Tag Archives: Atit Mukhiya

गजल : हर्ष देख्दिन म

~अतित मुखिया~ चारैतिर बिस्मात मात्रै हर्ष देख्दिन म उमंग बोकी भित्रिएको वर्ष देख्दिन म विदेशतिरै पलायन छन् पौरखी हत्केला उन्नति र प्रगतिलाई सधैं देख्दिन म

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

कविता : पलायन पौरख

~अतित मुखिया~ पतिसा काढेर वर्तमान स्वप्निल भविश्य बेसाउने शिमापारीका खेतला हामी दरमायोका गोठला हामी । मतलबि चाणक्यहरु बैदेशिक रोजगारको पसल थापेर दिवास्वप्न बाँडदै

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

संस्कृति परिचय : किरात चाड उभौली/उधौली पर्वः बारे प्रचलित मिथकहरु

~अतित मुखिया~ १.प्रारम्भिक कथन विश्व मानचित्रमा सानो राष्ट्र भएरै पनि नेपाल बहुजातीय, बहुभाषिक, बहुधर्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र मानिन्छ । यही बहुलता भित्रको पनि अर्को बहुल बिशेषता हो किरात जातिका संस्कार र संस्कृति । एउटै किरात धर्म मान्ने भएरै … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : संस्कार - संस्कृति परिचय | | प्रतिकृया छोड्नुहोस्

कविता : सोझो मान्छेको चेप्टो कुरा

~अतित मुखिया~ धेरै देखे मैले सभ्यताको पोखरीमा पौडिरहेका असभ्य अनुहारहरु । शिष्टाचारको पासो थापेर दुरव्यवहारका लोप्पा खुवाउने, अशिष्ट भलाज्मीहरु । यसैले आजकल मनोकांक्षाका झिरहरुमा भावनाका शील उन्दै मनको भुङगरोमा सेकुवा सेक्ने गर्छु

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

सुनुवार भाषी गजल : ख्लोप्शा चाम्मुस

~अतित मुखिया~ चर्मि चर्वा बातस बला ख्लोप्शा चाम्मुस दामदामपा दाम्मुस सु ब्लोबासा थाम्मुस आंकल माल्शा पिएमै इकल कोश्या गो बाति एकिन ग्लुम्शो गिस रिम्शो काले काथा व्याम्मुस

विधा : सुनुवार गजल, सुनुवार भाषी रचना | | प्रतिकृया छोड्नुहोस्

कविता : भुसको आगो

~अतित मुखिया~ आत्मिय मित्र, तिमीमा भुसको आगो भित्र भित्रै सल्किएछ मैले तिम्रो ब्यवहारमा धुवाँ उठेको यादै गरिन । अरुसामु तिम्रै बखानगर्दै निस्फिक्री तिम्रै प्रगतिमा रमईरहे म तिम्रो सफलतामा आनन्दित भैरहे म तर त्यो आनन्दमा उल्टै

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : चिठ्ठी प्राप्तिलाई

~अतित मुखिया~ पृय प्राप्ति, अतिक्रमण गरेर आफ्नै मनको मझेरी आंसुका डोबमा हांसो पहिल्याउदै खुसीको ढुकुटी खोज्ने प्रयास नगरेको त काहा हो र ? बाँधहालेर मनका विचलनहरुमा धैर्यको घाउ सुम्सुमाउदै पीडाको मूल थुन्ने कोशिश नगरेको त काहा हो र ?

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

गजल : यो संसार अनौठो

~अतित मुखिया~ यो संसार अनौठो र घरबार अनौठो मानिसबिच असमान व्यवहार अनौठो मनको देवताको नगरी वास्ताब्यस्ता ढुङ्गा पुज्ने मानिसको अहंकार अनौठो

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

कविता : शिलान्यास

~अतित मुखिया~ आउ तिम्रा दुर्गम हातहरुले छातिका पटाङ्गीमा मनको सुन्दर भवन निर्माणार्थ भावनाका शिला राखेर शिलान्यास गर म परेलीका हत्केलाले ताली वजाउला माटो मुच्छन, सकेजती आशु र पसिना निचोरुला । उद्वेगमा विरानी तिर अलिकती खुसी फुल्यो त के फुल्यो

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

गजल : बुद्ध हुन

~अतित मुखिया~ जोकोही सक्छन यहाँ क्रुद्ध हुन सक्दैनन् किन कोही बुद्ध हुन को दिन्छ दृष्टि सबै बैरी देख्ने जिम्मेवार को आपसमै युद्ध हुन

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

गीत : झझल्को तिम्रो

~अतित मुखिया~ झझल्को तिम्रो लगातार हुनु जम्काभेटमा आँखा चार हुनु नबोलीकन बाटो साटिनु तिमी पूर्व म पश्चिम हाँकिनु । पाइला विपरित भएपनि आँखा एकआर्कालाई पछ्याउनु नजर नजरमा पर्दा एकाएक

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

पुस्तक समीक्षा : पैयुँका फूलहरु नियाल्दा

~अतित मुखिया~ एउटै मूल क्युँइतिच मुइलि -सगोत्रि) भएरै पनि साहित्य सहयात्रीका रुपमा फेसबुकको भित्तो मार्फत परिचित युवा कवि भाई केदार सङ्केत उनको नियात्रापुस्तक एथेन्सको झरीको बिमोचन कार्यक्रमबाट मात्र प्रत्यक्ष परिचित बन्नपुगेका थिए । गहकिला साहित्य सृजना गर्नसक्ने सङ्केत ले फेसबुक … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक समीक्षा | | प्रतिकृया छोड्नुहोस्

