Tag Archives: आभास – Aavaas

छोक : स्पर्श

~आभास~ तिम्रो हृदयबाट मेरो हृदयसम्म आउने एउटा पुल छ तिमी नदि पारि म नदि वारि हामी बीचमा मीठो सौरभ छर्ने सुन्दर फूल छ

Posted in कविता | Tagged | Leave a comment

कविता : आजभोलि आकांक्षा

~आभास~ आजभोलि आकांक्षा किन यसरी चम्केको लाग्छ कहिले फुल भएर फुलूँ र ढपक्क ढाकूँ प्रिय धरतीलाई अरु केही नसके अलिकति सुगन्ध छर्न सकिन्थ्यो लाग्छ कहिले आकाश भएर फैलिऊँ र काखमा लपेटूँ सिङ्गै पृथ्वीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : अझै सम्झना छ ।

~आभास~ बाबु, मलाई बिर्सिस् कि कसो ? अमाहरुको एउटा प्रश्न……. बिर्सेर पनि बिर्सि नसक्नु रहेछ आमा ! त्यो क्षण जब मेरो मस्तिष्कमा चिन्ताको बीउ पनि थिएन जब पाइलाले माटो छामेकै थिएनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : हिम्नदी

~आभास~ जब घामको किरणले मलाई स्पर्श गर्छ जब न्यानोपन भर्छ ममाथि म पग्लन्छु मेरा प्रत्येक अङ्गहरु चलमलाउँछन् बतासले हल्लिएका पात झैं मेरा जमेका दिन र रात चलमलाउँछन् म बग्न थाल्छु अविरल बग्छु चोइटिएका चट्टानहरु सुमसुम्याउँदै

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : गीतको के कुरा…., जिन्दगी जिन्दावाद !

~आभास~ अति सरलताले भनुँ कि सस्तो पनले भनुँ ? खै केले भनुँ ? साधनाका विधाहरुमा समेत हिजो आज गम्भीर साधकको त्यति महत्व रहेन । सन्दर्भ सब्गीतको, बेला बखत नेपालको वर्तमान साब्गीतिक चेतनाका बारेमा मित्रहरु बीच चर्काचर्की पर्छ । यस्तो बेला … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : त्यो को आइरहेछ ?

~आभास~ टाउकोमाथि टोपी र टोपीभित्र मथिँगल मथिँगलमा अनेकौं अमूर्त चित्र र निधारमा तिनै चित्रका सहीछाप विलकुल मेरो हुलियासँग मेलखाने म जस्तै मतिर त्यो को आइरहेछ ? नकमाथि चस्मा र चस्माभित्र निर्दोष आँखा

Posted in कविता | Tagged | Leave a comment

छोक : शहरमा रात

~आभास~ कुकुरको एकनासे भुकाइ प्वाल पारिरहेछ मथिँगल किथ्राको किर्किर् झमझमाइरहेछ रक्सीको नशा झैँ विजुलीको तारमा बसेर

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीले हेरेको क्षण

~आभास~ तिमीले हेरेको क्षण मलाई मौनता मनपर्छ मौनता सिर्जनाको प्रस्थान विन्दु यहीँबाट सुन्दर सँगीतको प्रारम्भ हुन्छ मौनता

Posted in कविता | Tagged | Leave a comment

छोक : हराएको कविता

~आभास~ मलाई सम्झना छन् मृगका जस्ता त्यसका आँखा र तिनबाट मैले चियाएका दृश्य सम्झना छन् त्यसका सुकोमल औँला

Posted in कविता | Tagged | Leave a comment

कविता : सुरेन बाबु

~आभास~ सुरेन बाबु यो सामान्य कुरो हो रगत रातो हुन्छ सुरेन बाबु तिमीले आनन्द लिन रइफल बोक्ने गरेका छौ साँझको गोधूलिमा तिमीले निरीह ढुकुर मार्ने अभ्यास गरेका छौ तिमीलाई थाहै छ ढुकुरको रगत रातो हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : धने : एउटा कविता

~आभास~ धने बञ्जर भूमी खन्छ जोत्छ र उमार्छ बीउहरु बीउसँगै उम्रन्छ धने फक्रन नपाउँदै उसको खेतमा उसको जिन्दगी उम्रने खेतमा साँढे पस्छ र चपाउँछ उसको पूरा जिन्दगी फेरि बेला नहुँदै ओइलाउँछ

Posted in कविता | Tagged | Leave a comment