Tag Archives: बिनोद खड्का – Binod Khadka

कविता : तिम्रा यादहरु

~बिनोद खड्का~ तिम्रा ती चन्चल चालहरु भित्र मैले आफैलाई हर्राईदिए तिम्रा मन्द मुस्कानहरु भित्र मैले आफैलाई बिर्सिदिए । तिम्रा ती टम्म अनारदानाहरु भित्र मैले एउटा चमक पाएँ मृगनयनी मदहोश तीर लाग्दा मैले आफैलाई घायल पाएँ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नेता

~बिनोद खड्का~ नेता बोली दिन्छ केवल बोली दिन्छ सीमारहीत अर्थ हीन मात्र बोली दिन्छ फेरी पनि ताली बजाउँनुकॊ विकल्प छैन ।

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमी कस्ती राम्री

~बिनोद खड्का~ छोटो कद हाँसकाझै चाल तिमी कस्ती राम्री कालो वर्ण मन्द मुस्कान तिमी कस्ती राम्री । पहिलो भेटमै पास तान्यौ प्रेमको बर्षा नै गर्यौ

Posted in गजल | Tagged | Leave a comment

कविता : बाल्यकालको मेरो गाँउ

~बिनोद खड्का~ प्रभातको फेरोसंगै पूर्वी आकाशले लाली लाउँदा पंक्षीहरुको गीतसंगै पधेर्नीहरुको हल्ला छाउँदा गाँउ मेरो रमाउँछ गाँउ मेरो नाचिदिन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अहा दशैं !

~बिनोद खड्का~ खेतभरी धान बढ्यो हरियाली छायो बारीभरी तोरी फुल्यो स्वर्णसंसार आयो । तारामण्डल दानाले आली झलमली

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे निर्दयी पनि रहेछ

~बिनोद खड्का~ जेठको उन्मत्त आकाशलाई सोधेँ बर्षाको निवस्त्र झरीलाई सोधेँ हिउँदको त्यो लुरे घामलाई सोधेँ अनि चैत्रको अन्धो हुरीलाई सोधेँ । जीन्दगी के हो सबैलाई सोधेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : सून्दर फुलबारी

~बिनोद खड्का~ झरनाको मीठो पानी गाँउ बेसीका गीत कोईलीका कोकिल कण्ठ गाईने दाईको मीत भुलिएछ सबै कता छोडिएछ कहाँ कहाँ

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वदेश नै फर्कन मन लाग्यो

~बिनोद खड्का~ बन्दुक बोकेर रगतको होली खेल्ने हातहरुमा शान्तिका दूत सुन्दर परेवाहरु देख्दा दूई शव्द कोर्न मन लाग्यो । बलेका टाएरले

Posted in कविता | Tagged | Leave a comment

कविता : रात

~बिनोद खड्का~ अध्याँरोको प्रतिबिम्ब हो रात प्रकृतिको नियम हो रात अविरल यात्रा हो रात यथार्थ हो रात श्रृजनाका लागी

Posted in कविता | Tagged | Leave a comment

कविता : फुट्न होईन जुट्न सिक

~बिनोद खड्का~ श्वायत्त प्रदेशको नारा दिनेहरु मेरो देश भनेर उठन सिक विखण्डनको वकालत गर्नेहरु हाम्रो देश भनेर बाँच्न सिक । देश आत्मा हो

Posted in कविता | Tagged | Leave a comment

गजल : छाईदिदा पनि आफ्नी

~बिनोद खड्का~ तिमि यसै दर्द बनी छाईदिदा पनि आफ्नी मधुर स्पर्श बनी आईदिदा पनि आफ्नी । तिम्रा श्वरको जादुका कुरा के गरौ म लौ अब

Posted in गजल | Tagged | Leave a comment

कविता : राक्षस

~बिनोद खड्का~ धर्मशास्त्रको एउटा पात्र अन्याय र अत्याचारको जीउँदो जाग्दो एउटा प्रतिबिम्ब अतितका कथाहरुमा देउताहरुलाई लखेट्ने गर्छ कुटीहरुभित्र पसी लुटने गर्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : मार्ने नगर

~बिनोद खड्का~ सजिएको सिउँदो देखाई मार्ने नगर मायाप्रेमको नाटक गरी हाँस्ने नगर । मायामहल खडा गरीदिन्छु भन्ने तिमी

Posted in गजल | Tagged | Leave a comment

कविता : जिन्दगी के हो

~बिनोद खड्का~ जिन्दगी के हो जिन्दगी एक नशा केवल एक नशा हो पियक्कडहरुका लागी । जिन्दगी के हो जिन्दगी एक बहार

Posted in कविता | Tagged | Leave a comment

कविता : रातमा लुट्नुको मजा अर्कै

~बिनोद खड्का~ खुल्ला आकाश तल दिनमै ठग्नुको शान अर्कै सूरा र सून्दरीमा लपेटिदै मदहोश बन्नुको मजा अर्कै जीन्दगीलाई नै ज्यूदो लास बनाई आफैलाई भुल्नुको मजा अर्कै । रातमा रम्नुको मजा अर्कै दिनमै जम्नुको मजा अर्कै

