Tag Archives: Baal Katha

बाल कथा : दसैँ

~कार्तिकेय घिमिरे ~ “हाम्रो घरमा त दसैँ पनि आएन । खै हाम्रो त बाबा नै घर आउनुभएन । कस्तो नरमाइलो भयो हगि दादा ?” आफ्नी फूलजस्ती बहिनीको बोली सुनेर मनेश झसङ्ग हुन्छ । ऊ एक तमाससँग बहिनीको अनुहारमा हेरिरहन्छ । बहिनीको त्यो अबोध अनुहारमा दुःख देखेर उसको मन कटक्क खान्छ । ऊ बहिनीको टाउको सुमसुम्याउँदै भन्छ – “नानू हाम्रो बाबा पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

बाल कथा : ताली

~कार्तिकेय घिमिरे~ रमेशले पुरस्कार पाउँदा सबैले ताली बजाएको सुवासले हेरिरहेको थियो । उसलाई त्यतिबेला खल्लो लागिरहेको थियो । उसले मनमनै सोच्यो – “मैले खेल्न सक्ने खेल पनि भइदिएको भए, मैले पनि यसरी नै पुरस्कार पाउँथे होला ।” यिनै कुरा सोच्दासोच्दै उसको मन कटक्क खायो । उसले अँध्यारो अनुहार लगाएर आˆनो वैशाखीमा हेर्‍यो । “म किन लङ्गडो भएँ हुँला, मलाई भगवान्ले पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

बाल कथा : रमाइलो चाड फागु

~रञ्जुश्री पराजुली~ शंकरलाई फागु पूर्णिमा कहिले आउँला र साथीहरुसँग फागु खेलौंला भन्ने हतार लागिरहेको थियो । उसलाई यो चाड धेरै रमाइलो लाग्छ । यसपाली फागु खेल्न भनेर उसले पैसा पनि जोगाएर राखेको छ । भोलि फागु पूर्णिमा भएकोले ऊ आफ्नो मिल्ने साथी उमेशसँग आफूहरु यो पर्व कसरी मनाउने” भन्ने सल्लाह गर्न स्कुलबाट आए पछि उसको घर जान्छ । उमेशका बुबा पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : रमाइलो चाड फागु

बाल कथा : लोभको परिणाम

~रमेश पटेल~ एउटा गाउँमा एकजना मध्यमवर्गीय किसान बस्दथ्यो । किसानका तीनजना छोराहरू थिए । छोराहरू यौवनावस्थामा पुगिसकेका थिए । किसानले आफू बुढेसकाल लागेपछि जेठो छोराको विवाह गरिदिएको थियो । किसानसँग एक बिघा जति खेत थियो तर घडेरी सानो थियो । त्यसैमा तीन कोठाको एउटा घर बनाएको थियो । तीन कोठाको उक्त घरको एउटा कोठा जीर्ण अवस्थामा पुगिसकेको थियो । बिस्तारै पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : लोभको परिणाम

बाल कथा : मिहिनेती बिकास

~मीना बज्राचार्य~ विकास ज्यादै ज्ञानी र जेहेन्दार विद्यार्थी हुन् । उनी जहिले पनि पढाइमा प्रथम हुन्छन् । विकास मिलनसार पनि छन् । सबै साथीलाई सहयोग गर्ने उनको राम्रो बानी छ । विकासले साथीभाइलाई मात्र होइन पशुपंक्षीलाई पनि उत्तिकै माया गर्छन् । विकासको घरमा कुकुर, बाख्रा, गाई, बिरालो, परेवा, सुगा थिए । ती सबैलाई विकासले औधी माया गर्थ्यो । एकदिन विकासको पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : मिहिनेती बिकास

पौराणिक बाल कथा : घण्टावाल ऊँटको कथा

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा उज्वलक नाम गरेको सिकर्मी बस्दथ्यो । जति काम गर्दा पनि पर्याप्त आम्दनी नहुने भएकोले दरिद्रताले उसको घरमा स्थायीरूपमा वास गरिसकेको थियो । आफ्नो यो दुदर्शा देखेर ऊ खिन्न भएर सोच्दथ्यो–यस नगरका प्रत्येक मानिसले आफ्नो–आफ्नो काम गरेर राम्रो आम्दानी गरेर सुख सयलका साथ जीवन बिताइरहेको छ तर मैले गर्ने कामबाट कुनै खास लाभ नहुने भएकोले मैले यो पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा, पौराणिक कथा | Tagged , , , | Comments Off on पौराणिक बाल कथा : घण्टावाल ऊँटको कथा

बाल कथा : राम र श्याम दुबै बेस्सरी रोए

~कार्तिकेय घिमिरे~ रामले श्यामको गालामा चड्याम्म हिर्कायो । सबै साथीहरू अचम्म मान्दै हेर्न थाले । बिहानको समय थियो । सबै विद्यार्थीहरू लाइन लागेर प्रार्थना गीत गाउने तरखरमा थिए । अचानक यस्तो दृश्य देख्नुपर्दा एकछिन सबैजना अलमलमा परे । ‘ल अब घमासान झगडा पर्ने भयो ।’ रोजनले रामेशलाई खुसुक्क भन्यो । रामेशले उसलाई चुप लाग भनेर इसारा गर्‍यो । श्याम झापड पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : राम र श्याम दुबै बेस्सरी रोए

बाल कथा : सडक र विद्यार्थी

~रञ्जुश्री पराजुली~ रीता चार कक्षामा पढ्दथी । उसको स्कुल घर नजिकै भएकोले हिडेरै जान्थी । घर नजिकै भएका सबै केटाकेटी हिँडेरै स्कुल जान्थे । उनीहरुलाई स्कुलमा गुरुमाले अनि घरमा अभिभावकले “चारै तिर हेरेर मात्र बाटो काट्नु है” भनेका थिए । त्यसैले स्कुल नजिकै पुगेपछि जेब्राक्रसिङ्गबाट होशियारीकासाथ बाटो काट्दथे । रीतालाई बाबाले जेब्राक्रसिङ्गवारे सबैथोक बताएका थिए । “जेब्राक्रसिङ्ग भनेको बाटो काट्ने पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : सडक र विद्यार्थी

बाल कथा : नाक

~सुधा रिसाल शर्मा~ रमा धेरैबेर आफ्नो अनुहार ऐनामा हेर्ने गर्थिन् । उसको यो बानी देखेर घरका सबै जना वाक्क भएका थिए । रमाकी आमा त सधैँ ऐना रमाले नभेट्टाउने ठाउँमा लगेर लुकाउँथिन् । रमा भने ऐना जसरी भएपनि खोज्थिन् । रमाको यो रमा धेरैबेर आफ्नो अनुहार ऐनामा हेर्ने गर्थिन् । उसको यो बानी देखेर घरका सबै जना वाक्क भएका थिए पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : नाक

पौराणिक बाल कथा : धर्म बुद्धि र पाप बुद्धि

~उमाशङ्कर द्विवेदी~ कुनै शहरमा धर्म बुद्धि र पाप बुद्धि नाम गरेका दुई मित्रहरू बस्दथे । त्यसमध्ये पाप बुद्धिले एकदिन मनमा विचार गर्‍यो– “म मूर्ख तथा दरिद्र छु । अत: यस धर्म बुद्धिको साथमा लागेर विदेश जानुपर्छ तथा त्यसको प्रभावले धनापार्जन गर्नुपर्दछ । अन्तमा त्यसको कमाइलाई पनि ठगेर जीवन सुखी बनाउनु पर्दछ ।” यति कुरा मनमा विचार गरेर अर्को दिन ऊ पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा, पौराणिक कथा | Tagged , , , | Comments Off on पौराणिक बाल कथा : धर्म बुद्धि र पाप बुद्धि

बाल कथा : विनोद सर

~मीना बज्राचार्य~ विनोद ज्यादै मेहनती केटा थियो। ऊ सहरदेखि धेरै टाढाको गाउँमा बस्दथ्यो। त्यस गाउँ निकै दुर्गम स्थानमा थियो। त्यहाँ यातायात तथा बाटोघाटोको त के कुरा खोला तर्न पुलको पनि व्यवस्था थिएन। स्कुल पनि धेरै टाढा थियो। त्यहाँ पनि निम्न माध्यमिक स्तरसम्मको मात्र पढाइ हुन्थ्यो। त्योभन्दा माथि पढ्न सहरमा जानुको विकल्प थिएन। विनोद धेरै पढ्न चाहन्थ्यो। त्यसैले ऊ उच्च शिक्षा पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : विनोद सर

