Tag Archives: नेपाली कथा

कथा : अद्भूत दृष्य

~जलेश्वरी श्रेष्ठ~ म सानो हुँदा पढेको विद्यालयको रजतजयन्तीमा सम्पूर्ण भूतपूर्व बिद्यार्थी, शिक्षकहरुलाई उपस्थितिका लागि एउटा पत्रिकामा निमन्त्रणा दिइएको रहेछ । म पनि त्यसै विद्यालयमा पाँच कक्षासम्म पढेको थिएँ । मैले पाँच कक्षासम्म पढेर त्यो विद्यालय छाडेको थिएँ । त्यो विद्यालय … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समुद्रको छेउमा

~कमला सरुप~ समुद्रको छेउमा, त्यसमाथि पनि चन्द्रमा उदाइरहेको यो साँझलाई कसम खाएर म एकतमासले शब्दहरूलाई माया गर्दै यो पत्र लेखिरहेकी छु । ओहो, जीवनभन्दा पनि महत्वपूर्ण कुरा भावना कसरी हुनसक्छ ? अहिले आएर मैले विश्वास गर्नै पर्ने एउटा बहसको विषय … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सानुको तीज

~सिता बराल~ सानु आज धेरैबेर रोइरहिन । जीवनको लामो भोगाइका उतारचढावहरु पार गर्दै आउदा आज ठूलो चोटको महशुस भयो । कुनै शिकारीको हातबाट बच्न सफल भए जस्तै उनको शरिर लगलग कापीरहेको छ । समाजमा नराम्रा मानिसहरुको संख्या धेरै देखिए पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पारुको बाचा

~सिता बराल~ डाक्टरहरुसंग जँचाइसकीन तर पनि उनलाई लागेको रोग पत्तालाग्न सकेको छैन । आफूसंग भएका सबै परिक्षणहरु गर्दै पटक पटक औषधीहरु फेरि रहेका छन डाक्टरले तर उनमा केही असर भेट्टाउन सकेका छैनन् । डाक्टरको लागी उनको शरिर प्रयोगशाला जस्तै भइरहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : होल नार्इट

~निरन्जन थापा~ आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दागबत्ती

~उपमा अर्याल~ (कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।) “बाबु राम्रो सँग जाउ! घर पुग्ने बितिकै मलाई फोन गरिहाल है ! ” सुबाश पर क्षितिजमा पुगिसक्दा पनि आँखाले देखुन्जेल हेरिरहे। सुबाश … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लिखेको जन्ति बाख्रो

~वेद पौडेल~ माघको जाडोले मेरा खुट्टा लुग लुग काँप्दै थिए। विहान उठेर १ सर्को बिँडी तानेर, अब यसो मुख सुख धुनु पर्यो भन्ने हेतुले म बाहिर निस्किँदा च्याँके पनि टुपुल्कियो। “टारिघरे कान्छा दाइको बिहे आँटियो। हजुरहरुलाई नि निम्तो छ है।” … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तृष्णातृप्ति

~जलेश्वरी श्रेष्ठ~ एक साँझ म एक्लै ओछ्यानमा त्यसै पल्टिएर के के सोच्दै थिएँ । पेटमा सल्ल केही चलेको अनुभव भयो । म सशंकित भएँ । कताकताबाट मनभित्र डर र बेचैनी उर्लिएर आयो । एउटी आइमाई गर्भवती हुँदा यसरी नै भ्रुण … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नगरवधू

~डा. दीनबन्धु शर्मा~ म लगातार यौनसुखमा प्रयोग भइरहेको थिएँ । अझ यसो भनूँ, मबाट लगातार शोषण भइरहेको थियो । किनभने मलाई मेरो छाप्रो अगाडिबाटै -अचेल महललाई पनि छाप्रो भनिन्छ, ध्यान दिइयोस्)-सडकबाटै अपहरण गरिएको थियो । त्यति प्रष्ट सम्झना त होइन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भुन्टी

~सिता बराल~ पढदै गरेकी छोरीले सोधीन तिमी कक्षा तिनमा पुग्दा, छेवैमा बसेका छोराले हातको औला भाँच्दै भन्यो ए म त त्यतिबेला कक्षा पाँचमा पुग्छु हगी आमा ? ठूलीले टाउको हल्लाईन । कुन देशमा हो नि हजुर जाने ? इजरायल, ए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिमी यौनको मामलामा कमजोर छौ

~मनोज घिमिरे~ मैले कार्ड हातमा राखीदींदाको उसको त्यो मुस्कान म कहिल्यै बिर्सन सक्दिन । ———————————————————————————————— “के म मात्र तिम्री ओछ्यानकी दासी हुँ ?”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परदेशी साथी

~कमला सरुप~ हर्कबहादुरसँग पहिलो भेटमै माया बस्ला भन्ने सोचेकी पनि थिइनँ । हुन त नसोचेको कुराले प्राथमिकता पाउँछ त्यो मलाई थाहा छ, तर भेट भएकोमा मैले गुनासो पनि पोखेकी छैन । ‘म घुम्न मन पराउने मान्छे’ उसले मेरो दाहिने हात … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झरी फेरी दर्किन थाल्यो

~दीप्स शाह~ भित्तामा झुण्डिरहेको घडीको एकतमासे टिक् टिक् आवाजसङ्गै ल्यापटपको स्क्रिनमा घोत्लिरहेको छु। ओह! धरररर्‍अर पानी दर्क्यो बाहिर। रात सुन्सान छ। झ्यालको फक्लेटोबाट हुत्तिएर दुइचार छिटा पानी म सम्मै आइपुगेको छ मलाई एक्लै एक्लै रुवाउन यो अन्धकार रातमा। उफ्फ्फ्फ यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लक्ष्मण रेखा

~बिपुल सिजापति~ “को हो र रौनक ? कोही पनि त होइन । फेरी किन यति व्यग्र छु म !” मस्तिष्कमा लडिबुडि खेलिरहेको एउटै प्रश्नलाई पन्छाउने प्रयास गर्दै सालिनी झ्यालबाट बाहिर हेर्न थालिन् । आकाश सिम्रिक रङ्गमा रंगिएको थियो । केही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भरोसाको पिङ

~दुर्गा ढेंगा मगर~ यदि उसले सुनिरहेकी छे भने यो कथा उसैलाई समर्पण भो । नत्र भने म आफैलाई । किनभने यो कथा उसलाई मात्र थाछ । कि मलाई मात्रै । उसले सम्झेकी होली र ? त्यो दिन पनि कुनै एउटा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सलाम

~बिपुल सिजापती~ बाहिर भीषण गोलाबारी हुँदै थियो । “ओस्कर रोमियो…… ओस्कर रोमियो….सेरा नाइन कलिङ्ग…ओभर ।” रेडियो सेटमा कल गर्ने जवानको मुख सुकि सकेको थियो । अर्को तर्फबाट कुनै जवाफ आइरहेको थियो । दसौँ पटक उसले रेडियो सेटको फ्रिक्वेन्सी बदल्यो र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साँझ, सुबाश र सपनाहरु

~प्रतिमा पौडेल~ ” तुम इतन जो मुस्कुरा रहे हो….. क्या गम है जिस्को छुपा रहे हो….” मीराले म तिर हेर्दै मुस्कुराउदै बेसुरे गीत गाइ। “तँलाई म गमको भाँडो जस्तो लाग्छ कि के हो हँ?” मैले उसैलाई सोधें। “हो गमको भाँडो … Continue reading

Posted in नेपाली कथा | Leave a comment

कथा : रातो सर्ट

~अस्मिता न्यौपाने~ घर फर्केको तेस्रो दिन आज । यात्राको थकान मेटिएकै थिएन । सोचेँ ‘ब्यागको सबै लुगा दराजमा मिलाएर राख्नु पर्यो ।’ दराज सफा गरेर ब्याग खोलेँ । लुगा मिलाउन थालेँ । एक्कासि बितेका दिनका सम्झनाहरु दिमागमा बादलझैँ मडारिन थाले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रेड भ्यालेन्टाइन

~दीपेन्द्र दोङ तामाङ~ सँधै झैं आज पनि प्रेम व्यूँझिदा विहानको झण्डै साँढे सात बजिसकेको थियो । पूर्वपट्टि फर्केको झ्यालबाट छिरेको घामको प्रकाशले व्युँझाइ दिएर मात्रै हो,नत्र अझै केही समय निन्द्रामै रहने योजना थियो उसको । हुन पनि हो करिब नौ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्षितिज पारिको सपना

~शेखर ढुंगेल~ बीरबहादुर आफ्नो छिमेकी घनश्याम पण्डितको दुखान्त निधनले रन्थनिएका छन् । टलपलाएका गहभरिका आशुलाइ उनले रोक्न खोजे पनि सकेन त र र खसी रह्यो खसी रह्यो । जबसम्म मित्र घनश्याम माडसापको पार्थिक शरीरको सम्पूर्ण भाग धुवा बनेर आकासमा बिलाएंन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमिल आग्रह

~गीता पन्थ~ एकदिन फेरि एक्कासी खै कसरी हो तिम्रो फोन आयो, पन्ध्र वर्षसम्म जुन घाउ मैले सकी-नसकी सहेकी थिएँ, त्यो घाउ अझ दुखाउनको लागि झन ठूलो भएको महसुस मले गरें । वास्तवमा म तिम्रो स्वर फेरी सुन्नका लागि तयार थिइन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साथी

~शिव प्रकाश~ ‘शत्रुको पहिलो रुप साथी हो !’ पिउँदा पिउँदै अनायास उसले यो वाक्य निकाली । मैले कुरा बुझिन र सोधेँ- ‘कसरी ?’ ‘जब मान्छे तिमीसँग बोल्छ, मान्छेलाई तिमी अलिकति चिन्छौ, थोरै परिचित हुन्छौ । त्यही मान्छे जब तिमीसँग चल्छ,

