Tag Archives: नेपाली कविता

कविता : स्वदेशको माया

~डा. माधवप्रसाद कोइराला~ मेरी आमालाई महाभारतको जस्तो रणक्षेत्र चाहिएको छैन । मेरी आमालाई हिरोसिमा र नागासाकीको जस्तो आतंक चाहिएको छैन । मेरी आमालाइ न आवाज बिनाको मुर्दा शान्ती चाहिएको छ । मेरी आमालाई भरपुर श्रोतसाधन उपयोग गर्दै स्वर्णरुपी लाली चाहिएको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : अक्षर

~दीपक कुमार ज्ञवाली~ कति बनाउनु शब्द मेरा अक्षरहरुलाई उनीईन्छन् सुन्दर कपटीको शिपलगाई उनीन्छन् कविता र गजलको हारबनाई कथा निबन्ध नियात्रा को हारमा सजाई । कहिले उनिन्छन् मानिसका भोगाई । अक्षरलाई केलाई केलाई निफन्न जानेका ।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : शण्डेश्वरको पर्व

~लक्ष्मी प्रसाद देवकोटा~ तीते पाती बटुलन जाती, माकुरजाली ल्याउन काती, डाकन भ्याक्ते कोरस ताँती, धापहरुको बालन बाती । छेपाराका रङ्गहरु ल्याओ ! चीलहरुका पङ्खा चलायो !

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : असार

~कमल कुमार~ चुमेर सुस्तरि गालाभरि फलेका आलुबोखराहरु वसन्त, हिउँद र गृष्म बाँचेको गुलमोहरको रुख जस्तै वयोवृद्ध सम्झनाका पत्रहरुलाई नचाउँदै मन्द मन्द

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता :अन्तिम श्रद्धाञ्जली

~अर्जुन दाहाल~ पर्खाइमा छ उ भोलिको भिज्दैन अब सिरानी , जब उसको मृत्यु र तिम्रो विवाह , हुनेछ भोलि बिहानी । सिँगारिएकी हुन्छौ तिमी र अवश्य , उ पनि हुन्छ सजिएको ,

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : मेरो औसत गुनासो

~भेषराज रिजाल~ मुटु छेडेर वारपार गर्ने हजार प्रश्नहरु छन् मुटु सिलाउनुपर्ने कसैको एकाध शर्त पनि छैन मन बुझाउनसक्ने कसैको एकाध तर्क पनि छैन

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : म हेरी रहेछु …..

~रन्जु ‘मार्ग’~ म हेरी रहेछु – त्यो घामलाई को बोकी आउँछ भनेर म सोधी रहेछु – ती रामलाई कसले उज्यालो ल्याउँछ भनेर ! रुँदै छिन् आमा, हिउँ जमेर बग्दै छिन् आमा, आँशु बनेर

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

व्यङ्ग्य कविता : आलु, प्याज र सरकार

~एम सि सुमित~ बिहान आलु र प्याज बेलुका प्याज र आलु रैथाने भोकको लागि बहुराष्ट्रिय कम्पनिको स्वाद जस्तो कि, नेपाल सरकार । खै उनिहरूलाई नै थाहा होला प्रभु भन्छन् कुन स्वर्गबाट कस्तो कार्ड आउँछ त्यसपछी राष्ट्रको गौरब जनताको आसा

विधा : कविता, हास्य - व्यङ्ग्य | , | प्रतिकृया छोड्नुहोस्

कविता : मोह

~अविनाश श्रेष्ठ~ कुन्नि कुन मानसरोवरबाट थालियो मेरो चेतनाको ब्रहृमपुत्र । र कुन्नि कति टाढा छ समाप्तिको बङ्गोपसागर ? दरिद्रयसित डराएको माझी । र माझीसित डराएका माछाहरु, सपनासित झस्किएको निद्रा ।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : दर्पण

~बिमल गुरुङ~ अथाह गहमा अबीर छर्केर चट्टानको तटिनीमा नाच्दा नाच्दै सहाराजि डिलमा लालीगुराँस रोपेर निर्मल निर्मल् गंगाजल रकेटबाट खसाउँदा खसाउँदै आकृतिहिन मानब आकृतिहिन पञ्जामा अभौतिक ग्रह, नचाउनु/हुत्याउनु किन नपरोस् म एउटा आवाज बोल्छु, ‘स्वतन्त्र!’ लँगुरबुर्जाको गोटी घोल्दै

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : बालक

~भीमनिधि तिवारी~ देखें मैले एउटा पाटी मार्ग छेउमा उभिएको । जून र घाम निशि दिन पस्ने आधा छाना भत्केको । कुकुर सुतेका एक-कुनामा लूते ! फोहर ! उपियाँ उफ्रेको । अन्य कुनामा भीखमंगी मरिरहेकी ! देख्ने को ? नौ महीनाको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : विश्वबन्धु

~माधवप्रसाद घिमिरे~ चहल पहल ठूलो, आज नौलो जमाना जल गल नभ जेल्छन् रेल जाहाज नाना मनुज मनुजलाई खाली छल्ने लखेट्ने अझ पनि अखडा क्यै ? विश्वका बन्धु भेट्ने बन शहरहरुका वास बस्ती हजार नरम गरम नाना भावनाका प्रचार सफल रंग … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : तिम्रो संसार !!!

~जनार्दन सम~ ए संसार बनाउने कर्मी ! देखें तिम्रो संसार !!! यो पृथ्वी बनायौं झारपात र वृक्ष प्राणीहरु उमार्‍यौ, रङ्गी चङ्गी चरा उडायौ, भूकम्प बाढी ज्वालामुखी फुटायौ, आफ्नै घरबार परिवारलाई भत्कायौ मार्‍यो बिगार्‍यौ । यो बालक्रीडा जस्तो या उन्मत्तको काम … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : हुने भएको छ !

~श्यामदास वैष्णव~ जसले जे गरे पनि अहिले ‘हुने’ भएको छ । ‘गाई’लाई ‘गदाह’ र, ‘गदाह’लाई ‘पदाह’ माने पनि फरक नपर्ने भएको छ । रातलाई ‘दिन’ र दिनलाई ‘अलच्छिन’ ठाने पनि मिल्ने भएको छ ।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : दिन आइसकेको छ

~विक्रम सुब्बा~ झयालहरु खोल शान्ति, ढोका उघारेर पर्दाहरु उठाऊ उज्यालो जुलुसले उज्यालो हातमा बोकेका उज्याला झण्डाहरुलाई पस्न देऊ लोकल हिटलरका कसन्ट्रेशन क्याम्प ध्वस्त पार्ने डेमोक्रेसीका उज्याला नाराहरुलाई कोठामा पस्न देऊ लर्डाईंका कथा पढिए धेरै युद्धका सिनेमा हेरिए इन्क्लाबी कविता-गीत धेरै … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : सुन्दर बगैचा

~डिल्ली पौडेल~ तिम्रो नामको सानो मुटु छ ,मेरो छाती भित्र म अन्त सार्न सक्दिन। बिना कारण म कसरी भुल्छु तिमिलाइ ,माया म मार्न सक्दिन। चाडै फर्केर आउने छु ,म तिम्रो सुन्दर मुहार सम्झी। लामो पर्खाइको तिम्रो त्याे दिन, टार्न म … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : मनुष्यको विघटनमाथि

~महेश प्रसाईं~ अकस्मात् एक दिन एउटा प्रेतात्मा मसानबाट फुत्त बाहिर निस्कियो र मानिसको भेषमा देखा पर्‍यो, सडकको बीच चौराहमा, उसलाई पार्लियामेन्टमा जानु थियो,

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : जंगलको कुनै कानून हुँदैन

~राजेन्द्र शलभ~ उनीहरू शहर पसेका छन् र,शहरलाई पनि जंगल ठानिरहेछन् जंगलको कुनै कानून हुँदैन आफ्नो अनुहारमाथि अर्को अनुहार टाँसेर उनीहरू शहर पसेका छन् हितैषीको भ्रम पारेर उनीहरू हाम्रो विश्वास जिस्किरहेछन्

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : विहे

~दिनेश अधिकारी~ (प्रसङ्ग १) बिहे गरेको भोलिपल्ट हामी एउटा पैदलयात्रामा थियौं कहाँ के भयो? एकाएक आकाश धुम्मियो एकाएक मेघ गर्जियो र, झमझम पानी पर्न सुरु भयो ओत लाग्न छेउछाउमा कुनै उपाय थिएन र, हामीसँग एउटै मात्र सानो छाता थियो ऊ … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : लिम्वूवानको खातिर

~टंक सम्वाहाम्फे~ सेवारो आदाङवे हतारमा पो हुनुहुन्छ कि ? वेफुर्सदी नै भए पनि आउनुहोस् किनभने अहिले देशलाई पुन निर्माण गर्ने वेला भएको छ लिम्वूवानको अस्तित्वलाई खोज्ने वेला आएको छ हिउदको ठिही र वर्षाको झरीबादल सहेर

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : आकार

~प्रकाश सुनुवार ‘निराकार’~ ठुलाठुला नक्साहरु माझ एउटा आकार चेप्पिएको छ जस्को हातपाउ, ज्यान अनि मस्तिस्क खिया लागेर पुरानो अनि काम नलाग्ने हुंदै गएको छ खियिंदै गएको छ । उनको हातहरु वाँधिएका छन् सिमानाका विभिन्न नाकाहरुले वाँधिएका छन् आप्mनो पाउमा आफै … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : छोरा हो!

