Tag Archives: Arun Bahadur Khatri ‘Nadi’

लघुकथा : पवन र पसलको सम्बन्ध

~अरुणबहादुर खत्री “नदी”~ पवन आफ्नो घर नजिकै किराना पसल भएर पनि केही सामान किन्नु परेमा घरदेखि टाढाकै पसलमा पुगेर किनेर ल्याउने गथ्र्यो । उसका छिमेकीहरु पनि अचम्म मान्दथे उसले टाढाको पसलमा गएर सामान किनेर ल्याएको देख्दा एकदिन उसले बिहान टाढाको … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

कविता : मातृभूमिप्रतीको प्रतिबद्धता

~अरुणबहादुर खत्री “नदी”~ म जन्मे आफ्नै देशमा हुर्कन पाए यही देशमा देशका लागि केही गर्न साहस छँदैछ मेरो मनमा । सुन्दर शान्त र विशाल मेरो प्यारो देश नेपाल कति राम्रा छन् ल हेर सेता अग्ला हिमाल ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : शहीद

~अरुणबहादुर खत्री “नदी”~ हे मेरा सहीद तिमी बाँचुञ्जेल आफैंलाई बिर्सिएर देसलाई बलियो बनाउनतिर लाग्यौ हे मेरा सहीद आफूलाई अलग्याएर रित्याएर तिमीले प्रजातन्त्रको गीत गायौ

Posted in कविता | Tagged , , , , | Leave a comment

लघुकथा : उत्कृष्ट कर्मचारी

~अरुणबहादुर खत्री “नदी”~ कार्यालय सहयोगी कर्मचारी धने र श्यामे सधैँ कार्यालय समयमा नै पुग्ने गर्दथे । कार्यालयको छुट्टी भएपछि मात्रै उनीहरु आफ्नो घर फर्कन्थे । उनीहरुले कार्यालयमा गर्नुपर्ने कामकाज इमान्दारीताका साथ पूरा गर्ने गर्दथे । अरु शाखाका कर्मचारीहरुले काममा अनुरोध … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

लघुकथा : सूरक्षा

~अरुणबहादुर खत्री ‘नदी’~ लोडशेडिङ् भएको रातको समय रमेशको घर लुटिएछ । भोलिपल्ट बिहान कुखुराको भाले बासेर उज्यालो भएपछि टोलका मानिसहरूले रमेशको घरमा लुटेराहरू आएर घरमा राखेका आवश्यक सामान नगद र गरगहना लुटेर लगेको घटना थाहा पाए । सो घटना थाहा … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

लघुकथा : सहयोगको बिजोग

~अरुणबहादुर खत्री ‘नदी’~ कार्यालय छुट्टी भएपछि रमेशले आफ्नो घर पैदल फर्कदैँ गर्दा हात्तीसारमा पुगेपछि एकजना अपरिचित व्यक्तिले रमेशलाई बोलाएर, “दाइ, लैनचौर जाने बाटो कुन हो ?” भन्यो । “ए, त्यसो हो भने म पनि लैनचौर हुँदै आफ्नो घर फर्कन लागेको … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

लघुकथा : सहयोग

~अरुणबहादुर खत्री “नदी”~ सुमनलाई मोटर दुर्घटना परेर घाइते भएर शिक्षण अस्पतालमा भर्ना गरेको हुँदा सुमनकी आमाले छिमेकी घरको किशोरलाई बोलाएर आग्रह गरिन्,”किशोर तिम्रो मोटरसाइकल छ मेरो छोरा सुमनलाई अस्पताल भर्ना गरेको हुंदा मैले पकाएको खाना पुरुयाइदेऊ न गाह्रो नमानीकन ।” … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

लघुकथा : सङ्गतगुनाको फल

~अरुणबहादुर खत्री “नदी”~ बालाजुचोकमा पुगेर एअरपोर्टसम्म जानुपर्ने भएकोले चक्रपथ परिक्रमा लेखेको सार्वजनिक बसमा चढे ! एअरपोर्ट पुग्न लागेपछि “एअरपोर्ट झर्ने कोही हुनुहुन्छ ?” बसको सहचालकले भने । “म छु एअरपोर्ट झर्ने” मैले भनेँ । “अङ्कल कहाँदेखि चढ्नुभएको ?” भन्दै सहचालकले … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

