Tag Archives: विमल वैद्य – Bimal Baidhya

कविता : मुक्त पीडा

~विमल वैद्य~ चराको पखेटा काटियो र, उसलाई उड्न भनियो मानिसको गोडा गिाडियो र, उसलाई हिँड्न भनियो एउटा विषम विडम्बना आकाशका ताराहरूको एक-एक ज्योति नियाल्दै गुलेली हानियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आगो, भ्रान्ती र समय

~विमल वैद्य~ समयले छाडे छाडोस मलाई जीवनको यहि विन्दुवाट आस्था घोप्ट्याएर आँगनमा मान्छेहरु मुकदर्शक ताली बजाइरहेको समय म दर्शक दिर्घामा बसेर रमाउन सक्दिन विश्वासको सीमान्त कुनामा माकुरोले जालो बुन्दैछ मेरो सत्य त्यही कुनामा ढुसी पलाएर ऐँजेरु बन्दैछ

Posted in कविता | Tagged | Leave a comment