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भिँडभित्रको एउटा दिन

~रजित ओझा~ मेरो कोठाको पंखालाई फेरि मैले पुलुक्क हेरेँ उ अनन्त गतिमा घुम्दै नै थीयो । उ गल्दैन जवसम्म उसको मालिकले उसलाई अराउँछ जवसम्म उ धर्म निभाउन सक्छ उसले आफ्नो धर्म निभाउँछ । उ कर्तव्य बाट टाढिँदैन , उ सँग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कुमारी

~विपुल सिजापति~ “हे एमद, दोज्दी ओभदे (ए एमद, यता आऊ) ।” बोस्नियन आमिर्को विशेष लडाकु दस्ता चर्नि लाबुदोभि (कालो राजहाँस) मुख्यालय परिसरभित्र छिर्ने बित्तिकै एमदलाई कसैले बोलायो । एमदले आवाज आएतिर फकिर्एर हेर्यो, रिसेप्सन नजिकै तारिक हातमा एउटा खाम लिएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आत्मा उज्यालो माग्दै थियो

~रजित ओझा~ “कति हेर्छस् त्यहि मोरीको फोटो ,यसो उसो गर्यो पर्स निकाल्यो त्यहि फोटो हेरि हाल्यो । यतिन्जेल सम्म त परिवार नियोजन नगरेकी भए चारवटा छोराछोरीकी आमा भइ सकी होली ।” गेट पारीको बङ्करमा ड्युटिमा बसेको हर्केले मैले पर्स झिकेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा आशा !

~राजिव घिमिरे~ त्यो कुनै नौलो शनिबार थिएन । आशा सधै जसो बिहानको नुहाई धुवाई सकेर चोक पुगिन् , पिपलमा पानी चढाउन । लामिछाने दिदी र शान्ता भाउजु पनि संगै पुगिसक्नु भएको थियो । आशा पिपलमा पानी चढाउँदै घुमिन् । शायद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपना, उकालो र आस्था

~बबी श्रेष्ठ~ फिल्ड अनुगमनको कार्यक्रमले चाइनाको ग्वाङ्सी (दक्षिण भाग) प्रान्तमा दुइ हप्ता देखि ब्यस्त थें। कामभन्दा बढी यात्रा थ्यो। हरेक दिन म, दोभासे “ली” र ड्राइबर “झाङ” कार्यक्रम भएको शहरमा पुग्थ्यौं, त्यहाँ दिनभरीको मीटिङ पछि फेरो अर्को “साइट” जाँदा त्यस्तै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मरिछे विचरी

~सञ्जयकुमार श्रेष्ठ~ “जा तँ, भर्खर निस्किएर जा…… मलाई तेरो मुख हेर्न पनि मन छैन….. जा… जहाँ जाने हो त्यहीँ गएर बस् वा मर् … अब मेरो नजिक कहिल्यै मुख देखाउन नआइजा…” यसरी बलमान उनलाई लछारपछार गर्दै थियो । बलेको आगोमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाइला रोकिए

~सञ्जयकुमार श्रेष्ठ~ नेपालमा केही गर्न नसके पनि विदेश गएर केही कमाएर सुखसँग बसांैला भन्ने रहर बोकी विदेश गएको थिएँ । आकाशको तारा सुलुल्ल बगेझैं समय बगेछ । समय बित्न के बेर लाग्दो रहेछ र ? ५ वर्ष पछि आज नेपाल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धोकेवाज प्रेमी

~दिपक जुग्जाली~ फुलमाया गाँउले परिवेशमा बस्थिन् । उनी ३२ गुण त नभनौँ २८ गुणले चाँही भरिपूर्ण थिइन् । झ्याप्पै हेर्दा सबैको नजरमा पर्ने, मन लोभिदोँ जिउडाल मिलेको कम्मर, त्यसमा अझै उनको जवानीले गर्दा होला गाला पनि त्यस्तै आकर्षित गर्ने खालको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शैयामा छाडेको जीवन

~सुजन बैरागी~ “सिस्टर प्लीज मलाई पानी दिनुस् न । आ ऽ ऽ ऽ ए सिस्टर सि…..स्…ट..” “आयूष… आयूष के भो ?” “डक्टर.. डक्टर बेड नं. १०४ को पेसेन्ट फेरी बेहोश ।” “अक्सिजन तयार गर । सिस्टर रिपोर्ट देखाउनुस् त ओ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विदेशीएकी चेली

~रामकृष्ण पौडेल ‘अनयास’~ (विदेशीएकी चेलीको जिवनमा आधारित सत्य कथा ) (पात्रको नाम परिबर्तन ) उ नारायणीको पानी जस्तै पबित्र थिई । तर पनि धमिलो आफै हुदैन कि त चलाईदिनुपर्छ कि त भेलनै आउनु पर्छ तर बुझ्दै नबुझि ती आबोध अनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment