~गोविन्द गोदार~
जुनतारा टिपेर दिन सक्दिन म
आफु त यथार्थमा बाँच्ने मान्छे
चन्द्रमामा हनिमुनका कुरा गर्दिन म
म त केवल निश्चल माया गर्ने मान्छे
एक पटक आफैं मुस्कुराएर त हेर
कैयौ रहस्य सो प्रकट हुने छ Continue reading
~गोविन्द गोदार~
जुनतारा टिपेर दिन सक्दिन म
आफु त यथार्थमा बाँच्ने मान्छे
चन्द्रमामा हनिमुनका कुरा गर्दिन म
म त केवल निश्चल माया गर्ने मान्छे
एक पटक आफैं मुस्कुराएर त हेर
कैयौ रहस्य सो प्रकट हुने छ Continue reading
~कृष्णकला वनेम ‘करिना’~
आई दियौ मायाँ लिई बैशाकको हुरी भई
छार्इ दियौ आँखा भर रिंगीचंगी सपना भई
पहाड तिमी वनि देउ हिउँ वनि छोपी दिन्छु
किनार भई साथ देउ सागर वनि चुमी दिन्छु
वजाई दियौ वासुरी मन छुने धुन भई Continue reading
~विमल भौकाजी~
टिङ्… टिङ्… टिङ्… टिङ्…घरको पूजाकोठाबाट बजेको घन्टको आवाजले आज पनि उही समयमा विकासलाई बिउँझायो । आवाजसँगसँगै सधैंझैं आमा पनि बडबडाइरहेको सुने उनले । तर आज सधैंझैं सुतेको सुत्यै बसिरहेनन् । जुरुक्कै उठे । र, चाल मारेर माथि उक्लिए । उनी उत्सुक थिए, आमा सधैं किन घन्टी बजाएर बडबडाइरहनुहुन्छ ?
भित्र चियाए । आमा भगवान्को नाम लिँदै हुनुहुँदो रहेछ । ‘किन गर्नुभएको होला यस्तो ?’ मनमनै सोचे । मुखचाहिं खोलेनन् । मनमा खुल्दुली मच्चिरहेको थियो । अघि भर्याङ उक्लिएजस्तै चाल मारेर तल ओर्लिए । पूजा सकिएपश्चात्, आमाले विकासलाई बोलाउनुभयो, ‘ए विकास, मैले दूध तत्ताउन लागिसको Continue reading
~नरनाथ लुइँटेल~
डम्म पेट पुड्को मान्छे सुसुपाल खुट्टा
यो भन्दा नि ठूलो कुरा बोल्छ सधैं झुट्टा
आजै गर्ने कामलाई भन्छ भोलि पर्सि
हेरहेर के आश्चर्य कुर्सीमाथि फर्सी ।
तलकालाई सधँै हेप्छ माथिकालाई सलाम
टोपी झिकी हिँड्ने गर्छ ज्युँदाहरूको मलाम
रातो देख्दा सातो उड्छ झसङ्ग हुन्छ तर्सी
लाज शरम ठ्याम्मै छैन कुर्सीमाथि फर्सी । Continue reading
~अभागी मिनम घायल असफल~
जित तिम्रै हो
हार मैले स्विकारेकै हुँ
खुसी जती सबै तिम्रै हो
दु:ख मैले अङ्गालेकै छु
तिम्रो लागि खुसिको नयाँ बर्ष
मेरो लागि एक्लो बेसाहरा यात्रा Continue reading
~पेम्बा शेर्पा ‘सहयात्री गोले’~
ख्यारे ङला ल्हाने इन्दे, ङला दाङ ङिराङ माटो
सेम ख्य्वार्ला राङ छ्यने इन्दे, ङला दाङ ङिरङ माटो
थालमी ङिमा ख्य्वार्ला थोङ्सुङ, मिक्ला मिक तासुङ
ख्य्वारोङ छसे जेमु नोक सिन, दाल्जी टेङ्गी सासुङ
ङिग्न्जे ल्हाक्पा माने इन्दे, ङला दाङ ङिराङ माटो
सेम ख्य्वार्ला राङ छ्यने इन्दे, ङला दाङ ङिरङ माटो Continue reading
~नरनाथ लुइँटेल~
