Tag Archives: स्‍मृति साहित्य

संस्मरण : मधुपर्कसित गाँसिएका सम्झनाहरू

~हरि अधिकारी~ साहित्यिक मासिक पत्रिका मधुपर्कसित मेरा मधुरतम् सम्झना गाँसिएका छन् । मेरो साहित्य – लेखन र मधुपर्कको प्रकाशन लगभग एकै समय, एक वर्षको फरकमा प्रारम्भ भएको सुखद संयोग पनि यस प्रसङ्गमा उल्लेखनीय छ । विक्रम संवत् २०२५ सालमा गोरखापत्र संस्थानबाट साहित्यिक पत्रिकाका रूपमा त्यस मासिकको प्रकाशन शुभाम्भ हुनुभन्दा अगाडि नै मेरा केही रचना ज्योत्स्ना, रूपरेखा, गोरखापत्र आदि पत्र-पत्रिकामा छापिइसकेका पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

संस्मरण : भाई छैन, यो पटक तिहार पनि छैन

~क्रान्ति पराजुली~ भाइले फोन गरेको छ तिमीसँग बोल्छ रे । पोहोर सालको तिहारमा ठ्याक्कै भाइटिकाको साइत मै आमाले आफ्नो मोबाइल मलाइदिनु भयो । हेल्लो…। (म) दिदी… । भाइले दिदी भन्नासाथ म भक्कानिएँ ।त्यसपछि एकछिन मेरो आवाज बाहिर निस्किन सकेन ।आमा म बोल्दिन, लु तपाईँ नै बोल्नु । जबर्जस्ती आमाको हातमा मोबाइल थमाएर म आफ्नो कोठामा छिरेँ ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

संस्मरण : रेलमा लम्पट, लबी र सार्त्र

~मनोज बोगटी~ बबाल कविता लेख्दै गरेका र हाइटमा चुलिँदै गरेका कविमित्र निमा शेर्पा 27 जुनमा कालेबुङ आए। कविताकुरामा कफिकप रित्तियो। चिलड्रेन्स अफ गड नामक डोकुमेन्ट्रीले कलात्मकरुपले टिपेको नेपालको आर्यघाटमा जीवन गुजार्नेहरूको पीडाले हामीलाई कसरी हल्लायो, कुराको चुरो थियो। नेपालका राम्रा किताब यता आएपछि भारतीय हुन्छ। किताबको कुरा आउँदा हामी पसलमा थियौं। कृष्ण धरावासीको निबन्धहरू जम्मै, नयनराज पाण्डेको लू र पुण्यप्रसाद पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

नियात्रा : क्षणिक दृश्य र धुमिल धर्साहरू

~भेषराज रिजाल~ ‘आफ्नै देशको कर्णाली नदेख्नेले परदेश कल्पेर किन लोभिने, देश निकाला भएको भए पो वाध्यता हुन्थ्यो परदेशको आश्रय’ परदेश मोह हुने साथीलाई भनेथेँ कुनै दिन मैले । २०६८ सालमा जुम्ला सदरमुकाम र आसपासका एकाध गाउँमा पाइला टेकेबाहेक मैले पनि कर्णाली देखेको थिइनँ । संयोगवश मिल्यो कर्णालीको प्रकृति नियाल्ने सुनौलो अवसर, त्यो पनि कहिल्यै नचढेको हेलिकप्टर चढेर । सहयात्री हुनुभयो पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नियात्रा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

संस्मरण : कमैया र कवि

~निभा शाह~ ए! ज्यामीहरु तिम्रा बच्चाहरु भोकले मरुन् या कुपोषणले मरुन् या त तिनका आमाहरु भोकले सुकेर काँटा बनुन् हेर त, मैले यति भन्दा भन्दै भुइँमान्छेहरु चिसो सिरेटोले भकाभक मरे ए! ज्यामीहरु यही त गुलामी हो यही त दासता हो –कवि शेली

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

यात्रा संस्मरण : कस्तो लाग्यो कसरा ?

~निर्मोही व्यास~ दिउँसो ठीक १२ बजेको साइतमा रामपुर कृषि क्याम्पसको परिसरबाट भटटटट कसरातिर कुद्यो शारदाजीको ‘बजाज एम ८०’ नाउँको वायुपङ्खी घोडा अलकत्रे चिल्लो सडकमा वैशाखे घामको झाँको झार्दै र मेरो मन–मुटुभरि वासन्ती मादकता भर्दै । ‘साइत’ किन भनेको भने यो अवसर सजिलै र तात्तातै जुरेको नभएर लामो समयदेखिको व्यग्र प्रतीक्षा र प्रयासपछि बल्ल हात लागेको थियो । यो मिति थियो पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नियात्रा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

संस्मरण : महाभोजको महामजा !

~केदार शर्मा~ आफूले व्यग्रतापूर्वक पर्खेको उत्सवका दिनमा को खुसी नहोला ? ‘राष्ट्रिय महाभोज २०६८’ नजिक आउँदै गर्दा म साँच्ची नै उत्साहित थिएँ । पेट हल्का र मन चङ्गा भयो भने भोजको मजा दोब्बर हुन्छ भत्रे थाहा थियो । त्यसैले तीजमा ब्रत लिनुअघि धेरै र मीठोमीठो खाने चलनको ठीक विपरित, महाभोजका एक–दुई दिनअघिदेखि नै हामीले एकदमै हल्का खाना खाएका थियौँ । किनभने त्यस दिन पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

संस्मरण : आत्मदाह छाडेर ‘माधवी’ लेखेँ

~मदनमणि दीक्षित~ जीवनमा मैले के-कस्ता र कति सङ्घर्ष गरेँ बताउन गाह्रो छ । जीवनमा भयङ्कर आँधिबेहरी आओस् रूखपातलाई भूािसम्म निहुराओस् तर त्यो आँधिवेहरी सक्किएर गएपछि सबै घाँसपातलाई बढारेर लगोस् र सबै निहुरिएका तङ्ग्रङ्ग भएर उठुन जीवन बाँच्न निम्ति हो, आनन्द निम्ति हो । संवत् २००२ सालमा आफ्नो कथा ‘आँधी र अवसान’ मा मैले लेखेको थिएँ । जीवन बाँच्न निम्ति, यससित पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : आत्मदाह छाडेर ‘माधवी’ लेखेँ

संस्मरण : थ्री बी, ह्याङओभर र भर्जिनिटी

~मनोज बोगटी~ कवि-गायक अनिल फागोले बिहे नगरेको भए टिनटिनमा थ्री बीले बबाल गर्ने थिएन। यो बबाललाई ऐतिहासिक मान्ने कवि सरण खालिङ जुरुकजुरुक उफ्रिने थिएनन्‌-कवि भूपेन्द्र सुब्बाको टेलिफोनिक ह्याङओभर थियो यो। भर्खर आँखा डाक्टरलाई देखाएर आएको, देब्रे आँखाको नानीमा घाउ बोकेर म सुनिरहेको थिएँ। कविताले मात्छ भनेर कहीँ सुनेको, म त्यसैको ह्याङओभरमा थिएँ भूपेन्द्र जस्तै। अनिल तेलैजा कतिदिन त्यही घटनाले मातिए। पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : थ्री बी, ह्याङओभर र भर्जिनिटी

यात्रा संस्मरण : दशैंमा दिल्ली– २०१२

~सुशील मुडभरी~ सन् २०१२ सालको अन्तर्राष्ट्रिय आर्य महासम्मेलन अक्टुबर २५–२८ चार दिन दिल्लीमा भव्यताका साथ हुने समारोहमा भाग लिन बाराका आर्य समाजका अध्यक्ष विन्देश्वरी आर्यले आर्य समाजका प्रचारक र हामी शुभेच्छुकहरूसँग धेरै दिनदेखि अनुरोध गर्दै आउनुभएको थियो । पहिले–पहिले कलकत्तामा हुने गरेको आर्य सम्मेलनहरूमा पनि भाग लिन जान उहाँले सार्‍है जोड दिनुभएको थियो । तर त्यस बेला अनुकूल नमिलेको र पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नियात्रा | Tagged | Comments Off on यात्रा संस्मरण : दशैंमा दिल्ली– २०१२

