Tag Archives: नेपाली कविता

कविता : वियोग – विरोध

~दीक्षा भट्ट~ अगाडि धर्म थियो लाल्टिन बनी बाटो देखाउने, पछाडि उनी थिइन मुर्छा परी पाइला रोकाउने, बीचमा म थिएँ दोधारमा फसि ठिङ्ग उभिने,

Posted in कविता | Tagged | Leave a comment

कविता : सहरभित्र के-को हल्ला

~सुधीर छेत्री~ 1.लिप्स्टिकका एफ्रोदिते सुगन्धहरू मांसल शब्दहरू खोजेर अभिव्यक्त हुनलाई उन्मादका चिल्ला तिघ्रा बजाएर सिग्मण्ड फ्रायडका गाउँ खोज्दैछन्। छातीबाट उम्केर सहरका आँखामा चुप्लुङ्ग डुब्नपुग्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : सधैँझै टीठलाग्दो बिहानीको ओतमा

~शरद् छेत्री~ हिज साँझमा पनि अस्तिकै समयमा सधैँकै समयमा अरूले भोग गरेर फालेको सानो टालोको मात्र शीरदेखि पैतालासम्म छोप्न वितरण गरेको अवकाशको विरूद्ध ठूलो प्रलय मचाउन मन लाग्यो, एउटा तुमूल परिवर्तनको निम्ति क्रान्ति गर्नु मन लाग्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय साहित्यकार

~कल्पना राई ‘खुशी’~ साहित्यकार? कबि! साहित्य पारखी, साहित्य अनुरागी ,…. के भनि सम्बोधन गरु तिमीलाई? भनन ए!साहित्यकार, जब,…जब,… तिम्रो भावना पोखिन्थ्यो, तिम्रै कलमको निव बाट, मेरै मर्म,

Posted in कविता | Tagged | Leave a comment

कविता : शक्तिप्रदर्शन

~सुधीर छेत्री~ लेम्पपोस्टको नाकभरि मुस्लो धुँवा फ्यॉंक्दै, तीतेपातीको शरीरमा चोटको ट्याट्टु नै ट्याट्टु खोपेर, नयॉं लुगामा उभेकी दुबोलाई मिचेर , थिचेर शक्तिप्रदर्शनको आत्मपरकता बोकी घरमुनिबाट जॉंदैछन् झण्डाहरू। हातमा भिटामिन बोकेर उभेकी रायोसाग, पधिना।

Posted in कविता | Tagged | Leave a comment

कविता : जब मन्दिर-मस्जिद तोड़िएपछि

~विजय कुमार राना~ प्रकृतिले सृजना गरेको एक टुक्रा जमीनको निम्ति यो कत्रो द्वन्द ? ईश्वर छन उता, छन ईश्वर यता जता-ततै, जहाँ सुकै ईश्वरै छन ईश्वर । एक ईश्वरको आत्मालाई बास दिने गृह निर्माणको लागि हजारौं लाखौं ईश्वरहरुको

Posted in कविता | Tagged | Leave a comment

कविता : भावनाको एक पल….!!

~कृष्णभक्त खड़का~ साथी ! रक्सी छोड़ । परिश्रमको धन व्यर्थ नफाल सन्चय गर्नु सिक मानिसको बीच मानिस भएर हरक्षण बांच्न सिक । खून बगायौ पसीना झार्यौ दानको धन त्यो होइन तर पनि तिम्रो भविष्यतको कुनै सुरक्षा छैन । साथी ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भोक र शोक

~प्रभात थापा~ खोजेकै त हो मुक्तिको मार्ग अस्तित्व र चिन्हारीको मांग सड़कको भित्ताभरी दौरा सुरुवाल र चौबन्दीभरी घरको धुरीभरी, छाँगोभरी अनि कह्रेसोंभरी आँखाभरी र निंद्राभरी,

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो दिन कहिले आउला ?

~विजय मल्ल~ निर्धक्क भई गाउने त्यो दिन कहिले आउला ? यो घाँटीमा मीठो सुरले बास कहिले पाउला ? चारैतिर मसान छ, चीत्कार कोलाहल नैराश्य-हुरी आएर आशा दीप निभ्दछ पल-पल । ओइलाएका रूपहरूले मलाई आएर हेर्दछन्, रन्थनिएर पछारिएका आँखाहरूले घेर्दछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : झण्डा उठाउँदै आएको तिमीलाई

~विजय मल्ल~ १ तिमी जन्म्यौ । त्यो वेला शायद आकाश तार-तारामय हुँदो हो ! अथवा जून हाँसिरहेको हुँदो हो या त सूर्य बलिरहेको हुँदो हो ! बालक, तिमी जन्म्यौ ! तिम्री आमाको ओँठमा एउटा सानो मुस्कान नाच्यो होला,, तिम्रो बाबुको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रूख आफ्नो छायालाई