पौराणिक बाल कथा : उँट, स्याल र काग

~उमाशङ्कर द्विवेदी~ कुनै वनमा मदोत्कट नामक सिंह बस्दथ्यो। बाघ, काग तथा स्याल तीनजना उसका सहायक थिए। एक दिन आफ्नो झुन्डबाट छुट्टिएको कथनक नामक एक्लो उँट देखा पर्‍यो। त्यस उँटलाई देखेर सिंह छक्क पर्‍यो। सिंहले आफ्ना सहायकहरूलाई बोलाएर भन्यो–हेर त, यो कस्तो अनौठो जीव देखा पर्‍यो ? गएर पत्ता लगाऊ यो ग्राम्य पशु हो अथवा वन्यप्राणी हो। सिंहको कुरा सुनेर कागले पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा, पौराणिक कथा | Tagged , , , | Comments Off on पौराणिक बाल कथा : उँट, स्याल र काग

पौराणिक बाल कथा : वल्मीकोदरस्थसर्प

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा देवशक्ति नाम गरेका राजा बस्दथ्ये । उनको छोराको भुँडीमा एउटा सर्प बस्दथ्यो । उदरस्थ त्यस सर्पको कारणले त्यो राजकुमार दिन प्रतिदिन दुब्लाउँदै गएर क्षीण हुँदै गइरहेका थिए । असल असल वैद्यहरूको शास्त्रीय विधिको उपचार तथा औषधिले पनि नछोएर राजकुमार स्वस्थ्य हुन सकिरहेका थिएनन् । अन्त्यमा राजकुमार आफ्नो जीवनबाट निराश भएर विरक्त भई आफ्नो राज्य स्वेच्छाले त्याग पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा, पौराणिक कथा | Tagged , , , | Comments Off on पौराणिक बाल कथा : वल्मीकोदरस्थसर्प

बाल कथा : तिम्रो चौकी भत्काइदिन्छु

~कार्तिकेय घिमिरे~ “गे रामजनम” – रामजनमकी आमा झिजिया चिच्याउदै कराई। उसको आवाज सुन्नासाथ सबै केटाकेटी सतर्क भए। उनीहरू हतार-हतार किनारामा निस्किएर कट्टु गन्जी लगाउँदै घरतिर दौडिए। रामजनम डराउँदै-डराउँदै आमा छेउमा गएर उभियो। मोटी थाक्सी गजधम्म शरीर भएकी उसकी आमा देख्दै डरलाग्दी थिई। ठूला ठूला आँखा, मोटा-मोटा हात। रामजनमको हात च्याप्प समात्दै जुरूक्क उचालेर उसकी आमाले उसलाई भान्सामा लगेर पछारी। रामजनम पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : तिम्रो चौकी भत्काइदिन्छु

बाल कथा : बीरबलकी छोरी र बाघको दूध !

~अज्ञात~ अकबर बादशाहको दरवारमा बीरबलको प्रवेश भएपछि अरु सभासदस्यहरुको महत्व नै घट्न थालेको थियो । अकबर बादशाहले बीरबललाई अरु सभासदस्यहरुलाई भन्दा बढी चाहन्थे र विश्वास गर्थे । साथै उनी बीरबलको सम्मान पनि गर्थे । अकबर बादशाहको दरवारमा एउटा हिन्दूले यति ठूलो स्थान पाएको कुरा अरु सभासदस्यहरुलाई मनपरेको थिएन । उनीहरु कसरी बीरबललाई पन्छाएर आफूहरु अगाडि आउने भन्ने कुरामा चिन्तित थिए पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : बीरबलकी छोरी र बाघको दूध !

बाल कथा : चाकु

~सुधा रिसाल शर्मा~ माघे संक्रान्ति आउन केही दिन मात्र बाँकी थियो । सख्खरको मगमग बास्नाले सुरी बिरालोको मन नै थामिएन । ऊ लुसुक्क बूढी बज्यैको भान्छा कोठामा पस्यो । वरिपरि हे¥यो । काँहाबाट यस्तरी मीठो बास्ना चलेको होला भन्दै खोज्न थाल्यो । त्यत्तिकैमा उसले एउटा ठूलो थालमा केही कुरा देख्यो । ऊ बिस्तारै थाल नजिक गयो । हात थालमा हाल्यो पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : चाकु

बाल कथा : गलैँचाबाट फर्किएपछिको खुशी

~रामकुमार एलन~ म¥याङकोट गाउँका दुई बालक पराङ र कुन्साङ घरबाट भागेर काठमाडौं गए । उनीहरु गाउँकै स्कुलमा कक्षा ४ र ५ मा पढ्दै थिए । एकदिन गाउँमा आएका नयाँ मानिसले उनीहरुलाई फकाए । गाउँमा प्राथमिक तहको पढाईपछि थप पढ्न विद्यालय थिएन । आमाबाबुले पढाउन सक्ने अवस्था थिएन । त्यसैले तिमीहरु गोठालो लाग्ने र खेतिपातीमा लाग्ने त हो नि भनेर उनीले पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : गलैँचाबाट फर्किएपछिको खुशी

पौराणिक बाल कथा : हात्तीको झुन्ड र खरायोको बथान

~उमाशङ्कर द्विवेदी~ कुनै वनमा चतुर्दन्त नाम गरेको हात्ती आफ्नो परिवारका साथ झुन्डमा बस्दथ्यो । त्यस वनमा लामो समयसम्म खडेरी परेको हुनाले सम्पूर्ण पोखरी, झील, खाल्डाखुल्डी तथा पानीका अन्य मुहानहरू सुकेर गए । यस्तो विकट अवस्थामा हात्तीका ससाना बच्चाहरू पिउने पानी नपाई तिर्खाले मरणसन्न हुन थाले तथा कतिपय साना बच्चाहरू त मरे पनि । यो अवस्था देखेर एक दिन झुन्डका जम्मै पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा, पौराणिक कथा | Tagged , , , | Comments Off on पौराणिक बाल कथा : हात्तीको झुन्ड र खरायोको बथान

पौराणिक बाल कथा : बिकाल राक्षस र बाँदर

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा भद्रसेन नाम गरेका एउटा राजा बस्दथे । उनकी रत्नवती नाम गरेकी सम्पूर्ण लक्षणले युक्त एउटी सुन्दरी कन्या थिइन्, जसलाई एउटा राक्षसले हरण गर्न चाहन्थ्यो । रात्रिको समयमा त्यो राक्षस राजकुमारीको खोपीमा पसेर नानाथरी उत्पात मचाउँथ्यो तर तन्त्रमन्त्रद्वारा रक्षित रहेकी कन्यालाई राक्षसले आफूखुशी हरण गर्न सकिरहेको थिएन । राजकुमारीले त्यस राक्षसलाई प्रत्यक्षरूपले हेर्न नसके पनि खोपीमा राक्षसको पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा, पौराणिक कथा | Tagged , , , | Comments Off on पौराणिक बाल कथा : बिकाल राक्षस र बाँदर

बाल कथा : मेरी सानी बहिनी

~कार्तिकेय घिमिरे~ जाँच सकिएकाले मेरो मन फुरुंग भएको छ । आज बिहान मैले ड्राइभर अंकललाई आँगनको कुनामा टोलाएर रुँदै बसेको देखेँ । सोधेँ, ‘अंकल, किन रुनुभएको ?’ उनी भुइँतिर हेरेर टोलाउन थाले, केही बोलेनन् । फेरि सोधेँ, ‘भन्नुुुस् न, तपाईंलाईं के भयो ?’ अबचाहिँ उनी केही बोल्न खोज्दै थिए, तर बाबाले बोलाइहाल्नुभो, ‘ल राम दाइ, छिटो गाडी निकाल, धुलिखेलतिर जानुपर्ने पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : मेरी सानी बहिनी

बाल कथा : सन्तोष

~महेश पौड्याल~ सन्तोष दुई कक्षा पास गरेर तीनमा पुग्नुलाई ठूलै समाचार मानियो । ऊ कक्षामा निकै कमजोर मानिएको विद्यार्थी थियो । बुवाआमा सधैँ स्कुलमा आएर गुनासो गरिरहन्थे । उसको पढाइमा खासै सुधार नभएकोमा सबै चिन्तित् थिए । स्वस्थ सन्तोष, जिउ पनि तन्दुरुस्त नै थियो । घरमा पनि पढेलेखेका बावुआमा । ऊ कमजोर नहुनु पर्ने । तर कमजोर निस्कियो, र सबैलाई पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : सन्तोष

बाल कथा : भगवान् ! के यही हो त बालअधिकार ?

~प्रतिभा केसी~ ‘ए ! राम (राम झल्यास्स व्युझियो ) उठ बाबु घाम आँखामा पर्ने बेलासम्म सुत्नुहुन्छ ?’ निधार सुमसुम्याउदै मालिक्नीले भनिन् । राम तर्सियो, सपना नै पो हो कि भनेर उसले आफूलाई चिमोट्यो । उठ है बाबु, म तिमीलाई दूध तताउछु भनेर मालिक्नी भान्सा कोठामा गइन् । राम एकैछिन त वाल्ल प¥यो अनि सोच्यो– हैन आज मालिक्नीलाई के भएछ ? पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : भगवान् ! के यही हो त बालअधिकार ?

बाल कथा : सानो डाक्टर

~ललिता ‘दोषी’~ नन्दप्रसादले आँखाबाट झरेको आँसुलाई पुछे । लामो श्वास फेरेर मनोवाद गरे, ‘हे प्रभु बूढीलाई जस्तै मलाई चाँडै लैजाऊ । म सबैको बोझ भएँ । जति धामीझाँक्री देखाउँदा पनि केही सीप लागेन । रोग जस्ताको तस्तै छ, घरखेत सिद्धिने बेला भयो । सहरका छोराबुहारीलाई मेरो केही वास्ता छैन । आफैलाई बन्दकी राखेर छोरा पढाएँ, उसले पनि केही गरेन । पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : सानो डाक्टर

बाल कथा : चकलेटको परिणाम

~मीना बज्राचार्य~ रामदेवी र रामदासको विवाह भएको पाँच वर्षपछि बल्ल एउटा छोराको जन्म भयो । त्यसकारण, उनीहरू साह्रै खुसी भए । आफ्नो प्राणभन्दा प्यारो सन्तानलाई उनीहरू दुवैले अति माया गरी हुर्काउन थाले । उनीहरूले आफ्नो छोराको नाम राज राखे । राज साह्रै हृष्टपुष्ट थियो । नहोस् पनि किन राजलाई मीठोमीठो भने जति खान दिन्थे । उसले जे मागे पनि पु¥याइदिन्थे पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : चकलेटको परिणाम

बाल कथा : यस्तो सँधै किन हुन्छ ?

~कार्तिकेय घिमिरे ~ नमस्ते म आशा हुँ । अहिले म काठमाडौंको एउटा विद्यालयमा कक्षा सातमा पढ्छु । मेरो विद्यालय एकदमै रमाइलो छ । चौरमा थरीथरीका फूल फुलेका छन् । सर मिसले पनि मलाई एकदमै माया गर्नुहुन्छ । मेरो कक्षाका साथीहरु पनि सबै मिलनसार छन् । तर मलाई सँधै मेरो विद्यालयको गेटमा नपुगुन्जेलसम्म दिक्क लाग्छ । डर पनि लाग्छ । विद्यालय पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : यस्तो सँधै किन हुन्छ ?

बाल कथा : असल बाटो देखाउने छोरी

~अज्ञात~ एक ठाउँमा कमला नाम गरेकी एउटी पढेलेखेकी शिक्षित महिला थिइन् । उनका दर्ुइ सन्तान थिए – छोरी सुनीता र छोरा सुरेश । सुनीता दस वर्षी थिई । ऊ चार कक्षामा पढ्थी । उसको दाइ सुरेश चार कक्षामा पढ्थ्यो । उनीहरूको बुबा अर्थात् कमलाको श्रीमान एउटा सरकारी कार्यालयमा अधिकृत थिए । जाडोको लामो छुट्टी थियो । सुरेश चाहिँ काकाको छोरासँग पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : असल बाटो देखाउने छोरी