“जो चोर, उसैको ठूलो स्वर” यो उखान धेरै पटक, धेरै जनाको मुखबाट प्रस्तुत भएको सुनिएको थियो । चोर नाथेको पनि ठूलो स्वर कसरी हुन्छ होला र, भन्ने पनि लाग्दथ्यो । चोरलाई सानै स्वरले चोर भन्दियो भने पनि उत्पातसँग रिस उठ्छ । त्यसो त घूसखोर हाकिमलाई घुस्याहा भन्न पाइँदैन, झुक्किएर कसैले भनिहाल्यो भने भन्नेको मुख कुच्चिन र कान बुच्चिन बेर लाग्दैन हिजोआज । जसरी आजकलका नेतालाई सुविधाभोगी र पजेरोवादी भनिदिंदा बर्मण्डी फुटेर रिसको पारो बाहिर प्रकट हुन्छ, ठीक त्यसैगरी चोरी चकारी मै जीवन निर्वाह गरिरहेको गैरमनुवालाई चोर भनिदिंदा उसको चेतनामा चड्कन पर्छ । “त्यसो भए पाजी चोरलाई चोर नभनेर हजूर, काजी भन्ने त ?” तपाईंका मनमा यो प्रश्न उब्जी सक्यो होला । अब स्थितिले बिघ्न छलाङ मारिसक्यो । चोर अब चोर हैन सज्जन, महात्मा, भलाद्मी, इज्जत र प्रतिष्ठाको प्रतीक बनिसकेको छ । चोरलाई चोर भनेर तपाईंले उसको प्रतिष्ठामाथि अनाहकमा धावा बोलेर बेफ्वाँकमा जेलको चिसो हावा खानु पर्ला, होस् गर्नोस् है– होस् गर्नोस् । Continue reading
~प्रकाश जे धामी~
बैशाख जेठ काँ जानोहो,बर्खा सुसाउन्या भेल ।
जिन्दगी भरी नबुझ्ने भयो,भगवान तेरो खेल ।।
जन्मेको ठाउँ पराई बनाई,खाडी मुलुक बाँस ।
दु:खी जिबन बेहाल बनाई,परानी भयो नाँस ।। Continue reading
~अनमोलमणि~
साँझ अबेर बितिसकेको छ। पिनाज मसानी र अविदा परविन सुनिरहेको छु। र तिम्रो झझल्को आँखामा टाँसिएको छ।
शहरको लामो सडक त्यसैगरी तन्किरहेको छ। तर गाउँमा काटिएको झोलुङ्गे पुल बनाइएको छैन। शहरका पुलहरु पनि मक्किसकेका छन्। भाँच्चिने सम्भावना धेरै छ। शहर कोलाहल मय छ र निर्जन छ। चिनिएका अनुहार कोही छैनन्। सबैमा तिम्रो अनुहार ठम्याउन खोज्छु। पाउँदिन। सडक छेउका खिरिला रुखका मसिना झिक्रामा बेतोडले कुद्ने गाडीको धुवाँको कालो पोतिएको छ र ती निहुरिएका छन् सडकमा र्झन। म पनि त निहुरिएको छु अब ! सीधा छैन म यहाँ। Continue reading
~पवन आचार्य~
असाध्यै गहिरो प्रेमको एक जोडी। प्रेम यात्राकै क्रममा प्रेमिकालाई सनक चढेछ। आफ्नो प्रेमीले आफूलाई कत्तिको माया गर्दो रहेछ भन्ने जाँच्न मन लागेछ। एक दिन प्रेमीलाई सोधिछन्- तिमी मलाई साँच्चै माया गर्छौ ? प्रेमीलाई आफूप्रति शंका गरेको देखेर अचम्म लागेछ। अनि के गर्दा विश्वास हुन्छ भन्ने उसले प्रेमिकासँग जिज्ञासा राखेछ। प्रेमिका एकाएक भन्छे- मलाई साँच्चै माया गर्छौ भने तिम्रो आमाको कलेजो अहिल्यै लिएर आऊ। प्रेमीलाई आफ्नो प्रेम साँचो हो भन्ने देखाउनु थियो। Continue reading
~बिन्दु प्याकुरेल ‘लुना’~
ब्रम्हान्डको परिधी
मैले नाप्न कहाँ सक्छु र !