~वासु शशी~ रूख आफ्नो छायालाई नजीकै बिछाएर उभिरहन्छ ! त्यो उसको अनुकृति हो त्यसलाई ऊ हेरिरहन्छ ! आफ्नो भन्नु पनि त्यही हो उसको

Posted in कविता | Tagged | Leave a comment

कविता : आकाशको यत्रो उचाइका लागि

~वासु शशी~ आकाशको यत्रो उचाइका लागि मेरो होचाइ जिम्मेदार छ जो भुमरीभित्र पर्दा पानीमा पग्लिएर जान्छ मानो क्यै’ नक्यै’ यस्तो छ जो केवल आगैआगो हो । किन्तु त्यो हिउँ हिउँ भए पनि म होचो जरूर छु

Posted in कविता | Tagged | Leave a comment

कविता : गीत म कसरी गाऊँ ?

~हेमन्त श्रेष्ठ~ छेउमा सागर छ सागरसँगसँगै अनन्त लहर र लहरसँगसँगै अनन्त सङ्गीत छ म किनारको प्यासी बगर बनेर पानीको गीतमा कसरी रमाऊँ ? तृष्णा बोकेर मनभरि गीत म कसरी गाऊँ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी भेटिएपछि-२

~रीता अधिकारी ” ऋतु”~ समय गतिशील छ अनन्त छन् चाहनाहरु र, बदलिरहन्छ चाहनाको तस्बिर ! जसरी

Posted in कविता | Tagged | Leave a comment

कविता : हवाईजहाज मन

~सुरेश राई~ भर्खरै भुइँ छोडेको यो जहाज एयरपोर्टको गेटमा भर्खर भर्खरै छुटेको प्रियसीको न्यानो हात म कुन पंखा हम्काई सुकाउँ यी आँसु म कस्तो भविष्य सम्झेर हाँसु ! यो नाथे हवाई जहाजको वेग के वेग ? यी.. म अहिलेको अहिलै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नास्तिक

~दीक्षा भट्ट~ यदि ऊ तिम्रो मात्र हो भने, मेरो कसरी हुन सक्छ ? हामी दाजुभाइलाई लडाउने ईश्वर कसरी हुन सक्छ ? तिमी आस्तिक हुनु म नास्तिक हुनु उसको मर्जी होइन भने,

Posted in कविता | Tagged | Leave a comment

कविता : यस रातलाई सोरेर मुछिदिएँ मैले तिम्रो केशमा

~वासु शशी~ यस रातलाई सोरेर मुछिदिएँ मैले तिम्रो केशमा र एउटा यस्तो क्षण उत्पन्न भयो जब तिमी तिमी रहिनौ, म म रहिनँ ती म र तिमीको एउटा हामी बन्यो हामी अर्थात् एउटा आजु जिन्दगीको तेलकासामा हामी अर्थात् एउटा बिहान पर्वत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो रात, मेरा सपनाहरूबाट

~वासु शशी~ मेरो रात, मेरा सपनाहरूबाट मुक्ति देऊ मलाई ! म केवल सुत्नलाई पल्टेको हुँ लछार पछार नगर निद्राभित्र मलाई ! म कुनै शिकार खेल्दिनँ यस वापलाई हटाइदेऊ ! सित्तै गए जाउन मेरो आँखाहरू निभाइदेऊ यो क्यै देखानपार्ने बत्तीलाई !

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटी वेश्ये चाहिनेजस्तो यो रात

~वासु शशी~ एउटी वेश्ये चाहिने जस्तो यो रात, बुद्धले घर छाड्दाकोजस्तो यो रात मलाई के हेर्नु छ र मैले यो बत्ती बालिराखेको छु यो कोही एक्कासि चिच्याएर ल्याउला जस्तो रात यो कसैले घाँटी थिच्न आउला जस्तो रात आत्महत्या मानिसहरू यस्तै … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : खोज्दा खोज्दा मैले यो बिर्सेँ

~वासु शशी~ खोज्दा खोज्दै मैले यो बिर्से कि म के खोजिरहेको छु – मलाई बत्तीहरू देऊ मैले आफ्नो स्मृतिलाई देख्नु छ आफूलाई हेर्नु छ र यस रातलाई उज्यालो पार्न छ ! जो पाइएन त्यसले

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो निमित्त यो संसार ठूलो छ

~वासु शशी~ मेरो निमित्त यो संसार ठूलो छ त्यसैले म एउटा घर बनाउँछु । यो सानो शरीरले यत्रो विशालतालाई कसरी सहोस । यो एउटा मनले