बाल कथा : तीन साँढेहरु र स्याल

~उमाशङ्कर द्विवेदी~ कुनै वनमा तीनवटा साँढेबीच एक आपसमा मित्रता थियो । तीनै साँढेहरू एक अर्कासित कहिल्यै पनि छुट्टिदैनथे । वनका कलिला घाँसपात तथा स्याउला मिलीजुली चर्थे, खान्थे । स्वच्छन्द घुमाइ र प्रशस्त खवाइका कारण तङ्ग्रिएर ती साँढे बेला–कुबेला कराएर वनका अन्य प्राणीहरूलाई तर्साउँदथे । मोटा घाटा तथा हृष्टपुष्ट ती तीन साँढेहरू फुर्सत्को क्षण पोखरीमा पानी खाई ढिस्को थुम्काहरूमा सिङले हानेर पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : तीन साँढेहरु र स्याल

बाल कथा : मेरो पाङ्ग्रेलाई कस्तो छ आमा ?

~रमेश विकल~ आलोकले एक दिन स्कुलबाट घर आउँदा एउटा सानो छाउरो लिएर आयो । उसको मनमा धुकचुक थियो । भुस्याहा छाउरो बोकेर आयो भनेर आमाबाले केही भन्नुहुने पो हो कि ! गाली पो गर्नुहुने हो कि ? तर आमाबाले त्यस्तो केही गर्नु भएन । बरु बाले खुसी हुँदै भन्नुभयो ‘अहो ! कति राम्रो छाउरो रहेछ, कहाँबाट ल्याएको ।’ ‘स्कुलबाट बाबा पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : मेरो पाङ्ग्रेलाई कस्तो छ आमा ?

बाल कथा : ढड्डु मुसाको बकबक

~विनय कसजू~ कथा नसुनी मायालाई निँद लाग्दैनथ्यो । साँझ दूधभात खाएपछि ऊ ओछ्यानमा पल्टन्थी । अनि मैले उसलाई कथा सुनाउथेँः–“राजकुमारीले भ्यागुतोलाई माया गरेर म्वाई खाई । अचानक भ्यागुताको रुप फेरियो । राजकुमारीको हातबाट भ्यागुता बिलायो । उसको अगाडि सुन्दर राजकुमार उभियो ।” ऊ यस्तै कथा सुन्न रुचाउँथी । तर कथा टुंगिन नपाउँदै माया निदाइसक्थी । उसले पूरै कथा कहिल्यै सुन्न पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : ढड्डु मुसाको बकबक

बाल कथा : धरहरा चढ्दाको मज्जा

~कार्तिकेय घिमिरे~ आहा ! आज धरहरा घुम्न जान पाइने भो, मनीषा मनमनै दङ्ग पर्दै एक्लै कराइन् । एकछिन पछि उनी फुर्कंदै नाचेझै गर्न थालिन् । उनी दङ्ग परेको देखेर कीर्तिपुर बालगृहका अरू सबै साथीहरू पनि खुसीले गद्गद् भए । एक अर्काको मुख हेरेर मुसुमुसु हास्न थाले । साच्चै धरहरा घुम्न जाने कुराले सबैमा खुसी छाएको थियो । खै ! यमुना पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : धरहरा चढ्दाको मज्जा

बाल कविता : मृगका कुरा

~ललिता दोषी~ जङ्गलमा बस्छौँ हामी त्यही हाम्रो घर दुःख नदेऊ हामीलाई लाग्छ धेरै डर बाघ, भालु, सिंहका छन् ठूला–ठूला दारा शिकार खेली मार्न खोज्छन्

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कविता | Tagged , , | 1 Comment

बाल कथा : सबै बराबर

~प्रभा भट्टराई~ रक्षा स्कुल जाँदै थिइन्, अचानक बाटोमा अगाडिको ढुङ्गामा ठेस लागेर लडिन् । मनले कड्केर आँखालाई गाली गर्‍यो- “धत् आँखा ! राम्ररी हेरिदिनु पर्दैन ? हेर बिचरी रक्षा कसरी लडिन् ।” आँखाले पनि आँखा मर्काउँदै मनलाई उल्टै हपार्‍यो- “मैले त परबाट आइरहेको साँढेलाई देखेर त्यसबाट कसरी जोगाउने….भनेर वरपर हेर्दै पो थिएँ त! तिमीले नजिकमा पनि खतरा हुनसक्छ भनेर सम्झाउनु पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : सबै बराबर