कविता : यो सहर

~अरुणबहादुर खत्री “नदी”~ अचेल यो सहरमा मोटरहरू अन्धाधुन्ध गुडिरहेछन् सडकका पेटी पेटीहरूमा माग्नेहरू कचौरा तेर्छयाएर पैसा मागिरहेछन् तमाम् आमा र श्रीमतीहरू

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : यो कस्तो सहर ?

~अरुणबहादुर खत्री “नदी”~ यो कस्तो सहर यहाँ मान्छेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ, खानेपानीको हाहाकार थपिदै गइरहेको छ, प्रदूषणको त कुरै नगरौं

Posted in कविता | Tagged , , , , | Leave a comment

लघुकथा : माफ माग्दा

~अरुणबहादुर खत्री “नदी”~ आफ्नी भतीजीको विवाहको निमन्त्रणा कार्ड मोटरसाइकल चढेर बाड्दै हिँड्दा ठमेलमा एकजनाको घरमा पसेर निमन्त्रणा कार्ड बाडेर मूलगेटबाट बाहिर निस्कनासाथ बिरालोले बाटो काट्यो । बिरालोले बाटो काटेको आफ्नै आँखाले देख्ने बित्तिकै एकछिन हिड्न मन नलागेर त्यही उभिए । … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

लघुकथा : फाँटेको नोट आफूलाई मिल्ने रहेछ

~अरुणबहादुर खत्री “नदी”~ रामजीलाई आमाले बोलाएर पाँचसयको नोट दिदै भनिन् – “एक धार्नी आलु किनेर ल्याइज त छोरा ।” रामजीले तरकारी पसलमा पुगेर एक धार्नी आलु जोखेर लियो र पसलेसँग पैसा कटाउनु त साहुजी भनेर पाँचसयको नोट दियो । साहुजीले … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

कविता : प्यारो परेवा र म

~अरुणबहादुर खत्री “नदी”~ ए शान्तिका प्रतीक परेवा ! कुनै दिन तिमीले शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको हाम्रो सुन्दर यो देश नेपालमा शान्ति ल्याउन सक्छौं भन्ने विश्वासमा म नदीभित्र डुबुल्किरहेछु राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई सम्झेर आँखाबाट आँसु झार्दै डाको छाडी म … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

लघुकथा : परिस्थिति

~अरुणबहादुर खत्री “नदी”~ रमेश एक निर्दोष व्यक्ति हुन्छ । उसको दाजु राजु चाही अरुलाई ठग्ने गर्दछ । अर्काको घरमा गएर पैसा मलाई चाहियो भनेर सापटी माग्दै हिँड्ने गर्दछ । तर त्यो सापटी लिएको पैसा अरुलाई फर्काउने भने गर्दैनथ्यो । एकदिन … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

कविता : अक्षर चिन

~अरुणबहादुर खत्री “नदी”~ सकेन उसले अक्षरहरु राम्ररी चिन्न उसको हातले जानेन कलम चलाउन तर, बन्दुक चलाएको छ उसले

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : आमा

~अरुणबहादुर खत्री “नदी”~ आमा तिमीले मलाई जन्म मरण दोसाँध बोकी जन्म दियौ यस धर्तीमा यो भारलाई कसो गरी सक्छु मैले तिर्न । नौ महिना गर्भमा राखी आँखा खोली दियौ ताते ताते भन्दा भन्दै

Posted in कविता | Tagged , , , , | Leave a comment

लघुकथा : आमाबाबुको मुख हेर्ने

~अरुणबहादुर खत्री “नदी”~ बिहे गरेर अर्काको घरमा पठाएको छोरी कृष्णाले बाबुको मुख हेर्ने कुसे औंसीको दिनमा मीठा मीठा परिकारहरू बोकेर आफ्नो बाबुको मुख हेर्न पुगिन् ! माइत पुगेपछि उनले आफ्नो बाबुको मुखमा लगेर मिठाई खुवाइन् ! कृष्णाको दाजुको नाबालक छोरा … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

