Tag Archives: Baal kabita

बाल कविता : पहिलो माया

~आदर्श मण्डल~ तिमीलाई पहिलो चोटी हेर्दा मेरो मनले तिमीलाई सम्झदा तिमी नभए बाँच्न सक्दिना एक्लो जीवन बिताउन सक्दिना केटी हेरे धेरै किसिमका

Posted in बाल कविता | Tagged , , , | Leave a comment

व्यङ्ग्य बाल कविता : बोल्ने बानी

~सञ्जय संयोग~ सुशीलजीको तोते बोली सुन्दा मीठो लाग्छ । देउवाजीको लटपटाउँदो बोली नसुनी मन भाग्छ ।।

Posted in बाल कविता, हास्य - व्यङ्ग्य | Tagged , , , , | Leave a comment

बाल कविता : सानी मेरी नानी

~दीपक कुमार ज्ञवाली~ छम् छम् गर्दै आईन् सानी मेरी नानी तोते बोली बोल्दै सोध्छीन् आमा लोरी गाऊ‘ने मेरी सानी नानी लोरी सुन्दा रमाऊने हे हे मेरी नानी तिमी कति ज्ञानी

Posted in बाल कविता | Tagged , , , , | Leave a comment

बाल कविता : प्रकृतिको वेदना

~अजयप्रसाद चौधरी~ धेरै माया र स्नेहले मैले बनाएको थिए मानिस जातिलाई आफ्नो मनको फूल तर अहिले मलाई नै चोट पुर्‍याउने किन गर्दैछन् त तिनीहरु भूल आफूलाई जीवन बनाई बनाएका थिए

Posted in बाल कविता | Tagged , , , | Leave a comment

बाल कविता : सानी चरी

~निर्मला अवस्थी~ फूर्र फूर्र उड्दै आउँछन् दुइटा साना चरी मेरो घरको दलानमा बस्छन् डेरा गरी एक्लै होइन दुबै मिली घुर्‍‌र्यान बटुलेर बनाउंछौं गुंड भन्छन् मेरै कोठा निर। जीवन साथी होलान् दुबै मिली काम गर्छन् घुर्‍‍र्यान सबै फालि दिए फेरि खोजि … Continue reading

Posted in बाल कविता | Tagged , , , | Leave a comment

बाल कविता : पर्खंदैन समय

~रामेश्वर राउत ‘मातृदास’~ लौरो टेक्ने बूढाले थर्थर गोडा कमाए, यताउति हेरेर रूखका जरा समाए । पढ्ने लेख्ने बेलामा गुच्चा हान्थे ठेलामा अहिले आँसु झारेर रून्छन् कठै हेलाँमा ।

Posted in बाल कविता | Tagged , , , | Leave a comment

बाल कविता : डाँफे चरी

~रञ्जुश्री पराजुली~ डाँफे चरी भन्छन् जसलाई त्यो हो पंक्षीराजा रमाउँदै बस्छन् डाँफे हिमाली क्षेत्रमाझ दुई खुट्टा दुई आँखा दुई कान यिनका रङ्चङ्गी सप्तरङ्गी प्वाँखे लुगा यिनका । प्वाँखे रङ्गी यिनका लुगा औधी राम्रा हुन्छन् हिउँ पर्दा जाडो हुँदा बाक्ला प्वाँखले … Continue reading

Posted in बाल कविता | Tagged , , , | Leave a comment

बाल कविता : फूलबारी

~मीना बज्राचार्य~ मेरो सानो फूलबारी नजिकै छ घरबारी फूलहरू छन् थरीथरी फूलका रंग कति थरी पुतली र भमराहरू

Posted in बाल कविता | Tagged , , , | Leave a comment

बाल कविता : राम्रो खरायो

~ललिता ‘दोषी’~ सानो-सानो सेतो-सेतो राम्रो खरायो मैले आऊ भनेको त परै हरायो खुर्र यता, खुर्र उता आमा छोडी जान्छ दुबो घाँस जे पाए नि कुटुकुटु खान्छ

Posted in बाल कविता | Tagged , , , | Leave a comment

बाल कविता : तिमी कति ज्ञानी

~विनोद रोका~ आमा बाबा भन्नु हृुन्छ तिमी कति ज्ञानी । सानैदेखि बसाउदै छौ राम्रा राम्रा बानी ।। बिहानै उठी सफा भई ताजा खाजा खान्छु । स्कुलमा खान पनि घरबाटै लान्छु ।।।

Posted in बाल कविता | Tagged , , , | Leave a comment

बाल कविता : आहा ! हाम्रो नेपाल

~सहिर प्रजापति~ बिहानीको त्यो उषाको किरणझै रंगीन नेपाल हिमालको अथक बग्ने पानीझै शीतल छ नेपाल घामपानी र कुहिरोमा रम्ने मयुरझै छ नेपाल सयौ जातजातिले भरिएको आहा कति राम्रो छ हाम्रो नेपाल । हिमाल, पहाड अनि तराईलाई अगालेको नेपाल

Posted in बाल कविता | Tagged , , , | Leave a comment

बाल कविता : हे असारे मासको भेल

~निलन कुमार थेच्वमि~ वर्षौं दिनको प्रतीक्षा पछि आएको भेल । सब किसान दाजुभाइको सुखमय मेल ।। मिलिकन रोपाइगर्ने खेत खेतमा अचेल । स्वागत छ तिमीलाई यहाँ असारे भेल ।।

Posted in बाल कविता | Tagged , , , , | Leave a comment

बाल कविता : नेपाली हामी

~बाबुराम पन्थी ‘गुल्मेली’~ प्यारो छ मेरो नेपाल हिमाल छ शान गजुर नाच्दछ डाँफे हिमाल तराईमा नाच्छन् मयुर पश्चिम देउडा बज्दछ घन्किन्छ पूर्व सेलोले गुन्जिने मैथली तराई

Posted in बाल कविता | Tagged , , , | Leave a comment

बाल कविता : मीठो सेल रोटी

~रञ्जुश्री पराजुली~ दसैं सकिई तिहार आयो रमाइलो भयो चारैतिर वरिपरि झिलीमिली भयो माला राम्रा मखमली गाँस्ने बेला आयो अनरसा र सेलरोटी पाक्ने बेला आयो चामल पीठो गाईघ्यू बन्दोबस्त भयो सेल मीठो पार्न भनी सख्खर चिनी आयो

Posted in बाल कविता | Tagged , , , | Leave a comment

बाल कविता : चरी

~ललिता ‘दोषी’~ चिरविर, चिरविर गर्दै गाउँछे चरी आँगनीमा चारा टिप्दा छर्छे विस्कुन कहिले कुनाकुनीमा । भुर्र यता, भुर्र उता गर्दै नाच्छे चरी सधैँजसो लिइजान्छे चारा चुच्चाभरि ।

Posted in बाल कविता | Tagged , , , | Leave a comment

बाल कविता : बालअधिकार

~खुश्बु जयसवाल~ सबै भन्छन् बालअधिकार आयो खै त्यो अधिकार कसले पायो ? म जस्तै बालक मागिरहेछन् सडकको माझ खुल्ला आकाशमा बिताउँछन् उनीहरु रात हाम्रो आवाज यहाँ कसले सुन्ने ?

Posted in बाल कविता | Tagged , , , | Leave a comment

अनूदित बाल कविता : बाल प्रश्न ?

~गिजुभाइ बधेका~ म खेलूँ कहाँ ? म उफ्रूँ कहाँ ? म गाऊँ कहाँ ? म बोलूँ कहाँ ? कुरा गर्छु, आमालाई झर्को लाग्छ

Posted in अनूदित कविता, बाल कविता | Tagged , , , , , | Leave a comment

बाल कविता : देऊ पढ्न ध्यान है

~अरुणबहादुर खत्री “नदी”~ साना साना नानी हो पढ्ने धेरै गरे है धेरै धेरै पढेर बुद्धिमानी बने है । आफूभन्दा ठूलालाई गर्नुपर्छ मान है सानासाना विद्यार्थीले

Posted in बाल कविता | Tagged , , , | Leave a comment

बाल कविता : राम्री नानी

~रञ्जुश्री पराजुली~ आज नानी कता जान्छे बुबुमाम सबै आफैं खान्छे भोलि नानी अलि ठूली हुन्छे पुस्तक च्यापी पढ्न जान्छे । हाम्रो सानी नानी धेरै ज्ञानी झगडा नगरी पढ्न जाने

Posted in बाल कविता | Tagged , , , | Leave a comment

बाल कविता : पहिला गुरु

~उर्मिला पन्त पाण्डे~ बाबा आमा नै तिम्रा पहिला गुरु हुन् लड्ला पड्ला भनी चिन्तित भएका कसरी हुर्काउँ, बढाउँ र पढाउँ भनी लात्ताले तिमीले नजानेर उनलाई हाने पनि

Posted in बाल कविता | Tagged , , , | Leave a comment

बाल कविता : काखमा रमाएको

~अनुकुल प्रकाश~ सपनीबिच निदरीको काखमा रमाएको, सानी नानी लाग्यो ज्ञानी हेर्दा नीदाएको!! निधारमा गाजलटीका रै’छ लगाएको, चिटिक्कको नाना हेर झनै सुहाएको!!

Posted in बाल कविता | Tagged , , , | Leave a comment

बाल कविता : मृगका कुरा

~ललिता दोषी~ जङ्गलमा बस्छौँ हामी त्यही हाम्रो घर दुःख नदेऊ हामीलाई लाग्छ धेरै डर बाघ, भालु, सिंहका छन् ठूला–ठूला दारा शिकार खेली मार्न खोज्छन्

Posted in बाल कविता | Tagged , , , | 1 Comment

बाल कविता : देशप्रेम

~अरुणबहादुर खत्री “नदी”~ प्यारो लाग्छ हामीलाई आफू जन्मेको यो देश थरीथरीका छन् यहाँ आफ्नै भाषा र भेष । गौतम बुद्ध जस्ता शान्तिका अग्रदूत जन्मे यही देशमा गोर्खालीमा वीरता झल्किन्छ यही राष्ट्रिय भेषमा ।

Posted in बाल कविता | Tagged , , , | Leave a comment

बाल कविता : कसरी चिन्ने कोही छैन शहरमा

~राजकुमार पुन~ कसरी चिन्ने कोही छैन शहरमा नौ महिना नपुगी अबैधरुपमा फ्याकिएछु नहरमा कसरी बाँचें, कसरी हुर्कें थाहा छैन मलाई पीडाको रापमा बाँचिरहेछु यो मुटु जलाई पुलको मुनि बस्दछु म त्यही मेरो बास हो

Posted in बाल कविता | Tagged , , , | Leave a comment

बाल कविता : भित्री आँखा

~ललिता दोषी~ सेतो लौरी हातमा छ पीठमा ठूलो झोला छामछाम छुमछुम गर्दै आइन् नेत्रहीन नीरा छैनन् उनी नपढेका छैनन् बेरोजगारी आफ्नो लागि कमाउँछिन्

Posted in बाल कविता | Tagged , , , | Leave a comment

बाल कविता : झिमझिम गर्ने सानी पुतली

~रश्मी ‘असफल’~ कस्ती राम्री झिमझिम गर्ने सानी पुतली मेरो पनि भए हुन्थ्यो नानी पुतली मेरा बाबा कहाँ कहाँ आमा कताकता कसले किनीदेला मलाई ज्ञानी पुतली

Posted in बाल कविता | Tagged , , , | Leave a comment

बाल कविता : गुजी पाएँ !

~बूँद राना~ अँधेरीमा गुजी हुन्छ भन्नुहुन्थ्यो बज्यैले के हो गुजी ? कस्तो हुन्छ ? नदेखेको मैले आज फेरि भन्नु भयो सम्झाउँदै राती ‘आँटीमाथि गुजी छ त्यहाँ नजानू है नाति !’

Posted in बाल कविता | Tagged , , , | Leave a comment

बाल कविता : बाल लोकले

~रामेश्वर राउत ‘मातृदास’~ केटाकेटी मिलेर हान्न थाले मटेङ्ग्रा बगैँचाका फूललाई लात्ती हान्छन् फटेङ्ग्रा फूल रोप्ने मालीको मीठो मुस्कान बालीमा सबको हित चित्तले

Posted in बाल कविता | Tagged , , , | Leave a comment

बाल कविता : भाइ

~विनोद न्यौपाने~ सानो भाइ मेरो अब ठूलो भएछ ताते ताते गरी गरी हिड्न थालेछ । सक्ने जति सबै सामान बोकी बोकी हिँड्छ गुन गुन गर्देै हिँड्छ, के के भन्छ भन्छ । मुसे दाँत देखाई देखाई, घरि घरि हाँस्छ

Posted in बाल कविता | Tagged , , , | Leave a comment

बाल कविता : हाम्री छोरी

~दिव्या बज्राचार्य~ नीलो ज्याकेटमा सजिएकी छोरी रातो रीवन बाटीएकी छोरी आँखामा गाजल लेपिएकी छोरी ओठ फुटेपनि त्यत्तिकै राम्री छोरी सेतो फ्रक औधी सुहाएकी कालो जुत्ता टल्केको लगाएकी भर्खर नाक आफै धोएकी स्कूल जान्छु भनी चाँडै टम्सेकी

Posted in बाल कविता | Tagged , , , | Leave a comment

बाल कविता : जन्मभूमि

~योगीता भट्टराई~ मेरो जन्म भूमि नेपाल शान्तिपूर्ण देश हो दौरा सुरुवाल ढाका टोपी यो देशको भेष हो कृषि प्रधान देश हाम्रो सुन्दर शान्त नेपाल आफ्नै काम आफ्नै शान सुन्दर शान्त विशाल

Posted in बाल कविता | Tagged , , , | Leave a comment

बाल कविता : घाम

~सौगात न्यौपाने~ उजेलीलाई साथै ल्यााउने कति राम्रो घाम घामसित शुरु हुन्छ हाम्रो पनि काम विद्यार्थीले पढ्ने लेख्ने

Posted in बाल कविता | Tagged , , , | Leave a comment