Category Archives: स्‍मृति साहित्य

स्‍मृति साहित्य / Memoirs

संस्मरण : लोककविज्यू, आकाशमा बादलु डम्मै छ !

~सरुभक्त~ लोककवि अली मियाँ (विसं १९७५ फागुन १५–२०६३ साउन १८) ले जीवनका दुःखहरुको गीत रचे, प्रकृतिको गीत रचे, संस्कृतिको गीत रचे, क्रान्तिको गीत रचे । अली मियाँसँग असल संगतमा रहेका कवि सरूभक्त भन्छन्, ‘उनका गीतहरु कविता थिए, कविताहरु गीत थिए … Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

संस्मरण : दाइवोत्सुको आँगनमा नाराका मृगहरू

~विन्दु सुवेदी~ नाराका मृगहरू साँच्चै नै भाग्यमानी छन् अति पुल्पुलिएका पनि । नाराको प्रसिद्ध तोदाइजी मन्दिरमा रहेको दाइवोत्सु बुद्धको दर्शन गर्न जाने सबैले यो कुरा थाहा पाउन सक्छन् । निकै तल बजारदेखि नै सडक, हरिया चउर, घाँस भरिएका डाँडा, तोदाइजी … Continue reading

Posted in संस्मरण | Leave a comment

नियात्रा : जहाँ प्रेमदेखि यमराजलाई पनि ईष्र्या लाग्छ

~हरि थापा~ भोलि ताजमहल हेर्न लगिदिनुप¥यो मीनालाई । भाइ किरण पण्डितले कुरा निकाले । बाआमा आइराख्नु भएकाले समयानुकूल तीर्थस्थलहरू घुमाउनु नै थियो । मथुरा र बृन्दावनको दर्शन पनि हुने ताजमहल र आगरा किल्ला पनि हेरिने । टुटेफुटेको हिन्दीमा कुखुरामोलाइ गर्दै … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : पशुपति दर्शन, जुत्ता चोर र खाली खुट्टा

~फणीन्द्रराज खेताला~ म सधैंजसो, बिहान चार(साढे चारको बीच उठेर आफ्नो नित्य क्रिया स्नानबाहेक सबै सकेर केवल दश मिनेट धूप बालेर गुरुले दिएको मन्त्र जप्छु र आफ्नो कोठामा राखेको तस्विरमा घुमाउँछु, नमस्कार गर्छु अनि लुगा लगाई पशुपति दर्शनको लागि घरबाट निस्कन्छु … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

अनुभूति : प्रेमको हत्या

~श्री कृष्ण श्रेष्ठ ‘साँखु’~ कुरा थियो ०५४ साल मंसिरकोः– म साथीहरुसित एकदिन चाँगुनारायणमा घुम्न गएको थिएँ । घुम्ने क्रममा कत्तिको नजर ममा र मेरो नजर कत्ति मानिसमा यसको केहि लेखाजोखा नै छैन । तर यत्तिकैमा मेरो नजर एउटी युवतीको नजरमा … Continue reading

Posted in अनुभूति | Tagged | Leave a comment

संस्मरण : यात्रासम्बाद र जर्मन साथीको सन्देश

~डिल्लीराज आचार्य~ “ल है ड्याड यसपाली त गाडी लिएरै जानु पर्दछ” बैंग्लोरबाट फर्कने क्रममा पाल्पाको एकजना कार्यालय प्रमुखले आफ्नी छोरीलाई लिन सरकारी गाडी लिएर सुनौली पुगेको र करिब मध्यरातको समयको कारणले तत्काल अन्य सवारी साधन नपाएकोले आफूहरुपनि त्यही पिकअफ गाडीको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मेरो डायरीमा डायमन

~डा. रामदयाल राकेश~ डायमनशमशेर राणा नेपाली ऐतिहासिक औपन्यासिक आकाशका कहिल्यै पनि नअस्ताउने उपन्यासकार हुनुहुन्छ, उहाँसँग मेरा कटुमधु-अनुभवहरू अनन्त छन् तर सबैको खुलासा यहाँ गर्न सकिन्न । उहाँसँग मेरो कहिले र कहाँ भेट भयो मलाई यकीन थाहा छैन तर उहाँको नातेदार … Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

थामी भाषी संस्मरण : रामेछापङा तिदु आथाङ चाला चाँडै निपान

~डम्बर थामी ‘अनुपम’~ निको पूर्खा यापती छुकु ङा सुनारी आजीकाई कापुते नातोले फिरी दिगोरे खाम लोङ्सा दाङुन्दुईछ । भुम्या देवाकाई साक्षी नातोले तोवानी खाम कापीते खेम्सा दाङुन्दुईछ । इतिहास ङा निको जातीय पियङ्दु योगदानको खाम । बलिदानको खाम । त्याग … Continue reading

Posted in थामी संस्मरण, संस्मरण | Tagged , | Leave a comment

संस्मरण : थामी जाति र विद्रोहको झिल्का उठेको ‘ पिस्कर काण्ड ‘

~डम्बर थामी ‘अनुपम’~ ” तपाईं संगठित भएर विरोध गर्नुस् र परिवर्तनका लागि संघर्ष गर्नुस् ।” क. मार्क्स उक्तोक्ति सर्वहारावर्गका महान गुरु कमरेड मार्क्सको हो । यथार्थमा भन्नु पर्दा संगठित विरोध र विद्रोहले नै आफ्नो हक, अधिकार स्थापित गर्न सकिन्छ । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : खै के भनौ ककनी तिमीलाई

~सिद्धिचरण श्रेष्ठ~  वि.सं २०१९ सालको पौष महिनामा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट म लैनसिंह बाङ्देल कृत्रिमताबाट वाक्क भएर केही समयका लागि प्रकृतिको छटाले सुसज्जित ककनीतर्फ लाग्यौँ । वास्तवमै ककनी प्रकृतिको क्रीडास्थल रहेछ । निकै दिन हामीले त्यहीँ बसेर प्रकृतिको छटा हेर्‍यौँ । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : तुफानी हवाई दौडाहा

~डा. रामदयाल राकेश~ मलाई हवाईयात्रा मन पर्छ र यसमा मलाई थकाइ पनि लाग्दैन। सर्वप्रथम जीवनमा म दिल्ली गएको थिएँ हवाईजहाजद्वारा। यो मेरो जीवनको पहिलो अन्तर्राष्ट्रिय हवाई उडान थियो। यो डाइरेक्ट उडान पनि थिएन। काठमाडौबाट बनारस र बनारसबाट दिल्लीको उडान भर्दै … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : बालुवाको देश घुम्दा…

~डा. रामदयाल राकेश~ सैर कर दुनिया की गाफिल, जिन्दगानी फिर कहाँ, जिन्दगानी हो भी जाए, नौजवानी फिर कहाँ? नेपाल एयरलाइन्समा कार्यरत ज्वाइँ तारिणीराज दाहाल र छोरी पुनमको सौजन्यबाट म र श्रीमती तारादेवी पहिलो पटक दुबई जाने अवसर जुरेको थियो । … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : विस्मृतिमा वानिरा

~डा. रामदयाल राकेश~ भारतको साहित्य अकादमी दिल्लीले नेपालका लोकप्रिय उन्यासकार वानिरा गिरीको उपन्यास ‘कारागार’ को हिन्दी अनुवाद ‘कारा’ नामले प्रकाशित गरेर साह्रै सराहनीय काम गरेको छ । यसका अनुवादक हुनुहन्छ, प्रदीप विहारी । ‘कारागार’ उपन्यासका बारेमा मैले नेपालको कुनै दैनिक … Continue reading

Posted in नियात्रा | Tagged , | Leave a comment

नियात्रा : गुण्टा गुडाउँदै जुरिकतिर

~डा. रामदयाल राकेश~ हामी २२ अक्टूबरको नाइट बसबाट जुरिक पुग्दा विहानी उज्यालोको संकेत पाइसकेका थियौं। एकजना भारतीय सहयात्री बसबाट ओर्लेर चुरोटको चुस्की लिइराखेको थियो तर त्यसले जाडोलाई के चुनौती दिन सक्थ्यो ! तैपनी आत्मसन्तुष्टि लिँदै थियो। ऊ मुम्बई निवासी थियो। … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : मेरो प्यारो ओखलढुंगा (जननी जन्मभूमीश्च स्वर्गादपि गरियसी)

~डा.कवितारम श्रेष्ठ~ तपाईलाई अवश्यै लाग्यो होला कि यी शव्द त युगकवि सिद्धिचरणका हुन् जसलाई उनले आफ्ना अमर कृति मेरो प्यारो ओखलढुंगा नामक कवितामा कैद गरेका थिए । तिम्रै सुन्दर हरियालीमा तिम्रै शीतल वक्षस्थलमा यो कविको शैसवकाल वित्यो हाँस्यो खेल्यो वनकुन्ज … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : अऋणी हुन्छ

~कमल दीक्षित~ कविपुत्र रविचरण र मेरो उमेरमा ठूलो अन्तर छ तर त्यसले हाम्रो मित्रतामा कुनै आँच आएको छैन । हामी दुवै साथी-साथी छाँै । रविजीसँग मेरो मित्रता गाँसिएको ५० वर्ष भयो होला- उनी बुबाको बुई चढ्ने उमेरदेखि नै । पिता … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मेरो साहित्य-यात्रामा शिरोमणिको स्थान

