Tag Archives: आचार्य प्रभा – Acharya Prabha

कविता : संघर्षका पर्खालहरू

~आचार्य प्रभा~ तिमीले उन्मुक्त हासो हास्नका लागी धेरै संघर्षका पर्खालहरू नाघ्न पर्यो शायद ….. के अब पनी तिमी त्यस्तै मीठो आशाको अभीष्टमा अल्झी रहेका छौ ? या त कुनै अर्कै आशारूपी मोहमा फसिरहेकाछौ तिमी ?

Posted in कविता | Tagged | Leave a comment

कविता : महत्व

~आचार्य प्रभा~ तिमी सूर्य प्रत्येक बिहान उदाउनु अनी हर साँझ अस्ताउनु तिम्रो दैनिकी हो तिम्रो नियम हो तिम्रो स्वधर्म हो धर्तिको साथ चाहदाचाहदै पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : देउरालीमा फूल साट्ने बैशहरुले पर्खि रहेछ

~आचार्य प्रभा~ परदेशिएर तन टाडिए पनि अाकाशिएर इछ्याहरु बेलगाम भएपनी बाध्यताको कठोर मरुभूमिमा बालुवाको कणहरुसङै मनका त्रिष्णाहरु उडाएर म फगत ,निरश जीवन बांची रहेछु कुनै अर्को भूगोलमा।

Posted in कविता | Tagged | Leave a comment

गजल : आउन पाइन

~आचार्य प्रभा~ यसपालिको दसैंमा आउन पाइन निधारमा अछेता लाउन पाइन परदेशीको जीवन यस्तै हुँदारैुछ हरियाली वसन्तझैं छाउन पाइन ।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : अग्लो घरको प्रतिष्ठा

~आचार्य प्रभा~ भूकम्प गएको केही दिनपश्चात पाँच–छ जना महिला एकआपसमा कुरा गरिरहेका थिए– त्यही गएको भूकम्पबारे नै । पहिलो महिला– ‘आम्मामा मेरो त सातो नै उड्यो । म त सास न बास गुजुल्टो परेर कोठामै बसिछु । भरै पो होस् … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : डा. सा’बका दाजु

~आचार्य प्रभा~ जितबहादुर सधैं आफ्नो परिवार र छोराछोरीको प्रशंसा गरेर नथाक्ने । आज ऊ झनै फुरुङ छ– उसले काम गर्ने रेष्टुरेन्टमा नै उसका भाइ डा. महेश केसीलाई उक्त ठाउँका नेपालीहरुले स्वागत भेटघाट कार्यक्रम राखेकाले । जितबहादुर भाँडा माझ्दै आफ्नो इतिहास … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

स्वदेश गीत : म त तिम्रै सन्तान हुँ नि

~आचार्य प्रभा~ बैरी नठान आमा मलाई म त तिम्रै सन्तान हुँ नि छाती तिम्रो पीडाले चर्किए मै मल्हम बन्न सक्छु नि — जन्मियौ हामी तिम्रै कोखबाट सन्तान थरी थरी , सजायौ सपना मिठो तिमीले हाम्रै भर पर्छु भनी—

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : खहरेको भेल जस्तो

~आचार्य प्रभा~ तिम्रो बाचा यस्तो रैछ खहरेको भेल जस्तो लाग्न थाल्यो यस्तो पनि तासको खेल जस्तो । तिम्रो बन्धन,तिम्रो माया शंकाको घर बन्यो बाहुपासमा के आएथेँ यस्तो मानेँ ,जेल जस्तो ।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : परिवर्तित ती नामहरू

~आचार्य प्रभा~ ‘यार ! ज्यादा आदर्शवादी नबन् न । मौका भन्ने कुरा सधैं आउँदैन । आज बल्ल जवानीको यो पलमा आएर जिनालाई भेट्ने मौका पाउँदैछस् के लाछी भएर डराउँछस् नि ?’ यसरी वैभवलाई उक्सायो उत्तमले । त्यसैमा थप्यो उदेशले । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : अनुराधा तिमीले

~आचार्य प्रभा~ शाहसको आसुँ झार्न सिकायौ अनुराधा तिमीले राहतको पूल तार्न सिकायौ अनुराधा तिमीले । ममत्वको भिक्षा बाँड्न लगाइ मनबाटै यसरी कलेजीको माया सार्न सिकायौ अनुराधा तिमीले ।

Posted in गजल | Tagged | Leave a comment

गीत : न कुनै जात हुन्छ

~आचार्य प्रभा~ प्रेममा न कुनै जात हुन्छ प्रेममा न कुनै रङ हुन्छ … मनले चाहे कसैलाई जिउनुको बेग्लै ढंग हुन्छ … असमानता यस्ले जान्दै जान्दैन जाती र रङ्भेद मान्दै मान्दैन … छुवाछुत र भेदभावको

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : तिम्रो सपथ सहि सत्य होस्

~आचार्य प्रभा~ आज तिमी आत्मा साक्षी राख्दै सपथ खाइरहेछौ , मेरो,उस्को अनी सबैको मनले ईश्वरसँग प्रार्थना गरिरहेछ । हे!ईश्वर … यो सपथ सत्य,सांचो र साक्षात होस् समानता,समानुपातिकता र एकताको प्रतिक होस् , सद्भभावना र सदबिवेक को जित होस् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म अवसरबादी होइन

~आचार्य प्रभा~ म, अवसरबादी र निर्दयी होइन साथी स्वाभिमानको छात्ती फूलाएर आफ्नी आमाको काखमा रमाउन खोज्दा,खोज्दै अभिमानिहरुको लुछाचुंडिमा मेरी आमाको छात्ती रुग्ण बन्यो छोरा,छोरी खेल्ने रमाउने काखमा निर्दयी लातहरुको परेड बज्यो

Posted in कविता | Tagged | Leave a comment

आचार्य प्रभाका तीन रुबाईहरु

~आचार्य प्रभा~ काँधमा हाली हिँड्छु भन्थ्यौ, तिम्रो स्वार्थ हुँदा ऐले भने जरो काट्छौ, उन्नतिले मार्ग छुँदा बल्ल मात्र होस खुल्यो, आज सत्य बुझेपछि आफ्नै मनले धिक्कार्यो है यी आँखाहरु रुँदा ! केकेसम्म खेपाइ भोगें ? स्वार्थीहरुको जमातमा

Posted in रुबाई | Tagged | Leave a comment

कविता : मीठो सहानुभुति

~आचार्य प्रभा~ सहानुभुतिका शब्दहरु देउ तिमी तर —झुठो आश्वसन् दिएर भ्रममा नफसाउ कसैलाई पनि / तिम्रो मीठो सहानुभुति कसैको बाँच्ने आधार बन्न सक्छ भने तिम्रो झुठो आश्वसन कसैको जीवनको समाप्ती पनि हुन सक्छ / मान्छे भन्नु नै , आशा अनी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वागत छ नव बिहानिलाई

~आचार्य प्रभा~ बिक्षिप्त मनका धमिला सोचाइहरु पखाल्दै नव पालुवारूपी पाइलाहरु अघी बढाउँ बिगतका बिझाइहरुका खोटहरुलाई नव बर्षको उत्साही मल्हमले शितल गराउँ/ अनिष्ट बिचार अनी रिस र द्वेशहरुलाई हर्ष र खुशी अनी नव उमङका आँशुहरुले

Posted in कविता | Tagged | Leave a comment

कविता : म साहित्यकार हुँइन

~आचार्य प्रभा~ साहित्यको छात्तिमा एउटा तस्बिर टाँस्दैमा, भावनाका लहरहरु खाली कागजमा छर्दैमा म साहित्यकार हुन सक्दिन / ‘साहित्य’ त दिब्य ज्योति हो यस्ले सारा अन्धकारलाई हटाउन सक्नुपर्दछ नत्र —साहित्यको औचित्य नै के रहन्छ र ?

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : साहित्यिक शुभचिन्तक

~आचार्य प्रभा~ साहित्य र साहित्यकारको शुभचिन्तक हुँ भनेर उसले हर लेखकअघि आफूलाई दर्शाउन चाहन्थ्यो । यदाकदा साहित्यिक कार्यक्रममा अतिथिको आसन ग्रहण गर्न पनि भियाउँथ्यो ऊ । औसत लेखकहरुलाई मित्र बनाउन पनि पछि पर्दैनथे ऊ । ऊ अक्सर भन्ने गथ्र्यो– ‘राजनीति … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

स्वदेश गान : प्यारी छिन् हाम्रै धर्तिमाता

~आचार्य प्रभा~ सगरमाथा शिर हाम्रो,अन्नपूर्ण छाती मकालु र लाम्टाङ हिमाल बस्छन शिरमाथी — पशुपती पुज्ने थलो,आस्था भद्रकाली एकचित्त ध्यान दिइ पूज्छन गोरखाली —

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कविता : जीवन रित्तो रित्तो

~आचार्य प्रभा~ रोइरहेको आकाश झै भयो यो मन न त —खुशिमा फूल्न चाहेको छ न त हाँसोमा भूल्न सकेको छ केवल तड्पन छ,जलन छ ह्रीदयभरी अट्टहास अनी चित्कार छ , खै!किन बैरागिएकोछ यो दिल ?

Posted in कविता | Tagged | Leave a comment

गीत : विश्वाश

~आचार्य प्रभा~ धेरै आँखा आए यहाँ बास दिन्छु भनी धेरै हात धाए यहाँ साथ दिन्छु भनी — कस्को विश्वाश गरिकन बास माग्नु मैले कस्को भर परिकन साथ माग्नु मैले —

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : श्रद्धान्जली शिवलाई

~आचार्य प्रभा~ हे शिव! तिमी कुन हत्तारमा थियौ त्यसैले जिन्दगीको अन्तिम घडीलाई निम्त्यायौ हावाको बेग झै रफ्तारमा बहनु पर्ने के त्यस्तो बाध्यता थियो ? तिमी मीठो अभिष्ट पालेर बिदेसिएका थियौ शायद — अमीट आकाङ्क्षा बोकेर

Posted in कविता | Tagged | Leave a comment

गजल : तिहारमा आइन भाई

~आचार्य प्रभा~ टाढा छु परदेशमा तिहारमा आइन भाई रमाइलो चाड बिर्सि अन्त मन लाइेन भाई बिवसताले जित्यो मलाई परदेशमा रुदैछु तिहारको झिलिमिली यहाँ मैले पाइेन भाई

Posted in गजल | Tagged | Leave a comment

कविता : स्खलित बैंश

~आचार्य प्रभा~ चन्द्रमाको आभासँग कल्पनाको चुम्बन साट्दै तिर्खालु ती अधरहरु तृप्त बन्छन् र टोल्हाउँछन् आफैभित्र मदमस्त भएर।

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमीले छली गयौ

~आचार्य प्रभा~ मेरो मनलाई तड्पाइ तिमीले छली गयौ मलबिनाको बिरुवाझै ,रुखो बनाइ ढलिगयौ / बस्छु भन्थ्यौ मेरो मनमा जीवनभरी म सँगै थाहा नदि सुटुक्क, एक्लो बनाइ चलिगयौ /

Posted in गजल | Tagged | Leave a comment

गजल : सबै ॠणै ॠणमा

~आचार्य प्रभा~ कार,मर्सिडिज,बीएम डब्ल्यु चड्छन सबै ॠणै ॠणमा रेस्टुराँ र होटेल धाउछन सबै,सबै ॠणै ॠणमा बार,डिस्को,क्लब धाउछन सबैजना मस्ती गर्छन् सधैंभरी मीठो खोज्छन,सबै,सबै ॠणै ॠणमा

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो अपिल पाठकलाई

~आचार्य प्रभा~ मेरो अर्थमा सबै कुरा सहि नहुन सक्छन यदी उसो हो भने पनि, म पक्कै नकारात्मक सोँचहरु त बाँड्न चाहन्न, तर —हुन सक्छन भावनाहरु कसैको पनि बिचार सँग मेल नखान सक्छ वा —अर्थको अनर्थ हुन सक्छ साँचै त्यस्तै तारतम्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बैरी नठान आमा

~आचार्य प्रभा~ बैरी नठान आमा मलाई म त तिम्रै सन्तान हुँ नि छाती तिम्रो पीडाले चर्किए मै मल्हम बन्न सक्छु नि — जन्मियौ हामी तिम्रै कोखबाट सन्तान थरी थरी , सजायौ सपना मिठो तिमीले हाम्रै भर पर्छु भनी—

Posted in कविता | Tagged | Leave a comment

कविता : डल्ली,पुड्की जे भए नि आमा भनेकी आमा नै हुन

~आचार्य प्रभा~ भ्रममा नपरौ कोही ठुलो देशमा गएर सानो देशलाई मानसपटलबाट निकाल्छु भनी त्यसो —होइन , भौगोलिक स्वरूप सानो भएर के भो ? आखिर —‘हीरा’सानो भएपनी प्रज्वलित हुन्छ , आफ्नी आमा ”डल्ली ”,”पुड्की ” भएपनी जन्म दिने आमा नै हुन्छिन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धेरै आँखा आए

~आचार्य प्रभा~ धेरै आँखा आए यहाँ बास दिन्छु भनी धेरै हात धाए यहाँ साथ दिन्छु भनी कस्को विश्वाश गरिकन बास माग्नु मैले कस्को भर परिकन साथ माग्नु मैले

Posted in कविता | Tagged | Leave a comment

कविता : कबि प्रतिष्पर्धी लडाकु होइन

~आचार्य प्रभा~ म प्रतियोगी बन्न सक्छु तर ………..प्रतिष्पर्धी बन्न सक्दिन मैले कबितालाई दाउमा राखेर कसै सँग बाजी जित्नु छैन ”कबिता ”त स्वच्छ, साचो भावना अनी समाजको दर्पण हुनु पर्दछ न कि ………कसैको कलमको आसुँ जित्ने लक्ष यदी ……..उसो हो भने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : बगैँचामा मखमली

~आचार्य प्रभा~ फुले होलान ढकमक्क बगैँचामा मखमली त्यही फूलमा देख्दैछु म भाईको मुहार झल्झली – टाढा भयौ त के भयो ?सम्झना साथै छ बढीरहोस् तिम्रो मनमा तिहारको दुबो हल्हली

Posted in गजल | Tagged | Leave a comment