Tag Archives: Bhogen Ekle

कविता : नयाँ नेपालका लागि

~किराँती भोगेन एक्ले~ पुरानो नेपालमा रुनुपर्नेहरू खित्का छाडिरहेका छन् हाँस्नुपर्नेहरू सुक्सुकाइरहेका छन् सुन्नुपर्नेहरू बेफ्वाक बक्बकाइरहेका छन् बोल्नुपर्नेहरू चुपचाप सुनिरहेका छन् पुरानो नेपालमा हलो र कोदालोले अड्काएका बाहेक सिन्दुरे र दर्पनेको दाम्लाले बाँधेका बाहेक कतै बहानामा त कतै तीव्र चाहनामा मसी … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : अव्यक्त एउटा पीडा र सुषुप्त ज्वाँलामुखी

~भोगेन एक्ले~ तनावमा छु आजको अस्त भोलिको उदय या भनौं बिपना र सपनाको ठीक बिच उभिएर खुब तनावमा छु विगतको समीक्षा आगतको सम्भाबीयताको अध्ययन वर्तमानको हरेक क्षणमनले मगजलाई घोची रहन्छ यथार्थमा आदर्श गल्ने पो हो कि खसेर भीरबाट सुन्दर कल्पनाहरू … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : म दिलबहादुर लिम्बु

~किराँती भोगेन एक्ले~ हजुर म दिलबहादुर लिम्बु जिन्दगीदेखि आजित खुल्ला आकाशमुनि ओतिएको म आज शिकार भएको छु एउटा सनकी सिपाहीको यो सम्पतिले पुरिएको सहरमा सयौँ तले खण्डहरहरुको घुइँचोभित्र मेरोलागि खाली मात्र म अटाउने एउटा छिँडी नमिल्दा हजारौँ रित्तो महलहरुको खिसीट्युरीदेखि … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कथा : पर्दाभित्र बाहिरका पात्रहरु

~भोगेन एक्ले~ गोमाकी आमा छोरीको लक्षण निको नदेखेर सशंकित थिई । नभन्दै छोरीको महिनावारी रोकियो । ठूलो पीरमा परे बूढाबूढी । कसको हो, को हो, राम्ररी फकाएर सोध्नु लगायो बाउ चाहिंले । आमाले फकाउनै परेन । फलाफल धामीलेजस्तै बकी गोमाले, … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

छोक : मरें भनौं जिउँदै छु

~भोगेन एक्ले~ जिन्दगी सारै झुरपट्याँस भो । थोरै मात्र पुग्ने, बाँकी सब आशै आश भो घर छाडी हिंडेको म, महलको तलासमा जाहै, आज कुटीको बास भो ।

Posted in छोक | Tagged , , , , , | Leave a comment

कविता : म मातें

~भोगेन एक्ले~ म मातें आज सँधै जाँड पिएर मात्ने म आज लाज पिएर मातें घिन पिएर मातें ए हङकङ, तिम्रो अपमान पिएर मातें । मेरो जात अब नचल्ने भो तिम्रो भान्सामा टाढाको कुरै छाडौं, लाग्यो तगारो छिमेकैमा

Posted in कविता | Tagged , , , , | Leave a comment