Tag Archives: Ashesh Malla

कविता : नाम सोध्दा थाहा छैन भन्छे

~अशेष मल्ल~ घाँसकोपहाड पिठ्यूँमा छ घाम अस्ताउन लागेको छ र उक्लिरहेकी छे उकालो नाम सोध्दा ‘थाहा छैन’ भन्छे परिचय हराएकी आफैदेखि टाढा बिनामूल्य जीवन बाँचेकी को होली ऊ ?

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : मुक्तिको कल्पना

~अशेष मल्ल~ चराका पखेटा काटिदिनुस र, भन्नुस् जा उड् आकाशमा । र, भन्नुस् तँ स्वतन्त्र छस् बादलसँग बादल भएर उड्न आकाशमा

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : म, अक्षर र मेरो कविता

~अशेष मल्ल~ अक्षरहरूको युद्धमा मैले शब्द बुन्न नसक्दा कविता अधुरो भएको छ ठीक अहिलेको भयग्रस्त वर्तमान जस्तो । चौबाटोमा उभिएको अन्योल बटुवा उभिएको उभियै छ मेरो कविता जस्तो न यता न उता आफ्नै युद्धले थकित

Posted in कविता | Tagged , , , , | Leave a comment

बाल नाटक : पर्दाभित्र

~अशेष मल्ल~ उद्घोषकः अब हाम्रो नाटक सुरु हुन्छ । सबैजना हल्ला नगरी बस्नुहोला । सुरु हुन्छ नाटक । यो नाटकको शीर्षक हामीले राख्न भ्याएमा छैनौँ । किनभने नाटक लेख्दा लेख्दै यस नाटकका नाटककार जरुरी कामले गाउँ जान पर्‍यो । गाउँमा … Continue reading

Posted in बाल नाटक | Tagged , , , , | Leave a comment

संस्मरण : नाटकले दिएको सास्ती

~अशेष मल्ल~ जतिबेला म त्रिवि कीर्तिपुरमा एमए पढ्न भर्ना भएको थिएँ, त्यो समय भनेको पञ्चायती राजको उत्कर्ष कालखण्ड थियो । मुलुकमा वाक् स्वतन्त्रता लगभग प्रतिबन्धित अवस्थामा थियो । पञ्चायतको एकतन्त्रीय शासन पद्धतिको सीमाभन्दा बाहिर जानेहरूका लागि अग्नि–परीक्षाको समय थियो, त्यो … Continue reading

Posted in संस्मरण | Tagged , , , , | Leave a comment

कविता : एउटा र्स्पर्श

~अशेष मल्ल~ एक दिन अचानक शहरका चौबाटाहरुमा हाम्रा मृत शरीरहरु वेवारिस पल्टिएका हुनेछन् र हामी हाम्रै लाश अघिल्तिर उभिएका हुनेछौँ लाचार । एक दिन

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : फर्काइदेऊ मेरो मनको एक जोडी परेवा

~अशेष मल्ल~ आज कतै गएर एउटा चर्को आवाजले चिच्याउँ लागिरहेछ मनका सबै लगाम फुकाएर आज कतै दौडूँ लागिरहेछ मन सधैँ पानी भएर बग्यो उठेर कहिले-काहीँ त आगो भएर पनि बल्न पर्थ्यो निर्मम चट्टानसँगको साउती र सम्झौतामा चुपचाप बग्दोछ यो मन … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

अशेष मल्लका दुई मुक्तकहरु

~अशेष मल्ल~ (एक) दु;ख बाँड्न मिल्दैन सुख पनि बाँड्न मिल्दैन दु;ख सुखमा अन्तर छ- यस्लाई यौटै बनाउन मिल्दैन !

Posted in मुक्तक | Tagged , , , | Leave a comment

निबन्ध : एउटा युग, एउटा इतिहास

~अशेष मल्ल~ अहिलेझैँ थिएन, त्यसबेलाको साहित्यिक वातावरण । एउटा कविले अर्को कविलाई नचिन्ने प्रश्नै उठ्दैनथ्यो । थोरै जनसंख्या, थोरै साहित्यकार सायद एउटै परविारझैँ लाग्थ्यो । मैले काठमाडौँ प्रवेश गरेको त्यो ‘३० को प्रारम्भिक वर्ष । भूपीका विद्रोही कविताहरू, सरल र … Continue reading

Posted in निबन्ध | Tagged , , , | Leave a comment

लघुकथा : तथास्तु

~अशेष मल्ल~ रातको बाह्र बजेको थियो । कोठामा म थिए स्वास्नी थिई ।बिरामी र सोचिरहेको थिए अप्रेसनका लागि जुटाउनु पर्ने पाच लाख रुपिया कहाबाट ल्याउने ।एकाएक प्रकट भए भगवान् कोठामा । झस्किए । के भयो । के यो सत्य त … Continue reading

Posted in लघुकथा | Tagged , , , , | Leave a comment