Tag Archives: Anukul Prakash

कविता : मौन आग्रह

~अनुकुल प्रकाश~ मनको आँखा खोली पढ मेरो सजिव चित्र, भेट्टाउछौ कि?आफ्नो बच्पन् मेरो विम्बभित्र!! बाँकी भाका तिम्रा जीवन-ब्रीत्त गर्छु पुरा, खालि-खाली अवोध मन्मा भर ज्ञानी कुरा!!

Posted in कविता | Tagged , , , , | Leave a comment

बाल कविता : काखमा रमाएको

~अनुकुल प्रकाश~ सपनीबिच निदरीको काखमा रमाएको, सानी नानी लाग्यो ज्ञानी हेर्दा नीदाएको!! निधारमा गाजलटीका रै’छ लगाएको, चिटिक्कको नाना हेर झनै सुहाएको!!

Posted in बाल कविता | Tagged , , , | Leave a comment

कविता : दीप

~अनुकूल प्रकाश~ म मा पाप छैन ,म निस्पाप, जलिरहेछु,बलिरहेछु ! म मा कलंक छैन, म निस्कलंक, जलिरहेछु,बलिरहेछु ! म मा स्वार्थ छैन,म निस्वार्थ, जलिरहेछु,बलिरहेछु ! म मा डाहा छैन, इर्श्या छैन, न घामसित ,न जुनसित न घामको प्रचण्ड कीरणसित, न … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : जोर हात दाउँछु

~अनुकुल प्रकाश~ कर्मठ मेरा जोर हात दाउँछु परिश्रमको नै गीत म गाउँछु धेरै सुन्यौ मेरा विरताको किस्सा अब विकासको मूल उगाउँछु

Posted in कविता | Tagged , , , | Leave a comment

कविता : अपुरो राष्ट्रियता

~अनुकूल प्रकाश~ सरकार ! म बुधनराम– एक मधेसी झण्डै ढाई शताब्दीदेखि तिम्रो राष्ट्रियतामा अट्न सकिरहेको छैन या तिमीले नै अट्न दिइरहेका छैनौ ? योजनाबद्ध । हमार बिटुवा, काठमाडौं आएर कुछ गर्न चाहन्थ्यो ऋतिक रोशन काण्डमा अपाहिज भैगयो

Posted in कविता | Tagged , , , , | Leave a comment

गजल : एउटा ढुङ्गा पुज्छन् मान्छे

~अनुकुल प्रकाश~ हजार हजार ढुङ्गा कुल्ची एउटा ढुङ्गा पुज्छन् मान्छे ईश्वर, अल्ला मनमै थाती मन्दिर-मस्जिद झुक्छन् मान्छे सबका मालिक एकै हुन् रे, नाम फरक लिएपनि भन्नलाई त भन्छन् तर भित्र-भित्रै फुट्छन मान्छे

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : केवल गजलमा

~अनुकुल प्रकाश~ डुवाएँ जिन्दगी केवल गजलमा रुवाएँ जिन्दगी केवल गजलमा छुटे साथी टुटे यात्रा नरोकिएरै मैले गुडाएँ जिन्दगी केवल गजलमा

Posted in गजल | Tagged , , , | Leave a comment