~सिद्धिचरण श्रेष्ठ~ आफ्नो किशोरावस्थादेखि कवि बन्ने धोखो लिएको म सिद्धिचरणका निम्ति कवि शिरोमणि लेखनाथ पौड्याल महान् छन्, पुज्य छन् । म दरबार स्कुलको विद्यार्थी छँदा उहाँलाई नेपालको त्यस समयको सर्वश्रेष्ठ कविका रूपमा लिइन्थ्यो । शिक्षकहरूले प्रायः उहाँकै चर्चा गर्ने गर्थे … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : आबुधावीमा आनन्द

~डा. रामदयाल राकेश~ संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी रहेछ आबुधावी। यो रमाइलो देश रहेछ। एकातिर बालुवा नै बालुवाको मरुस्थल र अर्कातिर समुद्र। अरब सागरको सौन्दर्य विस्तार हेरेपछि म आश्चर्यचकित भएँ। मेरो भौगोलिक ज्ञानको क्षितिज त्यति विस्तृत रहेनछ। यो त भरुमूमि … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : अन्तिम भोजमा चपाइएका अनुहार !

~गोविन्द गिरी प्रेरणा~ दौलतविक्रम विष्ट नेपाली आख्यानका धरोहर हुन्, ध्रुवचन्द्र गौतमअघिको पुस्ताका। उनी आख्यानकै लागि जन्मेका थिए र जीवनभर आख्यानमै आफूलाई समर्पित गरे। उनको पहिलो उपन्यास ‘मञ्जरी’ प्रतियोगिताका लागि लेखिएको थियो र पुरस्कृत पनि भयो। त्यही उपन्यासले उनलाई उपन्यासकारको परिचय … Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

नियात्रा : विलियम वर्डस्वर्थको निवासमा रोमान्टिक मन

~कृष्ण बजगाईं~ ग्रीष्म ऋतुको आगमनले बेलायती धर्तीमा खुसीका फूल फुल्न थाले। वसन्ती पालुवा छिपिएर प्रकृतिले हरियालीको बर्को ओढिसकेको थियो। कठ्यांग्रिने जाडोले केही समयका लागि भर्खरै बिदा मागेर गएको थियो। मोटा स्विटर र ज्याकेटको भारी बिसाउन पाउँदा शरीर हल्का थियो। बेलायतको … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : चारधाम

~नेकी धनेन्द्र~ नेपालगंज बसेर कुनै पत्रिका चलाउनु भनेको एउटा गरिव परिवारले साँझ विहान छाक टार्नु जतिकै मुस्किल हो । आफ्नो पेट पाल्नका लागि जति संघर्ष गर्नु पर्छ त्यो भन्दा पनि ज्यादा परिश्रम हुँदो रहेछ पत्रकारितामा । तै पनि चौथो आँखा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : नाचुमेले चुमेको सफलता चुम्दा

~कृष्ण बजगाईं~ प्रसिद्ध जापानी उपन्यासकार नाचुमे सोसेकीको अवाञ्छित सन्तानका रूपमा आगमन भएको थियो। भर्खर जन्मेको बालकले पनि त्यो घरमा खुसी भने थप्न सकेन। परिवारका छैटौं सन्तान नाचुमेलाई बोझका रूपमा लिइयो। वर्ष दिनको नहुँदै बाबुआमाले उनै नाचुमे निःसन्तान दम्पतीलाई जिम्मा लगाए। … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : खप्तड गंगा दशहरा मेला

~कमला जोशी~ जेठको १३ गते विहानको झिसमिसेसँगै पिठ्युमा झोला, झोलामा केही जोर लुगा र ड्राईफुडसँगै हात हातमा पानीका बोतल बोक्दै पिपल्ला बजार पुग्यौँ । पिपल्लामा गाडीको पर्खाईमा करीव एक घण्टा बितिसकेको थियो । सायद सबै खप्तड जानेहरु निस्किसकेका थिए कुन्नी … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : तर, यसपालि धोका भयो घनश्याम सर !

