Tag Archives: भिम बहादुर थापा – Bhim Bahadur Thapa

गजल : किन हो?

~भिम बहादुर थापा~ कोदालाका पासाले खै, हान्न सकेनन् किन हो मुखभरी तिरस्कारले, झान्न सकेनन् किन हो ** नैतिकता सब् बेची खा’को, रङ्गेहातै भेटे पनि सजायँको कठ्घरामा, तान्न सकेनन् किन हो

Posted in गजल | Tagged | Leave a comment

गजल : ठोकुवा गर्ने ठाँट देख्दिन

~भिम बहादुर थापा~ कुन्नि केल्ले नायक् भा’छौ, ठोकुवा गर्ने ठाँट देख्दिन बिंडै थाम्न आ’का र’छौ, सबको बन्ने आँट देख्दिन ** अनपढ् त अन्धै भन्लाऊ, पढ्नेलाई नि ढाँटी खायौ सदाबहार् खराब् खेती, राहत् फल्ने फाँट देख्दिन

Posted in गजल | Tagged | Leave a comment

गजल : हर दिन पर भागिरा’छ

~भिम बहादुर थापा~ गन्तव्य त्यो शान्त सौर्य, हर दिन पर भागिरा’छ हिक्का छाड्दै मेरो देशले, अझै गुहार मागिरा’छ ** बढ्छु भन्ने यौटा माथि, बाटै छेक्ने धुईरेपछि बहु-वर्षीय बिसंगति, बनमारा झैं जागिरा’छ

Posted in गजल | Tagged | Leave a comment

कविता : समय

~भिम बहादुर थापा~ यो त बग्दो समय विचित्र समय बिगत खोल्छ समय बर्तमान बोल्छ समय विछोड कोर्छ समय मिलन जोर्छ समय। ** यो त बित्दो समय एकोहोरो समय फेरो पक्डिन्छ समय मेहेरो मर्किन्छ समय संवेदना घोल्छ समय

Posted in कविता | Tagged | Leave a comment

गजल : संझी कस्ले केर्दिन्छ र

~भिम बहादुर थापा~ आफ्नो व्याथा आफै लेख्छु, संझी कस्ले केर्दिन्छ र फूलैफूल् ले मेरो घर, सित्तै कस्ले घेर्दिन्छ र ** तागत् हुञ्जेल तपाईं भएँ, रागले सँधै रोजाई भएँ निभ्दै गा’छ ऐले आगो, मेरो कस्ले हेर्दिन्छ र

Posted in गजल | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~भिम बहादुर थापा~ नयाँ वर्ष मौसम चुनेर आउँछौ भने यसपाली, जिवनको खण्डहरभित्र विकासको मरुस्थलभित्र बसन्त-बैंशमा ठिम-ठिम कल्कलाउँदो भएर आउनू मोफसलमा सरोकार स्वीकार्ने गरी आउनू। ** नयाँ वर्ष

Posted in कविता | Tagged | Leave a comment

गजल : लजाएर गए

~भिम बहादुर थापा~ नैतिकता नि:शब्द लजाएर गए मुठ्ठीभरका आफ्ना रजाएर गए ** भोकभोकै रित्ताले, धुम्धुम्ती कुरे नि चारै दिशा आफ्नै सजाएर गए

Posted in गजल | Tagged | Leave a comment

गजल : अपुङ्गे उहीं खाए भन्छन्

~भिम बहादुर थापा~ गाउँमा बाँड्ने राहत सबै, अपुङ्गे उहीं खाए भन्छन् नाङ्गा आङ् सब ढाक्छौं भन्थे, आफ्नै घर पो छाए भन्छन् ** प्रतिक्षाको बाली बुढ्यो, सुदामा छन् जनता यहाँ निस्वार्थ गाँस लिन गा’को, धनकै गीत वहाँ गाए भन्छन्

Posted in गजल | Tagged | Leave a comment

गजल : दिल जल्ने देखोस् संसार

~भिम बहादुर थापा~ आफ्नै जस्तो अरुको नि, दिल जल्ने देखोस् संसार बाँच्नु पर्ने विवशतामा, दिन ढल्ने देखोस् संसार ** दु:खको धन आफ्नै मात्रै, अरु सित्तै ठान्छन् यहाँ पसिनाको पोखरी बीच, सुख फल्ने देखोस् संसार

Posted in गजल | Tagged | Leave a comment

गजल : अमर गीत गाऊ न खुनको

~भिम बहादुर थापा~ मेरो-तिम्रो सम्बन्धको, अमर गीत गाऊ न खुनको जिउने मेलो थाँती राखी, भेट्ने कसम खाऊ न जुनको ** एकुन्द्रो भो भेटको बाचा, पैंचो बोली फर्केन खोई मौनताको मकसद् खोल्न, साक्षात्कारमा आऊ न धुनको

