Tag Archives: Akela Yatri

कविता : आफै जस्तो लाग्ने मान्छेको प्रवृत्ति

~अकेला यात्री~ के सम्झेर चित्त बुझाउनु एक्कासि आफ्नो घर हिम पहिरो जस्तो भत्किएपछि ? कहाँ टेकेर उभिनु यो धरातल नै फाटेपछि ? सम्झेर चित्त बुझ्दैन आफैँसँग अनायास ढाँटेर गएपछि आफैँ जस्तो लाग्ने मान्छेको प्रवृत्तिले । आफैँभन्दा बढी विश्वास गरेर

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : मास्टर साहेब

~अकेला यात्री~ जो आजका पाठमा धूमपानका हानीहरू पढाएर फर्केको छ जो आजका पाठमा मद्यपानका बेफाइदाहरू पढाएर फर्केको छ । प्रायशः मास्टर साहेबलाई देख्छु अचेल अबेरसम्म यो भट्टीपसलमा……! जो समयको महत्त्व बुझाएर फर्केको छ । गिलासको चुस्की, चुरोटको धुवाँ र अर्धचेतमा … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : गोठालो

~अकेला यात्री~ मेरा साथी कहाँ छौ ? म त यहीँ छु जहाँ तिमीले छाडिगयौ। कबड्डी, डन्डीबियो पाखुरबोटेको दुवाली, बल्छी राबुखोलाको मन्दने दुवा र पौडी धोबीखोलाको

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : फर्केपछि

~अकेला यात्री~ एकान्तमा एक्लै……… यो अँध्यारो रातमा उज्ज्यालो खोज्दै छु अबेरतिर चल्ने हावाको स्पर्श मेरो निधारमा आएर ठोक्कियो र एक झरी बर्षात् बगेर गयो स्तब्ध तालहरूमा गएर डुब्न मन लागेको छ । सुदुरबाट आएका कर्याङकुरुङ !

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : चौतारो

~अकेला यात्री~ गाउँमा भर्खरै बनिएको छ नयाँ चौतारो मसँग कसैलाई सोध्ने साहस छैन कि यो चौतारो कसको भनेर । किन किन मलाई यस्तै लागिरहेछ त्यो मेरै दौँतरीको चौतारो हो भेला भएर साँझमा जोसँग हामी समानताको कुरा गथ्र्यौँ त्यो मेरी प्रेयसीको … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

छोक : याे बिहान

~अकेला यात्री~ एउटा बिहान ल्याएर दिएकाे थिएँ तिमीले कुल्चिएर फालिदियाै । अर्काे बिहान ल्याएर दिएँ मनाेमानी गरेर छाडिदियाै ।

Posted in छोक | Tagged , , , , , | Leave a comment

कविता : राजधानी

~अकेला यात्री~ यो राजधानीको साँघुरा कोठाहरूबाट यी नानीहरूलाई ठूलो चौरमा पु¥याएर कहिले भेट्नु हामी दुई जना एकान्तमा धित मारेर मध्यराति ढोका ढकढकिन्छ एकाबिहानै लुगा पनि लाउन नपाई घरबेटीले– ढोका ढकढकिन्छ प्रायशः मलाई स्वतन्त्रता र सौहार्दता बाँच्न मन लाग्छ तर यो … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : मान्छे– उसको जिन्दगीमा

~अकेला यात्री~ मखमल जस्तो मन किन यतिविघ्न चट्टान हुन्छ सम्झन्छु– के यो मेरै छाती हो त ? भित्तामा उभ्याएर आफूलाई हेर्छु अनुहारका आला घाउहरु र देख्दै बीभत्स लाग्ने गहिरा चोटहरु के यो मैले खपेको हुँ त ? अपमानको रोगबाट बलैले … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment