Tag Archives: Bimal Gurung

छोक : नयाँ खबर

~बिमल गुरुङ~ खै, के नयाँ खबर बताऊँ तिमीलाई कसरी बताऊँ तिमीलाई कि बुबा बिरामी छ हिंजोदेखि चामलको टोकरी रित्तो छ

Posted in छोक | Tagged , , , , , | Leave a comment

कविता : कमिलाहरुको मृत्यु

~बिमल गुरुङ~ रुख त्यस रुख रोगको प्रारम्भिक छडीले स्पर्श गरेको थियो जसलाई, त्यस बखतदेखि जुन बेला लगातार मृत्यु भइरहेको थियो कमिलाहरुको टाउको भारी भएर हातमा-खुट्टामा-औंलाहरुमा र पाखुराहरुमा गोलीका दानाहरु हुत्याएर के हुन्छ !

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : जिन्दाबाद-आगोहरु ! मुर्दाबाद-पानीहरु !

~बिमल गुरुङ~ आगोहरु-जिन्दाबाद ! सरासर पानीहरु मुर्दाबाद! मुर्दाबाद-पानीहरु ! जिन्दाबाद-आगोहरु ! जिन्दाबाद आगोहरु ! सरासर आगोहरु-जिन्दाबाद ! ढुँगेकालदेखि नै पानीहरुले आगोहरुको छातीमा घोडा हाँक्दै आइरहेका छन्

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : मोदनाथ प्रश्रीतको भाषण

~बिमल गुरुङ~ नेपाली टोपी पुरानो ज्याकेट फ्याङ्ल्याङ सुरुवाल छालाको कालो जुत्ता खाइलाग्दो शरिर होचो कदको मान्छे तर बिचार अग्लो । चिच्याउँदैनन् उनी

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : चे ग्वेभारा तिम्रो हत्यामा

~बिमल गुरुङ~ खुसाएका छन्, चे ! तिम्रो हत्यामा पृथ्वीका ईश्वरहरु खुसाएका छन् । तिम्रो हत्यामा नेविन र निक्सनका कोमल पत्नीहरु खुसाएका छन् । खुसाएका छन् तिम्रो हत्यामा निक्सनका चटारिएका नक्कली छोरीहरु खुसाएका छन् । मरे पनि तिमी करोडौं करोडौं दासहरुले … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : पहेंलो भ्यागुता

~बिमल गुरुङ~ कता छ ट्याँकी कता छ? कता छ पाइप कता छ? म, पाइपबाट पानी भर्छु ट्याँकीमा । कता छ सलाई कता छ? कता छ पेट्रोल कता छ? कता छ पराल कता छ? म, परालमा

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : सियो

~बिमल गुरुङ~ मलाई थाहा भयो मान्छेहरु अझ निन्द्राको जङ्गलबाट उम्केर खुल्ला चौरमा पुगिसकेका छैनन् त्यो खुल्ला चौर जहाँबाट आफूलाई हेरिन्छ जहाँबाट अरुलाई हेरिन्छ जहाँबाट सारा संसार देखिन्छ । तर, जति जागेका छौं हामी

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : मार्तोल

~बिमल गुरुङ~ मैले आँखबाट बगाएको नदी त्यसै बगेको छैन मेरो कलेजो टुक्रा-टुक्रा छिनिएको मैले बिर्सेको छैन के गरेन त्यसले? त्यसले मेरी भाउजूहरुलाई गल्ली-गल्लीमा नाङ्गो नचाएको थाहा छ त्यसले मेरी बहिनिहरुलाई ढुँगा हान्दै स्टुडियोबाट जिस्क्याएको थाहा छ ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : गोली चलिरहेछ

~बिमल गुरुङ~ ढुँगाहरु छानामाथि बर्सिरहेछन् बर्षाको पानी के ! ढुँगाहरु बर्सिरहेछन् थाना बाहिरको प्रहरी भ्यान चकनाचुर भइरहेछ गोली चलिरहेछ । केटाहरु बाहिरबाट ढुँगा हानिरहेछन्

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : म चेस खेलिरहेको छु

~बिमल गुरुङ~ औंलाम बिंडि च्यापेर एकजोडा मान्छेहरु सडकको छातीबाट हिंडिरहेछन् खडेरी परेका उदास-उदास खेतहरुमाथि आकाश पानीको गीत गाइरहेछ मातेर एक ट्वाक अमृत जलले नौजवानहरु होटलबाट निस्किरहेछन् भेलियम खाएर केटाहरु चोकको फलैंचामाथि हल्ला मारिहरेछन् म बबुरो दाईसंग अगुल्टो मागिरहेछु म मुखमा … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : पानी

~बिमल गुरुङ~ निरंकुश हावाहरु ! म तिमीहरुलाई चुनौती दिन्छु कि तिमीहरु धारिलो झोंकाहरु बोकेर बज्र ! तर, शिरिषका रुखहरु शिर नझुकाई उभिरहन्छन् पुलिसका जुत्ताहरु पानीलाई हिर्काइरहेछन् पानीहरु बगिरहन्छन् ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : बन्दुक

~बिमल गुरुङ~ बन्दुक के हो, अच्या … म थुक्छु लाखौं लाख थुक बेकार छ तिमीहरुको बन्दुक बन्दुक … ?! आच्या … बज्र ! ओईरेऊ !

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : पित्तलको चाबी

~बिमल गुरुङ~ हेरिसकें प्लेयरको छेउ झ्यालतिर टेबुलतिर खै कता परेछ? देखिएन चाबी पित्तलको चाबी । अघिदेखि मेरो प्यारो खैरो कुकुर

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : काठमाण्डौंमा घरको बहाल उठाउन जाँदा

~बिमल गुरुङ~ म आज यहाँ अब बस्न सक्दिन रातभृ लामखुट्टेको अटुट आक्रमण रातभरि गीत ट्वाँ … ट्वाँ … तपाइले भन्नुभयो आज राति मिठा मिठ बातहरु मारौंला

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : झण्डा फहराइरहेछ

~बिमल गुरुङ~ झण्डा फहराइरहेछ घडीको काँटा कबिता गुन्गुनाउँदै सडक हिंडिरहेछ बतास चलिरहेछ टेलिफोनको पोलमाथि हँसिया र हतौंडाको रातो झण्डा फहराइरहेछ आकाशलाई रातले हिर्काइरहेछ आकाशको आँखाभित्र पिडापूर्ण आँसुको

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : पूर्बी यूरोप

~बिमल गुरुङ~ बिश्राम लिएको छ चक्काले जुन बयल गाडीको हो । कसैले नसोचोस् समुद्रभित्र डुबेको छ संधैको निम्ति बत्ती । बत्ती आफैंमा प्रज्वलित हुन्छ

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : म के गरौं

~बिमल गुरुङ~ एकाबिहानै यो के छट्पट? के वाक्क खुट्टा चट्टाईमा बजार्छु थुक्छु भूईँतिर एकाबिहानै यो के छट्पट के गरुँ? बानी बिगारी त्यो केटिले संधै त्यसलाई देख्न पाए हुन्थ्यो जस्तो मात्र लाग्छ

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : घाँसको भारी

~बिमल गुरुङ~ बिहानै उठ्छ्यौ मिलाउँदै कपाल हामी बस्ने यो देश हो नेपाल पँधेरा जान्छ्यौ गाग्री बोकि दुखिको दिन फिर्ने छ भोलि

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : तरकारी पकाइरहेकी मेरी आमा

~बिमल गुरुङ~ च्वाईं … च्वाईं … आमा तपाई तरकारी पकाइरहनु भएको छ यता मेरो मन दुखिरहेछ तपाईलाई सताउन मन लाग्छ तपाई रिसाएको हेर्न आनन्द लाग्छ तपाई भन्नु हुन्छ म तपाईंसंग कहिल्यै तपाइलाई सन्तोष दिने कुर गर्दिन ज्ञानी कुराहरु गर्दिन तर,

Posted in कविता | Tagged , , , , | Leave a comment

छोक : थाना

~बिमल गुरुङ~ अपशब्दका डंगुर लात/घुस्सी/थप्पड डण्डा/लठ्ठी/करेण्ट

Posted in छोक | Tagged , , , , , | Leave a comment

कविता : भत्किएको पंखा: भत्किएको सौन्दर्य

~बिमल गुरुङ~ असंख्य मान्छेका असंख्य कुर्सीहरुमा म पनि बांच्दै लंगडो एउटा पँखा करैकरमा नृत्य प्रदर्सन गरिरहेछ भत्किएको सौन्दर्यमा विहुल बाँधेर धरहराबाट हामफाल्न आँटेकी कुनै शोकाकुलग्रस्त कुनै स्वस्नीमान्छे झैं आँखामा ‘बैकाल’ सजाएर

Posted in कविता | Tagged , , , , | Leave a comment

छोक : रगतको महत्व

~बिमल गुरुङ~ दिएका बलिदानहरु इतिहासमा अमर रहन्छन् बगाएका रगतका फाल्सा फाल्साहरु दानवहरुले पिएर पिउन सक्दौनन् किनकि

Posted in छोक | Tagged , , , , , | Leave a comment

कविता : उसलाई विष खुवाएर मारेका होइनौं

~बिमल गुरुङ~ उ मर्‍यो त आफैलै आफैलाई मार्‍यो ऊ मसानघाट पुग्यो त आफैले आफैलाई पुर्‍यायो मरुञ्जेल मुसा खान थालेपछि मुसाले पनि टोक्न सक्छन् टोक्यो । उसलाई हामीले विष खुवाएर मारेका होइनौं

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : आत्माघोषणा

~बिमल गुरुङ~ अब म घोर तपस्या गर्छु म सोच्न थाल्नेछु कि मैले धेरै-धेरै महिनाहरु शुन्यमा बिताएँछु म सोच्न थालेको छु चल्न सक्दैन यसरी काम अब म घोर तपस्या गर्छु अब मेरो तपस्यालाई कुनै सुन्दरी मेनकाको उत्तेजक हाउभाउले भङ्ग गर्न सक्दैन

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : एक किलो जंगल

~बिमल गुरुङ~ अब मुद्दाको कविता लेख्न लागेको छु बर्षौं – बर्ष देखि आकाशतिर नियाल्दै आफ्नो शुरमा आफ्नै सुसाहट बोकेर बगिरहेकी बगिरहेकी दुधकोशीको तिरमा बसेर लेख्न लागेको छु, लेख्न बसेको छु

Posted in कविता | Tagged , , , , | Leave a comment