Tag Archives: आभास – Aavaas

गीत : अँध्यारोमा जुनकिरी

~आभास~ अँध्यारोमा जुनकिरीको साथ प्यारो लाग्यो शिखर भने अझै टाढा यात्रा प्यारो लाग्यो बाटोभरी कति भेटें, यात्री सहयात्री कति छुटे फेदीमा नै, कति चढे माथि नरोकिए दु:खमा म, नरोकिएं पीरमा कहिले पुगें देउरालीमा, कहिले पुगें भीरमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म कठोर कवि

~आभास~ मन धराप भएपछि यसमा केही अट्दैन तिमी प्रेमको प्रश्न गर्छौ ? यहाँ त घृणा पनि अट्दैन म त्यही धराप मन बोकेर हिँडेको एउटा भरिया म एक्काइसौँ शताब्दीको द्वारमा उभिएको

Posted in कविता | Tagged | Leave a comment

कविता : फेवा माथि दुई छायाँ

~आभास~ [छायाँ १] ए पोखरा ! तेरी फेवा पोइल गई नपत्याए डुङ्गा खियाउने माझीलाई सोध् डिलमा उभिएर डुङ्गाको दृश्य हर्ने काजीलाई सोध् पर्यटक महाशयले फकाएर छकाएर

Posted in कविता | Tagged | Leave a comment

छोक : गुफा

~आभास~ हातमा मैन बत्ती लिएर तिमी अनकण्टार जङ्गलतिर लाग्यौ भने अँध्यारोको साम्राज्य पहाडले थचक्क थिचेको कुनै मुलुक भेट्ने छौ त्यसले

Posted in कविता | Tagged | Leave a comment

छोक : इच्छा

~आभास~ तिम्रो मन सागर भैदिए म त्यहाँ पौडने थिएँ माछाको जुनी बाँच्ने थिएँ तिमीले स्वीकृति दिइदिए तिमीभित्रै हराउने थिएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : मौन व्रत

~आभास~ म समयसित मौन वार्ता गरिरहेछु मेरी प्रियतमा तिमी मौनता भङ्ग नगर सौम्य छन् तिम्रा आँखा सागरमा पनि लहर छैन म समयसित सुस्तरी साउती खेलिरहेछु अहिले म तिम्रो आँखाको शान्तिमा डुबिरहेछु शान्त सागरमा हराइरहेछु विन्ति प्रियतमा तिमी मौनता भङ्ग नगर

Posted in कविता | Tagged | Leave a comment

गीत : एउटा जिउँदो मान्छे

~आभास~ गोधूलिमा हिँड्ने एउटा जिउँदो मान्छे संसारलाई फेर्छु भन्थ्यो आफैँ फेरिएछ मझेरीको अँध्यारोलाई खाल्टो खनी पुर्छु भन्थ्यो उनी आउने पूर्णिमालाई जुनीभरि कुर्छु भन्थ्यो अँध्यारोको अङ्गालोमा आफैँ बेरिएछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : विक्षिप्त घोडचढी

~आभास~ घोडचढी घोडामाथि छ र ऊ आफैंलाई थाहा छैन ऊ केमाथि चढिरहेछ अहिले चर्को घाम छ या बादल यो पनि उसलाई थाहा छैन सडकमा कालो लम्पसार सडकमा केको लस्कर लम्किरहेछ जुलुस, मलामी या जन्ती आकाशमा नीलो आकाशमा चमचम के चम्किरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : हिरोशिमाका परेवाहरु

~आभास~ जब म एकान्तमा बसेर मुरली बजाउन थाल्छु हिरोशिमाका परेवा मेरो सामु आउँछन् वमले छिया छिया भएका शरीरका मासु देखाउँछन् आँसुले भिजेका पँखेटा फट्कार्छन् आँसुले सेचन गरिदिन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : माछापुछ्रे

~आभाष~ बोकेर केही थान आइस क्यूब लेक साइडतिर झर्छ– माछापुछ्रे छिर्छ मधुरसले सजिएको कुनै ब्रान्डेड बारभित्र अर्डर गर्छ एउटा लार्ज पेग ह्विस्की

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो गाउँ

~आभास~ [बिहान] नारीका चुरा बज्न थाल्छन् थुरमाथि बसेर धोवीचरो गीत गाउन थाल्छ मेरो गाउँ बिस्तार ब्यूँझन्छ पँधेरा जान्छ र पानी ल्याउँछ रातोमाटो घोलेर पोतेरी ठीक पार्छ र संघार लिप्न मेरो गाउँ हरेक बिहान घामलाई निम्त्याउने गर्छ [दिउँसो]

Posted in कविता | Tagged | Leave a comment

गीत : रङ्गीन चरा

~आभास~ टाढा धेरै टाढा उडेका रङ्गीन चरा धरतीमा कहिले फिर्लान्? आकासको कालो मैलो हटी घामजून कहिले खुल्लान्? सँघारमा कमजोर आमाको छायाँ हुरी चलेको आवेगमा यस्तो लाग्छ यो घर-संसार जलिरहेछ संवेगमा आज, हामी माझ बल्झेका पीर सारा

Posted in नेपाली गीत | Tagged | Leave a comment

छोक : प्रतिष्ठा

~आभास~ जाडोमा ओढ्न नमिल्ने भोकमा खान नमिल्ने आफैँले काँधमा बोकेको

Posted in कविता | Tagged | Leave a comment

छोक : देश सपनामा

~आभास~ देशले मलाई आफ्ना सजल आँखाले हेर्दा मैले सपनामा झैं उसका आँखामा टाँगिएको आफ्नो प्रतिविम्ब पाएँ म मुस्कुराउँदा ऊ मुस्कुराउँथ्यो

Posted in कविता | Tagged | Leave a comment

गीत : पल पल

~आभास~ पल-पल जिन्दगीको पात खस्दै गयो गोधूलिको संघारमा रात खस्दै गयो आफैँलाई बिर्सँदै म पराई माझ पुगेँ धेरै बिहान झुल्किएँ म धेरै साँझ डुबेँ मलाई आफ्नै सपनीको प्यास लाग्दै गयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

छोक : विद्रोह भएछ भित्रभित्रै

~आभास~ अस्तिसम्म यो आरु विधवा जस्तै ठिङ्ग उभिएथ्यो बारी छेउमा मेरो मन हुँडलिएथ्यो घट्ट झैं निराशाले एउटा गीत गाइथी र घाँटीमा भक्कानो पारी गएथ्यो

Posted in कविता | Tagged | Leave a comment

छोक : माटो मुनिको बीउ

~आभास~ म माटो मुनिको बीउ भरखरै एउटा कोमल हातबाट रोपिएको छु खुला आकाश र उज्यालोसित बिछोडिएको छु सिर्जना गर्न अँध्यारो पनि पिउनु पर्दोरहेछ म अहिले धरतीभित्रै अँध्यारो पिएर बाँचेको छु यतिबेला आफ्नो भन्नु– आफैंभित्रको पीडा छ मलाई थाहा छ यही … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : राजधानी

~आभास~ यो काँशको कचौरा भोड्का र उर्वशीले टन्न छ यसलाई रित्याउन प्रत्येक साँझ कोही मासङ्गल्ली छिर्छन् र आफैंलाई रित्याउन थाल्छन् कोही

Posted in कविता | Tagged | Leave a comment

कविता : सोनु मैन बत्ती निभ्ला है

~आभास~ आकाशले भरखर घुम्टो खोलेको छ क्षितिजबाट भरखर बास्ना ओर्लेको छ म गोधूलिको यात्रामा निस्कँदै छु सोनु कोठाको मैनबत्ती निभ्ला है मैले मैन नजिकै सपनाको फाइल राखेको छु

Posted in कविता | Tagged | Leave a comment

कविता : दृष्टी

~आभास~ मैले टोपी फेरेँ र फेरेँ मथिँगलका अनेकौँ कचिँगलहरू सम्यक् भएर यात्रामा निस्केँ सोचेँ— मेरा पुराना मांसकोष मरिसके/मरिरहेछन् म विलकुल

Posted in कविता | Tagged | Leave a comment

गीत : आँसुले यो मन बहकिन्छ

~आभास~ आँसुले यो मन बहकिन्छ मातले पनि बहकिन्छ रोकूँ भन्छु पीरहरू जलेर मन पग्लिदिन्छ मायाको कुनै भर हुन्न कहाँकहाँ अल्झिदिन्छ घाउ त बरु निको हुन्छ माया फेरि बल्झिदिन्छ तलाउमा जून चहकिँदा मुहार उही झल्किदिन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