सिवाय तिम्रो मायालु हत्केलाको प।रिधी ।
°
अथाह माया बर्षाउने तिम्रो हत्केला
मेरो निम्ती कुनै भबसागर भन्दा के कम्ती छ र !
°
पिर रापले पोल्दा हिर्दयमा शितलता दिने तिम्रो हत्केला Continue reading
जीवनमा अनी मनमा उमंग खुशी सुख शान्ति र आनन्द भरिएको भविश्य लिएर आओस् नयाँ बर्ष ;
पिडा-दशा-दुख-कष्ट-अपूर्ण इच्छाहरु भूत मै भुलेर आओस् नयाँ बर्ष ;
देखेका सारा सपना ढकमक्क फुलेर मग्मगाउँदो बर्तमान लिएर आओस् नयाँ बर्ष ।।।
हजूर सम्पूर्ण साहित्यप्रेमी-साहित्यनुरागी पाठकवर्ग एवं साहित्यकारहरुमा संग्रहालय नवबर्ष २०७३ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । ।
~ठाकुर बेलवासे~
म
ढुङ्गाको छाती खोपेर
सहिष्णुताको आवाज सुन्न
आतुर मान्छेको
मन्दिरस्थापना सोचिरहेको छु
रगतले मुख धुन इच्छा राख्ने
ईश्वरप्रति
मेरो खेद छ
ताराहरूका छाती कुल्चिएर
आप्mनो अधिपत्यको
उचाइगर्व खोज्ने
ईश्वरमा
जीवनका शुभकामनाहरू छरिन सक्दैनन् Continue reading
~प्रकाशचन्द्र न्यौपाने~
स्वार्थका तिखा तीरहरु गाडिएर
घाइते छ भिष्मको राष्ट्रवाद
अँध्यारोमा कुर्सीको लम्वाई–चौंडाई र आकृति
छामिरहेछन् अन्धा धृतराष्ट्रका औंलाहरु
एकलव्यहरु फिर्ता माग्दैछन्, गुरु–दक्षिणा
औंलाको बदला द्रोणचार्यको सिङ्गै हात
छ गुणा बढेको छ, संख्या भाञ्जाहरुको Continue reading
~रोबिन मानन्धर~
हिजो बेलुकादेखि नै सिमसिम पानी परिरहेको थियो । आज बिहान पनि सिरसिर बतास चलिरहेछ साथमा सिमसिम पानी पनि परिरहेछ । साउने झरी कहिले थामिने हो थाहा नै हुन्न ।
आज मेरो कलेजको पहिलो दिन… कस्तो हुने होला । मनमा अनेकन कुराहरु खेलिरहेछ । तै पनि तयार त हुनुप¥यो नि !
(कलेज जान राम्रो पहिरन लगाउँदै) पहिलो पटक कलेज जाँदै छु, कक्षाकोठा खोज्न पनि गाह्रो, स्कुले साथीहरु पनि सबै अरु कलेजमा गएका छन्, मेरो त साथी भनेको कोही पनि छैन । गएकै दिनमा कोही न कोही त साथी बन्ला नि ! यदि नबने पनि सँगै बस्नेसँग नै फ्रेन्डसिप गर्नुपर्ला । सँगै बस्ने फेरी कोही केटी Continue reading
~सार्थक सिम्खडा~
सुर्यको किरण जस्तै झुल्कने तिमीलाई,दुई अक्षरको “प्रेम”
साउनेझरी जस्तै रुझाउने तिमीलाई,तीन अक्षरको ”बधाई”
कालरात्री जस्तै छाउने तिमीलाई,चार अक्षरको “उपहार”
बादलले जस्तै आकाशढाक्ने तिमीलाई,पाँच अक्षर को “शुभकामना” !! Continue reading
~Pancha Vismrit~
Decorated with towns and cities
Religion culture and legends
And decorated with growth and prosperity
The desert
Where I am right on
Being a stranger
In pursuit of life
In pursuit of dreams
Sitting on the burning sands
Writing love letters to beloved ones Continue reading
~पुरुशोत्तम बाबु~
मलाई मेरो दिलभित्र तारा
उगाइदिने बनी हेर तारा
माटो टिपी त्यो सिरमाथी लाई
चन्द्रै सरी चादनी छप्प पाइ
लेपेर सिउदो कलाको बनायौ
कल्पन्तसम्मै पनि गुन पायौ
कस्तो राम्रो चम्किने चन्द्र तारा
मुहार नै बन्दछ ज्योति सारा
पहाड माथि तिमी खेली आयौ Continue reading
~युद्धप्रसाद मिश्र~
संगिन रोपी गर्भवतीको
पेटभित्रको बालक मारी
कसरी सक्छौ भुल्न, दिएको
हात्तीद्वारा बस्ती उजाडी
पीडाको चित्कार नसुन्ने
बहिरा छौ कि हे विद्वतवर्ग
तुच्छ स्वार्थतिर कलम झुकाई
वास्तवदेखि भाग्छौ किन पर Continue reading
~चण्डी सुवेदी~
एकादेशमा एउटा चरी थियो रे। चरी एकदम बदमाश थियो रे घरी एउटा रुख बाट भुर्र उठ्छ , घरी अर्को अर्को रुखमा जान्छ , थुपुक्क एउटा हाँगा बस्ने त होइन। त्यो चरीको मामु लाई त हैरान भयो रे।
एकदिन को कुरा हो , सानो चरी सधैं भुर्र भुर्र उडेर खेलेको थियो रे
“हेर मामु म त एकचोटि मै डाइब हानेर भुइँ सम्म पुग्छु नि ” – सानो चरीले मामाको कुरा नटेरी भुर्र भुर्र उडेकी थिई। Continue reading
लुकाइ ल्याएको दिल लिएं अनि फर्काएं रातो गुलाफ,
स्विकारोक्ती तिम्रो त्यही भनी अर्थ्याएं रातो गुलाफ।
रेट्ने फूल भेट्ने धेरै हुन्छन् भन्छन् यो संसारमा,
समेत्ने फूल त्यही हो भनी चोख्याएं रातो गुलाफ। Continue reading
~हरिगोविन्द लुइँटेल~
फलानो मिडिया च्यानलका लागि
टि. भि. जर्नालिष्ट ढिस्कानुको नाममा
आज साँझ
तिमीले राम्रै न्यूज रिपोर्टिंग गर्यौ मेरा मित्र संचारकर्मी,
कसरी तीन सय रुपियाँमा किनेर ल्याएको
एक बोतल पेट्रोल छर्केर
कसले आगो लगायो कसलाई र मार्यो जलाएर
प्रष्ट पारिदियौ सवै घटना
खुलस्त पारिदियौ सवै विवरण ।
तर मेरा मित्र संचारकर्मी,
तिमीले भनेनौ केही भित्री कुराहरु
खोलेनौ केही कटु सत्यहरु Continue reading
~गणेश पुर्बछाने मगर~
स्वार्थी माया साट्ने रैछौ आखिर
किन आएऊ निश्चल प्रेम बियोगी झै बनेर
झूटो कसम खाने रैछौ आखिर
किन आएऊ तिमी सत्य शाबित्री झै बनेर
भनेकै थे मैले नानू तिमीलाई Continue reading
~नोवल निरौला~
“इन्टरनेटपनि कस्तो अचम्मको चिज रहेछ। तिमीहरु धेरैजना बाहिर नै छौ, तैपनि मलाई यहीँ कतै नेपालमा छौ जस्तो अनुभव हुन्छ यार” – रमेसले दुई महिना अगाडि गरेको अन्तिम च्याटको कुरा सम्झिदै छु म। मैले भनेको थिएँ – “यो फेसबुकले पनि गर्नु गरेको छ हेर न। उ बेलाका धेरै साथीहरुसँग मिलन गराइदिएको छ”।
अस्ति भर्खर जस्तो लाग्छ हामीले सिभिल इन्जिनियरिङ्गसँगै पढेको। दशक बितिसकेछ हेर्दाहेर्दै। अध्यायन गर्दा रमेस र मेरो एउटै सेक्सन थियो। हामी ५ जना साह्रै मिल्ने साथी थियौं। उ लोकसेवामार्फत् जिल्लाको इन्जिनियर बनेर काम गर्न थाल्यो। हामी ४ जना भने विदेसिएका थियौं र विदेशमै कर्म थलो बनाएर बसेका छौँ। Continue reading
~विश्वम्भर प्याकुरेल~
तिमीले भनेका सारा देब छोएर
म किरिया खान कहाँ सक्छु र
यदि मान्छौ भने म तिम्रै देब भनेर
म त खाई दिन्छु कसम आफैलाई भाकेर
तिमीले भनेका….
