Tag Archives: नेपाली उपन्यास

लघु-उपन्यास : कालचक्र

~रामप्रसाद दाहाल~ प्राथक्वन उमेरको हदबन्दीले नोकरीबाट अवकाश पाएपछि मेरा फूर्सदका दिनहरू प्रशस्त हुन गए र मैले आफ्नो दैनन्दिनी पल्टाएर हेर्ने अवसर पाएँ। त्यहाँ कति सुखका घटना थिए कति दुःखका। मेरो दैनन्दिनी स्वयम् एउटा इतिहास थियो एउटा नोकरीमा पालिएको मानिसको इतिहास। … Continue reading

Posted in नेपाली उपन्यास | Tagged , , , , | Leave a comment

नेपाली लघु-उपन्यास :भड्किरहेका मान्छेहरू

~लक्ष्मण श्रेष्ठ ~ सहरमा बर्खा लागेको छ। रोपाइँ त हुन्न तर सहर गाउँ र गाउँलेहरूले नै भरिएको छ। मेरा क्यान्टिन गफी मित्रहरू पनि अहिले आ–आफ्ना गाउँ गएका छन्। मुना पहाडकी हो। पहाडको बेसीमा उसको सानो टुक्रा खेत छ। त्यही खेत … Continue reading

Posted in नेपाली उपन्यास | Tagged , , , , | Leave a comment

नेपाली लघु उपन्यास : बारवालीको डायरी

~सुशीलराज रेग्मी~ साँझको लज्जा अधेँरी, कतै धिप–धिप त कतै झकमक्क बलेको काठमाडौं । चारतले घरको सेपिलो कोठा, बेरोजगारीमा पिल्सिएको म अनि प्रेममा रुमलिएको मेरो रुम पार्टनर । गाउँबाट ल्याएको भटमास र आलुको तरकारीसँग मोबाईलको उज्यालोमा बेलुकाको छाक टारेपछि जुठो भाँडो … Continue reading

Posted in नेपाली उपन्यास | Tagged , , , , | Leave a comment

नेपाली उपन्यास : अद्भुत प्रेम परीसंग

~राजनप्रसाद निरौला~ अद्भुत प्रेम परीसंग | नेपाली उपन्यास | राजनप्रसाद निरौला रातभर पानी प-यो; कदाचित् डर पनि भयो । सबैजना आगोको वरिपरि बसिरहे, कोही रापका कारण निदाए पनि । उनीहरु ठूलठूला चट्टानले घेरेको, बीचमा निकै फराकिलो ठाउँ भएको ओडारमा छन् … Continue reading

Posted in नेपाली उपन्यास | Tagged , , , | Leave a comment

नेपाली उपन्यास : थुम्काबाट चियाउँदा

~गणेश शर्मा~ समर्पण : साहित्य प्रेमीहरुमा  थुम्काबाट चियाउँदा | नेपाली उपन्यास | गणेश शर्मा भाग-१ काभ्रेको खोरियालाई हुस्सेले ढाकेको थियो । त्यसकारण विजयछापका झुप्राहरु बादलभित्र हराएका थिए । थुम्काहरुले कालो बादलको टोपी लाएकाले वरिपरिका रुखहरु प्रष्ट देखिदैन थिए । भष्मे … Continue reading

Posted in नेपाली उपन्यास | Tagged , , , | Leave a comment

नेपाली लघु-उपन्यास : पृथ्वी ,राष्ट्रियता र मानिस

~उमापति भुसाल~ प्रमुख पात्रहरू:- नारद, फूलसरा र हिमलाल तथा सहायक पात्रहरु: चार छोरीहरू भाग-एक चार सन्तान पछि जन्मेको हिमलाल नारद र फूलसराको पाचौं सन्तान हो । पाचौं सन्तान जन्माउँदा पनि फूलसरालाई दुख र पीडा भन्दापनि निकै ठुलो उत्साह थियो किनकि … Continue reading

Posted in नेपाली उपन्यास | Tagged , , , | Leave a comment

नेपाली उपन्यास : मृत्यु विरुद्ध

~राजनप्रसाद निरौला~ मृत्यु विरुद्ध | नेपाली उपन्यास | राजनप्रसाद निरौला ब्याग भिरेको, केटै उमेरको एउटा मानिस होटलको मूलद्वारभित्र पस्यो । ढोकामा उभिएको सुरक्षागार्डले खुट्टा बजारेर सलाम ठोक्यो । काउन्टरमा पुगेर अलिकति निहँुरिदै त्यो मानिस अङ्ग्रेजीमा बोल्यो । “हेल्लो, मेरो नाम … Continue reading

