समालोचना : थारू साहित्यको अवस्था

~कृष्णराज सर्वहारी~

बिभिन्न इतिहासकारहरूले थारू जतिलाई नेपालको सबैभन्दा पुरानो आदिवासी जनजाति मानेका छन् । ‘यस जातिका कृषिमा समर्पित परिश्रमी मानिसहरू नेपालको मेचीदेखि महाकालीसम्मका तराई र भित्री मधेशका समथर भूभागमा वसोवास गरेका छन् र आफ्नो जीवनलाई हिलो धुलोमा घोलेर खेतीवारी लहलह पारेका छन् । यिनीहरूको वोलीचाली, रहनसहन  र लवाई खवाईमा वृmत्रिमताको छनक  पाँईदैन । यिनीहरूमा पाईने सरलता, हार्दिकता र सामूहिक भावनाले आजको सभ्य (?) मानवका नाकमा टिमुर लगाईदिन्छ (गिरी २०५७) ।’

२०५८ सालको जनगणना अनुसार थारूहरूको जनसंख्या १५ लाख ३३ हजार ८ सय ७९ रहेको छ । Continue reading

Posted in समालोचना | Tagged , , , , | Leave a comment

कविता : सिता वाणी

~प्रणिका कोयु~pranika-koyu

सिता वाणी
सदियौंसम्मको मौनता तोडेकी छु
मेरो जिवनगाथा तपाईको जानकारी जाँच्दैछु
शिवधनु?
राम बलशाली थिए, वा
हतियारले लडाकु चिन्यो?
कि मैले खुसुक्क थाहा दिए
आखिर पूजा त म गर्थें नि दिनानुदिन
वनवास?
कहाँ दरबारिया किचलोभित्रको बुहार्तन Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

पुस्तक समीक्षा : हाम्रो छाती र लिलामको बहादुरे

~आन्विका गिरी~

जगदिश घिमिरेको लिलाम उपन्यास पढिसकेपछी मैले मार्च २००९ तिर यो लेख लेखेको थिए! भावना बगेर लेखे जस्तो लाग्छ, तर मेरो देशप्रतिको मेरो भावनामा हिजो, आज र भोलीमा फरक यति मात्र हुनेछ कि हिजो भन्दा आज र आज भन्दा भोली त्यो अझ गाढा हुनेछ!

उपन्यासको ´नायक´ बहादुरे हो । गरिब छ । भन्न त मर्ने बेलामा उसको बाउले ऋण छैन भनेको हो तर गाउँका ठालुहरूले ऋणको शीर्षकसहित तिर्नुपर्ने रकमको हिसाब सुनाए । पढेको थिएन, खोइ हेरौं त हिसाब किताब भन्न सकेन । ठालुहरूका मुख लाग्न पनि सकेन । अनि जायजेथा लिलामीको अवस्था आइलाग्यो । लिलामी हुने पक्का भएपछि माइली छोरीले आफैं बिहा नगरेकोमा उसलाई पीडा हुन्छ। स्वास्नी अरूसँग नसल्किएकोमा रिस उठ्छ । मर्न खोज्छ, त्यो पनि सक्दैन । लिलामीको बिहानीमा ठुलाबडालाई अटेर गर्न पनि उसलाई रक्सीको सहारा चाहिन्छ । जाँडले के सहारा देओस्, पछारिन्छ ।

कथा यत्ति हो, जगदीश घिमिरेको चर्चित उपन्यास ´लिलाम´ को! सरूभक्तको ´पागलवस्तीको जस्तो कथा हुँदै नभएको बस्तीको होइन । त्यसैले पाठक आख्यानकारको कल्पना भनेर तर्किन सक्दैन । हामीले Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , , , , , | Leave a comment

गजल : यो जिवनको सार भो

~शालिकराम मुसाफिर~

तिक्तता र रिक्तता नै, यो जिवनको सार भो
लुकिछिपि धाउदा नै, यो जिवनको हार भो ।

कछुवा र खरायोको, कथा सुनि थाकि सके
यथार्थलाई नबुझ्दा नै, यो जिवनको हार भो ।। Continue reading

Posted in गजल | Tagged , , , | Leave a comment

कविता : अन्तर

~ बिना थिङ तामाङ ‘सुनगाभा’~

मन त लागेकै हो
कालो गाउन
र दोहोरो त्रिकोणिय घेराको स्काफ
कहिल्यै नलम्बिएको यो घाँटीमा
सर्लक्क भिरेर
बडेमानको तस्वीर खिचाउँ
त्रि.बि.को दिक्षान्त समारोहमा
रंगशालाको प्राङ्गणमा