Posted in गजल | Tagged | Leave a comment

गजल : मार्ने भए मार जुनी

~भिम बहादुर थापा~ निस्वार्थ यो मेरो माया, मार्ने भए मार जुनी कठबारले दिलको ढोका, बार्ने भए बार जुनी ** सक्दो गरें हात बढाएँ, तिम्रो मन् खै साँट्दिनौ त विश्वासघाती साथ अन्तै, सार्ने भए सार जुनी

Posted in गजल | Tagged | Leave a comment

गजल : रुन्छौ रे किन हो

~भिम बहादुर थापा~ म छँदै व्यर्थैमा रुन्छौ रे किन हो अनुहार आँसुले धुन्छौ रे किन हो ** रहर् सोध्दा बोलेनौ, ईरादा खोलेनौ नौरङ्गी सपना बुन्छौ रे किन हो

Posted in गजल | Tagged | Leave a comment

कविता : गयो दशैं

~भिम बहादुर थापा~ आउला भन्दाभन्दै यसपाली त अघाउञ्जेल मनाउँला भन्दाभन्दै परदेशमा पुरानै पस्केर उही परार झैं सन्नाटा चिरेर एकदिन सुटुक्क आएर गयो दशैं।

Posted in कविता | Tagged | Leave a comment

कविता : शैतानको शैली

~भिम बहादुर थापा~ धुम्रपानले लिन्छ ज्यान, एउटा चुरोट पारखी गाँउले माड्साब कक्षामा चिच्याइरहेछ। पथभ्रष्ट, पथप्रदर्शक बनिरहेछ, पथभ्रष्ट, दिशानिर्देश गरिरहेछ।। ** भ्रष्टाचारमुक्त प्रशासन, एउटा घुस्याहा हाकिम जुँगा मुसार्दै साखिलो बन्छ। नैतिकता नामेट छ, अनुशासन रड्डीमा मिल्किइरहेछ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यही लेख्छु

~भिम बहादुर थापा~ म सबै जान्दिन निपूर्ण ठान्दिन आफ्नो पनले तिखार्छु मनले निखार्छु साँचो म के देख्छु जे देख्छु, त्यही लेख्छु। ** संसार यो बुझ्दैछु भिडमा खुल्दैछु दुखेको ओकल्छु लुकेको खोतल्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्द फूल

~भिम बहादुर थापा~ नचिने नि आज चिनेर तिमीलाई नबुझे नि आज बुझे झैं तिमीलाई स्वागतको यो एक शब्द फूल। ** बिर्सिए नि आज संझेर तिमीलाई ओइलिए नि आज सजल तिमीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : बेमौसम

~भिम बहादुर थापा~ हरियाली काखमा निक्लँदो बैशाखमा पर्छ हिऊँ भने त अवाक्, म के भनूँ ? ** बसन्ती साँझमा धुपको यो माझमा चर्छ हिउँद भने त अलमल्ल, म के गरुँ ? **

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँको जाडो

~भिम बहादुर थापा~ हिउँद यो सारेर सर्दैन चिसो यो टारेर टर्दैन नजाती उही छाउँदो पो छ श्वेत-शैतान यो हिउँको जाडो। ** चिनीसरी बर्षा झर्छ जादू-दृष्य जस्तै लाग्छ बिर्सुं भन्दा झनै गाढा बेचैनीको विशाल यो हिउँको जाडो।

Posted in कविता | Tagged | Leave a comment

कविता : आत्मकथा

~भिम बहादुर थापा~ कन्दरा संझेर विगतलाई जोख्दिन, सहारा खोजेर शिखर म चढ्दीन, सयपत्री छटाको म एक थुँगा फूल। ** जवानीले मदहोश

Posted in कविता | Tagged | Leave a comment

कविता : आव्हान

~भिम बहादुर थापा~ परदेशको यो प्राङ्गणभरी एउटा दशैं मनाऊँ भन्छु घर छाडी टाढा आज भव्य संयोग बनाऊँ भन्छु। ** नियतिको नभ-भरी फूलको नसा रसाऊँ भन्छु पेवा होइन, पराई छैन नेपाली मन बगाऊँ भन्छु।

Posted in कविता | Tagged | Leave a comment

कविता : नियति

~भिम बहादुर थापा~ व्यस्त संसार, खुल्ला निश्वास, पेवा होइन कसैको यो आनन्दको सर्वोच्चता, सर्वव्यापी फुल्दैन यो, सजिव इच्छा छेकिंदो छ, रोचक कथा जिन्दगी यो विवेकको वशभित्र, झुल्दो छैन नियति यो, ** समस्याको खडेरीमा, अठोटहरु छिपेपछी

Posted in कविता | Tagged | Leave a comment

कविता : नमूना

~भिम बहादुर थापा~ पछुतो भुलेर प्रहर काटेकैले बेदना बिर्सेर बिन्दास बाँचेकैले सबै माझ- नमूना बन्छन् परेवा प्रशंसा गन्छन् परेवा। ** जिन्दगी विधामा नौरस नापेकैले हर रात, बिहानी

Posted in कविता | Tagged | Leave a comment