Posted in नेपाली उपन्यास | Tagged , , , | 1 Comment

नेपाली उपन्यास : बैंकर

~बिम्मी शर्मा~ बैंकर | नेपाली उपन्यास | बिम्मी शर्मा ‘क्यान यू मल्टिप्लाई थर्टी नाईन वाई थर्टी नाईन ?’ ईन्टरभ्यू लिने त्यो विदेशी वैंकको कुईरे जिएमले अनिकेतलाई सोझै प्रश्न दाग्यो । प्रश्न सुनेर उ एकछिन त अक्मक्कियो र मनमनै सोच्यो ‘ … Continue reading

Posted in नेपाली उपन्यास | Tagged , , , | Leave a comment

नेपाली लघु-उपन्यास : मनोक्रान्ति

~प्रल्हाद दाहाल ‘प्रेम मोती’~ पहिलो भाग भोली त बिहीबार, हाट लाग्ने दीन, बुवाममीले,”सबैरै उठेर हाट बजार जाने” भन्नुभा छ । आहा! मलाई नी धेरै रमाइलो महसूस हुन्दैछ । तेंहा के के सामान बेच्न राख्या होलान । मेरो लागी पो छ … Continue reading

Posted in नेपाली उपन्यास | Tagged , , , , | Leave a comment

नेपाली उपन्यास : देशै हराएपछि..

~डिल्लीराम शर्मा आचार्य~ देशै हराएपछि…|नेपाली उपन्यास|डिल्लीराम शर्मा आचार्य भाग १ नारी हृदय कसरी बुझ्न सक्छ? दिपकले त महनले जस्तो धोका दिंदैन होला?’ रमाले आफैलाई प्रश्न गरीगरी उत्तर खोजिरहेकी थिई । ‘ए ! कति छिटो बाटो काटिएछ,कीरा,बख्खु लगाएका गाउँलेहरू डोका,थुम्सेमा दाल,चामल, साग, … Continue reading

Posted in नेपाली उपन्यास | Tagged , , , | Leave a comment

नेपाली उपन्यास : सारङ्गीको र्याँईर्याँई र बाल गन्धर्भ

~डा. कविताराम श्रेष्ठ~ सारङ्गीको र्याँईर्याँई र बाल गन्धर्भ (नेपाली र अंग्रेजीमा उपन्यास) डा. कविताराम श्रेष्ठ २०५९ The Melody of Sarangi and Little Gandharbha ( A novel in Nepali and English) DR. Kavitaram Sherstha 2003

Posted in नेपाली उपन्यास | Tagged , , , | 2 Comments

नेपाली उपन्यास : भाँचिएको लौरो

~रमेश गौतम “पाल्पाली”~ भाँचिएको लौरो (उपन्यास) | नेपाली उपन्यास | रमेश गौतम “पाल्पाली” भाग १ “बिरे तँ कहाँ गएको थिइस् ?” “स्कुलमा गएको प्रार्थनाको बेला भएको रहेछ, हेरेर आएको” “हेरेर के गर्छस् पढ्न नपाएपछि । बाख्रालाई बारीका कान्लामा डोर्दे भनेको त्यति … Continue reading

Posted in नेपाली उपन्यास | Tagged , , , | Leave a comment

नेपाली उपन्यास : आदिवासी

~देश सुब्बा~ – आदिवासी – भयको प्रकट / क्षेत्र / समस्या अपरान्हको समय । दिनको चकमन्नता सहरभरि छायाँजस्तै छाएको थियो । साँझबिहान चिरबिर कराउने चरा हराएका थिए । यस घडीमा मान्छेलाई आङमा न्यास्रो आएर बसेको जस्तो अनुभूति हुन्थ्यो । टन्टलापुर … Continue reading

Posted in नेपाली उपन्यास | Tagged , , , | Leave a comment

बाल-मनोवैज्ञानिक उपन्यास : सानी

~शर्मिला खड्का दाहाल~ सानी र बादल तर्राईको मौसम । भर्खर जेठ महिना लागेको । दुइँ दिनको वषर्ापछि दिनले घुम्टो उघारेको । सानी बिहान चाँडै उठिन् । हातमुख धोएर चिया खाईवरी बाहिर निस्किन् । शनिबारको दिन थियो । शनिबार सानी सधैँ … Continue reading

