Tag Archives: लघुकथा

लघुकथा : स्वतन्त्रता

~धर्म सापकोटा राजु~ राती १० बजेसम्म पनि छोरा घर नफर्केपछि कमलालाई मनमा भित्र डर लाग्न थाल्यो । डराउदै लोग्नेलाई भनि -“हेर्नुस न दश बजिसक्यो छोरा अझै आएन । कहॉं गएहोला आज यतिबेलासम्म ?” “ह्या तिमी पनि के नचाहिने कुरा गर्या … Continue reading

Posted in Misc, लघुकथा | Tagged | Leave a comment

लघुकथा : जुक्ति

~प्रभादेवी पौडेल~ समिर पढ्न भनी गाउँ छाडेर सहर गएको थियो। उसले बाबा आमाको काख नछाडेकोले एक्लो अनुभूत गरेको थियो। उ हेर्दा सुन्दर देखिन्थ्यो र चलाख पनि थियो। तर केटीहरू गाउँबाट झरेको भनेपछि उसलाई त्यती वास्ता गर्दैनथे। प्राय जसो साथीहरू जोडी … Continue reading

Posted in Misc, लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रजातन्त्र

~गोरखबहादुर सिंह~ गोष्ठीको उद्घाटन कार्यक्रमपछि चियापान कार्यक्रम सुरु भयो । चियापानका सहभागीहरू पङ्क्तिबद्ध भएर चियाका लागि अघि-अघि बढ्दै थिए । सहभागीहरू चिया राखिएको टेबुल अगाडि पुगेर आ-आफ्ना रुचि बताउँथे । “चिया, दूध भएको तर चिनी नभएको ।” “कागती राखेको कालो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बूढो रूख र जराहरू

~खडकराज गिरी~ बूढो रूख गजक्क–गमक्क परेको छ । अग्लो, मोटो, हाँगा–बिंगा विकासिएकाले डम्म परेको गतिशील छ बूढो रूख । उसका हाँगा–बिंगा त झन् आफूलाई सक्षम अभिव्यक्ति दिन तत्पर भइरहेजस्ता देखिन्छन् । ‘मै हूँ’ को अभिव्यक्ति छ डालाहरूमा र छ अहम्को … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मानव अधिकार

~दिव्य गिरी~ अदालतको इजलास श्रोताहरूले खचाखच भरिएको थियो । कोहीकोही एक–आपसमा खासखुस गरिरहेका थिए । फाँटवाला मिसिल अघिल्तिर राखेर बसिरहेथ्यो भने पक्ष–विपक्षका दुईजना वकिल आ–आफ्नो वहस प्रस्तुत गर्न तयारी गरिरहेका थिए । उनीहरू न्यायमूर्ति अर्थात् न्यायाधीशको आगमन पर्खिरहेका थिए । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : देश नचिन्नेहरु

~नेकी धनेन्द्र~ नेपालगंजबाट सुर्खेत सम्मको यात्राको क्रममा गाडीले राँझा एयरपोर्ट काटिसकेपछि एक ठाउँमा अकास्मक बेगको गाडी रोकियो । झटपट सिटबाट उठेर के भयो भनी अगाडी हेरेको त ट्राफिक प्रहरीले पो रोकेछ । ड्राइभरलाई लाइसन्स निकाल्न लगायो ,ड्राइभरले पनि सोही अनुसार … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथाः चाेइटिएकाे कप

~क्यामुना प्रधान~ चिया पिउने कप धेरै पुरानो भएपछि एक दिन बजारबाट नयाँ कप किनेर ल्याएँ । हेर्नेबित्तिकै नयाँ डिजाइनको त्यो कप मलाई मन पर्यो । चिया पिउँदा पनि अरू बेलाभन्दा छुट्टै अनुभूति भइरहेथ्यो । कपको आकर्षणले चिया मात्र होइन पानी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शोक

~धर्म सापकोटा राजु~ सांहिली साह्रै आत्तिईन । सांहिली मात्र हैन । रत्यौली खेल्न लागेका सबैजना आत्तिए । रत्यौलीको माहोल नै बदलियो । अघिसम्म नाचिरहेका आईमाई केटीहरु एकाएक रोकिए । कारण थियो कसैले समाचार ल्याएको थियो- “जन्ती बस दुर्घटनामा पर्यो” । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : महँगीको हत्या

~कृष्ण बजगाईं~ महँगीको हत्यापछि सनसनी मच्चियो । टिभी च्यानलहरूले ब्रेकिङ न्युज दिन थाले । तर, महँगीको हत्या कसले गरयो भनेर समाचारमा भनिएको थिएन । महँगीपीडितहरू खानलाउन अलिक सजिलो हुने भो भन्दै त्यस हत्याको तारिफ गर्दै थिए । तर, एकछिनमै टिभीमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ई–भिक्षा

~कृष्ण बजगाईं~ करीब बीस वर्षपछि पहिलोपटक नेपाल फर्केको एक एनआरएन सुटकेस र ब्याग होटलमा राखेर पशुपतिनाथको मन्दिर पुग्यो । पशुपतिनाथ मन्दिरमा पासपोर्ट देखाएको केही महिनामै विदेश जाने भिसा लागेकाले भगवान् शिवप्रति उसको ठूलो श्रद्धा र विश्वास थियो । उसले मन्दिर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अभियुक्त संघ

~कृष्ण बजगाईं~ अदालतमा अभियुक्तका बारेमा बहस चलिरहेको थियो । अभियुक्तलाई निर्दोष सावित गर्न उनका वकिल गतिलो तर्क प्रस्तुत गर्न सकिरहेका थिएनन् । नामुद र चर्चित वकिल भए पनि मुद्दाको प्रकृति र अभियुक्तविरुद्ध उपलब्ध प्रमाणले गर्दा बहसमा उनी प्रतिरक्षात्मक स्थितिमा पुगेका … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : चिसो जून

~खेमराज पोखरेल~ पाँच वर्ष प्रेम गरेर भागी बिहे गरेका थियौँ हामीले । उनी तल्लो जातकी भएकाले भाग्नु मात्र होइन आसाम भासिनु परेको थियो हामीले । आसाममा पनि हामीले जात लुकाउनु परेको थियो । हामी गरिव थियौँ । समस्या यति थियो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गाडीघर

~खेमराज पोखरेल~ ऊ तेस्रो पुस्ताको नेपाली हो रहेछ अमेरिकामा । मैले भेट्दा ऊ यस्तै ४५ वर्षको हुँदो हो । मैले उसलाई सोधेँ– ‘नाम के हो तपाईँको ?’ उसले छोटो उत्तर दियो– ‘डायमन पउकर्याल’

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुलेमानी र चाइना भाइरस

~चोपनारायण बन्जाडे~ “साम्राज्यवादीहरू खासगरी अमेरिकन साम्राज्यवादले संसारलाई चुसिरहेको छ । नेपाल जस्ता तेस्रो मुलुकहरूलाई कहिल्यै उठ्न दिदैनन् । यिनीहरू भाषिक, धार्मिक, साँस्कृतिक, आर्थिकरुपले अधीनमा पारिरहन्छन् । भारतीय विस्तारवाद, अमेरिकन साम्राज्यवाद र घरेलुु सामन्तवाद हाम्रा प्रमुख दुश्मन हुन् । यिनका विरुद्ध … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ठूलाको संगत

~चोपनारायण बन्जाडे~ पम्फाले आफ्नो हैसियत नभए पनि दुखजिलो गरेर छोरालाई बोर्डिङ स्कुलमा पढ्न पठाईन् । आफ्ना दिदिबहिनीको आफ्नोभन्दा हुनेखानेमा बिहे भएकोले उनीहरूको कत्रो ठूलो सान छ ।  त्यसैले पटकपटक छोरा राजेशलाई “छोरा संगत त ठूलैको गर्नुपर्छ है, मेरो संगतले गर्दा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सबैभन्दा ठूला डाक्टर

~चोपनारायण बन्जाडे~ पारेश्वर साहुका चार भाइ छोराहरूमध्ये तीन भाइ सहर पसे । समयमै सहर पसेका हुनाले प्रशस्तै सम्पत्ति जोडे पनि । धनपैसाले किन्न नसक्ने के छ र अहिले ! धन,पद, प्रतिष्ठाको रजगजमा डुबेका थिए तीनै भाइ । नपुग्दो केही थिएन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कसको दोष ?