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नयाँ सामन्त

~बिनोद खड्का~ राजधानीको मध्यभागमा रहेको एउटा कम्पाउण्डवाल सहितको तीनतले आधुनिक घरको पहिलो तलाको ठूलो बैठक कोठामा पार्टीको एउटा महत्वपूर्ण मिटिङ चलिरहेको थियो । यो घर नेता महोदयको नीजी निवास थियो । कतिपय पार्टी पदाधिकारीहरु यो घरमा पहिलोपटक आएका थिए । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : धमिलो पानी

~बिनोद खड्का~ रातदिन काम खोजिदेउ भनेर हैरान पारेपछि नेता महोदयले आफ्नो चुनाव क्षेत्रको एउटा चुनावकालिन कार्यकर्तालाई रोजगारीको सिफारिस नगरी रहन सकेनन । नेता महोदयको बारम्बारको ताकेता पछि र नेताको आफ्नै पार्टीको विश्वासिलो कार्यकर्ता भनेपछि हाकिमले हुँन्न भन्न सकेनन । उसलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : परिवर्तन

~बिनोद खड्का ~ उ असाध्यै मिहेनती थियो । उ कक्षामा सधै राम्रो अंक ल्याएर उत्तिर्ण हुन्थ्यो । त्यसैले विद्यालय, गुरुवर्ग, गाँउघर, आफन्त सबैले उ प्रति धेरै आशा साँचेका थिए । उसले जब प्रवेशिका परीक्षा विशिष्ट श्रेणीका साथ उत्तिर्ण गर्यो गाँउमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : तोपकाजी

~बिनोद खड्का~ उसलाई टोलका अरु मान्छेहरुसंग निकै चित्त दुखेको थियो । उ जब बेरोजगार थियो जब उसका साथमा दूई पैसा हुदैन थियो कसैले पनि उसलाई एक कप चिया पनि ख्वाउदैनथे । उसलाई यस्तो पनि लाग्थ्यो कि उसका सही कुरा पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : यो जीन्दगी कस्तो

~बिनोद खड्का~ आफैदेखि अत्यास लाग्ने यो जीन्दगी कस्तो मूल्य राख्न बिर्सिएको बजारिया सामान जस्तो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले कोरेको मेरै कविता

~बिनोद खड्का~ मरुभुमीका ढेर अर्थहिन बालुवामा छटपटिदै समुद्रको पल्लो क्षीतिज नियाल्दै बिहानीदेखी अर्को बिहानीसम्म नै म मेरा अविरल पाईलाहरु नाप्दै गरेको हुन्छु । निराशाका बादलभरी एउटै आकाशको आभाशले आशाका तानाबाना संगै कहिल्यै नहराएको म मेरो देश खोजि रहेको हुन्छु ।

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : मेन नदीको सिरेटो

~बिनोद खडका~ सेप्टेम्बर २०१२ । यात्रामा निक्लदा मौसम अनुसारका सही लुगाहरु छनौट गर्न नसक्नुले कहिलेकाही असहज परिणाम भोग्न बाध्य पार्छ भन्ने सुनेको थिए, साँच्चै हो रहेछ । अझै पनि स्मरणपटलबाट हटेको छैन लण्डनको त्यो निर्मोही स्याँठ अनि मेरो पातलो कोट … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : संघाईमा एउटा साँझ

~बिनोद खडका~ सन २०१३, फेव्रुअरी, संघाई, चाईना । पहिले पहिले सानो छँदा आफ्नो घरको आँगनबाट देखिने काठमाण्डौ भ्याली वरिपरीका ठूला डाँडाहरु हेर्दै गर्दा त्यो डाँडाभन्दा पल्लापटिृको संसार कस्तो होला, त्यहाँका मान्छेहरु देख्नमा कस्ता होलान, के गर्दा हुन, के खाँदा हुन … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : प्रेमको प्याला

~बिनोद खड्का~ प्रेमको प्याला बोकी तिम्रै ढोका धाएँ बदलामा तिरष्कारको तीतो जवाफ पाएँ। निष्ठूरी तिमी जस्तो अर्को मैले देेखिन मेरो माया यस्तो होला कहिल्यै सोचिन।

Posted in कविता | Tagged | Leave a comment

कथा : मृगतृष्णा

~बिनोद खड्का~ खेतीबारीमा काम गर्ने जाँगर थिएन । जागिर पाउनु सजिलो थिएन । टोलमा ठिटा, बुढा, शिक्षक, जागिरे सबै जग्गाकै काममा लागेका थिए। उसले पनि जग्गाकै काममा लाग्ने बिचार गर्यो र ग्राहकको खोजीमा बाटो ढुक्न थाल्यो । सौभाग्यवस जग्गा खोज्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment