Tag Archives: आचार्य प्रभा – Acharya Prabha

कविता : प्रसव पीडा श्रृजनाको

~आचार्य प्रभा~ धेरै समयपछि आज म भिन्दै प्रसव पीडाले छटपटिएँ म चकित भएँ आश्चर्यमा डुबेँ हँ म गर्भवति त थिईनँ किन अनि कसरी मलाई प्रसव पीडाको आभास भयो?

Posted in कविता | Tagged | Leave a comment

गजल : पाए हुन्थ्यो

~आचार्य प्रभा~ उनीसंगै,जिन्दगीको/बाटो हिँड्न,पाए हुन्थ्यो त्यो मनले,मलाई नै/माया बरु,लाए हुन्थ्यो । रहर हो, जसैपनी/ मौलाएर, फुल्दोरैछ मलाई नै,पाउँभनी/कसम पो,खाए हुन्थ्यो ।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : नाजवाफ

~आचार्य प्रभा~ श्रष्टा ‘घायल’को “अन्तर्जातीय बिभेदको अन्त्य”उपन्यास बिमोचन कार्यक्रम । सबै श्रष्टा,लेखक,साहित्यकारहरुको खचाखच भिंड छ उक्त हलमा । कार्यक्रम शुरु हुन्छ । सभापति,अतिथिहरु र उपन्यासकारको आशन ग्रहणबाट । कार्यक्रम संचालकले कार्यक्रम अघाडी बढाउँछ । उपन्यासकारको परिचय र बिभिन्न उपाधी,प्रशंसा सहित। … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : तिम्रो विश्वाशमा

~आचार्य प्रभा~ तिम्रो विश्वासमा मनको बह पोखेँ तिम्रो मूल्य मनको तराजुमा जोखेँ …… अपाङ्ग यो मनको बैशाखी नै थिएन अधरले कहिल्यै मुस्कान नै पिएन ……..,

Posted in नेपाली गीत | Tagged | Leave a comment

मुक्तक : खुशी दियो बल्यो

~आचार्य प्रभा~ नेपालीको मन मन्दिरमा खुशी दियो बल्यो। अबिश्वास र बैमष्यता अब भने ढल्यो।

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : छैन नी

~आचार्य प्रभा~ शरीर आज,बिदेशी भयो,मन भाको,छैन नी देशको माया,बिर्सेर आज,कहिँ गाको,छैन नी । गुराँस फुल्ने,माटोको माया,कसले पो,बिर्सन्छ ? स्वदेशी प्रेम,भुलेर आज,टाढा धाको, छैन नी ।

Posted in गजल | Tagged | Leave a comment

कविता : सुक्ष्म संबेदना

~आचार्य प्रभा~ मेरो सुक्ष्म संबेदनाको कोखबाट जन्मिएका सन्तानहरू, जब म नियाँलेर पढ्छु लाग्छ, कँही कतै स्तरिय शब्दरुपी पोषणको अभावले लाटा,लठेब्रा पो भएका हुन् की? ????????????? घोरिएर सोंच्न सिवाय म के नै गर्न सक्छु र ? हो,

Posted in कविता | Tagged | Leave a comment

गजल : शान्ती खोज्दै,लड्यौं किन ?

~आचार्य प्रभा~ अशान्तीको,बिज रोपी,शान्ती खोज्दै,लड्यौं किन ? बाटोभरी,इर्ष्या रोपी,हामी अघि ,बड्यौँ किन ? आफैलाई,बैरी मानी,आज सम्म,बाँचिरह्यौँ आफ्नै मुटु,छेँडेर नै,शूल बनी,गड्यौँ किन ?

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सडककी पत्रीका पसले

~आचार्य प्रभा~ रत्नपार्कको भीडबिच म पनि आफुलाई कोचेर हिँडी रहेकी थिएँ। अनायस मसिनो आवाजले म झस्किएँ। “ल बहिनी लिनोस,नेपाली पत्रपत्रिका,कबिताका,मनोरन्जनका किताबहरु”यसो भुइँमा नजर दौडाएँ। एउटी महिला काखमा यस्तै ६/७ महिनाको बालक च्यापेर एउटा थोत्रो तन्ना ओछ्याएर केही किताब,पत्रपत्रिकाहरु छरपस्ट पारेर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : परदेशी मनका उत्पीडन

~आचार्य प्रभा~ नेपालीको महान चाड् घर,आँगनमा आइेसक्यो सयपत्री,मखमलीले माया प्रीत लाइेसक्यो । तन भने परदेशमा,मन भने घर,आँगनमा इेच्छा,रहर् दौडिएर गाउँ,घरमै धाइेसक्यो ।

Posted in गजल | Tagged | Leave a comment

कथा : शहरमाझ स्यालको भ्रमण

~आचार्य प्रभा~ अहिले जस्तो लाग्छ मलाई, म सानो हुँदा पहाडमा घरका ठुला मान्छेहरुले कहिले कहिं साँझमा स्याल कराउँदा “ल स्याल रुन थाल्यो अब गाउँमा को मान्छे मर्छ यो त अशुभ हो ,अलच्छिन जगाएको हो” भनेको सुन्ने गर्दथेँ । हुन पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

