Tag Archives: बिर्ख ‘क्रान्ति’ – Birkha ‘Kranti’

कविता : साम्यवाद

~बिर्ख ‘क्रान्ति’~ शान्ति, सुशासन र समृद्धिको सिला खोज्दै पहाडका डिल र तराईका फाँटबाट राता झ्ण्डा फहराउँदै नागरिकहरू राजधानी पसिरहेछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कविको छोरो

~बिर्ख ‘क्रान्ति’~ ए बुबा ! गणतन्त्र दिवसको सभाहलमा हरफैपिच्छे ताली खाएका, तिनै तात्ताता कविताहरु मलाई अंशवण्डा दिनुस् । तिनै कविता बेचेर म पूरक एसएलसीको ट्युसन फि तिर्छु । तिनै कविताहरु बेचेर अर्थशास्त्रमा मास्टर गर्छु । तिनै कविताहरु सातदोबाटोमा शानका साथ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो गाडी

~बिर्ख ‘क्रान्ति’~ मान सरोवरको ताल नाघ्दै, सिन्धुघाटीको भञ्ज्याङ्ग काट्दै, नाइल नदीको पूल तर्दै, २१ औं शताब्दीको, मेरै टोलतिर उडिरहेको छ मेरो गाडी ।

Posted in कविता | Tagged | Leave a comment