Tag Archives: Biplav Prateek

कविता : गाउँको सम्झना

~विप्लप प्रतीक~ मन लाग्छ, फेरि एकपल्ट त्यही गाउँमा जाउँ र, फेरि एकपल्ट त्यही धुन दोहोर्‍याएर सुनुँ नदी, पवन र रूखले गाएको मधुर युगल गीत त्यो इन्द्रेणीले रुझेको मादक गाउँमा। धेरै दिन भएछ नगएको र निकै टाढा आएछु म आफ्नै छायाँलाई … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : प्रगतिपथ

~विप्लप प्रतीक~ म नहुँदै अर्थात् मेरो जन्म नहुँदै यो संसारमा केके भइसकेथ्यो असभ्य मानिसहरू सभ्य भइसकेका थिए ढुङ्गे युगबाट मानिस वैज्ञानिक युगमा प्रवेश गरिसकेथ्यो जहाज बनिसकेथ्यो बिजुली, फोन, बन्दुक, बम बनिसकेथे मानिसले सयौं युद्ध लडिसकेथ्यो

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : एउटा मान्छे !

~विप्लप प्रतीक~ म देखिरहेछु त्यो एउटा मान्छे एक्लै हिँडिरहेछ- मानिसहरूको विशाल भीडमा । ठोक्किन्छ एक्लै, सम्हालिन्छ एक्लै रुन्छ एक्लै, सहन्छ एक्लै अनि मुसुक्क हाँस्छ- आफू एक्लै । उभिन्छ, हेर्छ, मोडिन्छ अनि फेरि हिँड्छ उकाली ओरालीमा, समथर मैदानमा हिमाल, पहाड र … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : आरनमा तिमी र म

~विप्लव प्रतीक~ खलाँती जसरी फुकिरहेछ हावा र आरनमा ह्वारह्वार्ती बलिरहेछ आगो त्यसैगरी तिमी फुकिरहेछौ सास मेरो पीरको मकलमा, जहाँ सल्किरहेछन् व्यथाका कोइलाहरू । पानीमा चोप्दै, आगोमा सेक्दै जसरी घन पिटिरहेछ तातो राँकिएको फलामलाई

Posted in कविता | Tagged , , , , | Leave a comment

संस्मरण : सिफलमा छुटेका धर्मबुबा

~विप्लप प्रतीक~ बिछडिएकालाई अचानक भेट्नु वा विगतलाई सम्झनाका मयूर प्वाँखले ओल्टाउँदै-पल्टाउँदै आँखा चिम्लेर अतीतको शयर गर्नुमध्ये कुन आनन्ददायी होला ? यो सवाल मनमा आएका कारण के छ भने यतिखेर दुवै खालका आनन्दका रसायन बग्दा छन्, मेरा तन्तुहरूमा । समयको सुरुङमा … Continue reading

Posted in संस्मरण | Tagged , , , , | Leave a comment

कविता : नहारेको मान्छे

~विप्लप प्रतीक~ मैदानमा म एक्लै छु र झयाल थुनेर घरहरूको च्याइरहेछौ तिमीहरू । मलाई मान्छेहरूले तमासा हेरेको मन पर्छ र मलाई लाग्छ मान्छेहरू तमासा हेर्ने केवल एक हूल भीड मात्रै हुन्

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : गौंथली

~विप्लप प्रतीक~ अष्टमानको पसलमा फेरि आए गौँथलीहरू― जसरी आउँथे वर्षैपिच्छे, वर्षौंदेखि र ऊ बस्ने चकटीमाथिको दलिनमा बनाउन शुरु गरे गुँड। हरेक वर्ष यसरी नै आउँछन् असनका पसलहरूमा र, रत्तिभर नडराइकन शुरु गर्छन् बनाउन गुँड।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : कविताको अन्त्येष्टि

~विप्लव प्रतीक~ कविता मेरो हातबाट गुम्दैछ, मेरा विचार र भावसँग छुट्टिएर मेरो कविता समयको अँगालोमा मस्तसँग बाँधिएर गइरहेको छ— र, म चूपचाप, निरीह, टोलाएर यो तमाशा हेरिरहेछु । दुनियाँमा भएका असमानता, शोषण, बन्धन र अत्याचार

Posted in कविता | Tagged , , , , | Leave a comment

गीत : हर रात सपनीमा

~विप्लप प्रतीक~ हर रात सपनीमा ऐँठन हुन्छ गाउँमा सायद पहिरो गयो कि डाँडापारिको घामलाई हेर्छु आमा र बाबा सम्झिरहन्छु गाउँ छोड्दा बिझेका काँडा

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

कविता : हामी बाँचेको युग

~विप्लप प्रतीक~ गुलाफ रगतपछ्य छ सयपत्री र मखमली छियाछिया छन् र, रोएको छ हिमाल । काँडा तिखारिएको छ तरबार चम्किएको छ राक्षसहरू गर्जिरहेका छन् । अचेल दूबोमा शीत पर्दैन र इन्द्रेणी लाग्दैन आकाशमा

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : श्रापितकाल

~विप्लव प्रतीक~ तुइनले काटिएको डुंडो हात लिएर राजमार्ग पारि नदीले बारेको गाउँबाट नियाल्दै बसेकी छ एउटी किशोरी पर्यटक घुमाउन हिंडेको चम्किलो बसलाई। परिवारले काढेको ऋण तिर्न अब पर्दैन जानु अरूको खोपीमा घरकै सुरक्षा घेराभित्र, कुलीन कहलाइनेहरूको बाहुपाशमा किचीमिची हुन पाउँछन्

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : जानुअघि

~विप्लप प्रतीक~ सधैं मुस्कुराइरहने त्यो मानिससँग असंख्य पीर छन्, तर, रमाइलो कुरा पीरहरु उसका आफ्नै खातिर सञ्चित होइनन्, जसका निम्ति ऊ पीर लिन्छ तिनीहरु नै अन्जान छन् ऊ यति डुबेको छ पीरको पोखरीमा भनेर,

Posted in कविता | Tagged , , , , | Leave a comment