आचार्य प्रभाका ४ रुबाईहरु

~आचार्य प्रभा~ (श्री कृष्णप्रती समर्पित भाव) जन्मियो ऊ प्रतिभा बनी नेपाली यो माटोमा सकिन्जेल हिँड्यो कलाकार बनी कलाकै बाटोमा निष्ठुरी कालले चुँडेर लग्यो अल्पायुमा नै उस्लाइे दुष्टलाई बरु लग्या भए हुन्थ्यो श्रीकृष्णको साटोमा । ——————————————— सबैको आँखामा आसुँ दियौ श्रीकृष्ण … Continue reading

Posted in रुबाई | Tagged | Leave a comment

लघुकथा : संसारको रित

~आचार्य प्रभा~ जुनकिरी अँध्यारोमा जग्मगाउँदै उडिरहेथ्यो। झ्याउँकिरी आफ्नो एकनास आवाज छरेर छेउछाउमै उडिरहेको थियो। जुनकिरीलाई आफूले अन्धकारमा ज्योति छरेकोमा खुबै अभिमान थियो भने झ्याउँकिरीलाई पनि त्यो सुनसान जंगलमा आफ्नो आवाज घन्किएकोमा घमण्ड थियो । यी दु्ईका

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : कस्तो गल्ती,भयो मेरो,झर्किएर,गइदियौ

~आचार्य प्रभा ~ कस्तो गल्ती,भयो मेरो,झर्किएर,गइदियौ अझ रिस,पोखाएर ,चर्किएर, गइदियौ । मीठो बोली,निकालेर,सँधै कुरा,गर्ने मान्छे बिष घोली,मैलो पानी,छर्किएर, गइदियौ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : सम्झेर पनि दिक्क लाग्छ यो जिन्दगी

~आचार्य प्रभा~ सम्झेर पनि दिक्क लाग्छ यो जिन्दगी पर्खँदा पनि टाढा भाग्छ यो जिन्दगी / कसरी आज सम्म बाँच्दै म आएछु निराशा मात्र साँच्दै जाग्छ यो जिन्दगी /

Posted in गजल | Tagged | Leave a comment

कथा : मौन स्वीकृति भविष्यलाई

~आचार्य प्रभा~ अनायस ढोका कसैले ढक्ढक्याएको कारणले ऊ निन्द्राबाट ब्युँझी । ढोकामा उसकै अफिसको मित्र अनायस उभिएको पाउँदा ऊ असमन्जसमा परी किनकी ऊ कहिल्यै पनि उक्त मित्रसँग आँखासम्म जुधाएर बोल्दैनथी त र आज अनायस आफ्नो घरको अगाडि उक्त मित्रलाई पाउँदा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : नव बर्ष

~आचार्य प्रभा~ फेरि आयो नव बर्ष उत्साह नै लिएर दुई हजार् एघारलाई अन्तिम् बिदा दिएर । जहाँ बसौं जे नै सोँचौं बद्लीरन्छ समय जसरी नि बाँच्नै पर्छ सुखी आसुँ पिएर ।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : समर्पण आमाको

~आचार्य प्रभा~ उषा किङ्कर्तब्यबिमुढ बनेर अतित सम्झी रहेकी थिइ। जत्तीबेला उ आफ्नी आमालाई भन्ने गर्थी। “निशाकी आमाले त कतै जाँदैपिछे छोरीलाई नयाँ नयाँ लुगाहरु,श्रिङारका समानहरु ल्याइदिने गर्नु हुन्छ। मेरी आमाको त झोलामा हेर्यो भने थोत्रे डाइरी र कलम बाहेक केही … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : गीतकार अनी कर्णल आनन्द सँगको मेरा बिगत क्षणहरु

~आचार्य प्रभा~ सम्झना, संस्मरण, अतितको याद जे भने पनि आखिर बितेका समयका भोगाइहरु आँखामा झ्ल्झली हुनु, मानसपटलमा ती घट्नाहरु बिझिरहनु हो। ती सम्झनाहरुका भोगाइहरु बिभिन्न किसिमका हुन्छन। कुनै खुशी र उन्माद ल्याउने, कुनै मुटुभित्र बिझिरहने, कुनै संस्मरण गर्नसाथ मनै कुंडिदिने … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : श्राप निवास

~आचार्य प्रभा~ ऊ आफ्नो भब्य महल भएकोमा गमक्क थियो। उस्ले घरको अगाडि एउटा बोर्डमा ”आशिष निवास” लेखेर टाँसेको थियो, जुन टाडाबाट नै देख्न र पढ्न सकिन्थ्यो । घरको वरिपरी ईटँका पर्खालले घरलाई सुरक्षित बनाइएको थियो। मानौ त्यो भब्यमहलको शान सौकत … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सकारात्मक प्रश्न

~आचार्य प्रभा~ त्यसदिन म दुखित भएँ, कारण त्यस साहित्यिक कार्यक्रमको उपस्थितिमा एउटा फुचे केटाको ब्यङ्यात्मक र अस्वभाविक प्रश्नहरुले मलाई कता कता आफ्नो लेखकिय बिधाको परिचयबाट बन्चित बनाएझै महशुश भयो (जो केटा नेपाल बाट भर्खर मात्र अमेरिका भित्रिएको रहेछ )हुन पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : रातभरी नमिठो हुरी चली रह्यो

~आचार्य प्रभा~ रातभरी नमिठो हुरी चली रह्यो बेदनाको रापले ब्यथा बली रह्यो । संघर्षको चौबाटो जत्ती हिंडे पनि आँफैलाई भाग्यले सधैं छली रह्यो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : न त कबिता,न त गीत हो, गजल

~आचार्य प्रभा~ न त कबिता,न त गीत हो, गजल न त मायाहो,न त प्रीत हो, गजल। सम्झे झर्ना झैँ, हुन्छ शितल ,गजल सोँच्न सकेमा ,मीठो शीत हो, गजल।

Posted in गजल | Tagged | Leave a comment

गजल : आज कस्तो चोट लाग्यो पराइेलाई आफ्नो ठान्दा

~आचार्य प्रभा~ आज कस्तो चोट लाग्यो पराइेलाई आफ्नो ठान्दा मनभित्र शूल गड्यो टाढाकोलाइे नजिक मान्दा । दुध पिलाई पालेकीथेँ उस्को जीवन बाँचोस् भनी तर बिष् पो ओकल्यो नी मैले मान्छे भनी जान्दा।

Posted in गजल | Tagged | Leave a comment

गजल : खोजिन धन तिम्रो मायामा

~आचार्य प्रभा~ खोजिन धन तिम्रो मायामा लुटाएँ मन तिम्रो मायामा / प्रेमको अर्थ थाहा भएन बुझाई भन तिम्रो मायामा /

Posted in गजल | Tagged | Leave a comment

गजल : इर्ष्या जलन गर्नेहरु गर्दै गरोस है

~आचार्य प्रभा~ इर्ष्या जलन गर्नेहरु गर्दै गरोस है बाटो बीचमा काँडाहरु छर्दै गरोस है / केही नहोला,मेरोलागी जस्तो सोँचे पनी जस्कै कानमा कुराहरु भर्दै गरोस है /

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : वाह ! डलर मोह

~आचार्य प्रभा~ पारु त्यसदिन बेलुकाको खानपिन र धन्दा सकेर नाइट ड्युटी जानलाई तयार थिइन् । उनको मन पनि धर्मर थियो ड्युटी जानलाई किनकी यता

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अवसर

~आचार्य प्रभा~ साथीको फोन आयो, उठाएँ । प्रभा…तिम्रो रचना छापिएछ नि फलाना…पत्रिकामा हेर्‍यौ ? मैले उत्तेजित हुँदै भनें

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : फुल्नुको लालच सँग मलाई मोह छैन

~आचार्य प्रभा~ बरु मेरो अभिमान ढकमक्क फुलेर झरोस मलाई कुनै गुनासो छैन , फूल्नुको लालचसँग मोह छैन किन कि फूल्नुसँग सबै मोहित हुन्छन तर… फुल्नुको अर्थमा अभिमान फुल्नु हुन्न , रिस,राग अहंकार, फक्रिनु हुन्न त्यस्लाई त जरैदेखी कुल्चिएर मास्नु पर्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : अभिश्राप, धोबिकी छोरीहुनुको !

~आचार्य प्रभा~ उस्को नाम सुनिता हो। म अझै पनि उस्को सोझो र मायालु मुहार सम्झिरहन्छु। ऊ मसँग ट्युसन पढ्न आउथी। पढ्नमा तेज,अक्षरपनी राम्रा,अबोला स्वभावकी। अरु केटाकेटी झै चन्चल र बदमाश स्वभावकी पनि होइन।पढ्न आउँदा पनि सबैभन्दा अगाडि आइपुग्ने बानी थियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : तिमीलाई खुशी दिने

~आचार्य प्रभा~ तिमीलाई खुशी दिने बाचा जती सबै हारें आफुलाई नुनिलो आशुको सागर तारें यस्तै नै हो बाचा बन्धन पुरा हुन गार्हो भो

Posted in गजल | Tagged | Leave a comment

कविता : समयको परिवर्तन

~आचार्य प्रभा~ बारीको कान्लामा डल्ला फुटाइ सकेर दौराको फेरामा अलौटा र ठेट्ना खाँदै चप्लेटी ढुङ्गामा थकाई मेट्न बस्ने धने र बिरे त आज भोली आधुनिक शहरमा पसी आधुनिक सभ्यताको आनुयायी भएछन ।

Posted in कविता | Tagged | Leave a comment