Tag Archives: Babu Tripathi

कविता : क्रान्ति

~बाबु त्रिपाठी~ कसैको मन नदुखाइकन कसैको झुपडी नजलाइकन कसैलाई टुहुरा नबनाइकन क्रान्ति गर्नु पो क्रान्ति। क्रान्ति त- बामे सरिरहेका नानीहरू गर्दैछ्न् कलिला पाउले जमिन टेक्न खोजेर ।

Posted in कविता | Tagged , , , , | Leave a comment

गजल : हेर्नुस त

~बाबु त्रिपाठी~ कुमालेको त्यो कला हेर्नुस त पृथबि जत्रो गमला हेर्नुस त दाइजो नल्याएको झोंकमा रेटीएकी अबला हेर्नुस त

Posted in गजल | Tagged , , , | Leave a comment

कविता : अनुमान

~बाबु त्रिपाठी~ चराहरू भएनन् भने, सिङ्गो ब्रहृमाण्डबाट कविहरूको निशान मेटिन सक्छ धैरैले बिहान भएको चाल नपाउन सक्छन् मान्छे मन खोलेर हाँस्न बिर्सिन सक्छ र, बात नलाग्ने गरी चोरिएका गीतका सरगमहरू हराउन सक्छन् । जे पनि हुन सक्छ जस्तो कि

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : मेरी आमा

~बाबु त्रिपाठी~ टारीमा कुटो कोदालो लाउँछिन् हिलो मैलोसँग खेल्छिन् पसिना हो कि औँलाहरू रोप्छिन् तर फल्ने बेलामा सुनका झुप्पाहरू फलिदिन्छन् । पक्कै पनि– मेरी आमा र माटोबीच

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : माकादुम

~बाबु त्रिपाठी~ त्यस्तो भिर मैले पैलोचोटि देखेको हुँ जहाँ भिरमै ठडिएका थिए घरका खाँवा र धुरीहरू भिरमै जेलिएको थियो गड्यौलाजस्तो बाटो जो वयेली खेल्दै पुग्दा रहेछन् सदरमुकामसम्म

Posted in कविता | Tagged , , , , | Leave a comment

गजल : मुस्कान बेचिन्छ

~बाबु त्रिपाठी~ सुरुमा ग्राहकलाई मुस्कान बेचिन्छ मुनाफा नदिएपछि दोकान बेचिन्छ खाली सिसी, पुराना कागज भन्नेलाई किलोको हिसाबमा संविधान बेचिन्छ

Posted in गजल | Tagged , , , , | Leave a comment

गजल : फाटेको नटाले कसलाई पुग्छ र ?

~बाबु त्रिपाठी~ फाटेको नटाले कसलाई पुग्छ र ? रुपियाँ पैसाले कसलाई पुग्छ र ? यहाँ कुबेरको भण्डार त रित्तिन्छ भन्नुहुन्थ्यो बाले – “कसलाई पुग्छ र” ?

Posted in गजल | Tagged , , , | Leave a comment