~प्रणिका कोयु~ स्पर्श, “छेमा तिमीले किन भेष्ट लगाएको?”सोध्ने तिमी मेरो त्यत्तिकै मायालु छोरा हौ जत्ति तिम्रो मामा र ड्याडीकोहौ निषाद, म गएको दिनौं पछि ब्युँझिएको रातमा “खोइ छेमा” भनेर सोध्ने तिमी निषाद, तिमी मेरो प्यारो छोरा हौ

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : उफ् !

~नबराज घिमिरे~ तिमीहरूलाई दास हुन मन लाग्यो, कुनै स्वरुपलाइ पुज्न मन लाग्यो हो? तेसैले त मुर्ती काेर्यौ, देवता सम्झेर । केका लागि कोर्यौ? बिश्वासका लागी । आस्थाका लागी । सत्मार्गका लागि। तर

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : तिमी मेरो क्यानभासमा

~मनु मन्जिल~ मैले पहिलो पटक यौटा चित्र कोरेँ र त्यो पनि तिम्रो । तिम्रा आँखाहरू तिम्रै आँखाको रङले सजाएँ तिम्रो केशराशिको रेशमी कोमलता उबाएँ, चहक उबाएँ र तिम्रो केशराशि सजाएँ । तिम्रो मुस्कानभन्दा म्रिदु र सुन्दर रङ

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : राष्ट्र , राष्ट्रवासी र राहत

~अर्जुन दाहाल~ हिजो, हो, आज उसको नाम परिवर्तन भएको छ , प्रकृतिको वरदान , समयको दाइजो , राष्ट्र र सरकारले दिएको उपनाम , लाखौं जस्तै , उसले पनि आज नयाँ नाम पाएको छ , “भुकम्प पीडित” आज, उ नदिहरुले घेरिएको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : शब्दै शब्द

~डा. उत्तम खनाल~ मैले नदेखेको दिन लाग्थ्यो, तिमी हाँसेकी छौं अरुको झै खुसी साँचेकी छौं र त मुस्कुराउँदै बाँचेकी छौं त्यो जीवनमा, ओठको हाँसो र रुपको नासो साँचेर पवित्रताको निर्मल रंगमा

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : घाटा हुन्न तिमीलाई!

~दुर्गा कार्की~ केहि दिनदेखि दिनहुँ तिमी सपनामा आउछौ र एक हुल आफुजस्तै मान्छेहरुका अगाडि पड्कन्छौ- “ए…मरे मर्छ त्यो बूढो!” केही दिनदेखि कहिँ कतै केही लेखुँ भन्छु शब्दै भेट्दिनँ खर्चिने! सत्ते!

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : एक असारको बिहान

~लक्ष्मी प्रसाद देवकोटा~ क. दिनकरको बीउ झन्डै उम्यो मिरिमिरि–माटो फारी, दृश्य बदली निशिभर गाइरहिथिन् प्रकृति, तिनले रोपिन् अवश्य ! ख. हेर ! टुसाई आउँछ कलिलो, लाल पत्ती ली दुई बादल ! मानो लुँडेका बीज पलाउँदा हात ठटाउँदा खुशी बालकदल,

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : इतिहास

~मनोज बोगटी~ जतै खने पनि पुर्खाकै हड्डी निस्कन्छ। यो दॉंत हो यसले युग चपाएको छ। समय चपाएको छ र धुलो बनाएर घरको भित्ता टालेको छ। … यो नलीहड्डी अशान्ति हुँदा यो फुकेर शान्ति ल्याउँछ गाउँको लामा। यो बज्दैगर्दा जुलूस आउँछ … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

युद्ध कविता : आदिवासी लाहुरे

~काङमाङ नरेश राई~ युद्ध मोर्चामा उभिएका अदृश्य बाटाहरू— जित्नु÷हार्नु मार्नु÷मारिनु साहस÷निपुणता युद्ध–कौशल जवानीको रहर मृत्युको लास पिठयुँमा

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : मेरो झुपडी

~चित्र कुमार सुबेदी~ मेरा पुर्खाले पसिनामा माटो मुछेर नाम्लोमा खोलाबाट चप्पल ढुङा बोकेर चरमा भसाएको खुकुरीले ताछेर अग्राखको काठ लाएर निदाल बनाएको झ्याल ढोका बनाएको मेरो झुपडी

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता: अघोषित-जीवन युद्द

~सरस्वती श्रेष्ठ ‘सरु’~ छोरी! तिमी मेरै मुटुको एक अंश हौ तिमीलाई हिउँको चिस्यानमा उभिन पहाडको ढुंग्यानीमा उभिन तराइको मैदानी रापमा उभिन आफ्नै जरा हालिदिएकी छु आफ्नो जरालाई बलियोसँग स्थापित गर्न

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्