~वासु शशी~
रूख माथि माथि जाँदा जाँदा
निहुरन्छ !
माथि गएर सब थोक हेर्ने
उसको इच्छाका
पातहरू फतफति मर्छन् !
जाँदा जाँदा ऊ जान्दछ
कि जान सकिन्न ! Continue reading
~वासु शशी~
रूख माथि माथि जाँदा जाँदा
निहुरन्छ !
माथि गएर सब थोक हेर्ने
उसको इच्छाका
पातहरू फतफति मर्छन् !
जाँदा जाँदा ऊ जान्दछ
कि जान सकिन्न ! Continue reading
~वासु शशी~
रूख एक पल्ट निस्कन्छ धरतीबाट
र सदाका लागि बाहिर पर्छ !
पहिले पृथ्वीको भित्री तहलाई सकसक लाग्छ
बाहिर के भइरहेछ हेर्न !
सँगसँगै आफूलाई पनि Continue reading
~कणाद महर्षि~
आज वर्षा ऋतुको कुनै एक महिनाको पहिलो शनिबार ।हरेक महिनाको पहिलो शनिबार प्रदर्शनीमार्गस्थित एक क्याम्पसमा साहित्य सन्ध्याले नियमित रूपमा कविता गोष्ठीको आयोजना गर्दै आइरहेको छ।
सधैँ झैं आज पनि उसले कविता सुनायो । कार्यक्रम सकिएपछि बाहिर निस्कियो । वर्षायाम भएकाले अलमल नगरी आफ्नो घर चाबेलतिर जाने बसमा चढ्यो । बस गुड्यो, बस बाहिर राम्रैसँग पानी पर्न थाल्यो । बसभित्र ऊ सोच्न थाल्यो- आज आफूले सुनाएको कविता र स्रोताहरूले दिएको प्रतिक्रिया। प्रतिक्रिया प्रायः राम्रै थिए । ठाउँठाउँमा रोक्दै यात्रुहरूलाई ओराल्दै, चढाउँदै बस चाबेल चोकमा आइपुग्यो र रोकियो । ऊ ओर्लियो ।
मैले भन्नै बिर्सेको (सायद म पनि भुलक्कड) ऊ अर्थात् कवि परिवेश । अझ खासमा उसको पूरा नाम त Continue reading
~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~
उहिलेको कुरा हो । परिश्रमी व्यक्तिहरूको देश थियो । जहाँ मोक्तान थरी चङरी बोन (झाँक्री) बस्दथे । जसका दुईवटी स्वास्नीहरूमध्ये एक थिङ थरी र अर्को ब्लोन थरी थिए ।
कान्छी गर्भवती हुँदाकै बखत माइत गएकी थिइन् । त्यस्तो अवस्थामा माइत गएकी हुनाले लोग्ने रिसाएर लिनै गएनन् । कान्छी पनि लोग्ने लिन नआएका कारण घरमा फर्किनन् । अन्तत: उनी माउतमा नै सुत्केरी भइन् र एउटा सुन्दर छोरो नै जन्माइन् । तामाङ परम्परा अनुसार चङरीको नयाँ शिशुको न्वारन माइती घरमै भयो । शिशु मामाघर (स्याङदिम) मा जन्मिएका कारण स्याङदिम भन्दाभन्दै स्याङदन नामकरण गरियो । Continue reading
~विजय मल्ल~
यो कसको सपना फुरिरहेछ ?
अन्यायले लुछ्तै हिँड्ने,
बोक्सी दिउँसै डुल्ने,
मानिस चुसिदै गल्ने,
यस्तो भूमण्डलमा-
आज निर्धक्क भई मुक्तकण्ठले यो कसको स्वर गुजिरहेछ ? Continue reading
~ममता मृगतृष्णा~
दिएर गयौ तिमी ,यो प्यार अनौठो
एक्लो छू यहाॅ लाग्छ संसार अनौठो।।
छैन स्पर्श कतै तिम्रो बहने पवनमा
तर पनि म जिउने छ आधार अनौठो।। Continue reading
~वासु शशी~
रूख आफ्नै छायामा पनि गएर
सुस्ताउन पाउँदैन !
उ त्यसलाई वर्षाको पनि
छानेको पानीले धुन्छ !
घाममा सुकाएर Continue reading
~भुवन ढुङ्गाना~
चारपाटे
सानो सुकुलमा
देशको नक्सा खोजिरहेछु
कतै परिभाषा खोजिरहेछु
जिउनु पनि त एउटा कला हो
म पनि यसमा पारङ्गत छु
र, जिउँदै छु
जिउने परिभाषा खोजिरहेछु
Continue reading
~ममता मृगतृष्णा~
सिरानीले मुख छोपी रुँदा थाहा पायौ कि नाई ।।
तिम्रो चिनो आँशुले धुँदा थाहा पायौ कि नाई ।।
जहाँकही तिम्रो अस्थित्व मात्र भाग्य अपवाद भो
यही पिरमा मा पागल हुँदा थाहा पायौ कि नाई ।। Continue reading
~कालिदास~
अनुवाद : विश्वराज अधिकारी
पूर्व मेघ
कश्र्चित् कान्ताविरह्गुरूणा स्वाधिकारत्प्रमत्त:
शापेनास्तङ्गमितमहिमा वर्षभोग्येण भर्तु:।
यक्षश्र्चक्रे जनकतनयास्नानपुण्योदकेषु
स्निग्धच्छायातरुषु वसतिं रामगिर्याश्रमेषु।। १।।
आफूले गर्नु पर्ने कार्य उचित किसिमले नगरेको दण्डस्वरुप कुनै सेवक यक्षले मालिक कुवेरले दिएको दण्ड भोग्नु पर्ने हुन्छ। दण्ड बापत उसले रामगिरी पर्वतको एक छाप्रोमा पत्नीसँग छुटिएर गाह्रो र विरक्तिएर एक वर्षसम्म बस्नु पर्ने हुन्छ। रामगिरी पर्वत यस्तो पर्वत हो जसको पानी जनक पुत्री सीताजीबाट स्नानाका लागि प्रयोग गरिएकोले उहाँबाट आशिष प्राप्त छ। यस पर्वतका नमेरु वृक्षहरूले चिसो र बढी छाया दिन्छन्।
तस्मिन्नद्रौ कतिचिदबलाविप्रयुक्त: स कामी
नीत्वा मासान् कनकवलयभ्रंशरिक्तप्रकोष्ठ:।
आषाढस्य प्र(श) थमदिवसे मेघमाश्र्लिष्टसानुं
वप्रक्रीडापरिणतगजप्रेक्षणीयं ददर्श।।२।। Continue reading
धेरैबेरदेखि सङ्घारमा कसैको आहटले
कसैको पदचापले
ढोका ढक्ढकाइरहेजस्तो
धेरै दिनदेखि
आकाशमा कागले बादललाई जिस्काइरेहजस्तो
कोही आउने सन्देश लिएर बिहानीमा सूर्यले पुलिन्दा ल्याएजस्तो
हुलाकीले चिठी लुकाएर डाँडामाथिबाट चिहाएजस्तो
वर्षौंवर्षदेखि दाहिने आँखा फर्फराइरहेको छ
यो परदेशमा ।
दैलो खोली हेर्दा Continue reading
~सरुभक्त~
लोककवि अली मियाँ (विसं १९७५ फागुन १५–२०६३ साउन १८) ले जीवनका दुःखहरुको गीत रचे, प्रकृतिको गीत रचे, संस्कृतिको गीत रचे, क्रान्तिको गीत रचे । अली मियाँसँग असल संगतमा रहेका कवि सरूभक्त भन्छन्, ‘उनका गीतहरु कविता थिए, कविताहरु गीत थिए ।’ अली मियाँ स्मृति दिवस (साउन १८) को सन्दर्भमा उनको सम्झना :
जन्मेको हुन्छ नेपाली भिजेर आफ्नै माटोमा
नाचेको हुन्छ नेपाली गाउँ र ब्याँसी फाँटैमा
खाँटी नेपालीत्वको महिमायुक्त गीत गायन गर्ने लोककवि अली मियाँले यो धर्तीमा जन्मेर, लामो सिर्जनात्मक जीवन बाँचेर नश्वर देह त्याग गरेको पनि चौध पन्ध्र वर्ष बितिसकेछ । यो डेढ दशकको समयावधिमा उनको अनुपस्थितिलाई हामीले कति अनुभूत गरेका छौं, अनुपस्थितिमा उपस्थितिको कति आभास सिर्जना गरेका छौं, सायद यो एक अमूर्तजस्तो कुरा हुन सक्छ । तर, सत्यको अर्को पाटो पनि छ, जहाँ उनी हामी पोखरेली र समग्रमा नेपाली साहित्य–वाङ्मय प्रेमीहरूका स्मृतिविम्बमा विस्मृन भएका छैनन् । Continue reading
