Tag Archives: Bhupin Byakul

कथा : भोकको संगीत

~भूपिन व्याकुल~ छाताको अङ्कुसी इस्टकोटको पिठ्युँतिरको भागमा घुसाएर मेरो हात समात्दै बाले गाउँको सरकारी स्कुलमा भर्ना गर्न लगेको श्यामश्वेत सम्झना अझै बाँकी छ। रातको चकमन्नतामा उहाँको चर्को घुराइले तर्सिएर अर्धनिद्रामा रात छिचोलेका स्मरण पनि छन्। घुर्दाघुर्दै सास रोकेर निकै लामो … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कविता : खडेरी

~भुपिन~ यो खेत हो कि कुनै गरीब आदमीको पट्पटी फुटिगएको कुर्कुच्चा ?’ कि हो कुनै चित्र ? खेतको थोत्रो कपडामा खडेरीले ध्यान से बनाएको ? मेरे दोस्त ! ए तो नदी हो नदी जहाँको पानी हिउँदभरी पडोसीको खेतमा निमेक गर्न … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कथा : बिग ब्रदर

~भूपिन~ भौगोलिक रूपमा सहर सधैं एउटै हुन्छ जो आफ्ना तमाम आभूषणसहित सधैं आकर्षक र मायालु लाग्छ । यसले बिनाकुनै भेदभाव सबै प्राणीलाई उस्तै व्यवहार गर्छ । मानिसलाई, चरालाई, किटपतंगलाई र सडकमा ढसमस्स सुतिरहेका साँढेलाई पनि । यसको माटोमा गरीबले छरे पनि … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कविता : बुद्धि बङ्गारा

~भूपिन व्याकुल~ हाँस्दा जब मेरा चम्किला दाँतहरू देखिन्थे ऊ भन्थ्यो– ‘दाँतहरू त केवल देखाउनका लागि मात्र हुन् बुद्धि बङ्गारा पलाएपछि मात्र बुद्धि आउँछ ।’ गिँजाको कुना चिरेर

Posted in कविता | Tagged , , , , | Leave a comment

कथा : रंगहरूको संगीत

~भूपिन व्याकुल~ छुक्छुक्–छुक्छुक् छुटिरहने जीवनको लिक समात्न कुनै स्टेसन ताकिरहेका हजारौँ यात्री बोकेर मिथिला एक्सप्रेस कलकत्ताबाट रक्सौलतिर दौडिरहेछ रफ्तारमा । रेल यात्रामा मलाई सधैँ आफ्नो मनको रफ्तार नाप्न मज्जा लाग्छ । रेल छुट्नुभन्दा धेरै अघि छुटिसक्छ मन । रेल रोकिएको … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कविता : पाठकको हत्या

~भूपिन ब्याकुल~ यस युगको महान् कवि पाठकको हत्या गर्छ तर कुनै शोकगीत गाउँदैन शब्दको मन्दिरमा बिम्ब र प्रतीकहरुको पुरानो गजुर चढाउँछ झुठा मिथहरुको टुँडाल सजाउँछ थुनिराख्छ कवि निकाल्नै चाहन्नँ मन्दिरबाहिर शब्दका नयाँ इश्वरहरुलाई !

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : आमा

~भूपिन ब्याकुल~ अब मेरो हड्डिभित्र कुनै बल बाँकि छैन । मेरो जीवनका आविष्कारहरु जिन्दगीको कुनै सडक छेउमा उभिएर म तिमीलाई नै पर्खिरहेछु अहिले आऊ आसाको अन्तिम उज्यालो छ मसँग ननिभ्दै लिएर जाऊ ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : कुरूप कविता

~भूपिन ब्याकुल~ एक्लै कति सुन्दर भएर बसिरहोस् कविता एक्लै कति सौंन्दर्यको एकोहोरो प्रेमी बनिरहोस् कविता

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : परिवर्तन

~भूपिन ब्याकुल~ म त्यही देशको उदास कवि हूँ जहाँ परिवर्तनको नाममा मात्र मौसम परिवर्तन हुन्छ ! रुखको देहबाट उडेर जान्छ पुरानो गन्ध र नयाँ बैंश पलाउँछ हिमालको आँखाबाट चुहिएर सकिन्छ निद्राको साँझ बगिरहेको नदीहरुमा

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : आमा र ऐश्वर्य राय

~भूपिन~ ऐश्वर्य रायले विश्व सुन्दरीको मुकुट पहिरिँदा मेरी आमा बुढी भैसकेकी थिइन् तर मलाई लाग्थ्यो– मेरी आमा ऐश्वर्य राय भन्दा धेरै सुन्दरी छिन् । अहिले आमाको अनुहार चाउरिएर बनेकोछ धाँजा फाटेको खेतजस्तो । आमाको कपाल फुलेर भएकोछ सेताम्य काँसघारीजस्तो । … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : छालहरु