~खेमराज पोखरेल~ ग्रेटर अस्टिन सोसाइटीले गरेको कार्यक्रममा राधासँग चिनाजानी भयो । विदेशको ठाउँमा साँच्चि हामी दाजुबहिनीको साइनोले सम्बोधित भयौँ । नेपाली समाज कन्डापछाडि उनलाई वाइफाले भन्ने गर्थे । मैले एकदिन राधालाई उनका बारेमा सोधेँ ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : साउँकोभन्दा ब्याजको माया

~चोपनारायण बन्जाडे~ मनीरामले चित्त नबुझेको कुरामा झट्टै कुरा उठाई हाल्थे  । अझ कहिलेकाहीँ त अप्रासंगिक कुरा उठाएर हाँस्यपात्र पनि बन्थे । तर पनि कुनै प्रवाह गर्दैनथे । यस्तै हठी र हक्की स्वभावले उनलाई क्रान्तिकारी भनिने पार्टीको नजीक पुर्यायो । क्रान्तिकारी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रार्थना

~हरिप्रसाद भण्डारी~ ऊ समाजसेवी थियो । आफ्नो भन्दा पनि दुनियाँको भलो चिताउँथ्यो । कसरी दुनियाँमा शान्ति कायम हुन्छ र मानिसहरू चिरकालसम्म सुखले बाँच्न पाउँछन् भन्ने चिन्ता गथ्र्यो । बिहान सबेरै उठ्यो, नुवाइ–धुवाइ गरी सफा लुगा लगायो र मन्दिरअगाडि गएर प्रार्थना … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नक्कली नक्कलपुर

~कृष्ण बजगाईं~ राज्यको यात्रा होला भनेर उसले सोचेकै थिएन । हिँड्दै जाँदा कहिले नसुनेको नक्कलपुर पुगेको थियो । नक्कलपुरको नक्कली रूप देखेर क्षणभरमै मोहित भयो । उसका चंचल आँखा र उत्सुक गोडाले संयक्त रूपमा नक्कलपुर चहारे ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : तिजको घोडा

~खेमराज पोखरेल~ तिजको दर खाने दिन थियो । नित्यानन्द कलेजको पिउन गिरी सकेर ६ बजे बेलुका घरमा टुप्लुक्क आइपुगे । उनकी श्रीमती दिलमाया अस्पतालबाट स्विपरको काम सकेर केही क्षण पहिले आएकी थिइन् । हुन त तीज एक महिना पहिलेदेखि टोल, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : स्वतन्त्रता

~धर्म सापकोटा राजु~ राती १० बजेसम्म पनि छोरा घर नफर्केपछि कमलालाई मनमा भित्र डर लाग्न थाल्यो । डराउदै लोग्नेलाई भनि -“हेर्नुस न दश बजिसक्यो छोरा अझै आएन । कहॉं गएहोला आज यतिबेलासम्म ?” “ह्या तिमी पनि के नचाहिने कुरा गर्या … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : चिसो चिता

~नविन ध्यार~ भिरालो जमिन , भिरमै अडिएको छाप्रो घर र घर भित्र एक जीवन । रगत चुसिएको, पसिना बेचिएको, हासो खोसिएको एक निर्य जीवन । यहि जीवनको पर्तिमुर्ती थियो; श्रीराम बहादुर । गाउलेहरुले उसलाइ श्रीरामे भन्ने गर्थे । गाउमा कसैको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आस्था

~राजेन्द्र सङ्ग्रौला~ विर्तामोडको मुख्य चोक अग्ला र चिल्ला घरहरूले घेरिएको थियो । तर अलिपर खोलाका छेउतिर भने अत्याधिक फोहोर थियो । त्यो फोहोर बाटोमा मान्छे ओहोर–दोहोर गर्न निकै गाह्रो मान्थे । त्यही बाटो पर खोलाका डिलमा एउटा अस्थायी घर थियो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नाता

~मोहन अधिकारी~ “दुख दिन्न बाटुली दुख दिन्न ! मैले भनिहालें नि ! तिम्रा यी दुई छोराले मलाई कहिल्यै झडकेलो बाबु भनेर सोच्ने नै छैनन्।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पूँजी

~डा. पुष्करराज भट्ट~ ऊ कामबाट फर्केर कोठामा के फर्केको थियो, घरबाट फोन आयो, “मलाई त कोरोना लागेको छ, छिट्टै घर आउनुहोस् ।” श्रीमतीको फोन आएसँगै ऊ अत्यन्त आतियो । भोलिपल्ट बिहान काम गर्ने ठाउँको कम्पनीको मेनेजरसँग विदा माग्यो। ”अहिले विदा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : थुक

~कृष्ण बजगाईं~ उसलाई एक हुल मानिसले खुब पिटे । उसलाई पिट्ने र मूकदर्शक भएर रमिता हेर्नेबाहेक त्यहाँ तेस्रो पक्षको उपस्थिति थिएन । पिटाइले ऊ घाइते भएको थियो । उसलाई अस्पतला लैजानु पर्दथ्यो । तर त्यस हिंसक हुलले उसलाई गाउँको प्रहरी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : माइन सेबोटेज

~नन्दलाल आचार्य~ ‘ए जामुनजी, हडबड नगरौँ । गडबड हुन्छ । माथिको आदेश पखौँ । अनि, जे गर्नुपर्छ, गराँैला ।’ श्यामजीको चेतावनीलाई वेवास्था गर्दै भनेको थिएँ, ‘माथिको आदेशले त हामी बिग्रियौँ, भत्कियौँ । टाउकामा कात्रो बोकेर हिँडेपछि जनताको काम गर्ने हो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बूढो वरको रुख

~सुरेन उप्रेती~ हेर पीपल ! तिमी र म यो चौतारीमा बसेको पनि युगौं भए जस्तो लाग्छ । ती प्रेमप्रसादका हजुरबाले बाआमाका नाममा चौतारी बनाएका थिए । मानिसहरू उकालीओराली गर्दा थाकेपछि  वरपीपलको छहारीमा बसेर सुस्ताउन पाउनेछन् र आशीर्वाद दिने छन्। त्यही … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सबै खाइदिन्थे

~सदानन्द अभागी~ नानीमैयाँ उमेरले सत्तरी काटेकी छन् । उनको श्रीमान वितेको करिब दशबर्ष भै सकेका छन् । एउटा छोरा थियो त्यो पनि दुर्घटनामा परेर मर्‍यो । घरको नाममा एउट सानो झोपडी नानी मैयाको श्रीमानले तयार पारेर छोडेको थियो । शरिरमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आइडिया

~गोरखबहादुर सिंह~ “बिग्रिएको दुई महिना भइसक्यो धाराको एउटा टुटी पनि फेर्न सकिएन । दिउँसो क्याम्पस, साँझ बिहान ट्युसन एउटा शनिबार केके मात्रै गर्नु ?” आँगन छेउको धाराबाट छताछुल्ल पानी बग्दै गरेको देखेपछि क्याम्पस जान निस्केका हिराकाजी एक्लै भुनभुनाए। “ठूल्बाबु!” उनले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : लेखन

~रवीन्द्र तिमसेना~ “माननीयज्यू यस पटकको लेखन पुरस्कार मलाई दिलाइदिनुपर्‍यो,” चन्द्रमानको कुरा सुनेर माननीयले आँखीभौं खुम्च्याए । “तपाईं माननीय भएको वेला यति त गर्नैपर्‍यो नि,” माननीयले बोल्न नपाउँदै चन्द्रमानले हक जमाउन खोज्दै थपिहाल्यो । “लेखन पुरस्कार नै पाउने गरी तपाईंले के … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment