Tag Archives: Anudit Laghukatha

थारु भाषाके अनूदित बालकथा : मामु बुझ्ठि

~विनय कसजू~ अनुवाड: माेतीराम चाैधरी `रत्न´ ‘चुनु, होमवर्क वरैलाे ? ’ ‘टम्हन्ने वरुवा सेक्नु मामु !’ ‘टब टे अाब किताब पढाे । गेम ज्याडा नाखेलाे ।’ ‘खेल्ले नै हु मामु । बाबक इमेल आईल कि चेक करटु।’ मामु एकडम अस्टे … Continue reading

Posted in अनूदित लघुकथा, थारू बालकथा | Tagged , | Leave a comment

अनूदित लघुकथा : दुई विद्वानहरु

~खालिल जीब्रान~ अफ्कार नामको पौराणिक सहरमा २ विद्वनहरु बस्थे जस्ले एकअर्काको ज्ञानलाई घृणा र बहिस्कार गर्थे । कारण- एक विद्वान आस्तिक थिए र अर्का विद्वान इश्वरको अस्तित्वलाई अस्विकार गर्थे । एक दिन उनीहरुको भेट बिच बजारमा भयो, र

Posted in अनूदित लघुकथा | Tagged | Leave a comment

अनूदित लघुकथा : देवता

~यकिना अगाध~ यसपाली बर्खामा अरु बेलाभन्दा धेरै ठूलो पानी पर्यो । ठाउँ ठाउँमा पहिरो गएको र मान्छेहरु बगाएको समाचारहरु सुनिन थाले । यस गाउँका पूजारी बाजे यी खबरहरु सुनेर साह्रै डराए । यो बर्खा सकुशल टार्नका लागि उनी रातदिन भगवान … Continue reading

Posted in अनूदित लघुकथा, लघुकथा | Tagged | Leave a comment

अनूदित लघुकथा : नाटक

~पवित्रा अग्रवाल~ अनु : मनोज न्यौपाने ‘बुहारी, भोलिका लागि चना भिजायौ ? पूजाको अरु तयारी पनि गर्नु छ … । कुन कुन कन्यालाई बोलाउने हो ? तिनलाई पनि खबर गर्नु छ ।’ सबै कुुरा बुझेर पनि नबुझेझैं गरेर बुहारीले सोधी, … Continue reading

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

अनूदित लघुकथा : बहुमत

~आलोक कुमार सातपुते~ अनु : मनोज न्यौपाने ‘चित्तलाई एकाग्र गर्नका लागि एक प्रतीक चाहिन्छ, त्यसैले म मूर्ति–पूजाको पक्षधर हुँ ।’ एउटा धर्मले अरु दुइटा धर्मसँग आफ्नो श्रेष्ठता सिद्ध गर्ने उद्देश्यले भन्यो । ‘म त मूर्तिपूजाको विरुद्धमा छु, तर म लाशको … Continue reading

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

अनूदित लघुकथा : अँध्यारो नगरी

~खालिल जीब्रान~ अनु : मनोज न्यौपाने राजमहलमा रात्रिभोज थियो । एउटा मान्छे त्यहाँ आयो र राजालाई दण्डवत् गरेर लम्पसार पर्यो । भोजमा आएका सबैले उसलाई हेर्न थाले । उसको आँखा निकालिएको थियो र त्यहाँबाट रगत बगिरहेको थियो । राजाले उसलाई … Continue reading

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

अनूदित लघुकथा : बोर्खेज र म

~खोर्खे लुई बोर्खेज~ त्यो जो ‘दोस्रो’ हो, त्यो नै बोर्खेज हो, जससँग घटना घटित भएको छ । म बुएनोस आयरेसमा भौँतारिँदै कुनै तोरणको अर्धवृत्ताकार भाग वा फलामको ढोकालाई नियाल्दै ढकढकाउँदै, अब कदाचित् यन्त्रवत् । मलाई बोर्खेजको सूचना हुलाकबाट प्राप्त हुन्छ … Continue reading

