Tag Archives: Bishnu Subedi ‘Dolakhe’

कविता : गाउँ छोड्नु अघि

~बिष्णु सुबेदी~ गाउँ छोड्नुअघि, सोचें– घरैमाथिको देउराली र सोचें सहरमा देउराली छ कि छैन होला ! सम्झिरहें गाउँमुनिको माने थामी र सम्झिरहें सहरमा अर्को माने छ कि छैन होला ! रातभर गम खाइरहें

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : देउरालीमा उमेरहरु

~बिष्णु सुवेदी ‘दोलखे’~ देउरालीमा उमेरहरू थपिरहेछन् पिपिरीपात ! पिपिरीपातको थुप्रोबाटै उठिरहेछ पहाड प्रेमजस्तै महान् भएर ! बैंसालु मनहरू सपनाको उडान भरेर मनको यात्रामा निमग्न छन् देउरालीका उमेरहरू बालुवा पेलेर तेल निकाल्दै

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : म त्यही बूढो प्रेमी

~बिष्णु सुवेदी ‘दोलखे’~ वर्षौंपछि फेरि आइपुगेको छु यो बूढो मन लिएर एक थुङ्गा फूल चढाउन ! त्यतिबेला यो खोलाको बीचमा कुनै फड्के थिएन, पुल थिएन खोला एकनासले बग्थ्यो तिमी पारिबाटै÷म वारिबाटै भावनाको पुल हाल्थ्यौं तिमी मसम्म आउँथ्यौ म तिमीसम्म धाउँथें … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : फोटोबिनाको फ्रेम

~बिष्णु सुवेदी ‘दोलखे’~ भित्ताको किलामा झुण्डिरहेछ निरन्तर आँखै सामुन्ने फोटोबिनाको फ्रेम ! गम खाइरहेछु कसको थियो फोटो कुनै बखत ? र सोचिरहेछु कसले निकाल्यो त्यो फोटोलाई ? सुनेको हुन्छु कुनै बखत फोटोबिनाको फ्रेम राख्नु हुन्न घरमा !

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : हाकिम साहेब भन्दा त पियेन दाइ नै राम्रो

~बिष्णु सुबेदी दोलखे~ हाकिम साहेब भन्दा त पियेन दाइ राम्रो कम्तिमा पियेन दाइले बसौ हजूर त भन्छन, गजधुम्म आकाश झै हाकिम साहेब सुन्निएको बिरामी जस्तो चुपचाप चुपचाप मनमा कुरा खेलाएर आफ्नै धुनमा मस्त रहन्छन , पियन दाइ यसो मर्का बुझेर … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : बादल, समुद्र र घाम

~बिष्णु सुवेदी ‘दोलखे’~ बादल भुईंबाटै उडेर आकाश जान्छ आकाश जाँदा बादलले सिङ्गो समुद्र पिएर जान्छ सिङ्गो समुद्र लिएर जान्छ ! बादल पहाडसँग प्रीत लाउँछ जब बादल बिस्तारै झर्छ तल पहाडमा ठोक्किएर समुद्र छाद्छ

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : आगोको यात्रा हिंडेर

~बिष्णु सुवेदी ‘दोलखे’~ आगो नै टेकेर आगो नै चपाएर यहाँ सम्म आइपुगेको म आगोको यात्रा हिंडेर ! आगो बालेर सपनाहरुमा आगोले नै नुहाइरहेछु जीवनको रङ्ग डढाएर आगो नै ओढिरहेछु

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

पत्र साहित्य : निलो आकाशमा कालो बादल !

~बिष्णु सुवेदी ‘दोलखे’~ अनामिका, अघिल्लो साताको सम्बोधनमा तिमी मार्फत लेख्नेहरुको मूल्य खोजी गरेथेँ । धेरै साथीहरुले समसामयिक विषयको सवाल उठान भनेर आफ्नो समेत सहमति रहेको जनाउनुभयो । खुसी लागेको छ । त्यो भन्दा पनि खुसी मैले जुन लेख लेखेको थिए … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पत्र साहित्य | , | प्रतिकृया छोड्नुहोस्

कविता : गाउँहरु हास्न छोडेपछी

~बिष्णु सुबेदी दोलखे~ अचेल गाउँहरु हास्न छोडेका छन गाउँहरु हास्न छोडे पछी को पो निर्धक्क हास्न सक्छ र ? गाउँको मुटुपारी डाँडा थुम्कोमा बन्धुकको घोडा चडेर ………. मृत्‍युहरु टुक्रन्छन हेर्दा हेर्दै क्षण भरमा सिङो बस्ती खरानी बन्छ गाउँलेहरु खरानीको थुप्रो … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : टाउको माथिको जाँतो

~बिष्णु सुवेदी ‘दोलखे’~ घुमाइरहेछन टाउकोहरु माथि बडेमानको जातो र पिसिरहेछन हाम्रा सुन्दर सपनाहरु । हाम्रै छातिमा खेल्छन परेड हाम्रै काध चडेर उक्लिरहन्छन सताको कुर्शी र पुगेर घुमाउन थाल्छन यामानको तेही जातो ।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : भूतपूर्व कवि जी सँग

~बिष्णु सुवेदी ‘दोलखे’~ ओ भूतपूर्व कवि जी आङ्गमा घाम सुकाएर निधारमा चिट चिट पसिना उमारेर के सोचिरहनु भएको यो अभावग्रस्त मौसममा एक छाक भात कि एउटा पीडायुक्त कविता ? जीवन भर कलमलाई घोडा बनाएर कत्ति डुल्नु भो गाँउ वस्तीहरु

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : आदिवासी आवाज !

~बिष्णु सुवेदी ‘दोलखे’~ त्यो पारिको उन्यू फुलेको पाखो र तितेपाती घारी छ, नी उ त्यो भीर मौरीको मह काढ्ने पहरो सबै–सबै आदिबासी हुन् ! कहिल्यै घाम छिर्न नसक्ने त्यो भीमकाय जङ्गल र त्यही जङ्गलको बूढो ढुङ्गा जतिकै पुरानो छु म … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

पत्र साहित्य : भीरमा अडकिएको ढुंगा जस्तो देश

~बिष्णु सुवेदी ‘दोलखे’~ अनामिका, देश सम्झन्छु मन दुखेर आउँछ । समय वान्ता गर्न मन लाग्छ । परिवेशहरु सहज छैनन् । व्यक्तिगत अराजकताले दिनदिनै सबैलाई त्रसिद पार्दै लगेको छ । क्षणिक उपलब्धि र प्राप्तिको लागि मात्र दौडिरहेछन् । आफूलाई देशको अगुवा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पत्र साहित्य | , | प्रतिकृया छोड्नुहोस्

पत्र साहित्य : सञ्चारको विकासमा बस्तीको आवाज

~बिष्णु सुवेदी ‘दोलखे’~ अनामिका, तिमीलाई थाहै छ । आजकोृ आधुनिक मान्छेले गरेको विकासका नयाँ नयाँ प्रयोगले दुनियाँ एउटा सानो गाउँमा परिणत गरिदिएको छ । थुप्रै सुगमताहरुको प्रयोग गरेर हामी अगाडी बढिरहेका छौ । जमाना अनुसारका प्रविधिहरु विकास भइरहेका छन् । … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पत्र साहित्य | , | प्रतिकृया छोड्नुहोस्

कविता : सुदूर भविष्यवाणी

~बिष्णु सुवेदी ‘दोलखे’~ कुनै नयाँ शताब्दीको एक साँझ अनायास जानेछ एउटा डरलाग्दो भूकम्प ! र उँभो– उँभो पहाडतिर बग्न थाल्नेछन् नदीहरू ! रङ्गहरूले सिंगारिएर बनेका मालिकका गुँडहरू भग्नावशेष लडिरहेछन् यत्रतत्र !

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : बूढो माझी

~बिष्णु सुवेदी ‘दोलखे’~ पुरानो टालोमा एक मुट्ठी सातु पोको पारेर एकाबिहानै लाग्छ ओरालो नदी किनार ! नाङ्लो जत्रो मन लिएर र्झछ तल-तल र्फकंदा चाल्नो हुन्छ उसको मन छिया-छिया खुइय्य र्फकन्छ ऊ निरस र्फकन्छ ऊ ! सेतै फुलेको कपाल चाउरी परेको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : जीवनको झण्डा

~बिष्णु सुवेदी ‘दोलखे’~ सुनसान रात चिर्दै भीरको बाटो उकालो–उकालो खुइय गर्दै म थुम्की निस्केको छु ! लामो जङ्घार तरेर काँढै काँढाको यो बस्तीमा अलिकता उज्यालो पर्खेको छु ।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

पत्र साहित्य : हामी लेखक र कविहरुको मूल्य खोजिरहेछौं ।

~बिष्णु सुवेदी ‘दोलखे’~ अनामिका, यस पटकको सम्बोधनमा अलि फरक विषयलाई उठान गरे । हाम्रै गुनासो र पीडालाई तिमी सामु राख्ने मन गरेँ । आजसम्म राष्ट्र, समाज र तिम्रो सवाल उठान गर्दै आए । हामी लेख्नेहरुले अरुको पीडा, दुःखका कथा त … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पत्र साहित्य | , | प्रतिकृया छोड्नुहोस्

कविता : आदिम समयको ठिटो घाम

~बिष्णु सुवेदी ‘दोलखे’~ आदिम समय बोकेर सँधै जस्तो रातो उदाउँछ सँधै जस्तो रातो अस्ताउँछ ठिटो घाम ! कलिलो बिहान अँगालो हालेर आइपुग्छ भुई–ऐंसेलु टिप्न छिरेर घना जङ्गल बुट्टा–बुट्टा हुँदै छुन आइपुग्छ जरा ! छिचोलेर बादलका पर्दाहरू तल–तल झर्छ

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्