Tag Archives: Anup Joshi

कविता : गोविन्द केसी तिमी याद आउनेछौ

~अनुप जोशी~ गोविन्द केसी मृत्युशैयामा हाम्रो स्वास्थ्यको लागि लडिरहँदा हामी ‘माइली साइरस’ र ‘निक्की मिनाज’का नग्न गीतहरुमा हराइरहेका छौं तर एकदिन यस्तो त दिन आउनेछ जब हाम्रो मगजमा गोविन्द केसीमात्रै याद आउनेछन् जब पैसा नभएर ज्यूँदो लास अस्पतालको ढोकाबाट फर्कनेछ … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : जलाएर कविता

~अनुप जोशी~ वस्त्रविहिन सडके बालकहरुका यौनाङ्ग जस्तै ताराहरु फर्फराईरहेकै हुन्छन् आकाशमा बादल र चन्द्रमा ??? यिनीहरुको चैँ हुने/नहुने कुनै भर छैन ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : लेख्न विवश छु

~अनुप जोशी~ तिमी मलाई नकार्न सक्छौ धिक्कार्न सक्छौ । तिमीले भनेजस्तै, म तरल छु । म पानीको थोपा ! भाडाँको रिक्तता तृप्त गर्छु । भाँडाको आकार मेरो आकार मेरो कुनै रङ्ग छैन । तिमी मलाई रातो बनाउछौ

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : ईतिहास

~अनुप जोशी ~ पहिले पहिले जमिनमा वनस्पतिहरु मात्रै बस्थे जीव–जनावरहरु सबै पानीमा बस्थे । एकदिन भयो आकाशवाणी, समून्द्रमा चारैतिर फैलियो अफवा– “हिमालमा डढेंलो लाग्यो ।” आगो नदीको बाटो हुँदै समून्द्र आईपुग्ने डरले हिउँ माछाहरु हिउँ छेडेर भाग्न थाले जीवनमा सूर्य … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : कल्पनामा एक ऋतु जीन्दगी

~अनुप जोशी ~ कहिले उज्यालोले अँध्यारोलाई लखेट्थ्यो कहिले अँध्यारोले उज्यालोको उछितो काढ्थ्यो एकपल्ट हरियो रङ्गीएका वृक्ष-लतिकाहरु स्वत: पहेँलो रङ्ग ओढ्दथे र कुनैबेला नाङ्गै पनि बस्दथे । यस्तैमा मैले बुझ्न थालेको थिएँ कि समय घडीमाजस्तै सर्कुलर घुम्दो रहेछ ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : बुढीआमा र उनको छोरो

~अनुप जोशी ~ म प्रत्येक दशैँमा गाऊँ फर्कँदा उनी छाँया रङको मजेत्रो ओढेर थुम्काको चौतारीमा बसिरहेकी भेटिन्थिन् उनी चौतारी छलेर अगाडी बढ्ने हरेक यात्रुका अनुहार पढ्दथिन् यति विघ्न व्यस्त देखिन्थिन् कि उनलाई आँखाको कचेरा फाल्ने फुर्सद हुँदैनथ्यो

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : कल्पनामा एक टुक्रा सपना

~अनुप जोशी ~ म स्थापित सपनाकार भैसकेको थिएँ आफुले चाहेजस्तै सपना देख्थेँ मुर्कट्टा भूतहरुलाई बोलाउँथे सबैभन्दा डरलाग्दा राक्षसहरुलाई मेरो निम्तो पुगेकै हुन्थ्यो र म सपनीमा सँधै महाभारतभन्दा भयङ्कर

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : पिता – एक लोग्ने-मान्छे

~अनुप जोशी ~ ओ पिता ! जतिबेला तिम्ले मेरी आमासँग बिहे रच्यौ र सुहागरातको उन्मादमा लत्पत्तियौ तेतीबेला नै यौटा भयानक षडयन्त्रको बीऊ छर्यौ -म बिरुद्ध । तिम्रो लिङ्गबाट स्खलित भएर म तिम्रो जुत्ताको पिँधमा चिप्कीन पुगेँ कि त्यो तिम्रो जब्बर … Continue reading

Posted in कविता | Tagged , , , | Leave a comment

कविता : सांसारिक दैत्यता

~अनुप जोशी~ दैत्यिक उन्मुक्तीको तलासमा क्रान्तिरुपी विगुल सल्काउँदै गर्दा मेरा उत्तेजित धमनीहरु खल्बलीए । पिचासे मनहरुलाई – सांसारिक अलौकीकता पाच्य भएन । तरङ्गीत आश्या नगरी उत्ताउलो बन्दै गए । भ्यागुते उफ्राईहरु निश्क्रीय पारिए। साङ्गठनीक यथार्थवाद ओइलाए । सुर्यास्त पछिको चन्द्रे … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : रुमाल

~अनुप जोशी ~ कुनै धागोको रुमाल थियो त्यो सात दिन सात रात कुरुष चलाएर तिम्ले बुनेको तेतिबेला तिम्ले मलाई उपहारमा दिएकी थियौ नाइँनास्ति गरी गरी मैले राखेको थिएँ सर्टको खल्तीमा अहिले एकाएक खल्तीबाट भित्र छिरेर तेसले मेरो मुटुको आकार लिएको … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : फेरी एक्लै

~अनुप जोशी ~ यो शहरको विशाल अनन्तता बीचमा कतै हराएको छ यी अग्ला अग्ला घरहरुबाट आईरहेको छ नीर्जीव गन्ध अब म तिमीलाई सम्झदैछु कि लेख्दैछु फेरी अर्को कविता

Posted in कविता | Tagged , , , , | Leave a comment

कथा : भ्रम

~अनुप जोशी~ वसन्त ऋतुको प्रादुभावमा वरिपरिका लतागृह एवम् पंक्षी जगत मुस्कुराइरहेका देखिन्छन् । क्षितिजमा अल्पसंख्यक वादलु गणहरु दिशाहिन भएर यताउती छट्पट्याइरहेका छन् भने आजको पुनर्जन्म पश्चात सुर्यको यात्रा चरम उत्कर्षमा पुगेको छ । वार्सिलोनाको कुनै फराकीलो , चिल्लो कालोपत्रीय सडकमा … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

लघुकथा : अन्तिम बेन्चको छेऊ

~अनुप जोशी~ अंग्रेजी कक्षा सम्झने वित्तिकै पनि मेरो मनमा बारुद विष्पोट हुन्थ्यो । शरीरका नसाभरी यौटा भयपूर्ण खवर संचारित हुन थाल्थ्यो । जब हिटलर जस्ता अंग्रेजी शिक्षकले कक्षा प्रवेश गर्थे ; म आफ्ना सम्पूर्ण वाह्य गतिबिधिहरुलाई सन्तुलित प्रस्तुत गर्न यत्नरत … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

कविता : हराएको कवि

~अनुप जोशी ~ आज पनि कस्सिएर शिशिरले एक चड्कन हान्यो शरीरमा छोरोलाई एक जोर नयाँ लुगा चाहियो रे स्वास्नीको कान बुच्चे भएको तिन वर्ष पुग्यो रे घरभेटी दुई महिना देखि खल्ति छामिरहेछन् तर म अझै रुमलिरहेछु यौटा हराएको कवि सीघ्र … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : कसैले पनि तिम्रो ठाउँ ओगट्न सक्तैन

~अनुप जोशी ~ कहाँकहाँबाट बहेर आउँछ खुशीको लप्का र टाँसिन खोज्छ मेरो हृदयको भित्तामा सिँढिहरु आफैले चढाउँन खोज्छन् मलाई सफलताको चुलीमा आफन्त-साथीहरु भइदिन्छन् मेरो जहाँज जहाँ रहेर म बादलहरुमा शयर गर्न सक्छु

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : सामाजिक प्रोग्रामिङको विपक्षमा

~अनुप जोशी~ यस्तो भयो कि धर्तीमा ईभोलुसन भयो रोबोटहरुको र ती आफैले उत्पादन गर्न थाले आफुजस्तै रोबोटहरु सन् १९९४ को कुनै रात एक चाबी युक्त रोबोटले अन्ततः खर्च गरेर सम्पूर्ण उर्जाशक्ति घुसायो अर्काे ताल्चा युक्त रोबोटमा आफ्नो उत्पादकीय चाबी र … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

छोक : कल्पनामा एक धर्सो समय

~अनुप जोशी ~ एक धर्सो समय जो जादुगरको छडीजस्तै चमत्कारी देखिन्थ्यो त्यो त्यहि परिवर्तनकारी थियो

Posted in छोक | Tagged , , , , , | Leave a comment

कविता : सौन्दर्यबोधमा रक्तसिँचाई

~अनुप जोशी ~ आत्म घटन/आत्म विघटनको कुरुक्षेत्रबाट सौन्दर्यबोधसम्मको एक वृहद नियात्रा , रकेट विमानहरुमा श्वासाल्पता र ‘एनहाइड्रस’ अधमरो जिन्दगी ! नहुनु बराबरको ऐन्द्रियता नहुनु बराबरको मानवीयता रक्त भण्डारले कुबेर हुँदा-हुँदै पनि एक फाल्सो जीवनदानको कन्जुस्याँईमा गुम्सिरहँदा प्रगल्भ एक ऋतु , … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

Poem : ODE TO MY SISTER

~ANUP JOSHI ~ If you reach too low or too high you needn’t feel frightened For you’ll get elevators to help you ascend or descend If you’re out in the dark night you needn’t feel frightened For you’ll see the … Continue reading

Posted in Poem | Tagged , , , | Leave a comment

कविता : निन्द्रा नलागेपछि

~अनुप जोशी ~ निन्द्रा नलागेपछि मैले खाटबाटै सिरक कसेर माथिको सिलिङलाई हेरेँ र अचानक त्यो माथि गर्जिरहँदो घरभेटीलाई सम्झिएँ सम्झिएँ , छ महिनादेखि भाँडा तिर्न नसकेको व्यहोरा , तुरुन्तै कोठा छोड् भन्ने घरभेटिको पछिल्लो आदेश ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : मान्छे

~अनुप जोशी ~ मान्छेलाई थाहा छ– आकाशको रङ थाहा छ– सगरमाथाको उचाई झरनाको शिर मौसमको जादुले रुखमै पाकेको फल उसलाई सबै थाहा छ– बादलले कस्तो गीत गाउँदा वर्षात हुन्छ, चट्याङ् पर्छ थाहा छ– हाँगा छाडेर भुर्र उँडेको चरा बादलभित्र गायब … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : कल्पनामा एक चुम्बकीय शक्ती

~अनुप जोशी ~ म सानै हुँदा आमाले दुइटा ढुङ्गा हो कि फलाम जस्ता पर्यायवाची वस्तुहरु उपहार दिनुभयो जब ती दुईलाई हत्केलामा अड्याउन खोजेँ एउटा फुत्त भाग्यो र अर्कोसँग चिप्किन पुग्यो म हठात् आत्तिएँ मलाई आश्चर्य चकीत देखेर आमाले भन्नुभयो-

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : चाह्यौँ भने

~अनुप जोशी ~ यदी चाह्यौँ भने यौटा सिँगो जीवन छ हामिसित । बटुवा पर्खेर बसिरहेका चौतारीहरु सुवास छरेर आगन्तुक निम्त्याईरहेका बगैँचाहरु हिमालले एकटक हेरिरहेको भञ्ज्याङ अनि डाँडाहरु सबै छन् हामीसित , हाम्रो संगमस्थल । के तिम्रो मायाको ब्रह्माण्ड पनि फैलिरहेछ … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment