Tag Archives: विमला तुम्खेवा – Bimala Tumkhewa

कविता : रातो गुलाफ

~विमला तुम्खेवा~ मायाले मेरो आँखामा नियाल्दै भन्यो- गहिरो पीडा छ तिमीसँग सबै सपना भत्किएको समुद्र हिमाल र महादेशहरु नाघ्दै आइपुगेको एक्लो मान्छे तिमी कुनै देशको एक्लो राजा जस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम कविता

~विमला तुम्खेवा~ यो हावाको तेज गति भन्दा निष्ठुर मरुभूमिमा एक्लै उभिरहेँ… मसँग न तिम्रो माया छ न कुनै गुनासो। जीवन भन्नु मृत्यु रहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : जाँडको झोक

~विमला तुम्खेवा~ सबै सम्झिँदा झोक मात्र चलेर आउँछ र, मैले खाएँ आज रक्सी। घर मैले सम्हाल्नुपर्ने यो घुमाउरो डाडाँभन्दा ठूलो पिर बोकेर रातदिन मै जोतिनुपर्ने मै दबिनुपर्ने तिम्रो स्वर चाहिँ सधैं चर्को हुने।

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुभूति

~विमला तुम्खेवा~ तिम्रो स्पर्श कैयौं वर्षदेखि यहीँ कतै मभित्र अल्झिरहेछ र, अल्झिरहेछ त्यतिबेलै सुकिजानुपर्ने यो आँसुको मुहान मसँग

Posted in कविता | Tagged | Leave a comment

कविता : छली मुस्कान

~विमला तुम्खेवा~ तिम्रो आँखामा देखिएको सपना जस्तो मसँग केही छैन जीवनको उमंग छन् त खालि यी नीला सागर छन् जसमा सलबलाइरहेछन् अनेक दुःखहरु यो विरही क्षितिज छ र केही उदास गीतहरु छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कथाको पनि कविता लेख्नु है !

~विमला तुम्खेवा~ राम्रोसँग देश देख्न नपाउँदै चुल्हो सम्हालेर जुग बित्यो बिहे गरेर यो घरमा आएपछि रातदिनको टोकसो लोग्नेको हरेक रातको बलात्कार सबै सम्झँदा अरुणको भेल जस्तै आँशु आउँछ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : आँसुहरू खून जस्तो

~विमला तुम्खेवा~ बगाएर तिम्रो खातिर आँसुहरू खून जस्तो बल्झिएर सबै मुटु ओइलिएको जून जस्तो धेरै भयो हाँस्न छोडे गोरेटोका चापहरू होइन होइन जीवन पनि कस्तो बिना नून जस्तो

Posted in गजल | Tagged | Leave a comment

कविता : आवाज

~विमला तुम्खेवा~ कविता सडकमा रगताम्य भएर उभिएको बेला मलाई जिन्दगीको गीत गाउन मन लागेको छ अझ यस बखत म संवेदनाको बत्ती बालेर चिहाइरहेछु तिमी आउने साँगुरा गल्लीहरू । मलाई भन्न मन लागेको छ

Posted in कविता | Tagged | Leave a comment

कथा : घोडा

~विमला तुम्खेवा~ “घरमा लोग्नेमान्छे छ भन्नु मात्रै आडभरोसा केही छैन, आएदेखि बजारको बजार”, रिकुटेनीको चर्को स्वर घर बाहिरै निस्कियो । भगवतीप्रसाद टुप्लुक्क देखा परे, “हि र केजक र वा अयक्मै ? रिकुटे हो र पेगा ?” ‘दाजु सेवारो, जैले–तैले गाउँघर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आँसुहरु खुन जस्तो

~विमला तुम्खेवा~ बगाएर तिम्रो खातिर आँसुहरु खुन जस्तो बल्झिएर सबै मुटु ओइलिएको जुनजस्तो धेरै भयो हाँस्न छोडे गोरेटोको चापहरु होइन होइन जीवन पनि कस्तो विना नूनजस्तो

Posted in गजल | Tagged | Leave a comment

कविता : जुवेदा खातुन

~विमला तुम्खेवा~ सबै यसै भन्छन् छोरी भएर जन्मनु दक्षिणी हावाको तेज तुफान हो त्यसो हो भने हावालाई रोक्न सम्भव छ ? यसै भन्थिन् आमा मजस्तै अनपढ बन्न दिन्न यो छोरीलाई म हुर्किंदै गएँ सँगै आमाको सपना पनि ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सिमलको नाङ्गो हाँगा

~विमला तुम्खेवा~ धेरै बर्षअगाडि हाम्रो प्रेम साटिएको फलैँचा त्यसरी नै ठिङ्ग उभिएको थियो बाटो छेउमा लहरै उभिएको सिमलको रुखमा चैत – त्सरी नै नांगीएको थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : माफ गर

~विमला तुम्खेवा~ आमाले भनेको सयौं भाकल गरेपछि तागेरा निङ्वा भुमाङलाई रात–दिन मागेपछि बिहे भएको सत्र वर्षपछि म जन्मिएकी रे। म, जन्मिंदा बाउले खुशीले तीनतले घर

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन विरुद्धको सङ्गीत

~विमला तुम्खेवा~ कसले बजायो मान्छेको बस्तीमा दुःखको बाँसुरी एकोहोरो ? मैले पनि थुप्रै सपनाहरू लिएर तिमीसँगै दाँजिँदै क्षितिज नियालेकी थिएँ घामको यात्रामा समयको बैँशलाई

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : बूढो रुखको सम्झना

~पुरुषोत्तम सुवेदी~ छन त खाली यी नीला सागर छन् जसमा सलबलाइरहेछन् अनेक दुःखहरू यो विरही क्षितिज छ र केही उदास गीतहरू छन् जो, तिम्रो सम्झनामा अनायसै आइदिन्छ

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : मेरो पनि कविता

~विमला तुम्खेवा~ मेरो जीवन राम्रोसँग देश देख्न नपाउँदै चुलो सम्हालेर जुग बित्यो । बिहे गरेर यो घर आएपछि ससुराको हेराइ सासूको रातदिनको टोकसा बात–बातमा कुटाइ

Posted in कविता | Tagged | Leave a comment

छोक : कवि

~विमला तुम्खेवा~ शहरबाट चुपचाप हरायो हरायो सँगै उसको इतिहास। त्यस दिनदेखि मैले गीत सुन्न छाडिदिएँ गाउन थालें आफ्नै गीत।

Posted in कविता | Tagged | Leave a comment

कविता : हजार सपना र मनमाया

~विमला तुम्खेवा~ यो बाटोको अन्तिम बिन्दु यो आकाशको क्षितिज र उसले कुल्चिएर गएको पाइतलाको खत कसरी हरायो कतै, समुद्रको तूफान भएर । पीरले पोतिएको उसको कालो अनुहार पृथ्वीको कुन रेखामा पर्छ सपनाको निख्खर सेतो घोडा चढेर हुत्तिएकी थिई तूफानजस्तो जङ्गलका … Continue reading

Posted in कविता | Tagged | Leave a comment