~भूपिन ब्याकुल~ छालहरु नदि बगिरेहेका संकेतहरू हुन् नदि बग्छ र छालहरु निस्कन्छ छालहरु नदीले गाएका मौन गीतहरु हुन् नदीले भरेका प्रिय संगीतहरु हुन् अक्षरहरु हुन् छालहरु नदीले उत्कर्षमा रचेका जो बुझ्दैनन नदीले लेखेका शब्दहरु जो सुन्दैनन नदीले गाएका धूनहर मलाई … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : बेसारको खेती

~भूपिन ब्याकुल~ विचार रोपेका थियौं फाटहरूमा पहेलिएर गए सौंन्र्दय फलाउन चाहेका थियौं बारीहरूमा बिरामी भए त्यहीं नजिकै गाज हालेर फस्टाइरहेको छ बेसारको खेती

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : समय-नासिया

~भूपिन ब्याकुल~ आधी जून मन पराउने अहुनार सम्झिन्छु कर्कलाको पातबाट चिप्लिएको पानीको थोपाजस्तै पुरै रात चिप्लिएर जान्छ र नयाँ बिहान गहिरो निद्राबाट ब्युँझन्छ मा बिर्सन्छु समय !

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : तामागी देशको मानचित्रबाट मेटिदैं थियो !

~भूपिन ब्याकुल~ शहरले अपहरण गरेको छ, तिम्रो आत्मा र अचानो माथि राखेको छ, तिम्रो ढुकढुकी देश, म त्यही आस्था र ढुकढुकी खोज्दै यस्तो गाउंमा आईपुगेको छुं जहां मान्छेहरु भन्दा बढी घरहरु छन् जहां सुरक्षाहरु भन्दा बढी डरहरु छन्

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : उल्टो रुख

~भूपिन ब्याकुल~ बालककालमा बालसाथीहरुले भन्थे- “फलफुल खाँदा बियाँहरु ननिल्नू निलेपछि पेटमा उम्रिन्छन बियाँहरु पेटमा नै बिरुवा लाग्छ पेटमा नै बिरुवा पलाउँछ रुख बन्छ र मानिसको मृत्यु हुन्छ | ”

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : कुमारी गाउँ

~भूपिन ब्याकुल~ दिनदिनै निस्किरहने भूइंचालोका लहरहरु जो जन्मिन्छन युरोपको गिर्जाघरहरु र राष्ट्रपति भवनबाट पररास्ट्र नीति र सभ्य पापी आँखाहरुबाट छिन्छिनै आइरहने आतंकका तरंगहरु जो जन्मिन्छन् एसियाका मस्जिदहरुबाट / मन्दिरहरुबाट आन्ध्यारोका चिन्तनहरुबाट र दमित बिस्फोटहरुबाट अफ्रिकाका भोकमरी र युद्धहरुबाट अमेरिकाकोकुरूप दादागिरी … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : ट्रक ड्राइवर

~भूपिन ब्याकुल~ खतरनाक हुन्छ बाक्लो हुस्सु लागेको मनमा सवारी चलाउनु । दिलमाया, म ट्रक चलाइरहेछु । बैंसको भीर कोतरेर बनाएको सपनाहरूको कच्ची बाटो, जाडोका अल्पिनहरूले घोचिरहेका नाङ्गा औंला, र यो बाटै नदेखिने गरी हुस्सु लागेको मनको घुम्ती ! दिलमाया, म … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : किताब

~भूपिन ब्याकुल~ मेरो हृदयको पुरानो दराजमा मलाई मनपर्ने प्रिय किताब छ ! प्रत्येक दिन त्यसका पानाहरु खोल्छु पाउँछु हिजोका शब्दहरु फेरिएर नयाँ शब्दहरु टाँसीएका छन् मानौँ त्यसको पातलो आवरणभित्र अटाएको छ सिङ्गो समुद्र जहाँ शब्दका नयाँनयाँ छालहरु आउँछन् त्यही एउटा … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : प्रेमीहरु

~भूपिन ब्याकुल~ प्रेमीहरु सिर्फ सम्मोहीत पुतलीहरु हुन् जो प्रत्येक रात आफ्नै सपनाहरुको मलामी जान्छन् र प्रेमास्थाको उज्यालो बत्ती वरीपरी मृत्युको तयारी गरिरहन्छन् बारम्बार आगोको समुन्द्र माथी पौडीरहन्छन् दु:खाईका चरम आनन्दहरु लिन्छन् सपनासगै डढ्छन् र अन्तत :मृत्युवरण गर्छन !

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : कम्प्युटरमा ईश्वर

~भूपिन ब्याकुल~ कम्प्युटरमा नभएको स्वर्गबाट देवीले पठाएको इ-मेल पढिरहेका छन् – ईश्वरहरु ! इन्टरनेटमा देवीहरुसंग कामुक लयमा साइबर सेक्सका कुराहरु गरिरहेका छन् – ईश्वरहरु !

Posted in कविता | Tagged , , , , | Leave a comment