Tag Archives: Amar Giri

कविता : नदीको माझमा

~अमर गिरी ~ नदीको माझमा छु म डगमगाइरहेछ डुङ्गा उठिरहेछन् छालहरू ती ठोकिन्छन् ढुङ्गामा/किनारमा भयभीत छु म विस्मित छु म सोच्छु— किनारामा उभिएर हेर्नेलाई कति अभूतपूर्व लाग्दो हो यो दृश्य ?

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : सपना सिवाय

~अमर गिरी ~ सायद म मात्र एक विम्ब हुँ जसलाई कविहरू प्रेमले उन्छन् आफ्ना कविताका हरफहरूमा कविता उड्दै–उड्दै आइपुग्छ मसम्म कुनै दूर देशको पन्छीझैँ म सुमसुम्याउँछु उसलाई आत्मीय भावले

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : लय

~अमर गिरी ~ एक लय छ नदीहरूसँग वृक्षहरूसँग एक लय छ हावालाई अँगालो हालेर शारदीय घाममा नाचिरहेका धानका बाला प्रचण्ड घामले बनाएका घाउहरूलाई सुमसुम्याउँदै फक्रिरहेका गुलाफ पुसको चिसोमा खोरिया खनिरहेका किसान

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

समीक्षा : राज्यको भाषिक नीति

~अमर गिरी~ विषयप्रवेश राज्यको भाषिक नीति कस्तो हुनुपर्ला ? यो आजको गम्भीर एवं ज्वलन्त प्रश्न हो । यस प्रश्नको समुचित उत्तरले नै सबै राष्ट्रभाषाको समान विकास र संरक्षण, भाषिक अधिकारको सम्मान, भाषिक विभेदका कारण सिर्जित द्वन्द्वको अन्त्य, अनावश्यक र अनपेक्षित … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : समीक्षा | | प्रतिकृया छोड्नुहोस्

समीक्षा : नेपाली साहित्यमा प्रगतिवाद

~अमर गिरी~ उठान प्रगतिवाद नेपाली साहित्यको मुख्य धारा हो । मुख्य धाराका रूपमा प्रगतिवाद नेपाली साहित्यमा स्थापित रहे पनि प्रतिधु्रवीय लेखक समीक्षकहरूले यसलाई न्यून महत्व दिने गरेका छन् । कतिले त यसको उपस्थितिलाई नै लुकाउने गरेका छन् । केहीले यसलाई … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : समीक्षा | | प्रतिकृया छोड्नुहोस्

समालोचना : सांस्कृतिक साम्राज्यवाद र जनसांस्कृतिककर्मीहरुको दायित्व

~अमर गिरी~ १. प्राक्कथन : सांस्कृतिक साम्राज्यवाद र जनसंस्कृतिकर्मीहरूको दायित्व जस्तो गम्भीर विषयमा नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलनमा एक साझा संस्थाका माध्यबाट समान धारणा र निष्कर्षहरूमा पुग्नाका निम्ति छलफल चलाउन खोजिएको सम्भवतः यो पहिलो अवसर हो। यस विषयमा हाम्रो मुलुकको प्रगतिवादी … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : समालोचना | | प्रतिकृया छोड्नुहोस्