तारालाई साक्षी राखेर, बाचा नै कहिले खाएथें
पानीमा औंला चोपेर, सन्धि नै कहिले गरेथें Continue reading
~उत्तम कृष्ण मज्गैंया~
क्यालेण्डरमा सिंगारिएर
कालको पलायनको निष्कर्ष
आयो पुनः नयाँ वर्ष !
गन्नेछन् पुनः स्नातकले
भोकै बसेका रातहरू
विदेश ओह्रालो झर्नेछन्
छानिएका जातहरू
हुनेछ सुनौला वर्ष यो
इतिहासको पानामा
गुनासो स्वयम् दब्नेछ
साँझ-बिहानको मानोमा Continue reading
~जुनिता सुब्बा~
फुलको गुच्छाले
हान्दा
दुख्ने भएसी
झरेकी थिएँ, आकासको छानाबाट
समुद्र सिरानी बनाई
निद पुर्याउन !
बार-बार तिमि समुन्द्रतटमा
यादहरु बिछाईरहदा Continue reading
~शिरिष लामिछाने~
नयाँ वर्ष,
धेरै आशा
कयन् प्रतिज्ञा।
नयाँ वर्ष,
पुरानै किताब
तर नवीन पाना। Continue reading
~मदास~
सृजनाको रहर फूलझैँ फुलाएर
सबै जनमा ताजा उत्साह जगाएर
आउने गरेको देखिइन्छ
उहिल्यैदेखि यहाँ नववर्ष
कोही उभो लागून् वा तल झरुन्
नगरी केही परवाह
बोकेर सम्भावना स्मरणमा अथाह
फैलाउने गरेको पाइन्छ यसले
उहिल्यैदेखि अनन्त हर्ष नव वर्ष
विकार र विकृतिले पीडित
हुँदा पनि अहिले नेपाली Continue reading
~शकुन्तला जोशी~
भुवा सिमल हुँ म
बिस्तारै छोऊ
थिचिएर तिम्रा औंलाको दबाबले
नखजमजिऊन् मेरा रेशाहरू
बिग्रिए भने यी रेशा
केको बनाउनु नरम तकिया
र आरामले निदाउनु रातभरको निद्रा?
बिस्तारै छोऊ
म भर्खर पलाएको पालुवा हुँ
नलुछ अहिल्यै मसिना हाँगाहरू Continue reading
~तीर्थराज अधिकारी~
“शहीद“ लाई “सहिद बनाएर
निकै गर्व गर्ने
हाम्रा कान्तिकारी भाषाविद्हरु
नारायणहिटी दरवार नै
सङ्ग्रहालयमा परिवर्तन भइसक्दा पनि Continue reading
~वैकुण्ठ ढकाल~
गोजीबाट एक सय रुपैंयाको नोट चालकको हातमा थमाउँदै भने– कार्ड छ है ?
खोई देखाउनुहोस, अझै पढ्न पुगेन ?
मैले पनि जवाफ दिएँ– मलाई त पुगेको थियो, तर यो कार्डलाई पुगेन । Continue reading