~पुरु लम्साल~
१. थालनी
साहित्यका विविध विधामा संस्कृतिको प्रभाव रहेजस्तै रङ्गमञ्चमा यसको अधिकता रहन्छ । नेपाली नाटकमा पनि मिथक र संस्कृतिको प्रयोग ज्यादा रहेको छ । नेपाली नृत्य, नाटक, कथा, सङ्गीत आदिमा संस्कृतिको प्रयोग भएको छ । वास्तवमा नाटक र संस्कृतिको सम्बन्ध नङ् र मासुको जस्तै हुन्छ । नेपाल संस्कृतिमा धनी देश हो । हाम्रो जीवन कला साहित्य आदिमा परम्पराको महत्व निरन्तर बनिरहन्छ । यस कार्यपत्रमा संस्कृति र मिथकको परिचय दिँदै नेपाली नाटकमा यसको प्रयोग केकसरी भएको छ उल्लेख गरिएको छ ।
२. नेपाली नाटकमा संस्कृतिको अस्तित्व
संस्कृति कुनै समाजमा गहिराइसम्म व्याप्त गुणहरूको समग्र रूपको नाम हो जुन त्यो समाजका व्यक्तिहरूले Continue reading
~रवीन्द्र शाह~
म फूलसँग भुलूँ कि म दिलसँग झुलूँ कि
आफ्नोआफ्नो रङ्गमा आफ्नोआफ्नो ढङ्गमा
म धर्तीमा एक्लै चलूँ कि
मलाई उनको चाह छ, मुटुभित्र आह छ
म एक्लै बाँच्न सक्दिनँ, म एक्लै हाँस्न सक्दिनँ
म प्रीतको बोली बोलूँ कि, म रीतको बाजी भुलूँ कि Continue reading
म कविता भएर
तिम्रो ओठमा आउन चाहन्थेँ
तिमीले मलाई
शब्द शब्दमा उनेर Continue reading
~हेमन्त श्रेष्ठ~
कुरा कुरा कुरा कुरा कुरा
कुरा कुरा कुरा कुरा
कुरा कुरा कुरा
कुरा कुरा
कुरा !
राता, पहेला, हरिया, नीला
लहलह
अहा ! कति मजाले झुलेका छन् Continue reading
~राबत~
गाउँमा घाम
करेसाबारीको शिरबाट उदाउँछ
सहरमा घाम
पक्की भवनको शिरमा टाँगिएको
पेटिकोट वा कछाड मुनिबाट उदाउँछ
यत्ति फरक छ! गाउँ र सहरको बिहानीमा ।
गाउँ दिनभरि-
मुटुजस्ता पातहरूको
हरियो झण्डा फर्फराउँदै दायाँबायाँ
निर्बाध हिँड्छ/दौडन्छ
पाखा-पर्वतको कानकानमा
सुसुल्दै प्रीतको गीत,
सहर दिनभरि
जितको गीत गाउन भनी Continue reading
~भीम विराग~
गलत मोडमा जब मोडिन्छ जिन्दगी
आफूदेखि आफ्नै तोडिन्छ जिन्दगी
बाटो हो कि कुबाटो अन्धोलाई के मतलब
आँखै हुनेको पनि ठोकिन्छ जिन्दगी Continue reading
~रुद्रराज पाँडे~
गगन्मा छ क्यै हेर नक्षत्र शेष
लिई रात्रिले श्वेत वैधव्य भेष ।
भनूँ क्यै भने छैन फुर्सत् मलाई
सलाम् गर्दछु तैपनी जानलाई ।।१।।
मा जान्छू बसे साँझमा अउनेछू
पछी फेरि यै काखमा राखनेछू ।
नमाने रती शोक दिनभर् तिमीले
कसैको पनी जान्न दिन् एक रीतले ।।२।। Continue reading
~विजय मल्ल~
त्यो पर माथि आकाशमा,
दिउसै दिन रोएको, छटपटाएको,
आँसु-झारेको
तिमीले देख्यौ ?
यसरी विस्मयले सोधेको
मलाई अहिले संझना छ ।
प्रिय ! उहिले वायुमा ओसारिएका
सुस्केराहरुलाई Continue reading
~हेमन्त श्रेष्ठ~
आवेदनपत्र भर्दाभर्दै
एक दिन मैले
बाबुको नाम आकाश लेखेँ
आमाको नाम धरती
आफ्नो मान्छे मान्छे
र ठेगाना लेखेँ सडक ।
कसको छोरो हुँ था’ छैन
कसको नाति हुँ था’ छैन Continue reading
~सङ्कलक: शिवकुमार श्रेष्ठ~
लाङ्सोदिङ भन्ने कुनै किरात देशमी एक दम्पति थिए । लोग्नेको नाम खेसेवा थियो भने स्वास्नूको नामचाहिँ मेन्दाङ्ना थियो । उनीहरू ओढारमी बस्दथे । उनीहरू जङ्गलबाट तरूल, भ्याकुर, गिठा ल्याई आफ्नो जीविका चलीउँथे । उनीहरू सिस्नको मुन्टी पनि पकाई खान्थे ।
एक दिन उनीहरूको एउटा छोरो जन्मियो । छोराको नाम सेल्लोक राखियो । छोरो जन्मेकाले खेसेवा र मेन्दाङ्ना साह्रै खुसी थिए । छोरो जन्मेपछि उनीहरू जहाँ गए पनि नाच्दै गाउँदै हिँड्ने गर्दथे । एक दिन दुवै जना दाउरा, सिस्नु, तरूल, भ्याकुर, गिठा आदि खोज्न जङ्गलमा गए । उनीहरूले आफ्नो छोरालाई ओढारमा नै छोडेर गएका थिए । बालक सेल्लोक त्यस बेला वामे सर्न थालेको थियो । आमाबाबु जङ्गलमा गएकोले उसलाई हेर्ने कोही भएन । ऊ वामे सर्दैलसिस्नुको झ्याङमा पुग्यो र उसलाई सिस्नुले पोल्यो। उसको शरूरभरि फोकाहरू उठे । ऊ रून -कराउन थाल्यो । बेलुका आमाबाबु जङ्गलबाट फर्के र छोरीको त्यस्तो हालत देखेर Continue reading
~जीवनकुमार शाक्य~
साउन भदौको महिना मौसम झरी पर्ला जस्तो थियो । कति बेला पानी पर्नेहो ठेगानै थिएन । काम विशेषले काठमाण्डौको काम सिध्याएर म रात्री बसबाट घर जान प्रस्थान गरें । ए र्साईडको ११ नं.को सिट परेको रहेछ तर मलाई थाहा थिएन बसमा चढेपछि बल्ल टिकट हेरेर पत्तो लाग्यो ४ बजेपछि गोंगबु बसपार्कबाट गाडी प्रस्थान ग-यो । निदाउने बेहोसी औषधी खाएको मान्छे जस्तोपो भएकि रहेछु । रात धेरै बेर भएको रहेछ बस भित्रका मान्छेहरु कराएको हल्ला मेर।े कानमा सपनामै ….पैरो ले बाटो बन्द छ । अब रात बस भित्रै हुनेभो कस्तो उम्सो भन्दै कराएको सुने पछि बिउंझें फेरि म उस्तै त्यो अपरिचित मान्छेको कांधमा आराम सित टाउको बिसाएकि रहेछु । यता उति हेरे अनि केभो कहां पुग्यौं हामी – भनेर सोधें कहां पो हो कुन्नी कस्तो सुत्न सकेको हो यस्तो हल्लाखोर हुंदा पनि पहिरोे गएको छरे ,हिंडेर जानु पर्छ रे ,गाडी जान सक्तैन भनेर एउटा मान्छे अलि कड्केर बोल्यो । के गर्ने मौसमको कुरा हो कतिबेला कहां के हुन्छ कस्लाई के थाहा जेपर्छ सामना गर्नै पर्छ अब रात काट्नै पर्छ भोली बिहान भएपछि थाहा होला कहां के भएको छ भनेर संगैको सिटको मान्छेले सान्त्वना दिएर भन्यो । म आत्तिएकि थिए पानी बिदो भए पछि बिहान ५ बजे पछि सबैजनाले आ-आफ्नो सामान निकालेर बाहिर निस्के । Continue reading
~हेमन्त श्रेष्ठ~
त्यो एकदिन
सम्पूर्ण कुराहरू हुनेछन्
जो कहिल्यै हुँदैन
आँखाले
वरण गर्नेछन्
यावत यथार्थहरू
सदृश्य
सूर्य हिमदह बन्नेछ
र तप्कनेछन् हिमकिरणहरू
फूलले Continue reading
~मधुराज केरुङ~
१. विषयप्रवेश
लिम्बू लोकपद्यमा विभिन्न प्रकारका छन्दहरू छन् । अहिलेसम्मको खोज अन्वेषणमा चौध पन्ध्र वटाभन्दा बढी लिम्बू लोकछन्दहरू पाइएका छन् । हाक्पारे, पालाम्, ख्याली, नुवाप्मा र ताम्के, तुवाहरूजस्तै केसाम पनि एक किसिमको लिम्बू लोक छन्द हो । लिम्बू लोकगीत केसामको विषयमा कुरा गर्दा ‘के र केलाङको अलिकति प्रसंग नजोडिकन केसाम छन्दको कुरा पूर्ण हुँदैन । के, के–लाःङ र के–सामको अन्योन्याश्रित त्रिपक्षीय सम्बन्ध रहेको पाइन्छ । ‘के’ भनेको च्याब्रङ, लाःङ भनेको नाच र साम भनेको गीत हो । यदि के–लाःङबिना के–सामको कुरा गरियो भने बिनामष्तिस्कको मानिसको चेतनाको कुरा गरेजस्तो मात्र ठहरिन आउँछ । सामान्यतया के–लाःङ नाच्दा गाइने किसिमको लोक गीतलाई नै के–साम भनिएको हो । के– Continue reading
~बच्चुकैलाश~
टाढा टाढा जानु छ साथी एकफेर हाँसीदेऊ
छुटिसकेको मायालाई फेरी एकफेर गाँसीदेऊ –२
यो फूलबारी उजाडिएला केहिछिन बसेथ्यौँ – २
बहानै सही आँखामा आँशु लिएर रोएथ्यौँ Continue reading
~किरण खरेल~
ऐना नभए आफ्नो अनुहार कहाँ हेर्थ्यौ तिमी ?
तिम्रो नयनमा -२
मुटु नभए आफ्नो माया कहाँ राख्थ्यौ तिमी ?
तिम्रो बदनमा -२
रातको आयु लम्बिएर बाह्र बर्षै भए हुन्थ्यो -२
तिमी सामु हौ घाम नलागे मलाई हर्षै कती हुन्थ्यो -२ Continue reading
~राममान तृषित~
यो दिन उज्यालो भएन मेरो साथ हजुर नहुँदा
आँखामा निद भएन दुइ रात हजुर नहुँदा –२
हजुरैको याद दिएर यहाँ फूल फूलेको हुन्छ -२
सन्ध्या खुलेको हुन्छ बत्ती बलेको हुन्छ
आगोसरी भो बल्ने बर्षात हजुर नहुँदा
आँखामा निद भएन दुइ रात हजुर नहुँदा Continue reading
~कल्याण रिमाल~
हा हा हा हो ओ
म त्यही दिन पर्खीरहुँला
अनी यही गीत गाईरहुँला
अनी यही गीत गाईरहुँला
म त्यही दिन पर्खीरहुँला
मेरो हृदयभित्र तिम्रै कथा छ Continue reading
~किरण खरेल~
उल्ले अंगालो हालेर भनि चाँडै आउ है x2
आँखाको बत्ती बालेर भनि चाँडै आउ है x2
चाँडै आउ है
[केहि छिन्न बाँकि नै छ
केहि भन्न बाँकि नै छ
को हुँ के हुँ कस्को हुँ म
सायद चिन्न बाँकि नै छ] x2 Continue reading
बुद्धको मामाको छोरा भाई देवदत्त सँधै स्यानै देखि बुद्धलाई बेईज्जत गर्न मै लागिरहन्थ्यो, तर उ जहिले पनि तर्कले हार्थ्यो।
एकपटक बुद्ध जब कपिलवस्तु पुग्नुभयो त अनेक कुलीन शाक्यवंशी राजकुमार उहाँको अनुयायी बने। देवदत्त पनि उनि मध्य एक थिए ।
केहि समय पछि देवदत्तले पनि केहि जादु शक्तिहरु प्राप्त गर्यो र एकपटक उस्को प्रदर्शन मगधको भावी सम्राट अजातशत्रु समक्ष गर्यो । त्यहाँ उ एक बालकको रुपमा प्रकट भयो जस्ले साँपको न्यारीमुसा बाँधेको थियो । तब देखि अजातशत्रु उसलाई परम आदरको दृष्टिले हेर्थ्यो । Continue reading
~ओशो~
शाक्यमुनी बुद्ध आफ्नो शिष्यहरुको साथमा बस्नुभएकोथियो । एक शिष्यले सोध्यो- भगवान “कर्म के हो ?”
बुद्धले भन्नुभयो- “मैले तिमीलाई एक कथा सुनाउँछु ।”
एक राजा हात्तीमा बसेर आफ्नो राज्यको भ्रमण गरिरहेकाथिए ।अचानक उ एक पसलकव अगाडी रोकीयो र आफ्नो मन्त्रिहरु सित भन्यो- “मलाई थाहा छैन किनहो, तर म यस पसलको मालीकलाई फाँसी दिन चाहान्छु ।”
यो सुनेर मन्त्रीलाई धेरै दु:ख लाग्यो । तर जबसम्म त्यो राजा सित कुनै कारण सोध्ला, तबसम्म राजा अघी बढ्यो। Continue reading