~कृष्ण कुसुम~ २०६५ भदौको मध्यतिर यौटा निम्ता पाइयो साहित्यिक कार्यक्रमको । नागार्जुन साहित्यिक प्रतिष्ठानको आयोजनामा यौटा कथासंग्रहको विमोचन हुने कार्यक्रम थियो त्यो । नेपाल प्रज्ञाप्रतिष्ठानको वाचनालय पुग्दा थाहा पाइयो– साझा प्रकाशनबाट प्रकाशित कथासंग्रह ‘अभिशप्त समय’का लेखक  घनश्याम शर्मा सिभिल इन्जिनियर … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

थामी भाषी संस्मरण : बलिदानते हाबी थादु पिस्करङा यालेत्ङादु बेरेङ

~डम्बर थामी ‘रोईमीडाती’~ गाइ मिर्‍याङ्को दिनपालिङा राज्य व्यवस्थानामा लाक्पा नाम्पाङादु दिका योद्धा थाङाथ्यो । त्यै थाताले नाले तो बेरेङको लाक्पा नाम्पाइदु । जेखामिपालीको अत्याचारनामा किडिईदु । इतिहासको डिङ्डिङ-डिङ्डिङ पानापाली पल्टईसा राहुन्दुईछ । वर्गसंघर्षको का भट्टी उनी सफरपालीको खाम चिसेरेक्सा दाङुन्दुईछ … Continue reading

Posted in थामी संस्मरण, संस्मरण | Tagged , | Leave a comment

संस्मरण : साइको

~भीष्म जोशी~ शिशिरको सिरेटोले बाहिरी काठमाडौंलाई चिस्याइरहेको थियो । तर, रंगमञ्चभित्रको बन्द प्रेक्ष्यालयमा निरन्तर ‘वार्म-अप’ र स्टेजको लाइटले ज्यान बाफिलो थियो । नाटकको रिहर्सल सकाएर सरासर रुम फर्किएँ । दिनभरिको अभ्यास, को-आर्टिस्टको ढिपी र निर्देशकको अनेक निर्देशनले मन त्यसै भारी … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : ब्रिटिश आर्मी नम्बर पाएको त्यो दिन…

~भीम राई~ तिनताका म फुसको छानो भित्र हुर्कंदै गरेको सानो बबुरो जस्तै थिएं । मलाई सुस्तरी उमेरले डोरयाएर भर्खर अठार वर्षमा टेकाएको थियो । जुङ्गाको रेखी बस्नै लागेको त्यो समय मेरो मस्तिष्कमा अझै पनि ताजै छन् । अति विपन्न परिवारमा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : बतासे सहरमा बादलको गेट !

~कृष्ण बजगाईं~ बतासे सहर शिकागोतिर कार बतासिन थाल्यो । सन्तोष लामिछनेले स्टेरिङ समाएका छन्, कार भित्र छौं डा. भरत लामिछने र म । नोभेम्बर महिनाको तेस्रो साताको चिसो बिहानमा सूर्यले धर्तीमा पाइला राखिसकेको थियो । माइनस ७ डिग्री सेल्सियस तापक्रम … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : एङ्गेल्सका यादहरु

~भीम राई~ हरेक हिउद पछि बर्षा आउथ्यो र जान्थ्यो । त्यसरि नै अनगिन्ति हिउदहरु आफ्नै गतिमा बहदै गई रह्यो । जिन्दगीका धेरै हिउदहरु बितेर गएपनि मलाई फ्रेडरिक एङ्गेल्सले म्यानचेस्टरमा बिताएका ठाउँहरु पुग्न रहर पालि रहेको थियो । तिनै रहरहरु लाई … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : अ कप अफ मुराकामी

~प्रवीण~ म अनभिज्ञ छु । मलाई थाहा छैन, म के लेख्न गइरहेको छु ? के लेख्न चाहन्छु ? म खोक्रो भएको छु । मभित्र शब्दहरू अचेल आउन मान्दैनन् । मसँग खेल्न चाहँदैनन् । मद्वारा लेखिन मान्दैनन् । के लेखूँ ? … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

अनुभूति : बेलायतमा कोरोना अनुभव र पुनर्जीवन

~भीम राई~ ‘यदि ज्ञान बाँड्न सकिंदैन भने त्यो महत्वहीन हुन्छन् ।’ भौतिकशास्त्री मिचीको काकुको उक्त्त भनाइले मलाई जिन्दगीमा यदाकदा घचघच्याइ रहेको हुन्थ्यो । आफ्नो जीवन कालमा मानिसले जे अध्यान एबम अनुभव गरेका हुन्छन् ति सबै बाँड्न सकेभने समाजले राम्रो फाइदा … Continue reading

Posted in अनुभूति | Tagged | Leave a comment

संस्मरण : पारिजातको घरमा

~महेश पौड्याल~ हामी मोटरबाटो छोडेर ओरालो लाग्दा साइला धुरा प्राथमिक विद्यालय बायाँपट्टि पर्‍यो । पहाडजत्तिकै पुरानो त्यस स्कुलको भित्तोमा अँगार र चकले लेखिएका किरिङमिरिङ अक्षर देख्दा लाग्यो, यो भित्तो साहित्यकार पारिजातको जन्मकुण्डली हो, जहाँ ग्रहहरू किरिङमिरिङका अतिरिक्त केही पनि देखिँदैनन्, … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment