Tag Archives: Amar Tyagi

कविता : अरण्य–रोदन

~अमर त्यागी~ आपसमा पराई छन् मान्छे कसलाई सुनाएँ यो छातीभित्र देश दुखेको पीडा सर्पहरू पालेर वरिपरि आफू सुरद्य्रिात हुनुको नियति संस्कृति बनेको बेला कसलाई सुनाएँ यो जिन्दगी नै दुखेको पीडा जति चिच्याए पनि सुन्दैनन् आजका सभ्य रावणहरू

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

अमर त्यागीका दश मुक्तकहरु

~अमर त्यागी~ बिरानो शहरमा बन्धक छन् जीवनका सुखचयन मेरा वर्षा ऋतुको जलकुण्डझैं छचल्किरहन्छन् यी नयन मेरा । परिस्थिति र प्रकृतिनै वेदना र आनन्दका अनन्त स्रोत हुन् वाह ! काँढैकाँढाले बनेका छन् फूलहरूका यी शयन मेरा ।। स्वयंको सुख नमेटेसम्म अरूको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : मुक्तक | | प्रतिकृया छोड्नुहोस्

अमर त्यागीका आठ मुक्तकहरु

~अमर त्यागी~ धुकधुकी हो राष्ट्रियता हृदय हो देश मेरो शरीर हो सम्प्रभुता संस्कृति हो भेष मेरो । पुर्खाको पसीना र शहीदको रगतले सिंचेको यो मृत्तिकामै रम्नसकूँ जिन्दगानी शेष मेरो ।। ढुंगालाई देवता बनाउँछन् र आफूलाई ढुंगा बनाउँछन् मान्छे निर्धाको बली … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : मुक्तक | | प्रतिकृया छोड्नुहोस्

सूत्रकथा : वृध्दालय

~अमर त्यागी~ देशमा चर्केको द्वन्द्वको फाइदा उठाउँदै उनी द्वन्द्वपीडितको रूपमा शरणार्थी भएर सपनाको देशतिर बसाईँ गए। जीवनका सम्पूर्ण श्रम,सीप र ऊर्जा उतै खर्च गरे।अहिले वृध्द र अशक्त अवस्थामा आफ्नै देशमा शरणार्थी

विधा : सूत्रकथा | | प्रतिकृया छोड्नुहोस्

सूत्रकथा : पुनरावृत्ति

~अमर त्यागी~ -अस्तिसम्म उसको जागिर थियो र ऊ मसँग टाढिएर हिँड्थ्यो। -हिजो ऊ भ्रष्टाचारमा पर्यो र उसको जागिर गयो। -आज उसले मसँग मित्रता गाँसेको छ र जागिर मिलाइदिन आग्रह गर्दैछ।

विधा : सूत्रकथा | | प्रतिकृया छोड्नुहोस्

पुस्तक समीक्षा : पठनीय कथा सँगालो “पाखाको”

~अमर त्यागी~ नेपाली साहित्यका वर्तमान कालखण्डका कुशल सर्जक बाबुराम लामिछानेको प्रशासनिक र साहित्यिक दुवै व्यक्तित्व सवल र सशक्त रहेको छ । उनी प्रशासक भएर विभिन्न जिल्लामा बस्दा अनुभूत व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनका सत्यतथ्यहरू पाखाको कथासङ्ग्रहमा सहज र सम्प्रेष्यरूपमा उद्घाटित … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक समीक्षा | , | प्रतिकृया छोड्नुहोस्

अमर त्यागीका एघार सेदोकाहरु

~अमर त्यागी~ दसैँ-तिहार हिन्दूत्वको जुहार हर्षानन्द अपार शरद्मौसम सौन्दर्य सरगम मृदुल रमझम !

विधा : सेदोका | , | प्रतिकृया छोड्नुहोस्

सूत्रकथा : बाँच्नुको अर्थ

~अमर त्यागी~ # म विदेश जान तयार भएँ।आमाबुवाले बडो स्नेहभाव दर्शाउन थाले। श्रीमतीले पनि आदरआत्मीयता बर्साउन थालिन्। # म विदेश नजाने र स्वदेशमै केही गर्ने निर्णय सुनाएँ। आमाबुवाले झर्कोफर्को गर्नथाले। श्रीमती पनि ततर्केर हिंड्नथालिन्।

विधा : सूत्रकथा | | प्रतिकृया छोड्नुहोस्

गजल : आतङ्कको राग सधै

~अमर त्यागी~ सुनाउछ समयले आतङ्कको राग सधै लुटिदैछन् फूलहरू रक्ताम्मे छ बाघ सधै रेटिदैछ प्रतिदिन चेतनाको घाटी यहा लागेको छ चरित्रमा कलुषित दाग सधै

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

स्रष्टा परिचय : सूत्र साहित्यका स्रष्टा अमर त्यागी

~होमनाथ सुबेदी~ सर्वोत्कृष्ट पुस्तक पुरस्कार विजेता, सूत्र साहित्यका स्रष्टा अमर श्रेष्ठ ‘त्यागी’को जन्म भदौ २५, २०२५/१९५२ जनबरी १, मझुवा ओखलढुङ्गा, सगरमाथामा भएको हो । उनको वाल्यकाल र नेपाल आउनु अगाडि उनको ठेगाना कलैया ८, बारा/काठमाडौं, नारायणी अञ्चल थियो । उनी चिट्ठा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : स्रष्टा परिचय | , | प्रतिकृया छोड्नुहोस्

कथा : महानगर र म

~अमर त्यागी~ महानगर हिउँझै चिसो छ । चिसा छन् मनहरू । भावना र विचारहरू चिसा छन् । चिसा छन् चुल्हाहरू । चिसा छन् जीवनहरू पनि । धेरै दिनदेखि चिसोले कठ्याङ्गि्रएर आहतआहत बाँचिरहेको छु म । महानगर आगोझैँ तातो छ । … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्