इच्छाहरुको पहाड छैन म संग Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

महावीर विश्वकर्माका पाँच मुक्तकहरु

महावीर विश्वकर्मा

१)
न आगोले रुवायो, न पानीले रुवायो ।
मलाई त मेरै जीन्दगानीले रुवायो । ।
जसलाई परेलीले ढाकेर राखेँ
पछि त्यही आँखाको नानीले रुवायो । । ।

२)
नदी बनायो कसले अनि डुङ्गा कसले बनायो ?
डुङ्गा जस्तै तैरिने फूलको थुङ्गा कसले बनायो ? Continue reading

Posted in Misc | Tagged , , , | Leave a comment

व्यङ्ग्य कविता : हाँस्नु कि रूनु

~टंक आचार्य~

औँलो दिँदा
डुँडुलो निल्नु
‘सु’ गर्ने बाहेक
केहीमा मन नमिल्नु ।

कर छल्नु , नतिर्नु
विदेश पुगेछि घर नफिर्नु
ऋण लिनु
तिर्ने कुरै नगर्नु Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , , , , , | Leave a comment

लघुकथा : अनौठो सजाय

~विश्वराज अधिकारी~Bishwa Raj Adhikari

अंकितले भने “मैडम, म एक किसिमले पागल जस्तो भएको छु। न त ठीकसँग बाँच्न सकि रहेको छु, न त मर्न सकेको छु, आत्म हत्या गरेर। तपाँईले मलाई केही पनि नगरेकोले त झनै विचलित तुल्याएको छ मलाई। मैले त बिचार गरेको थिएँ तपाँईले अवश्य पनि प्रहरीलाई खबर गर्नु हुनेछ। अनि मैले जेल मै बसेर भए पनि आफ्नो पापको प्रायश्चित गर्न पाउनु छु, तर तपाँईले त्यस्तो केही पनि गर्नु भएन। मप्रति अति नै असाधारण किसिमको गाँधीवादी दृष्टिकोण राख्नु भयो।”

दिलाशा मैडमले अंकित कुरा सुन्नु भयो तर उसलाई केही पनि भन्नु भएन। Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

Translated Poem : Shaking Palms

~Mani Lohani~
Translated by Yuyutsu Sharma

This evening
and the birds returning to their nests.

The burning moon
and like our youth
flowing waters of the brook. Continue reading

Posted in Translated Poem | Tagged , , , , , | Leave a comment

छन्द कविता : छन्द र म

~डा. लेख निरौला~Dr Lekh Niraula

छन्द : उपजाति

हो छन्द बुझ्ने क्षमता भएन
बुझ्दै नबुझ्दा ममता भएन
सिकेर झट्टै पनि जानिएन…
गाह्रो हुनाले अनि मानिएन ।।

बुझेर भित्री जब मर्म सारा
लेख्ने ममा छैन कुनै इसारा
के छन्द कस्तो कसरी रचिन्छ Continue reading

Posted in छन्द कविता | Tagged , , , , | Leave a comment

कविता : गणतन्त्र

~पशुपति कर्माचार्य~

जनआन्दोलनको आलो घाउबाट जन्मेकी,
रजस्वला नभएकी,
कलिलो बालिकाको
घाँटी थिची-थिची
सामुहिक बलात्कारको शिकारमा Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : शेरको काँधमा प्रचण्ड

~कृष्णराज खनाल~krishnaraj-khanal

अब हामी सुन्न चाहान्नौँ
बन्दूकको नाद
तिमी ढाडमा चढेर
टाउकोमा नहान !
प्रिय प्रचण्ड,
तिमी अहिले शेरको काँधमा सवार छौ
ढलिमली गर
त्यसमाथि लगाम कस
उसलाई कुन्दा हान
यो ‘बहादुर’ छ
किनकि यो बुद्धु छ । Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कथा : बिधिको बिधान

~मीरा मन थापा~Mira Thapa Man

समर्पण अरु केटाहरु भन्दा अलि फरक थियो उ अरु झैँ सबलाङ्ग थिएन सानैमा पोलियोले एउटा खुट्टा कमजोर भएको रे उसकी बहिनी यसै भन्थिन्। किशोरावस्थामा हुने सबैखाले स्वाभाविक चंचलता भने उसमा पनि विद्यमान थिए, जसरी अरु युवाहरुमा हुने गर्छन,शुन्दर सुगठित शरिर । हँसिलो मुहार अनि निकै मिठो बोली बचन थियो उसको ,उ भारतीय मुल को थियो ।

म अध्ययनको शिलशिलामा बिराटनगर प्रवेश गरेकी थिएँ निकै जोश जागर अनि उत्साह बोकेर । समर्पण घर मेरोडेरा नजिक थियो, त्यो पुरै बस्ति नै मधेसीहरुको थियो । पहाडे मुलका मान्छे डेरा गरी बसेको म नै पहिलो पटक थिए रे घरबेटी आमै बिचबिचमा नेपाली मिसाउँदै आफ्नै भाषा मा भन्थिन् । क्रमस: कक्षाहरु शुरु हुन थाले, सुरूका दिनमा शिक्षकहरुको अभाबका कारणले पढाई त्यति राम्रो सँग हुँदैन Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

गजल : झरिको दिन याद आयो!

~अशोक ‘खलानको मान्छे’~

हिजो संगै भिजेको झरिको दिन याद आयो!
भिर पाखा हिंडेको पशिना को स्वाद आयो!!

चौतारानी उस्तै ह्रैछ बर पिपल नि उस्तै!
स्‍मृति मा छरिएर झझल्कोको नाद आयो!! Continue reading

Posted in गजल | Tagged , , , | Leave a comment

गीत : फूल फुल्यो

~यशोदा अधिकारी~Yasoda Adhikari

फूल फुल्यो काँडाबीच टिप्न गाह्रो भो
निष्ठुरीको याद आउँछ मेट्न गाह्रो भो

जति जान्छु परपर आउँछिन् उनी वर
सम्झाउँछ हल्लिएर पीपलु र बर
फूल फुल्यो…॥ Continue reading

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

पौराणिक कथा : हिरण्यक ताम्रचूड

~उमाशङ्कर द्विवेदी~

चित्रग्रीव परेवाको बन्धन हिरण्यक मुसाको जहान परिवारका सदस्यहरूले सजिलैसित काटी मुक्त गरिदिएको घटना हेरेर लघुपत्तनक काग छक्क पर्‍यो । उसले मनमनै विचार गर्‍यो–हिरण्यक मुसो आपत आइपरेको बेला धेरै उपयोगी छ । अत: जसरी भए पनि यस मुसासँग मैत्री गर्नु आवश्यक छ । यो कुरा विचार गरेर लघुपत्तनक काग चित्रग्रीवझैं मुसाको दुलोको ढोकामा गएर कराउन थाल्यो–हे मित्र हिरण्यक मुसो, तपाईं छिटो दुलोबाट बाहिर निस्कनुस्, तपाईंसित काम छ ।

कागको आवाज सुनेर हिरण्यकले दुलो भित्रबाट सोध्यो– Continue reading

Posted in पौराणिक कथा | Tagged , , , , | Leave a comment

गीत : आँखैभरि दुई ओठै भरि

~बच्चु कैलाश~

आँखैभरि
दुई ओठै भरि
मायालुको माया बस्यो छातिभरि
रातैभरिऔ दिनैभरि
दर्शनको प्यास बस्यो जिन्दगी भरि Continue reading

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

गजल : रहर परदेशीको

~बिमला शर्मा ढुङ्गाना~

पुरा नभै मर्छन् यहाँ, रहर परदेशीको ।
अनौठा छन् यस्ता कति,खबर परदेशीको।

मातृभूमि छाड्नु पर्दा बन्छन् यति बेहाल ,
नठान्नु है हुन्छ मुटु,पत्थर परदेशीको। Continue reading

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : बाच्ने आधार देखिन

~रिता खड्का ‘त्रिलता’~

सिन्दुर मैले पाएकै थिएँ बाच्ने आधार देखिन
पलपल मेरो जस्तो उनको मन बारबार देखिन

समाजले हेर्दा हकअधिकार पाए जस्तै देखिने
बिडम्बना नारीलाई साथ दिने कारागार देखिन Continue reading

Posted in गजल | Tagged , , , | Leave a comment

कविता : आफैलाई चिट्ठी

~प्रमोद अधिकारी~

आँखा चिम्म गर्दा
संसार सुन्दर देख्छु म
निस्पट्ट अन्धकारमा
सबै एकै रङ
सबै समान
सबै एकैनाश ।

आँखा खोल्न तर्सिन्छु Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

बहरबद्ध गजल : कहाँ खाेजिएन ?

~जीवराज बुढाथोकी~

सवै ठाउँ माया, कहाँ खाेजिएन ?
जहाँ खाेजुँ भन्थें, कहीं भेटिएन ।

अधूराे रह्याे त्याे, अपेक्षा सधैंकाे,
नभेटे नि चित्त, बुझेकाे थिएन । Continue reading

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : माया गरे हुन्थ्यो

~निर्मला अवस्थी~Nirmala Awasthi_1

मैले जस्तै तिमीले पनि माया गरे हुन्थ्यो
कहिले काहीं साँझपख बेसी झरे हुन्थ्यो।।

स्थीर छैन यो मनलाई कति डुलाई राखु
त्यो मन पनि बरु अब यतै सरे हुन्थ्यो।। Continue reading

Posted in गजल | Tagged , , , | Leave a comment

कथा : डा.सी-फुडको पुनर्जन्म

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

समय । त्यस समय भित्रको एउटा लामो समय । त्यस लामो समय बिचको धेरै पलहरु भित्रबाट छुट्टिएको एउटा छोटो समय । अनगीन्ती भ्रमहरु । अनगीन्ती सपनाहरु । अनि असिमीत जन्महरु जसलाई समयको त्यहि छोटो बाटोमा रेखाङ्गन गरिएको थियो । अर्ध जिबित आशाहरुलाई समयको फेरो समाउन लगाएर मैले बाँचेको भ्रम । मैले बाँचेको समय । बु–साओ जिआङ र मैले बाँचेको समय । उ मेरो कुटिको ब्यबस्थापक । भक्तजन हरुले लेराएको फलफुल र सामान ब्यबस्थापन गर्नु बाहेक अन्य थुप्रै जिम्मेवारीहरु बु–साओ जिआङकै थियो । कतिपय घटनाहरु अनौठा हुन्छन् र हामिले नचाहाँदा नचाँहादै ति घट्न पुग्छन् । त्यस्तै बु साओको मृत्यु पनि परिकथाहरुमा सुनाईने परिघटनाहरु जस्तै अनौठो गरि भएको थियो । उसलाई कुटि छेउको जङ्गलमा फेला पारिएको थियो । त्यो बिभत्स मृत्यु थियो । प्रकृतिको elusiveness ले मैले मित्र बु साओलाई गुमाएको थिँए । Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

गजल : उही छ !

~राजुराम मुनंकर्मी~

चुनावकाे कदर नगर्ने नेताकाे जात उही छ !
अझै पनि सत्ता माेहकाे बात उही छ !

अब त घैंटामा घाम लाग्ने अाशा थियाे
गजबै भयाे अझै पनि मात उही छ! Continue reading

Posted in गजल | Tagged , , , | Leave a comment

लघुकथा : रक्सी

~विवेक दुलाल क्षेत्री ‘दमक’~Bibek Dulal Chhetri Damak

लेप्चा बाजे र लेप्चिनी बज्यैका सन्तान नभएका होइनन् .एक छोरा र एक छोरी भएकै हुन् .छोरोचाही सानैमा कालोज्वरले लगेपछि एउटी छोरी सानी मात्र थिइ .सानीलाई पोखराको केटासित विवाह गरी दिएकोमा कहिलेकाही उ पनि नाती च्यापेर आउने गर्थि .ज्वाई चाहिँ इन्डियाको लाहुरे भएकाले बेला बेलामा मात्र लेप्चा लेप्चिनी बज्यैसित गफ हुने गर्थ्यो .

लेप्चा बाजे पनि पहिलेको भू पु शैनिक भएको हुदा अझै पनि हट्टाकट्टा नै लाग्थे . उनी शहरको एउटा प्राइभेट कम्पनीमा चौकीदार काम पनि गर्ने गर्थे .लेप्चा बाजे रक्सीका अम्मली थिए .ड्यूटी सकेर Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

किशोर रेग्मीका पाँच हाइकुहरु

~किशोर रेग्मी~

जीवन

फेरि भूकम्प
अस्थीपञ्जर थुप्रो
जीवनको बाटो ?

कार्यकर्ता Continue reading

Posted in हाइकु | Tagged , , , | Leave a comment

व्यङ्ग्य निबन्ध : कवि, कविता र टिकट

~राजकुमार रेग्मी~

एकजनाले अर्काेलाई लखेट्दै गरेको हुन्छ । वरिपरिका मानिसले पाकेटमार ठानेर भाग्नेलाई पक्रन्छन् । त्यसपछि हातमा भएको कापी खोल्दै लखेट्ने मानिस भन्छ, ‘उहाँको कविता मैले ध्यान दिएर सुने तर मेरो सुन्नेबेला भाग्नुभयो । उहाँलाई दह्रोसँग समाउनुस्, कविता नसुनाइ म कहाँ छाड्छु ?’ यो चर्चित चुट्किलाको भाग दुई पनि छ ।

भाग दुईमा पनि पनि ‘समात, समात’ भन्दै एउटाले अर्काेलाई लेखेटिरहेको हुन्छ । तर, भाग्नेलाई कसैले समातिदिँदैन । बरु, लखेट्नेलाई नै समातेर वटुवाहरूले भन्छन्, ‘छाड्दिनुस् उसलाई, उसलाई तपाईको कविता सुन्न मन छैन भने किन जर्बजस्ती गर्नुहुन्छ ?’ लखेट्ने मानिस ट्वाँ Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , , , | Leave a comment

व्यङ्ग्य लघुकथा : छोरीलाई विद्यालय भर्ना गर्दा…

~करुण ढकाल~

केही दिनयता छोरीको विद्यालयभर्नासम्बन्धी विषयले कुटुकुटु टाउको खाइरहेको थियो। एलकेजी पास छोरीलाई यूकेजीमा भर्ना गर्नु थियो। पुरानै विद्यालयमा भर्ना गरिदिने मेरो सोचाइ, श्रीमतीले नोट अफ डिसेन्ट लेखेपछि त्यसले हावा खायो । कम दाम तिरे पुग्ने पुरानो स्कुलको पढाइ कामलाग्दो नभएको उनको निष्कर्ष थियो। त्यसैले छिमेकी मित्रलाई साथ लिई म राम्रो पढाइ हुने स्कुलको खोजीमा निक्लें ।

घट्टेकुलोस्थित निवासबाट भित्री गल्ली हुँदै अनामनगरतिर लागेका हामी दस मिनेटपछि नाम चलेको एउटा विद्यालयको लेखाभवनभित्र थियौं । त्यहाँ खटिएका कर्मचारीसँग भलाकुसारी भएपछि ला Continue reading

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , , , , | Leave a comment

व्यङ्ग्य निबन्ध : थुइक्क तोरीलाहुरेहरु

~केशु बिरही~

हिजो जस्तो लाग्छ लप्टन वाजेले भनेका यी शब्दहरु । लप्टन अर्थात विध्याधर जैसी । वास्तविक नाम विध्याधर जैसी भएपनि उनी गाउँघरमा लप्टनबाजेकै नामले प्रख्यात थिए । सवैले उनलाई लप्टन वाजे नै भन्थे । लप्टनबाजे फरासीला स्वभावका नभए पनि गोक्ते स्वभावका भने पक्कै थिएनन । जमानामा ठूलै सैनिक जिम्वेदारी संहालेका बुढा गाउँघरमा पनि त्यही शासन चलाउन खोज्थे ।

वुढा खरा स्वभावका थिए । शारीरिक सुगठनमा प Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , , , | Leave a comment

व्यङ्ग्य कविता : पप्पी सेम सेम

~लक्ष्मण गाम्नागे~

हाम्रा नेता अङ्कलको कति ठूलो भुँडी
भुँडी देखी वाक्क भा’छिन् उनकै घरकी बूढी ।

सुराल–साडी फेरे जस्तै अङ्कल गाडी फेर्छन्
केही भन्नु हुन्न यिनी आँखा तरी हेर्छन् । Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , , , , , | Leave a comment

कविता : कुटिल शासनशैयामा

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

धर्मको नाममा,
अधर्मलाई नष्ट गर्नको लागि
धर्मलाई साछी राखेर
अधर्मको युद्ध गर्नेहरुको
समाजमा पूजनीय अवस्थाले
वारम्वार प्रेरित गरिरहेकोछ
यूद्धआमन्त्रणरुपि जुवाको खालमा बस्न Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

व्यङ्ग्य कविता : म्यादीमाइला

~डा. ऋषि बस्ताकोटी~

मधुमाइला
हिजै जस्तो लाग्छ-
जोत्दजोत्दैको हलगोरू फुकाएर,
चराउँदा चराउँदैका गाइबाख्रा गोठमा छाडेर
तिमी म्यादी पुलिस भएको।

हिजैजस्तो लाग्छ–
देशको मुहार फेर्ने
चुनाव गराउन भनेर
तिमी रातो टोपी लगाउँदै
कटबाँसको लाठी टेकेर
सातदोबाटो भञ्ज्याङमा गएको। Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , , , , , | Leave a comment