Posted in बाल उपन्यास | Tagged , , , , | Leave a comment

नेपाली उपन्यास : हिन्दु नारी

~युवराज बराल~ हिन्दु नारी | नेपाली उपन्यास | युवराज बराल भाग – १ मातातीर्थ औंसीका दिन गङ्गाले जसरी भए पनि माइत जान पाउनुपथ्र्यो । मैले ऊसँग विवाह गरेको पाँच वर्ष बितिसक्यो । अहिलेसम्म मैले उसलाई हिन्दूहरूको एउटा उल्लेख्य पर्व मातातीर्थ … Continue reading

Posted in नेपाली उपन्यास | Tagged , , , | Leave a comment

नेपाली लघु-उपन्यास : सहयात्री

~राम प्रसाद दाहाल~ १.यात्राको थालनी कहींकतै टाढाको यात्रा गर्नु पर्दा, चाहे त्यो उडानमार्गबाट होस् या गुडानमार्गबाट, म टिकटमा दिइएको समयमा नै पुग्ने प्रयास गर्दछु तर त्यो प्रयास कहिलेकहीं सफल नभएर मैले मेरो वाहनलाई छुटाउनु पनि परेको छ। कहिले म ट्राफिक … Continue reading

Posted in नेपाली उपन्यास | Tagged , , , , | Leave a comment

आञ्चलिक उपन्यास : पुर्वतिर

~प्रदिप नेपाल~ पुर्वतिर (आञ्चलिक उपन्यास) | नेपाली उपन्यास | प्रदिप नेपाल आगमन घुरबिसे पञ्चमीबाट फाक्देवको ओरालो झरेपछि इवाँ खोलो आउँछ । फिदिम र ताप्लेजुङ जाने धेरै जसो यात्रीहरु घुरबिसेबाट ओरालो झरेर फाक्देव गाउँका बरपीपलका चौतारीहरुमा उभिएर उत्तरपूर्वको कुनामा पर्ने पौवा … Continue reading

Posted in नेपाली उपन्यास | Tagged , , , , | Leave a comment

नेपाली उपन्यास : नन्दिता

~प्रदिप नेपाल~ नन्दिता | नेपाली उपन्यास | प्रदिप नेपाल भूमिका  मेरी मायालु मामु,  तपाईंले देखेको सपना पुरा गर्न सकें, फेरि अर्कोपल्ट मलाई आशिर्वाद दिनुहोस् । पढाइ समाप्तीसम्मै सन्तोषजनक रह्यो । तपाईंको परिश्रम, तपाईको दुःख र तपाईंको पसिनालाई मैले अँध्यारो अनुहार … Continue reading

Posted in नेपाली उपन्यास | Tagged , , , , | Leave a comment

नेपाली उपन्यास : इन्जिनियरिङ, अन्तिम वर्ष र रानीपोखरी

~मनोज घिमिरे र रजित ओझा~ एक इडाहाओ सधैँजस्तै आज पनि चिसो थियो । आफ्ना हर्क्युलियन छातिहरूमा पक्का, दरिला र लाम्चा सडक बोकेर त्यहीँनै वर्षौंदेखि अचल थियो । रातमा बाटो छेउका ल्याम्पपोष्टहरू गर्धन झुकाएर आज पनि बलेका आँखाले केही खोज्दै थिए … Continue reading

Posted in नेपाली उपन्यास | Tagged , , , , , | 1 Comment

नेपाली उपन्यास : उसको लोग्ने र बिरालो

~ इन्दिरा प्रसाई~ उसको लोग्ने र बिरालो (उपन्यास) – इन्दिरा प्रसाई संस्करण: पहिलो (२०६०), प्रति: १००० ISBN: 99933-799-6-4 Usako Logne Ra Biralo (A Novel by Indira Prasai) जीवनमा प्रेम, अपमान र पछुतोको सग्लो कथा हो उसको लोग्ने र बिरालो । इन्दिरा प्रसाईको यो उपन्यासले … Continue reading

Posted in नेपाली उपन्यास | Tagged , , , , | Leave a comment

नेपाली उपन्यास : अनौठो प्रेमकथा

~प्रदीप नेपाल~ अनौठो प्रेमकथा | नेपाली उपन्यास | प्रदीप नेपाल समर्पण, अभिव्यक्ति स्वतन्त्रताका संवाहकहरूमा लेखकको भनाइ प्रेम कथाहरू मेरो रूचीका विषय होइनन्। प्रेमलाई केन्द्रविन्दु बनाएर २०२४/०२५ सालमा लेखेका तीन चार कथाहरूलाई मैले त्यतिबेलै नष्ट गरिदिएको थिएँ। यद्यपि त्यतिबेला प्रेममा आधारित कथा उपन्यासहरू … Continue reading

Posted in नेपाली उपन्यास | Tagged , , , , | 5 Comments