Posted in कविता | Tagged | Leave a comment

कविता : अवतार

~प्रकाश सायमी~ कुनै दिन तिमी मुसा थियौ, त्यो पहिलो सत्य थियो पछि तिमीले मुसाको मासु खान बिरालो भयौ … स्वभावैले तिमीलाई बिरालो भन्दा शक्तिशाली बन्नु थियो तिमीले रूप फेरेर कुकुर भयौ … कुकुर भएर तिमीले दासता बाहेक केही स्वीकारेनौ फेरि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ई सलाईका काँटीहरू

~प्रकाश सायमी~ बट्टामा थुनिएर अँध्यारोमा लुकेर लामबद्ध भएर सलाम पर्खेर कैद यातना सहेर बसेका एउटै वेशमा एउटै देशमा एउटै मुद्रामा एउटै मुद्दामा सैन्यशक्ति जस्तै तथस्थ भएर बसेका

Posted in कविता | Tagged | Leave a comment

कविता : कुनै एउटा यस्तो दिन

~प्रकाश सायमी~ घामसँग बोलेर हामी कविता पढ्दैछौँ घामसँग खेलेर हामी कविता लेख्दैछौँ घामसँग हिँड्दै हामी कविता बाँच्दैछौँ घामसँग हाम्रो साइनो छ, कविताको । घाम पर्खालमाथि चढ्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : यो फूलसँग सम्पर्क एकपल्ट राखे पुग्ने

~वासु शशी~ यो फूलसँग सम्पर्क एकपल्ट राखे पुग्ने अधिकार छ भने देऊ पृथ्वीका प्रत्येक भविष्यलाई म सपनाबाट औंलाहरूमा उतारिदिनेछु त्यसपछि न कुनै धोबी हुनेछ न अग्नि परीक्षा र स्वास्नीमान्छेले लगाएका आलिङ्गनका चूरी हिरोशिमाहरूमा गएर फुटने छैनन्,

Posted in कविता | Tagged | Leave a comment

कविता : म यस रातलाई कोठाभित्र थुनेर राख्न सक्तिनँ

~वासु शशी~ म यस रातलाई कोठाभित्र थुनेर राख्न सक्तिनँ यस टेबुललाई जस्तै, यी बालबच्चालाई जस्तै यो अवश्य धरतीमा हराएर जानेछ, मभित्र सुकेर जानेछ । चाहे म झलमल्ल उज्यालो पारेर राखूँ चाहे चिम्झिरहूँ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी हाँसे

~विजय मल्ल~ प्रिये, त्यो दिन सम्झँदा तिमी नै यस खोलाको तरंगबाट लहरिँदै आउँछ्यौ। अहिले चीसो हावाले कानमा सरसराएर भनेको तिमीले बोलेजस्तो लाग्छ । पर्वतको अविच्छिन्न मालालाई हेरेर विस्मयलाई अँगालेजस्तो हात बाँधेर भनेकी थियौ – यसको पार पाइन्छ ? मैले भनेथेँ-पाइन्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीलाई देखेको समय

~प्रकाश सायमी~ तिमीलाई देखेको समय मभित्र मौन उज्यालो खस्छ अथाह वेग लिएर तिमी समक्ष मेरो सामुद्रिक मनले कविताको भूगोल बनाउँछ यत्र तत्र । चूपचाप तिमी कतै चूपचाप म कतै

Posted in कविता | Tagged | Leave a comment

कविता : पीडा

~भुवन ढुङ्गाना~ आत्मबोधको पीडाले अचेत एक मध्याह्रनमा पीडा म तिमीसँगै सुतेकी थिएँ कतै लाग्यो पीडा खुर्केर बोक्रा ताछेर पहेँला आलुसरह

Posted in कविता | Tagged | Leave a comment

कविता : शङ्का

~दीक्षा भट्ट~ मैले माने असफलताका सिद्धान्तहरूको पहिलो परिक्षण ममाथि गरेर नै सफल भएको थियो तर

Posted in कविता | Tagged | Leave a comment

कविता : बिझाउने आशा

~ममता मृगतृष्णा~ हाँस्दा हाँस्दै मुख छोपेर रुन मन लाग्छ | लाग्छ रोएर सारा चोट बगाई दिउँ| तर जति रुन्छु चोट माथी लागेका खिया मेटिदै जान्छन्, अनि

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो अनुहार

~प्रकाश सायमी~ मेरो अनुहार मेरो भएर पनि मेरो होइन यो रगतको प्रतिविम्ब मात्र हो । मेरो गीत मेरो भएर पनि मेरो हुन सकेन ।

Posted in कविता | Tagged | Leave a comment