Tag Archives: गीत

गीत : चुलेसीले रेटे हुन्छ

~डा.भोला रिजाल~ चुलेसीले रेटे हुन्छ खुकुरीले काटे हुन्छ म त भएँ अचानो जेले जेले हाने हुन्छ मैले मात्रै रुनु पर्ने कर्मै हो कि यस्तो किन भयो जिन्दगानी आज बगर जस्तो सक्छौ भने भाग्य पनि त्यतै ताने हुन्छ

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

गीत : मैना ए मैना

~डा.भोला रिजाल~ मैना ए मैना तेरो कोही पनि आफ्नो छैन तँलाई मान्छेले पिँजडामा थुनिराखेको मैना ए मैना तेरो आफ्नै जीवन छैन तँलाई जिन्दगीको जन्जीरले बाँधिराखेको

Posted in नेपाली गीत | Tagged , , , , | Leave a comment

गीत : गोरेटो त्यो गाउँको

गोरेटो त्यो गाउँको लौन आज खोजी खोजी थाके नि पैल्याउन सकिन पैल्याउन मैले सकिन

Posted in नेपाली गीत | Tagged , , , , | Leave a comment

गीत : घुम्तीमा नआऊ है

घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन बाँधिए माया फेरि गहारो हुन्छ फुकाउन

Posted in नेपाली गीत | Tagged , , , , | Leave a comment

गीत : वनै खायो डँढेलोले

~कालीप्रसाद रिजाल~ वनै खायो डँढेलोले मन खायो त्यै मोरीको पापी मायाले वनै खायो डँढेलोले

Posted in नेपाली गीत | Tagged , , , , | Leave a comment

गीत : तिमीलाई देख्दा सम्झिन पुग्छु

~प्रकट पंगेनी ‘शिवा’~ थाकेको बेला उकालो बाटो चौतारी टेके झैं तिमीलाई देख्दा सम्झिन पुग्छु छाहारी भेटेझैं

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

गीत : हाँगा हाँगा वनभरि चैत फुलेछ

~हरीभक्त कटुवाल~ हाँगा हाँगा वनभरि चैत फुलेछ थाहा नपाई मनभित्र बैंस फुलेछ । कता कता कसैलाई भेटे भेटे झैँ

Posted in नेपाली गीत | Tagged , , , , | Leave a comment

गीत : न सम्झुँ भन्छु तिमीलाई

~हरिभक्त कटुवाल~ न सम्झुँ भन्छु तिमीलाई नसम्झी बस्न के सक्थें ? नहेरूँ भन्छु तिमीलाई

Posted in नेपाली गीत | Tagged , , , , | Leave a comment

गीत : उनलाई पीर परेको बेलामा

~हरिभक्त कटुवाल~ आँसुले मेरो कसैको पीर पखाल्न सक्दो हो म रुने थिएँ – आँसुकै एउटा सागर जम्दो हो । मलाई लाग्छ त्यो पीर तिम्रो छातीमा म लिऊँ,

Posted in नेपाली गीत | Tagged , , , , | Leave a comment

गीत : कताबाट फेरि यो सुनामी आयो

~कृष्णहरी बराल~ थिए शिरमाथि हजार दु:ख आफ्नै, कताबाट फेरि यो सुनामी आयो। लियो ज्यान धेरै, पियो बस्ती सारा,

Posted in नेपाली गीत | Tagged , , , , | Leave a comment

गीत : मेरो यो गीतमा जून मुर्छना छ

~हरीभक्त कटुवाल~ मेरो यो गीतमा जून मुर्छना छ त्यो तिमी होइनौ को भन्न सक्छ ।

Posted in नेपाली गीत | Tagged , , , , | Leave a comment

गीत : मलाई नसोध कहाँ दुख्छ घाउ

~हरीभक्त कटुवाल~ मलाई नसोध कहाँ दुख्छ घाउ म जे छु ठिकै छु बिथोल्न नआऊ ।

Posted in नेपाली गीत | Tagged , , , , | Leave a comment

कविता : यात्री

~लक्ष्मीप्रसाद देवकोटा~ कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ? कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो ? मानिसहरूका काँध चढी, कुन देवपुरीमा जाने हो ?

Posted in नेपाली गीत | Tagged , , , , , | Leave a comment

राष्ट्रिय गान : सयौं थुँगा फूलका हामी

~व्याकुल माइला~ सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-महाकाली। प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरूका रगतले, स्वतन्त्र र अटल।

Posted in नेपाली गीत | Tagged , , , , | Leave a comment

गीत : फूलको आँखामा

~दुर्गालाल श्रेष्ठ~ फूलको आँखामा फूलै संसार काँढाको आँखामा काँढै संसार झुल्किन्छ है छाँया बस्तु अनुसार

Posted in नेपाली गीत | Tagged , , , , | Leave a comment

गीत : जुन फूल मैले चाहेको थिएँ

~भैरबनाथ रिमाल “कदम”~ जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ सौन्दर्य भने यो सधैं मेरो आँखामा लुकेछ सुख र दुख सँगाली दिन जीवनमा त्यै थियो दिनरात अब मदेखि टाढा भएर गै दियो बिरानु बनी प्रतिपल मेरो यो मुटु धड्किन्छ

Posted in नेपाली गीत | Tagged , , , , | Leave a comment