Tag Archives: Bhisma Upreti

नियात्रा : अतिथि देवो भवः

~भीष्म उप्रेती~ हामी दिपायलमा थियौ“ । हाम्रो लक्ष्य कपलदेही गाउ“ विकास समितिमा पुगेर सा“झ पुनः दिपायल नै र्फकने थियो । त्यसैले बिहानको कलिलो घामस“गै हि“ड्न थाल्यौ“ । २०५८ जेठ १५ गते सोमबारको कुरा हो यो । बाटो उकालो थियो । … Continue reading

Posted in नियात्रा | Tagged , , , , | Leave a comment

नियात्रा : कसरी कवि भयौ त ?

~भीष्म उप्रेती~ सेमिनार सुरु हुनै लागेको रहेछ। ढोका खोलेर म सुटुक्क भित्र पसेँ र सबैभन्दा पछाडिको लाइनको खाली सिटमा गएर बसेँ। यहाँ गैरमातृभाषामा लेखिएको साहित्यसम्बन्धी आफ्ना अनुभवहरू दुई जना साहित्यकारहरूले सुनाउने कार्यक्रम थियो। ताइवानका अल्पसंख्यकभाषी लेखकको अनुभव ज्यादै रोचक थियो। … Continue reading

Posted in नियात्रा | Tagged , , , , | Leave a comment

निबन्ध : तपाइँको पहाड कहाँ हो ?

~भीष्म उप्रेती~ ‘तपाइँको पहाड कहाँ हो ?’ मैले धेरैपल्ट जवाफ दिइसकेको प्रश्न हो यो । कतिपल्ट यस प्रश्नलाई मैले अत्यन्त सामान्यरूपमा लिएको छु र जवाफ पनि त्यत्तिकै सामान्यरूपमा नै दिएको छु । यस प्रश्नको जवाफमा मैले सामान्यतया भन्ने गरेको कुरा … Continue reading

Posted in निबन्ध | Tagged , , , | Leave a comment

कविता : कवितामा पहाड

~भीष्म उप्रेती~ पहाड पहाडजस्तो रहेन अब । त्यहाँ वरपीपल हुनुपर्छ सियाँल ताप्न आस्थाहरू चुलिएर मन्दिर बनेको हुनुपर्छ र घण्टहरूको ध्वनि, चराहरूको आवाज र खोलीको कुलकुल एउटा जिउँदो सङ्गीत हुनुपर्छ मान्छेहरू हिँडेको हुनुपर्छ निर्धक्क र छायाँजस्तो अघिपछि सँगसँगै हिँड्नुपर्छ प्रेम

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : तस्वीर

~भीष्म उप्रेती~ तिमीले भन्यौ – म तिम्रो तस्वीर खिच्न चाहन्छु । मसँग त दुःखका कोर्राले निर्मम पिटेको उदास र थकित अनुहार पनि छ भोकको नङ्ग्राहरुले त्रुूरतापूर्वक चिथोरेको

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : आकाश खस्यो भने के हुन्छ ?

~भीष्म उप्रेती~ मलाई सानो छोराले सोध्यो – ‘बाबा, आकाश खस्यो भने के हुन्छ ?’ मैले पहिला उसलाई हेरेँ र पछि हेरेँ आकाशलाई । आकाश जसलाई म आस्था मान्छु पवित्र आस्था, आकाश जसलाई म विश्वास मान्छु

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : पदचिन्ह

~भीष्म उप्रेती~ बादलका झुप्पाहरूजस्तो सेतो हिउँमा मैले आफ्ना पाइतलाका छापहरू बनाएँ । जान्दाजान्दै पनि कि मायाजस्तो अलिकति न्यानो पाउने बित्तिकै

Posted in कविता | Tagged , , , , | Leave a comment

अनूदित कविता : जब तिमी शब्दहरुको गर्भधारण ग-र्यौ

~योङ्ग उइ चोइ~ अनुवाद : भिष्म उप्रेती जब तिम्रो आफ्नै किताब निकाल्ने तीब्र इच्छाको गर्भधारण ग-र्यौ र तिमीभित्रै शब्दहरुले लात हानेको अनुभव ग-र्यौ र तिम्रो साधनाको तल्लो पेट बढेको स्पष्ट देख्छ्यौ तिमी त्यो शिशुलाइ तिम्रो सपनाको गर्भभन्दा पनि ठूलो बृहत्तर … Continue reading

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

कविता : मस्र्याङ्दी नदी

~भीष्म उप्रेती~ मस्र्याङ्दी नदी हिउँ पग्लेर मात्र बगेको होइन तिलिचो ताल बगेर मात्र बनेको होइन । पिसाङ, तिलिचो र गंगापूर्ण हिमालहरू र तीसँगै जोडिएका अन्य पहाडहरूसँग भन्नलाई अनेक कथाहरू छन् कसरी तिनीहरू उभिए दृढतापूर्वक र बेसहारा मानिसहरूलाई बास दिए मानिसका … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : सूर्यास्तअघि

~भीष्म उप्रेती~ जीवन त साह्रै सुन्दर रहेछ । सिङ्गै उमेर तँछाडमछाडमै बित्यो खेदो खनेर अर्कालाई गाली गरेर अर्कालाई काटेर रुखहरू नासेर मूलहरू अहंको कालोले धमिल्याएर प्रेमको निर्मल पोखरी सिङ्गै जीवन त

Posted in कविता | Tagged , , , , | Leave a comment

नियात्रा : ५४१६ मिटर

~भीष्म उप्रेती~ बिहान चार बजे उठ्ने सल्लाह भएको थियो हिजो तर जाडो असाध्यै धेरै भएकाले उठ्न मनै लागेन । फेरि होटेलभरि विदेशी पर्यटकहरू रहेका र पहिला उनीहरूलाई ब्रेकफाष्ट गराउने जानकारी पाएकाले पनि यस्तो जाडोमा उठेर सास्ती पाउनुको अर्थ पनि देखिनँ … Continue reading

Posted in नियात्रा | Tagged , , , , | Leave a comment

सिजो : रात र दिन

~भीष्म उप्रेती~ रात र दिनलाई एकै गरेर बसिरहेँ फूलको छेउमा काँडासँगसमेत

Posted in सिजो | Tagged , , , | Leave a comment

नियात्रा : यार्सा जिन्दगी

~भीष्म उप्रेती~ नेपालगञ्जमा जेठको महिना । घाम हुर्हुरी बलेको आगोको डल्लो बनेको थियो । त्यसमाथि अव्यवस्थित शहरमा अव्यवस्थित यातायातका साधनले उडाएको धूलो, धूवाँ र हर्नको चर्को आवाज । दिउँसो बाहिरफेर निस्कन सकिने अवस्थै थिएन । चिसो वातावरण एउटा प्यास बनेको … Continue reading

Posted in नियात्रा | Tagged , , , , | Leave a comment

संस्मरण : जापान कतिपल्ट आएका छौ ?

~भीष्म उप्रेती~ विमान परिचारिकाले ‘अब हामी नारिता विमानस्थलमा अवतरण गर्दैछौँ’ भन्ने सन्देश प्रसारण गर्दा मेरो मनभित्र एक किसिमको चिसो पस्यो । एउटा विपन्न देशको मान्छे अति सम्पन्न मुलुक जापानको राजधानी टोकियो अवतरण गर्न लाग्दा एकदम रोमान्चित, उत्साहित र उत्सुक हुनुपर्ने … Continue reading

Posted in संस्मरण | Tagged , , , , | Leave a comment