Tag Archives: अनिल नेम्बाङ – Anil Nembang

कविता : उचाईमा जे अनुभव गरें

~अनिल नेम्बाङ~ के गर्दै छौ कान्छि? स्पष्ट देखिन- अलि माथि उक्ल न उध्रिएको चोली टालेको छैनौ? गोठालो दाइ के गर्दैछन्?

Posted in कविता | Tagged | Leave a comment

छोक : प्रिय अँध्यारो

~अनिल नेम्बाङ~ मलाई अध्याँरो मन पर्छ अध्याँरोमा- सुटुक्क तोङ्बा तान्न पाइन्छ सोल्टिनीको मिठो सम्झना हुन्छ आकाशमा जून-तारा फुल्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : दोधारमा धार

~अनिल नेम्बाङ~ बेलाबेला दोधारमा पर्छु फूल माग्दा सोल्टिनीले म दोधारमा परेथेँ- फूलको थुँगा या फूलको बिरुवा? दोधारमै बिरुवा दिएथेँ मानिलिएँ, बिरुवा- नयाँ हो सुरुवात हो जीवन हो विनिर्माण हो+ टपक्क टिपेको फूलको थुँगामा सुन्दरता र अर्थ त देखेँ सँगसँगै निकट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलमायाले छोरालाई भन्छिन- कमसेकम जुवा त खेल

~अनिल नेम्बाङ~ धन बहादुर नाम जस्तै थिए- तीन तले घर, नब्बे मुरी कुत आउने खेत, धपक्क बलेकी श्रिमती-अरु के कुरा गर्नु। ६२ सालमा- जुवामा च्याखे थाप्दा एक हल गोरु पनि जोडे हौसिएर त्यहि दिन देखि उनले कौडि समाए जुवा खेल्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रंग र सभ्यता

~अनिल नेम्बाङ~ पहेँलो सभ्यताः चुहिने आकाश गर्लम्म ओढ्छ भोकमा माटो खान्छ तिर्खामा नदि पिउँछ दिनमा सुर्य ताप्छ साँझमा झ्याउँकिरी सुन्छ अँध्यारोमा जूनको पुल्ठो सल्काएर हेर्छ तारापुञ्जको चलचित्र अनि घुर्छ आनन्दको निन्द्रा।

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रीमानलाई एक प्रश्न

~अनिल नेम्बाङ~ गलामा सेतो हिमश्रिङ्खलाको हार हरियो पहाड-पर्वतको फरिया-चौबन्दी ठाउँँ ठाउँमा लालिगुराँसको बुट्टा बुर्कामा रङ्गिचङी डाँफेहरुको बिट सिम्रिकको बाटुलो टिका अनी लमतन्न मधेशको बाह्र हाते पटुकी आहा! कती सुहाएको तर,

Posted in कविता | Tagged | Leave a comment

कविता : रिठ्ठे

~अनिल नेम्बाङ~ उ बेलाको कुरा सम्झेर ल्याउँछु- एक डबका पिएको घर छेउको मेलामा रिठ्ठे पनि घाँडो भो’ समाजको- गाउँलेले कुरा काटे अनि समाज तिर्खाउन मन लाग्यो। अघिल्लो साल पनि एक खिल्लि धतुरो मुर्छित थिएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : किनकि उ मजदुर हो

~अनिल नेम्बाङ~ बाटोमा फोहोरको थुप्रो छ हाक्किमले चिल्लो कारमा चढेर छल्छन् साहेबले बाइकमा हुइकिएर छल्छन् महाजनले नाक थुनेर बाटो काट्छन् उसले त्यहि फोहोर पन्छाएर बेलुकिको छाक जुटाउनु पर्छ अहँ उसलाई त फोहोर गन्हाउदैन किनकि उ मान्छे होइन।

Posted in कविता | Tagged | Leave a comment

छोक : मेरो ठाऊँलाई बिशेषण

~अनिल नेम्बाङ~ सुन न! लुकिछिपि भाँडाकुटि खेल्दै थिए लोक कथाका सुकिला राजकुमार राजकुमारी हाम्रै घरको घुर्यानमा हिजो रातिको सपनामा

Posted in कविता | Tagged | Leave a comment

कविता : जोवन, समय र रङहरु

~अनिल नेम्बाङ~ पछ्याउँदै तन्नेरी लौरोलाई पुग्छु फेदमा लालुपातेको। पन्छाउँछु लौरो अनी बिसाउँछु छेवैमा आफुलाई।

Posted in कविता | Tagged | Leave a comment

कविता : तर गलेको छु एउटा क्रुर विवशताले

~अनिल नेम्बाङ~ म पात हरियो रहिन्जेल कहिल्यै नछाडुँला झैँ समाते’थ्यो च्याप्प उ त्यो वृक्षले। बतास पनि फकाउँदै कहिले सुस्तरी कहिले बेस्सरी आईपुग्थ्यो नचाउन।

Posted in कविता | Tagged | Leave a comment

कविता : सिंहदरवारलाई मेरो झुप्रोको मित्रता प्रस्ताव

~अनिल नेम्बाङ~ सिंहदरबारको झ्यालबाट नदेखिएको मेरो गाउँ छ, बर्षौँ बितेछ। तर, -महाजनको सुट सिउने दर्जि दाजै अझै नाङ्गै रहेछन्। -दुनियाको महल बनाइदिने कर्मि काकाको छानो उस्तै चुहिने रहेछ। -खेत खिइएर बगर बन्न लागेछ तर कार्बारी बाजे अझै भोकै बाँझो फोर्दारहेछन्। … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अकविता

~अनिल नेम्बाङ~ अठार कोरीको लैनो भैँसीलाई हैजाले उडाए देखी परदेश बतासिएको छु आधा रातमा कुकुर भुके मेरो बाटो नहेर्नु आमा भैँसीले पनि बेच्दो रहेछ हामीलाई त बुढि औँलाको मसी आलै छ, साहुको तमसुक च्यातिए पछि आउँला। उल्कै भो’ गाँठे!

Posted in कविता | Tagged | Leave a comment

कविता : बहिनी

~अनिल नेम्बाङ~ बहिनी! म अस्ती झैँ सिसा भएको भए हजार टुक्रा हुन्थें आज। या त पत्थर भएको भए कता कता उच्छिटिन्थेँ शायद। धन्न परार सालको तिहारमा तिमीले उनेको मखमलीको माला

Posted in कविता | Tagged | Leave a comment

कविता : इन्द्रेणी:प्रतिजिन्दगी

~अनिल नेम्बाङ~ टेकेर बक्षमा दुई पहाडको फक्रक्क फुलेको उ त्यो इन्द्रेणी देख्छु जहाँ प्रतिजिन्दगी वृतांशमा जिन्दगी। छुट्याँउछु रङँहरु केस्रा केस्रा झट्ट हेर्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : आज फेरी सपना देखेँ

~अनिल नेम्बाङ~ किस्ता किस्तामा जिन्दगी बेच्ने धुनमा सपना नदेखेको धेरै भएछ सपनाको चाङले छत छोएथ्यो सायद थपिन त पोखिनु पनि पर्यो। अँ, हिजो दिनको अन्तिम कित्ता साहुलाई जिम्मा लाएर फर्कदै थिएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : फाँसिको तख्तामा एउटा कविता

~अनिल नेम्बाङ~ यतिबेला फाँसिको तख्तामा छु। एक युग पहिले चिलको देश गएको थिएं, काग बनेर मैले देखें, -उसैको आकाशमा सारा तारा झुल्केको -उसैको आँगनमा सारा सयपत्री फुलेको -उसैको दलानमा चन्द्र सुर्य फक्रेको अनी बेस्सरी गाली गरेँ कंगालहरुलाई।

Posted in कविता | Tagged | Leave a comment