Posted in अनूदित लघुकथा | Tagged | Leave a comment

अनूदित लघुकथा : देलिया एलेना सान मार्को

~खोर्खे लुई बोर्खेज~ इलेभेन्थका छेउमा हामीले बिदा लियौँ । म अर्को सडकपेटीबाट पछाडि हेर्न मोडिएँ, तिमी पनि मोडियौ र तिमीले बिदा भन्दै हात हल्लायौ । हामी दुवैका बीच मोटरहरू र मान्छेहरूको बाढी बगिरहेका थिए । कुनै सामान्य मध्या्रह्नको पाँच बजेको … Continue reading

Posted in अनूदित लघुकथा | Tagged | Leave a comment

अनूदित लघुकथा : परिचय

~आलोक कुमार सातपुते~ अनु : मनोज न्यौपाने म हिन्दू हुँ…, सरी, म हिन्दू थिएँ भन्नुपर्ला किनकि हिन्दुत्वको खराबीलाई देखेर मेरा पूर्खाले बौद्ध धर्म स्वीकार गरेका थिए । म बुद्धिष्ट हुँ…तर यहाँ पनि समस्या छ । भारतमा अम्बेडकरवादी बौद्ध प्रचलित छ… … Continue reading

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

अनूदित लघुकथा : सोमबार या मंगलबार

~भर्जिनिया वुल्फ~ अनुवाद : एकदेव अधिकारी आलसी र उदासीन, आकाशको शून्यतालाई आफ्नो पँखेटाले मिलाउँदै, ज्ञात गन्तब्य तर्फ चर्चको माथिबाट बकुल्ला अगाडि बढ्छ। सेता र सुदूर, आँफैमा लीन हुँदै अनन्त आकाश ढाकिँदै, देखिँदै, रोकिँदै चलिरहेछ। सायद एउटा ताल? त्यसका किनाराहरू ढाकीएका … Continue reading

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

अनूदित लघुकथा : आफ्नो-अर्को

~हरिशंकर परसाईं~ अनु : लक्ष्मण अर्याल ”तपाइँ कुन विद्यालयको शिक्षक हुनुहुन्छ ?” ”म लोकहितकारी विद्यालयको शिक्षक हुँ | किन केही काम छ र ?” ”अँ, मेरो छोरोलाई विद्यालयमा भर्ना गर्नु छ |”

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

अनूदित लघुकथा : लेखक

~रोहितकुमार ‘हैप्पी’~ अनु : लक्ष्मण अर्याल पाकेटमारालाई उसको पाकेट मार्दा लागेको थियो – धेरै माल हात लाग्यो किनकि पाकेटबाट निस्किएको माल गह्रौं थियो | फुकालेर हेर्दा सबै कागजमात्र देखिए |

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

अनूदित लघुकथा : मन्नु र तारा

~विश्वेश्वरप्रसाद कोइराला~ अनु : लक्ष्मण अर्याल आकाशमा ताराहरू चमचमाइरहेका थिए | ”आमा भन्नुहोस् न त्यो के हो ?” मन्नुले आमालाई सोध्यो | ”त्यसलाई तारा भन्छन् बाबु | सबै मान्छे मरेपछि त्यहीं जान्छन् र जन्मनुभन्दा अगाडि पनि त्यहीं रहन्छन् | जन्मनुभन्दा … Continue reading

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

अनूदित लघुकथा : नोट

~अवधेश कुमार~ अनु : लक्ष्मण अर्याल उनले मेरो आँखै अगाडि सय रुपियाको नोट हल्लाउंदै भने – यो कविकल्पना होइन यही दुनियाँको सत्य हो | म यसलाई जमीनमा रोप्छु अनि देख्नेछौ रुपियाको बाली लहलहाउनेछ | मैले त्यस नोटलाई कौतुहल र उत्सुकताका … Continue reading

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment