Category Archives: स्रष्टा जीवनी

Biography

जीवनी : सन्तकवि ज्ञानदिलदास

– प्रस्तुती : विनोद दाहाल पूर्वी नेपालको ओखलढुंगास्थित रुम्जाटार गाउँलाई आफ्नो कर्मथलो बनाउने एक प्रसिद्ध कवि हुन् ज्ञानदिलदास । उनी प्राथमिककालीन कवि हुन् । यो गाउँलाई कर्मथलो बनाए तापनि उनको जन्मथलो भने यहाँ होइन । उनी नेपालको सुदूरपूर्वी जिल्ला इलामको … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

स्रष्टा जीवनी : स्व. इमानसिंह चेम्जोङ

~इमानसिंह चेम्जोङ~ लिम्बू समुदायमा लेखनको महत्व बुझ्ने यस्तै थोरै व्यक्तिहरुमध्ये एक प्रमुख व्यक्ति हुन्– किरातोलोजिस्ट स्व. इमानसिंह चेम्जोङ । यिनै किरातोलोजिस्ट इमानसिंह चेम्जोङको गुरु मन्त्र थियोः भाषा संस्कृति जातिको पहिचान हो भने इतिहास मुहान हो । हुन पनि उनले आफ्नो … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged | 1 Comment

स्रष्टा जीवनी : स्वर हराएका भजन शिरोमणी – भक्तराज

~टिका भण्डारी~ भक्तराज ईतिहास: बि.स. २०५४ सालमा ठिमीको डबली परिवारद्वारा भजन शिरोमणि उपाधिबाट सम्मानित मानबिय संवेदनाका गीत गाउने लाखौँका प्रिय गायक हुन् भजन शिरोमणि भक्तराज आचार्य । बि.स. २०३० देखि २०४६ साल सम्मको सांगीतीक यात्रामा करिब ४५० वटा गीत हरु … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

स्रष्टा जीवनी : सिद्धिचरण श्रेष्ठ : एक युगप्रतिनिधि कवि

~दीर्घराज प्रसाई~ ‘क्यै हारेझैं, क्यै बिर्सेझैं, को त्यो पथमा आइरहेको ? सत्य नचिन्ने, झुट अँगाल्ने, गिर्र्दै तलतल म उठें भन्ने, मान्छे हो तर आत्माहीन, को त्यो पथमा आइरहेको ?’ युगकवि सिद्धिचरण श्रेष्ठको उपर्युक्त कवितापछि नाट्यसम्राट् बालकृष्ण समले त्यसको जवाफमा ‘केही … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

स्रष्टा जीवनी : एक रात थियो….जितेन्द्र बर्देवा

~गणेश रसिक~ वैशाखे पूर्णिमा भगवान् बुद्ध जन्मनुभएको पवित्र दिन । प्रसंग आजकै दिनको हो । दार्जिलिङ गिग कमान बस्तीको एउटा घर जहाँ आफ्ना परिवारसँग बस्थे— सहवीर बर्देवा र मनकुमारी दम्पती । सन् १९४२ बुद्ध पूर्णिमाकै दिन ती दम्पतीका कान्छा छोराको रूपमा जन्मेका थिए— … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

स्रष्टा जीवनी : गोपाल योञ्जन

~नरेन्द्रराज प्रसाई~ जीवनीस्वर, सङ्गीत र शब्दका शिखर मेरो टोपी कैलाशको शिरजस्तो मेरो टोपी हिमाली भीरजस्तो कहिले पनि झुक्न नजान्ने कहिले पनि लुक्न नमान्ने मेरो टोपी नेपाली वीरजस्तो । (स्वर, सङ्गीत र शब्द : गोपाल योञ्जन) गोपाल योञ्जन नै त्यस्ता महान् … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

स्रष्टा जीवनी : शारदा अधिकारी

~नरेन्द्रराज प्रसाई~ शारदा अधिकारी सरल भएर पनि क्रान्तिकारी थिइन् । उनी नरम भएर पनि जागरुक थिइन् । अनि उनी भद्र भएर पनि अन्यायको प्रतिकारमा उभिन्थिन् । त्यसैले उनी सानो उमेरमा नै प्रसिद्धिको उचाईमा पुगिन् । नेपाली भाषासाहित्यमा उनले जति लेखिन् … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