संस्मरण : बराहक्षेत्रका महिमा गायकहरू

~प्रदीप नेपाल~ हाम्रा नेपालीले असाध्यै धेरै भक्तिभाव राख्ने बदरीनाथधामको यात्रा संस्मरणमा मैले बराहक्षेत्रको महिमाका बारेमा लेखेको थिएँ झण्डै दुई दशक अघि । बदरीनाथ यात्रामा जाँदा मैले थाहा पाएँ – हाम्रा नेपालीहरूमा बदरीनाथप्रति जति भक्तिभाव हुन्छ, त्योभन्दा धेरै भक्तिभाव हुँदोरहेछ बराहक्षेत्रप्रति भारतीय मनहरूमा । बदरीनाथधाम रहेको गढवालमा त बराह भगवानको दर्शन गरेपछि बदरीनाथको दर्शन गर्नै पर्दैन भन्नेसम्मको बोली मैले सुनेँ तर पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : बराहक्षेत्रका महिमा गायकहरू

नियात्रा : मन दुख्यो लोमन्थाङ्गमा

~प्रदीप नेपाल~ धेरैका टिप्पणी, परिचयात्मक लेख र चियोचर्चाहरूले लोमन्थाङ्गलाई मेरो स्वप्नसंसार बनाइदिएका थिए । हिँडेर जाने जाँगर टरेको हुनाले ससानो टिम बनाएर जाउँ कि भन्ने त लागेन, तर अवसर पाइयो भने एकपल्ट त्यो लोमन्थाङ्ग कस्तो रहेछ भनेर थाहा पाउन चाहिँ मन लागिरहृयो । ढिलोढालो हिसाबले त्यो अवसर जुट्यो । ०६६ साल असौज ३१ गतेको शनिबार प्रधानमन्त्री माधव नेपाल तथा बनमन्त्री पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नियात्रा | Tagged | Comments Off on नियात्रा : मन दुख्यो लोमन्थाङ्गमा

संस्मरण : अब त बाँचिन्न होला

~इद्रिस सायल~ आखिर एक दिन म हिंडिहालेँ, औषधी गराउन । मसँगै भिनाजु मैकुशेख पनि जानुभएको थियो । उहाँ विदेशबाट फर्केको मुस्किलले एक साता भएको थियो । भिनाजुलाईं बुवाआमाले नै पठाउनुभएको थियो र पैसा पनि उहाँलाईं नै दिनुभएको थियो, औषधी खर्च ! म आफ्नै भुलक्कड बानीका कारण पैसा आफ्नो साथमा लिन मानेको थिइनँ । कारण, बहराइनजस्तो शहरमा पाकेटमाराको बिगबिगि सजिलै देख्न पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : अब त बाँचिन्न होला

संस्मरण : क्यान्टोनमेन्टमा दुई दिन

~आस्था के.सी.~ कसलाई भेट्न आएको ? उसको प्रश्नले एक्कासी सपनाबाट ब्युंझिए जस्तै भएँ । सेन्ट्रीपोष्टमा नेपाली सेनाको एउटा सिपाही हातमा वन्दुक लिएर यता र उता गरिहेथ्यो । गेट निर उभिएर अर्को सिपाहीले मलाई केरकार गरिहेथ्यो । मनमनै झनक्कै रिस उठेर आए पनि विनम्रता पूर्वक विग्रेड कमाण्डर युगान्तलाई भेटन आएको कुरा उसलाई निवेदन गरें ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : क्यान्टोनमेन्टमा दुई दिन

नियात्रा : नैनीतालको हिउँ

~भेषराज रिजाल~ केटौले मस्तिष्कमा अमिट बनेका रहेछन्, छिमेकीले सुनाएका नैनीताल, मसुरी, देहरादून र दिल्ली पुगेका सुन्दर संस्मरणहरू । महेन्द्रनगर पुगेको मौकामा नैनीताल नियाल्ने अभिलाषा बोकेर एउटा भारतीय ट्याक्सी लिएर हानिएथ्यौँ युवराज गुरागाईं, हेम अर्याल र म । ट्याक्सी चालक थियो नेपालका कुनै न्यायाधीशको भतिजो हूँ भन्ने एकजना मोटे इण्डियन । गड्डाचौकी पार गर्दा हाम्रो पछाडिपट्टि सूर्यले अनुहार उठाउँदै थियो । पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नियात्रा | Tagged | Comments Off on नियात्रा : नैनीतालको हिउँ

नियात्रा : भूकम्प ओछ्याएको भूगोल

~भेषराज रिजाल~ ‘यस्तरी पनि भत्किँदो रहेछ घर’, भूकम्प भोगेदेखि आजपर्यन्त कत्तिचोटी उर्ले होला मनको वह । कसलाई सुनाउनु खोइ मनको वह ? त्यो वह शूल नबनोस् भनेर पोखेँ हूँला मैले– आफूले टेकेका पाइलाहरूसँग, अन्तरकुन्तरका भग्न उद्वेगहरूसँग । बहत्तर सालको असारको पहिलोसाता दोलखालाई गन्तब्य बनाएर एकाबिहानै काठमाडौं छोड्यौँ हामीले । मेरो साथमा खटिएका थिए ईश्वरी पन्थी र गंगाराम महर्जन । रहरले पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नियात्रा | Tagged | Comments Off on नियात्रा : भूकम्प ओछ्याएको भूगोल

संस्मरण : घर एउटा कविता

~राजव~ तिनताक म राष्ट्रिय वाणिज्य बैंकको बुढानीलकण्ठ शाखामा प्रबन्धक थिएँ । शुक्रबार आधा दिनमात्र चल्ने भएकाले म बैंकको दैनिक कारोबार बन्द गर्ने तरखरमा भएकै बेला ईश्वरबल्लभ दाइको फोन आयो । उहाँले घरमा आउने निम्तो गर्नुभयो, त्यही दिन । किन डाकेको होला ? पिलाउन पो हो कि ? उहाँले एकपटक यसैगरी डाक्नुभएको थियो र हामीले भोड्का पिउँदै तीन घन्टा बिताएका थियौँ पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : घर एउटा कविता

नियात्रा : रारा तालको सौन्दर्य र मुगुको कठिन भूगोल

~विमल पोखरेल~ सिंजा उपत्यकामा स्याउका बगैंचाहरू अनगिन्ती भए पनि सबै बगैंचामा स्याउ फलिसकेका छैनन् । सिंजा हुँदै मुगु जोड्ने बाटो डोजर लगाएर खन्ने काम जारी छ । मुगुतिरबाट पनि खनिएको छ । यही वर्ष मुगु मोटरबाटो पु¥याउने लक्ष्य लिइएको छ । भीर, पहरा र चट्टानहरूले बाटो खन्ने कामलाई कठिन बनाइरहेका छन् । खलंगातिरको तिलाखोलाभन्दा सिंजाको हिमाखोलामा खेतका ठूलाठूला फाँटहरू छन् पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नियात्रा | Tagged | Comments Off on नियात्रा : रारा तालको सौन्दर्य र मुगुको कठिन भूगोल

संस्मरण : आँसुले भिजेका पाइलाहरू

~भेषराज रिजाल~ अस्पतालमा कुरुवा बस्न थालेको आठौँदिन पूरा भइसकेको थियो । ती आठदिनले मलाई जीवन र मृत्युको अर्थ सिकाइरहेका थिए । मातृ सघन उपचार कक्षमा राखिएकी जीवन सङ्गिनीको हेरचाहका लागि बाहिरपट्टिको लामखुट्टे लाग्ने चिसो भुईंमा गुडुल्किएर अस्पतालका कहर र पीडाहरूको प्रत्यक्ष्यदर्शी भएको थिएँ म । अप्रेशन गरेपछि उनलाई ब्लड र स्लाइन चढाइएको थियो । उनको सुस्केरामिश्रित नबुझिने बोली हरक्षण मेरा पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | 1 Comment

