Tag Archives: Bheshraj Rijal

कविता : बाल्यकालले डोर्‍याएको जिन्दगी

~भेषराज रिजाल~ बस्तीमा गोधुली भित्रिइसक्दा पनि आमा बाबु घर नर्फकँदा वनतिर जाने बाटो पछ्याउँदै डराईडराई थुम्कातिर दौडँदा पर क्षितिजका डाँडाकाँडाहरू पनि मसँगै उफ्रीउफ्री दौडे जस्तो लाग्थ्यो मैले बोलाउँदा पुगेर थुम्कामा कहाली लाग्ने ठूलो भीरको पहराले पनि बोलाउँथ्यो – “आमा….आमा….आमा….

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

नियात्रा : क्षणिक दृश्य र धुमिल धर्साहरू

~भेषराज रिजाल~ ‘आफ्नै देशको कर्णाली नदेख्नेले परदेश कल्पेर किन लोभिने, देश निकाला भएको भए पो वाध्यता हुन्थ्यो परदेशको आश्रय’ परदेश मोह हुने साथीलाई भनेथेँ कुनै दिन मैले । २०६८ सालमा जुम्ला सदरमुकाम र आसपासका एकाध गाउँमा पाइला टेकेबाहेक मैले पनि कर्णाली देखेको थिइनँ । संयोगवश मिल्यो कर्णालीको प्रकृति नियाल्ने सुनौलो अवसर, त्यो पनि कहिल्यै नचढेको हेलिकप्टर चढेर । सहयात्री हुनुभयो पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नियात्रा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : जिन्दगीको मूल्य

~भेषराज रिजाल~ कोरा कागजको अभिलेख छ जिन्सी श्रेस्तामा दाखिला छ बिना दाखिला यो जिन्दगी कसिङ्गरमा मिल्किरहेछ डेबिट क्रेडिटमा सन्तुलित भई हरहिसाबको मूल्य छ बिना मूल्यको सस्तो जिन्दगी मिन्हासरि भइरहेछ । करोडौँ अरबौँ हिनामिनाको अडिट रिपोर्टमा बेरुजु छ जीवनकै दुरुपयोग मुटुका घाउको खोई कहिँ कतै सुझाव छ ?

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

गीत : जवानी सिउरेको चुल्ठोको त्यो बेणी

~भेषराज रिजाल~ जवानी सिउरेको चुल्ठोको त्यो बेणी नदी भै चुम्यो यो मनको त्रिवेणी बगुँ कि म पनि छोई सुस्तसुस्त लुकाउँ छातीमा कि लुकुँ त्यसैभित्र सधैँ बग यो मुटुमा भई नारायणी चुमी रहु जीवनका खुसीका त्रिवेणी ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली गीत | Tagged , | Comments Off on गीत : जवानी सिउरेको चुल्ठोको त्यो बेणी

गजल : हाँस्दै हाँस्दै रोएको छु

~भेषराज रिजाल~ हाँस्दै हाँस्दै रोएको छु रुँदै रुँदै बसेको छु मेरी जून तिमीलाई मुटुभित्रै कसेको छु । हिजो बादल मुनि थियौ मसँगै धर्ती रोयो चाँदनीको संघार टेकी आज आकास पसेको छु ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : गजल | Tagged | Comments Off on गजल : हाँस्दै हाँस्दै रोएको छु

कविता : म प्रण गर्छु

~भेषराज रिजाल~ अधमरा इच्छाहरू व्युँझाएर जिउँदै मरेको आफूलाई सम्हालेर जसोतसो बाँचू कि भन्दै आफ्नै प्रतिच्छाँया अन्यत्र खोज्दै दौडिरहेथेँ रनवन पराई पच्छ्याउँदै पालिरहेथेँ विरह विश्वास बेच्दै