छोक : गैरी गाउँ

~आभास~ मेरो गाउँको नाउँ गैरी गाउँ यहाँ सूर्य उदाउँछ आँगन लिप्न तर गहिरा छन् अझै रातहरु यहाँ

Posted in कविता | Tagged | Leave a comment

कविता : भूगोलमाथि उभिएको एउटा जैतुन

~आभास~ मण्डेला भूगोलमाथि उभिएको एउटा जैतुन सिङ्गो पृथ्वी ढाकेका छन् यसका हाँगाले फैलेका छन् यसका जरा

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो ह्रिदय

~आभास~ प्रिय मान्छे ! म तिम्रा सामु सपथ खान्छु लिएर जाऊ मेरो फुलको हृदय नचुँड्दै यसको एक पत्र पनि पर……. जहाँ तिनीहरु छन् कामदारहरु असल कामदारहरु बनाऊ यसलाई हतियार प्रिय मान्छे ! लिएर जाऊ यसलाई मुर्दाहरुको बस्तीभन्दा बाहिर पर……. टाढा

Posted in कविता | Tagged | Leave a comment

गीत : मनको सारा अँध्यारो

~आभास~ मनको सारा अँध्यारोलाई कुचो लगाई बढारुँला साथ पाऊँ विन्ती हजूर जुनी सँगै गुजारुँला फूल टिपी माला गाँसे दुई दिनमै ओइली जाला चोखो प्रितलाई देउता भाके सस्तो चर्चा फैली जाला औँसीको यो मध्य रातमा रुपको झूटो गाथा किन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अनन्त तिर्खा

~आभास~ युगौंदेखि मैले तिमीलाई फूलमा खोजेँ बास्नामा खोजेँ मिर्मिरेको मधुर किरण गोधूलिको क्षितिजमा खोजेँ युगौंदेखि निशब्द, मौन मैले तिम्रैनिम्ति युद्ध लडेँ आफ्नै रगतको गन्धमा

Posted in कविता | Tagged | Leave a comment

छोक : वैश

~आभास~ घोप्टे काँडाबीच फुलेको एउटा नाजुक फुल जसको मनमोहक सुगन्धले हरेक बैँसालु मन पग्लन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : रुखको घोषणा गर्यो

~आभास~ चिलाउनेको रूखले घोषणा गर्यो अब सबै रूख चिलाउने बन्नु पर्छ र फैलाउनु पर्छ आफ्नो अस्तित्व अर्थात् हामी सबै चिलाउने बन्नु पर्छ श्रीखण्डको रूखले इन्कार गर्यो र भन्यो–

Posted in कविता | Tagged | Leave a comment

कविता : एकान्त

~आभास~ एकान्तमा पनीको तप् तप् बज्छ र गुनगुनाउन थाल्छ पिपलको पात एकान्तमा शीत झर्छ र फक्रनथाल्छ सयपत्री फूल एकान्तमा

Posted in कविता | Tagged | Leave a comment

छोक : टुकी

~आभास~ म मेरो देहको रस सुकाएर बल्ने गर्छु मेरो जलनसँगै तिम्रो खुशी आँखाका नानी चम्काउने गरी तिमी सामु आउँछ र मोहित पार्छ तिमीलाई म मेरो देहको रस रित्याएर बल्ने गर्छु मेरो पीडासँगै

Posted in कविता | Tagged | Leave a comment

कविता : म मेरो बाँसुरी फुकेर

~आभास~ म मेरो बाँसुरी फुकेर देह शान्त पारिरहिछु मेरो बाँसुरीको स्वरसँगै सुरेली खेलेर मलाई मन पर्ने मेरो गीत मेरो ओठसम्म चुम्न आइरहेछ म मेरो बाँसुरी फुकेर दुःख र पीर पोखिरहिछु मेरो बाँसुरीको गुञ्जनसँगै चिप्लेटी खेलेर मेरो खुसी मेरो ओठसम्म चुम्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : रोटी

~आभास~ यो कुनै प्रतिष्ठित बिम्व होइन जसलाई न घाम झैँ कवितामा सजाउँन पाउँ न जून झैँ गीतमा गाउँन पाउँ यो कुनै गुराँस होइन

Posted in कविता | Tagged | Leave a comment