गजल : सबै सबै भङ्ग देखे

~अतित मुखिया~ सम्झौता र सर्तहरु सबै सबै भङ्ग देखे आफन्तकै ब्यवहारमा नौलो रुपरङ्ग देखे आस्थाका लडाईमा साथ दिन्छु भन्थ्यो जस्ले उही मित्र भनाउदोलाई शत्रुहरुको सङ्ग देखे

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

गजल : म पहाडकी छोरी

~अतित मुखिया~ हिमाल झैं गोरी म पहाडकी छोरी फुलीदिनछ गुराँश पनि मेरै रंग चोरी मैले औंलाचाल्दा झुल्छन धानकाबाला मैले हाँस्दा फुल्छन खोरियामा तोरी

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

स्रष्टा परिचय : साहित्य, जागिर, समाजसेवा र अतित

~सुनिता लामा~ विद्यालयको पढाई शुरु गर्ने उमेरमा रोगले ग्रस्त बनाएपछि चार पाँच वर्षको अन्जान बालक पीडित त हुने नै भयो त्यसमाथि घर परिवारको अन्धविश्वासका कारण नौ वर्षको उमेरसम्म उनले पीडाबाट मुक्ति पाउन सकेनन्। चार वर्षसम्म गाउँकै धामी झाँक्रीबाट झारफुक गराउँदा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : स्रष्टा परिचय | , | प्रतिकृया छोड्नुहोस्

समीक्षा : हत्केलाको आगो ताप्दा

~अतित मुखिया~ ओल्लो किरात, ओखलढुङ्गा गजलरुपी बज्र हत्केलाको आगो ताप्नु अगाडि गजल शब्दको आयतन नाप्नु उचित होला झैं लाग्यो । बिदेशी पराई समालोचकहरुले गजल शब्दलाई जे जस्तो अर्थ लगाए पनि स्वदेशी आफन्तहरुले लगाएको अर्थ नियाल्न अझै उचित झैं नै लाग्यो … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : समीक्षा | | प्रतिकृया छोड्नुहोस्

कविता : लठारो बाटौं

~अतित मुखिया~ हे ! उज्वल सर्वशक्तिमान तिमी जसरी पनि आउ मुइँली, मोङ, माङ जुनसुकै रुपमा पनि तिमी आउ चाहे ताराहोपो इँगि बनेर चाहे रुमाहाङ वा पारुहाङ बनेर चाहे तागेरानिङ्वाफुमाङ बनेर तर तिमी आउ,

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

गजल : पिरती बिज्दा थाहा पाए

~अतित मुखिया~ काँढा रैछ पिरती बिज्दा थाहा पाए पानी रैछ बैंशपनि भिज्दा थाहा पाए पीडापनि कती मीठो बैंशमा पिरतीको भारभई मनले मनलाई किच्दा थाहा पाए

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

कविता : पस्चाताप

~अतित मुखिया~ विवेक शून्य भएर आकर्षणमा बाच्नुको अहंकार चपाउदा चपाउदै विकर्षण भएर अनुभूतीमा जबजब मृत्युबोध हुन्छ एउटा विस्मृति स्मृतिमा टांगिन पुग्छ …तमसोमा ज्वतिर्गमय … ।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : समय

~अतित मुखिया~ समय जव सृजनशील हातहरुमा अनि पौरखी पाखुरीमा सल्बलाउछ बिकाश सगरमाथा भएर अग्लन्छ ज्ञान ढुङ्गामा पनि तेल भएर पग्लन्छ । कर्तव्यबाट पलायन भएर कहिल्यै बिपरित मोडिन जान्दैन समय झिनोमसिनो निजांग्रे भएर

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : जगेडा

~अतित मुखिया~ अवमुल्यन हुदाहुदा आफ्नै व्यक्तित्व जिन्दगीको विनिमय बजारमा तिप्कोभर इज्यत सांचेको छु सम्वोधनका तिम्रा शव्दार्थमा जगेडा भएर बांचेको छु । थाहाछैन कांहानेर कसलाई कुनबेला चाहिने हो

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : सिक्सीको

~अतित मुखिया~ खै किन किन साथी ? कहिल्यै परेन घामको ओभानो पैतला मेरो आगनको हिलोमाटो माथी । करेसाका कोपिलाहरु परदेश फुल्न बाध्यछन अंकुरण पहेंलिएको छ केवल बनमारा झप्केका छन्

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : अत्भुत पराजय

~अतित मुखिया~ सिंगो एउटा कोष बिकशित हुदै सहस्र भयो जिवाणु जिव बन्यो शरीरमा आवश्यक अंग पलाउदै गयो अनावश्यक सायद विलाउदै गयो जलचर, स्थलचर, उभयचर भै यत्रतत्र सर्वत्र छायो । सृष्टीको यो गुह्य भेद सृष्टिकर्ताले जन्तरवनाई डार्विनको गलामा झुण्डायो विकाशबादको डार्विन … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : चरित्रचर्चा

~अतित मुखिया~ “बडाले जे गर्‍यो काम, हुन्छ त्यो सर्वसम्मत”। गुरु सिकाउनु हुन्थ्यो मलाई नितीश्लोक कतै श्रुतिका कुरा कतै स्मृतिका कुरा कतै पुराणका कुरा कतै कुराणका कुरा अनि भन्नेगर्नु हुन्थ्यो बलियाका जे पनि हतियार लाठो होस वा अरुनै केही, जे ठान…।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

अतित मुखियाका पाँच हाइकु

~अतित मुखिया~ झरना शव्द झ्याउँकिरी भाकामा गुञ्जेको साँझ ! सिमल भुवा बतास टेक्दाटेक्दै नौडाडा पारी !

विधा : हाइकु | | प्रतिकृया छोड्नुहोस्