छोड्नुहोस्

कथा : ओलीको बोली

~बिस्नुप्रवा सापकोटा~ २०५७ सालमा म कक्षा १० मा पढ्थें। त्यही वर्ष हाम्रो घरमा पहिलोपल्ट माओवादी आएका थिए। जेठको मध्यतिर घाम आकाशको आधा भागबाट पश्चिमतिर सर्दै थियो। तल कतै टिमुरखोला गुनगुनाइरहेको थियो। बिट फाटेको थोत्रो गुन्द्रीमा बसेर कमेरो पोतेजस्तो हजुरआमाको सेतो … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्