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : म प्रण गर्छु

नियात्रा : नैनीतालको हिउँ

~भेषराज रिजाल~ केटौले मस्तिष्कमा अमिट बनेका रहेछन्, छिमेकीले सुनाएका नैनीताल, मसुरी, देहरादून र दिल्ली पुगेका सुन्दर संस्मरणहरू । महेन्द्रनगर पुगेको मौकामा नैनीताल नियाल्ने अभिलाषा बोकेर एउटा भारतीय ट्याक्सी लिएर हानिएथ्यौँ युवराज गुरागाईं, हेम अर्याल र म । ट्याक्सी चालक थियो नेपालका कुनै न्यायाधीशको भतिजो हूँ भन्ने एकजना मोटे इण्डियन । गड्डाचौकी पार गर्दा हाम्रो पछाडिपट्टि सूर्यले अनुहार उठाउँदै थियो । पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नियात्रा | Tagged | Comments Off on नियात्रा : नैनीतालको हिउँ

नियात्रा : भूकम्प ओछ्याएको भूगोल

~भेषराज रिजाल~ ‘यस्तरी पनि भत्किँदो रहेछ घर’, भूकम्प भोगेदेखि आजपर्यन्त कत्तिचोटी उर्ले होला मनको वह । कसलाई सुनाउनु खोइ मनको वह ? त्यो वह शूल नबनोस् भनेर पोखेँ हूँला मैले– आफूले टेकेका पाइलाहरूसँग, अन्तरकुन्तरका भग्न उद्वेगहरूसँग । बहत्तर सालको असारको पहिलोसाता दोलखालाई गन्तब्य बनाएर एकाबिहानै काठमाडौं छोड्यौँ हामीले । मेरो साथमा खटिएका थिए ईश्वरी पन्थी र गंगाराम महर्जन । रहरले पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नियात्रा | Tagged | Comments Off on नियात्रा : भूकम्प ओछ्याएको भूगोल

कविता : घाउहरू कोट्याउँदा

~भेषराज रिजाल~ पल्टाउँदै जाँदा डायरीका पानाहरू छातीभित्रका घाउका खाटाहरू उप्काउँदै गएजस्तो लाग्छ पल्टाउँदै जाँदा अतीतका पाटाहरू देखेर अन्तरमनका दुख्ने घाउहरू जिन्दगी नै भेट्टाएजस्तो लाग्छ । जिन्दगी एउटा घाउ हो

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : घाउहरू कोट्याउँदा

संस्मरण : आँसुले भिजेका पाइलाहरू

~भेषराज रिजाल~ अस्पतालमा कुरुवा बस्न थालेको आठौँदिन पूरा भइसकेको थियो । ती आठदिनले मलाई जीवन र मृत्युको अर्थ सिकाइरहेका थिए । मातृ सघन उपचार कक्षमा राखिएकी जीवन सङ्गिनीको हेरचाहका लागि बाहिरपट्टिको लामखुट्टे लाग्ने चिसो भुईंमा गुडुल्किएर अस्पतालका कहर र पीडाहरूको प्रत्यक्ष्यदर्शी भएको थिएँ म । अप्रेशन गरेपछि उनलाई ब्लड र स्लाइन चढाइएको थियो । उनको सुस्केरामिश्रित नबुझिने बोली हरक्षण मेरा पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | 1 Comment

नियात्रा : हातमा गुराँस मनमा माया

~भेषराज रिजाल~ गोठीकाँडाका रमणीय डाँडाकाँडा हेर्दै सिद्धपाइला पुगेपछि एकछिन रोकिएर हेरेथ्यौँ सुर्खेती सेरोफेरो । समथर सुर्खेत उपत्यका नियाल्दै टिपेथेँ मैले दुईचार थुङ्गा गुराँस । गुराँसको रङ जीवनको रङ जस्तै लाग्छ मलाई । सलक्क परेका हरिया पातसितको गुराँसको थुङ्गो समातेपछि कलम कापी निकाल्न मन लागेथ्यो मलाई । र, सोचेथेँ मनमनै, मेरो उमङ्ग र उत्साह त प्रकृतिको उपहार पो रहेछ ! ‘स्वच्छन्दरूपमा पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नियात्रा | Tagged | Comments Off on नियात्रा : हातमा गुराँस मनमा माया

कविता : आभास

~भेषराज रिजाल~ तिमी थियौ आभास थिएन स्पर्श थियो विश्वास थिएन थाहा भयो बल्ल आज – चड्डा उडिरहँदा, प्राण कमजोर धागोमा रहेछ बसिरहेछु चिसो काली किनार

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : आभास