कविता : आजका मान्छेहरू

~अरुणबहादुर खत्री “नदी”~ सृष्टि सिर्जनाको यस संसारमा मान्छे भएर जन्मेपछि केही आशा अनि उमङ्ग लिएर उभिएका ती मनहरू जन्मेर आफ्नो भविष्यका लागि केही कुरा सोचेको हुन्छ

Posted in कविता | Tagged , , , , | Leave a comment

लघुकथा : इज्जत

~अरुणबहादुर खत्री “नदी”~ खरिदार रामनाथले आफ्नो विवाह गर्दा ससुरालीबाट दाइजो स्वरुप आएको मोटरसाइकल चढेर कार्यालयमा जाने गर्थ्यो । आफ्नो श्रीमतीको माइतीले दिएको मोटरसाइकल चढ्न पाएपछि उसले आफूसँगै काम गर्ने सुब्बासाहेब भरतप्रसादलाई होच्याउदै भन्यो “सुब्बासाहेब हजुरले पनि भोलिदेखि मोटरसाइकल चढेर आउनु … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

लघुकथा : कामको मूल्याङ्कन

~अरुणबहादुर खत्री “नदी”~ कवि प्रेमप्रसादले काम गर्दै आएको कार्यालयको वार्षिकोत्सवको दिन नजिकै आइरहँदा सहकर्मी साथीहरूले उनले गरेको कामको प्रशंसा गर्दै भने, “यसपाली वार्षिकोत्सवको अवसरमा कविजीले पुरस्कार पाउनै पर्छ ।” कवि प्रेमप्रसाद इमान्दारीताका साथ काम गर्न कहिल्यै पछि पर्दैनन् । उनको … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

पुस्तक समीक्षा : सेतो धरती उपन्यास पढेपछि

~अरुणबहादुर खत्री ‘नदी’~ अमर न्यौपानेद्वारा लेखिएको सेतो धरती नामक उपन्यास २०६८ सालमा पहिलोपटक निस्किएको छ । यस उपन्यासमा विभिन्न शीर्षकहरू राखेर भागवण्डा गरिएका छन् । यस उपन्यासमा विभिन्न शीर्षकहरू राखेर लेखिएको हुँदा मलाई कथासङ्ग्रह जस्तो लाग्यो तर शुरुदेखि अन्त्यसम्म एउटै … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , , , , | Leave a comment

कविता : किन तड्पायौ प्रिय ?

~अरुणबहादुर खत्री “नदी”~ आउँछु भनेर विश्वास दियौं तिमीले मलाई उषाकालदेखि तिमी आउने बाटो हेरिरहे । घरका सबैलाई अन्तै पठाएर एक्लै तिम्रै प्रतीक्षामा म खाटमा पल्टिरहे ।

Posted in कविता | Tagged , , , , | Leave a comment

पुस्तक समीक्षा : देश दुखेका “आत्मालाप”हरु

~अरुणबहादुर खत्री “नदी”~ नेपाली साहित्यको साधना र सिर्जनाको क्षेत्रमा आफ्नो जीवनका साढे चार दशक बिताइसकेका गोर्खे साइँलोको आत्मालाप नामक विभिन्न छन्दमा लेखिएका कविताहरुको कवितासङ्ग्रह २०७२ सालमा प्रकाशित भएको छ । यस कविता सङ्ग्रहभित्र उनीद्वारा लेखिएका विभिन्न शीर्षकका ६२ वटा कविताहरु … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , , , , , | Leave a comment

लघुकथा : कृतिकारको कृति बिक्रीमा

~अरुणबहादुर खत्री “नदी”~ पुस्तक बिमोचनको निमन्त्रणा पाएर एकदिन म प्रज्ञा भवन पुगे । प्रज्ञा भवनमा पुस्तकको विमोचन कार्यक्रम सकिएपछि मैले पुस्तक लेख्ने कृतिकारलाई अनुरोध गरेँ,”आज बिमोचन भएको एकप्रति पुस्तक मैले पढ्न पाउँ ।” कृतिकारले उत्तर दियो,”सभाहलको बाहिर बिक्रीमा राखेको छ, … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

लघुकथा : जागिर

~अरुणबहादुर खत्री “नदी”~ दीपेन्द्र र उसकी पत्नी उमा दुवै जागिरे हुन् । दीपेन्द्रको भाइ प्रकाशचाहिँ बेरोजगार थियो । दीपेन्द्रले प्रकाशलाई स्नातक तहको अध्ययन पूरा गरेपछि भन्यो – “अब तैले पनि जागिर खोज्नु पर्यो, त्यत्तिकै घरमा बसेर केही फाइदा छैन ।” … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

लघुकथा : ठट्टा

~अरुणबहादुर खत्री “नदी”~ कृष्णप्रसादले आफ्नो पदोन्नति भएको खुसीयाली मनाउँदा आफूसँगै बसेर कामगर्ने सीतारामलाई भने,”सीतारामजी, तपाईलाई म आज बियर खुवाउँछु । तपाईले बियर खान सक्ने जति खुवाउँछु है ।” सीतारामले उत्तर दिए,”सर मैले बियर खान छाडेको दस वर्ष बित्यो । म … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

कविता : तिम्रै प्रतीक्षा

~अरुणबहादुर खत्री “नदी”~ तिमी आउँछ्यौ भनेर दृढतापूर्वक म प्रतीक्षामा बसिरहेछु तिमी आउने बाटो चियाएर आँखा बिछयाएर बसिरहेछु तर तिमी आउन सकिनौ न कुनै खबर न कुनै सन्देश पठायौ कैयौँ महिना, वर्षहरू बित्दै गए जीवनका कैयौँ मोडहरू पार भइसके

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : तिम्रो तस्बिर

~अरुणबहादुर खत्री “नदी”~ तिम्रो सुन्दर मुहारको सजिएका तस्बिरहरू हरेक साँझ, हरेक बिहान निहालेकै हुन्छु हरपल तिम्रो याद बोकेर मुस्कुराइरहेकै हुन्छु

Posted in कविता | Tagged , , , , | Leave a comment

बाल कविता : देऊ पढ्न ध्यान है

~अरुणबहादुर खत्री “नदी”~ साना साना नानी हो पढ्ने धेरै गरे है धेरै धेरै पढेर बुद्धिमानी बने है । आफूभन्दा ठूलालाई गर्नुपर्छ मान है सानासाना विद्यार्थीले

Posted in बाल कविता | Tagged , , , | Leave a comment

कविता : देशको भविष्य

~अरुणबहादुर खत्री “नदी”~ समयले कुन रुप लिन थाल्यो अचेल मुस्किल परेको छ पहिचान गर्न सत्य बोल्ने मानिस भेट्टाउन दुरुह नै भइसक्यो देशको भविष्य निर्माण गर्न । देशमा अन्याय र अत्याचार गोलबद्ध भएर बढिरहेछ दिनप्रतिदिन

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : देशमा शान्ति

~अरुणबहादुर खत्री “नदी”~ आज मेरो मन किन हो कुन्नि देशको चिन्ताले दुखिरहेछ प्रत्येक दिन बिहान शान्तिका प्रतिक परेवा मेरो घरको कौसीमा उडेर आइरहन्छ

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : मेरी पुजनीय आमा

~अरुणबहादुर खत्री “नदी”~ मलाई जन्माउने मेरी पुजनीय आमा आज त मुसुमुसु हाँसिन् लागेछ होला जीवनले मृत्युको छेकारो काट्यो । जीर्ण शरीर मेरी आमाको तागतिलो भएर आँखाको नानीमा झिल्मिलायो ।

Posted in कविता | Tagged , , , , | Leave a comment