नियात्रा : हातमा गुराँस मनमा माया

~भेषराज रिजाल~ गोठीकाँडाका रमणीय डाँडाकाँडा हेर्दै सिद्धपाइला पुगेपछि एकछिन रोकिएर हेरेथ्यौँ सुर्खेती सेरोफेरो । समथर सुर्खेत उपत्यका नियाल्दै टिपेथेँ मैले दुईचार थुङ्गा गुराँस । गुराँसको रङ जीवनको रङ जस्तै लाग्छ मलाई । सलक्क परेका हरिया पातसितको गुराँसको थुङ्गो समातेपछि कलम कापी निकाल्न मन लागेथ्यो मलाई । र, सोचेथेँ मनमनै, मेरो उमङ्ग र उत्साह त प्रकृतिको उपहार पो रहेछ ! ‘स्वच्छन्दरूपमा पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नियात्रा | Tagged | Comments Off on नियात्रा : हातमा गुराँस मनमा माया

संस्मरण : पुरस्कारसँग जोडिँदा

~प्रदीप नेपाल~ लेखनीको थालनी नै पुरस्कार प्राप्तिबाट भएको हुनाले लेख्नु भनेको पुरस्कार पाउनु हो भन्ने ज्ञानचेतना मभित्र हुर्किएकै थियो। गाउँकै सरस्वती मिडिल स्कुलमा पढथेँ म। कथाकार परशु प्रधान हुनुहुन्थ्यो हाम्रो स्कुलको हेड सर। पहिलोपटक तीन क्लासमा पढ्दा हुनुपर्छ, मैले एउटा कविता वाचन गरेको थिएँ, शुक्रबारे कार्यक्रममा। कविताको शीर्षक थियो सुन्दर हिमाल। परशु सरले धाप मार्दै आशीर्वाद दिनुभयो र आठपाने कापी पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : पुरस्कारसँग जोडिँदा

संस्मरण : ऐना र उमेर

~नम्रता गुरागाईं~ आज फेसबुकमा एउटी साथीले “ रंगीचंगी फुल फुल्दा हिउंजस्तै पग्लिएछु आफनो रुप ऐना हेर्दा अलि चांडो जिन्मिएछु आफनो त जमानामा…॥” भनेर अलिकति पीर पोखीछन साथीहरुलाइ । उनको सोचाइलाइ अलिकति भएपनि सान्त्वना होस ए ममात्र रहेनछु यस्तो सोच्ने अरुपनि रहेछन भनेर मैले पनि उनलाइ म त ऐनादेखि भागेको धेरै भैसक्यो त भनेर लेखिदिएं । त्यही बेला अर्कीलाइ पनि काउकुती पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : ऐना र उमेर

संस्मरण : पर्दामा आमा बन्दा

~हरिवंश आचार्य~ सानो छँदा म छिमेककी आमैले बोलेको, कराएको सुनेर बस्थें र त्यसको नक्कल गरेर साथीभाइलाई हँसाउँथें। त्यसको धेरैपछि मदनकृष्ण दाइसँग एउटा दोहोरी गीत बनाउने योजना बन्यो। दोहोरीमा केटा र केटी हुनुपर्नेमा मैले बूढा–बूढी राखौं भनेर प्रस्ताव गरें। मदन दाइले बूढाको स्वरमा गाउनुभयो, मैले बाल्यकालदेखि साँचेर राखेको त्यही छिमेकी आमैको स्वरले गाएँ। पछि सुन्दा गजब लाग्यो। त्यही दोहोरी गीतमा बूढीआमै पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : पर्दामा आमा बन्दा

संस्मरण : स्मृतिमा दुई परिदृश्य

~शार्दूल भट्टराई~ भण्डार ! रामेछापको एउटा गाउँ । जिरीनाम्चे पैदल यात्राका क्रममा भेटिने विभिन्न रमणीय ठाउँहरूमध्ये एक । पहाडको काखमा भिरालो परेको फराकिलो चउर । चउर छेउछाउमा ससाना घरहरू । लक्ष्य त हाम्रो पहाडको टुप्पोमा रहेको देउराली पुग्ने थियो । बिहानको भात त्यहीँ खाने विचार गरेका थियौँ । तर हिँड्न सकिएन । रातोमाटोले लिपिएको सानो घर । सफा आँगन । पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : स्मृतिमा दुई परिदृश्य

संस्मरण : म रोएको त्यो दिन

~विवशकुमार सेजुवाल~ बार र गते भुसूक्कै बिर्सिएको रहेंछु । आज त्यो दिनलाई सम्झिएर ल्याउँदा मलाई भावनाको पहिरोमा छोपिएको झै अनुभूति हून्छ । जब सेती–महाकालीमा साँस्कृतिक पल्टनहरुको ओइरो थियो त्यतिबेला ती साँस्कृतिक पल्टनहरुसँगै नाच्दै–गाउँदै महाकालीको दोधारा–चाँदनी र सेतीको रामारोशन, बिनायक, छःतारा जस्ता ठाँउहरुमा हामीले जनताहरुलाई नयाँ साँस्कृतिक जागरण पैदा गर्न खुट्टाका पैतला खियाउँदै कहिले देउडामा त कहिले छलियामा, कहिले होरीमा त पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : म रोएको त्यो दिन

संस्मरण : ‘फाइभ स्टार जेल’ बाट नेपाल चियाउँदा

~हिरण्य भोजपुरे~ अस्थिर राजनीति र जुनसुकै क्षेत्रमा लथालिंग अवस्था । नेपालको यो हालतदेखि दिक्क भएर यहाँ केही हुन सक्दैन भन्दै विदेश जान खोज्नेहरु धेरै हुन्छन् । त्यसमा पनि युरोप र अमेरिका धेरैको सपनामा हुन्छ । सांगीतिक जोडी हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठको कथा भने फरक छ । पछिल्लो आठ वर्षदेखि अमेरिका बसेर केही महिनाअघि नेपाल फर्किएको यो दम्पती अमेरिकाको बसाइलाई पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged , | Comments Off on संस्मरण : ‘फाइभ स्टार जेल’ बाट नेपाल चियाउँदा

नियात्रा : दार्जीलिङको दौरा-सुरुवाल

~प्रदीप नेपाल~ तपाईं दार्जीलिङ जानु भा’छ – भनेर कसैले सोध्दा म न गा’छु भनेर जवाफ फर्काउन सक्थे”, न त गा’छैन भनेर नै जवाफ दिन सक्थे” । दार्जीलिङ गा’छैन भनु” भने दर्ुइ-तीनपटक त्यो बाटो म हि”डेको छु । गा’छु भनौ” भने दार्जीलिङमा कहा” के छ भनेर कसैले सोध्यो भने खै त्यो त थाहा छैन भनेर भाग्नुपर्ने अवस्थाको मान्छे भा’को छु म पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नियात्रा | Tagged | Comments Off on नियात्रा : दार्जीलिङको दौरा-सुरुवाल

नियात्रा : सिन्धुलीगढीको किल्लामाथि

~विमल पोखरेल~ सिन्धुली बजारमा रहेको बसपार्क त्यति गतिलो छैन । ग्वाड्डखोलाको छेउमा धुले र हिले बसपार्क बनाइएको छ । दर्जन जति बस पार्किङ गर्न मिल्ने भए पनि त्यसलाई व्यवस्थित नगर्दा यात्रुहरूले सहज सेवा पाउन सकेका छैनन् । नरपालिकाभित्रैको सार्वजनिक संरचना बनाउनतिर कसको ध्यान जाओस् घ् सिन्धुली बजार सम्म परेको ठाउँमा अवस्थित छ । बजारको पारीपट्टी खेतका फाँटहरू छन् । अब पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नियात्रा | Tagged | Comments Off on नियात्रा : सिन्धुलीगढीको किल्लामाथि

संस्मरण : हिस्सीदार मुहार

~निर्मोही व्यास~ यो २०६८ सालको कार्त्तिक महिना हो । अस्ति भदौको ४ गतेदेखि उमेरको साठीऔँ खुड्किलो उक्लिसकेको छु म । केही दिनअघि प्रज्ञाको सभाकक्षमा आयोजित एउटा साहित्यिक कार्यक्रममा निम्त्याइएर गएको बेला कार्यक्रमको समापनपछि बाहिर लबीमा खाजा खान लाग्दा पहिले अन्त कतै पनि नदेखे-नभेटेकी एउटी सम्मोहक रूप र जीउडालकी किशोरी झुलुक्क देखा परिन् । त्यसरी अचानक उनलाई त्यहाँ देखेपछि एकछिन म पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : हिस्सीदार मुहार

संस्मरण : सिफलमा छुटेका धर्मबुबा

~विप्लप प्रतीक~ बिछडिएकालाई अचानक भेट्नु वा विगतलाई सम्झनाका मयूर प्वाँखले ओल्टाउँदै-पल्टाउँदै आँखा चिम्लेर अतीतको शयर गर्नुमध्ये कुन आनन्ददायी होला ? यो सवाल मनमा आएका कारण के छ भने यतिखेर दुवै खालका आनन्दका रसायन बग्दा छन्, मेरा तन्तुहरूमा । समयको सुरुङमा सम्झनाको सुरेली खेल्दै जाँदा म त्यहाँ पुग्छु, जहाँ बाल्यकालका मधुर स्मृति छन् । केही स्थिर र केही सिनेमाका रलिजस्तै चलायमान पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : सिफलमा छुटेका धर्मबुबा

संस्मरण : विभ्रमको विहानी

~शार्दूल भट्टराई~ एकाबिहानै चाबहिल चोकमा रमेश विकल उभिइरहनु भएको थियो। अलि ढिलै आउनु हुन्थ्यो, आज यति चाँडै किन आउनु भएछ भन्ने लाग्यो। म सरासर पत्रिका पसलमा गएँ। समाचारहरूबारे सामान्य जानकारी लिने उद्देश्यले कुनै एउटा पत्रिकातिर हात लम्काउँदै थिएँ, पत्रिका टिप्न नपाउँदै पसलका मालिक वसन्त रजिालले भने, “दुःखको खबर थाहा पाउनुभयो?” “छैन,” पत्रिका हातमा लिँदै मैले जवाफ दिएँ। “ए ! अहिलेसम्म पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : विभ्रमको विहानी

संस्मरण : नेपाल आमाको सेवामा यतिकै दिन रहेछन् भन्ने लाग्यो

~प्रदीप नेपाल~ तिबेला पार्टीले मलाई मेची अञ्चलको जिम्मेवारी दिएर काम सम्हाल्न पठाएको थियो । एउटा अनौठो द्वन्द थियो मुलुकको राजनीतिमा । ०३६ सालको विद्यार्थी आन्दोलनले एकातिर राजनीतिलाई थोरै भए पनि खुकुल्याएको थियो । विद्यार्थी समुदायका गतिविधिहरू धेरै खुल्ला भएका थिए र राजनीतिक पार्टीहरू पनि साप्ताहिक अखबारहरूमा पार्टीहरूको नाम अघिल्तिर पु. लेखेर आफ्नो अस्तित्व देखाउन सक्ने हैसियतमा पुगेका थिए । पु.नेपाली पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : नेपाल आमाको सेवामा यतिकै दिन रहेछन् भन्ने लाग्यो