Tag Archives: Aruna Vaidya

कविता : एउटा खबर पुर्‍याइदेऊ न

~अरुणा बैद्य~ ज्वारभाटा पहाडहरू कुद्दै थिए लाम लागेर म हेरिरहेको थिएँ, मौन आँखाले कानैमा कोही फुस्फुसायो, गार्न्धर्व बतासको झङ्कारसित फर्केर हेरेँ रातो डाँडा बोलिरहेको थियो – तल डबलीहरूमा सधैँ ताण्डव-नृत्य गर्नेहरूलाई आँगनहरूमा रात-विरात त्रासदीय दुन्दुभी बजाउनेहरूलाई एउटा खबर पुर्‍याइदेऊ न- … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : उज्यालोको एकालाप

~अरुणा बैद्य~ आकाशबाट घाम बर्सिरह्यो बिहानदेखि नै एक बाल्टिन घाम थापेर रातका लागि जोगाऊँ भनेको घाम आफैँ ‘उज्यालो खोज्नु छ बस्नु हुन्न राति, कर्फ्यु छ’ भनेर बाल्टिनलाई छोडेर गयो चिसो बाल्टिन, रित्तो बाल्टिन उज्यालो थाप्ने रहर कठै…!

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : आखिर, समुद्रलाई पनि आँसु चाहिँदो रहेछ

~अरुणा बैद्य~ कुनै समयमा समुद्रले भनेको थियो मलाई आंसु चाहिदैन, र बन्द गरेर कथाका थिमहरु बाकसभित्र ऊ घाम ताप्न वसेको थियो, आफ्नो कथा अव कसैलाई भन्दिनँ भनेर । तर समुद्र हो आफै ऊ पनि भिज्छ, एक्लै भिज्छ बिझेर भिज्छ ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : सराङकोटको माछापुच्छ्रे र मेरो पर्यटक मित्र

~अरुणा बैद्य~ घाम तापेर भर्खरै भित्र पसिन् माछापुच्छ्रे आजभोलिको कडा घामले सौन्दर्य बिगार्छ भनेर कपाल दुखाउंछ भनेर उनी हिमालसुन्दरी धेरैवेर वाहिर वस्नु पनि हुँदैन । तर मेरो पर्यटक मित्र टाढाटाढाको देशवाट एकाविहानै तिमी उकालै उकालो आएको जानेर, उनले सुन्दरीहरुले जस्तै … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : फागुमा मेरी आमा

~अरुणा बैद्य~ फागुका दिन दिनभरि नै मेरी बुढी आमाले झ्यालबाट बाहिर हेरिरहिन् हेरि नै रहिन्- ठिटाहरु, ठिटीहरु राता, नीला, पहेंला, रङ्गीबिरङ्गी भएर फागुमा रमाइरहेको ‘लाइभ सिन’ । थाहा छ् मलाई त्यो ‘सिन’ भरि नै

Posted in कविता | Tagged , , , , | Leave a comment