स्रष्टा जीवनी : नेपालको इतिहासमा शिरोमणि बाबुराम आचार्य

~दीर्घराज प्रसाई~ नेपालको समग्र इतिहासको अध्ययन तथा खोजमा इतिहास शिरोमणि बाबुराम आचार्यको निकै ठूलो योगदान छ । यसैगरी नेपालका निर्माता पृथ्वीनारायण शाहको पूर्खा बारेमा सत्यतथ्य खोज अनुसन्धान गर्नमा बाबुराम आचार्यको परिश्रमलाई बिर्सिन सकिँदैन । नेपालको इतिहासमा पृथ्वीनारायण शाहको पूर्खाको बारेमा … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

स्रष्टा जीवनी : साहित्यकार विजय मल्ल

~जयदेव भट्टराई~ दरबार हाइस्कुलमा कक्षा ७ मा पढ्दा तत्कालीन प्रभावशाली शिक्षक वासुदेव भट्टराईको चित्र कोर्दा झपारसँग प्रशंसित हुने विजय मल्ल ठूलै कलाकार हुनुपर्ने । भाष्बाण गर्दै, जेल सजायँ पाउँदै युवा अवस्था बिताउने विजय मल्ल ठूलै नेता हुनुपर्ने हो । नाटकको … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

स्रष्टा जीवनी : चाँडै अस्ताएका तारा जितेन्द्र बर्देवा

~जितेन्द्र वर्देवा~ जन्म मिति: ८ मार्च, १९४२ साल ब्रिटिश भारत स्थान: गिग कमान, दार्जिलिङ देहान्त: २ जुलाई १९९५ पिता: सहवीर बर्देवा माता: मनकुमारी बर्देवा #सानै उमेरदेखि संगीत प्रतिको उनको झुकाव आफ्नो पिताको सहनाइँ वादन र जेठा दाजु कमल बर्देवाको गायन … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

स्रष्टा जीवनी : नेपाली साहित्यका बटवृक्ष : भवानी भिक्षु

~नरेन्द्रराज प्रसाई~ भवानी भिक्षु पश्चिम नेपालको कपिलवस्तुमा जन्मेका थिए । उनी सानामा रोगी थिए । घरको कहालीलाग्दो आर्थिक अवस्थाका कारण उनी वाल्यकालमा झोक्राएर नै बामे सरे । त्यसैताका उनलाई माईले आक्रान्त पार्‍यो । त्यसै विमारले उनी थला परे । त्यसपछि … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

स्रष्टा जीवनी : नेपालीका प्रथम मौलिक उपन्यासकार गिरीशबल्लभ जोशी

~प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल~ गिरीशबल्लभ जोशीको जन्म राजवैद्य गङ्गानाथ जोशीका कान्छा छोराका रुपमा वि.सं. १९२४ मा काठमाडौंको वटु टोलमा सम्पन्न परिवारमा भएको हो । पुख्र्यौली पेसालाई निरन्तरता दिन वनारसमा वैद्यक विषयको उच्च शिक्षा हासिल गरेका गरीशबल्लभलाई आयुर्वेदको राम्रो ज्ञान थियो । … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

स्रष्टा जीवनी : मैथिलीका कविकोकिल विद्यापति

~वृषेशचन्द्र लाल~ मिथिला आफ्ना महान साहित्यकार कविकोकिल विद्यापत्रि्रति श्रद्धासुमन चढाउँदैछ । विद्यापति स्मृति दिवस अब मिथिलाञ्चलमा कविकोकिलको सम्झनामा मात्र सीमित छैन, यसले मैथिली साहित्यको पुनरुउत्थान तथा यसलाई क्षेत्रीय भाषाको रूपमा सम्मानित गराउन सक्रिय यस क्षेत्रको भाषिक आन्दोलनलाई ऊर्जा प्रदान गर्ने … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

स्रष्टा जीवनी : कथाकार देवकुमारी थापा

~नरेन्द्रराज प्रसाई~ देवकुमारी थापाको जन्म संवत् १९८४ चैत २ गते बुधवार दार्जिलिङको खर्साङस्थित गिद्धेपहाडमा भएको थियो । एउटा सम्पन्न परिवारमा जन्मेकी भए तापनि उनी प्रकृतिबाट टुहुरीमा दाखिला भइन् । त्यसपछि उनलाई आफ्नी हजुरआमाबाट संरक्षण प्राप्त भएको थियो । थापा बाल्यकालमा … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | 1 Comment

स्रष्टा जीवनी : कविशिरोमणि लेखनाथ पौड्याल

~नरेन्द्रराज प्रसाई~ लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्र्घौअर्चलेमा भएको थियो । यिनलाई जन्माउने आमाबाबु वसुन्धरादेवी र पं. दुर्गादत्त थिए ।पौडयालले र्सवप्रथम गङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढेर आफूभित्रको जागृतिको दैलो उघारेका थिए । उनले आफू साहित्यलेखनमा लाग्न पितृप्रसादको … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | 1 Comment

स्रष्टा जीवनी : आदिकवि भानुभक्त आचार्य

~विजय सागर~ वि.सं. १८७१ आषाढ २९ गते आइतवारका दिन पिता धनञ्जय र माता धर्मावतीदेवीको कोखबाट भानुभक्तको जन्म भएको थियो । पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो । पाँच बर्ष लागे पछि बाजे श्रीकृष्णले माघ शुक्ल … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

स्रष्टा जीवनी : कालजयी आख्यानकार रमेश विकल

~शार्दूल भट्टराई~ एउटा गौरवशाली नाम हो–रमेश विकल। यो नाम अत्यन्तै सम्माननीय,गरिमामय र लोकप्रिय रहेको छ नेपाली आख्यान साहित्यमा। साहित्यमा बहुविधाका सफल सर्जक हुनुहुन्छ– रमेश विकल। छ दशकभन्दा लामो सिर्जना यात्रामा उहाँ कथा,उपन्यास, नाटक,निबन्ध,यात्रा साहित्य ,बाल साहित्य तथा चित्रकलामा समेत सफलतासाथ … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

स्रष्टा जीवनी : गुरुप्रसाद मैनाली

~नरेन्द्रराज प्रसाई~ गुरुप्रसाद मैनाली नेपाली आधुनिक कथाका प्रणेताको नाउँ हो । उनले ‘नासो’ लेखेपछि नेपाली साहित्यमा कथाको मोडले नयाँ क्षीतिज उघारेको छ । थोरै लेखेर पनि धेरै नाउँ कमाउने स्रष्टामा उनको नाउँ स्थापित भयो । किनभने उनका कथाले नेपाली डाँडाकाँडा … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

स्रष्टा जीवनी : आडम्बरका विरोधी डायमनशमशेर राणा

~नरेन्द्रराज प्रसाई~ डायमनशमशेर राणा १९७५ साल असार २१ गते पाल्पा तानसेनको ठुटेपीपलमा जन्मेका थिए । कर्णेल बुद्धशमशेर र मोहनकुमारीका तीन छोरामध्ये उनी कान्छा थिए । उनी बाल्यकालदेखि नै निडर, निष्पक्ष र निर्भीक थिए । राणाको विबाह ढालविक्रम शाहकी छोरी बालिकासँग २००१ … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

स्रष्टा जीवनी : राजाको गद्दीमा बस्ने पहिलो नेपाली केदारमान व्यथित

~नरेन्द्रराज प्रसाई~ नेपाली भाषासाहित्यको सङ्गठन र सृजनामा समर्पित थिए- केदारमान व्यथित । उनी सङ्गठनका महारथी र सृजनाका सम्राट् थिए । उनी त्यत्तिकै न्यायिक पनि थिए । राणाकालीन युगमा देशको चौतर्फी विकास र जनताको सुक्खसमृद्धिको माग राख्ता उनी पक्राउ परे । … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

जीवनी : शंकर लामिछाने

~सुरेश प्राञ्जली~ आधुनिक निबन्धलेखनमा सिद्धहस्त मानिने शंकर लामिछानेले नेपाली साहित्यको जगमा असंख्य इँटा थपेका छन् । विशेषगरी नेपाली निबन्धलेखन परम्परामा भिन्न शिल्प र शैली लिएर उदाएका लामिछानेले आफू हिँड्ने बाटो आफंैले खने । नेपाली ‘नन फिक्सन’ को फाँटलाई उचाइमा पुर्‍याउने … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

जीवनी : रुद्रराज पाण्डे

संक्षिप्त जीवनी नेपाली भाषा, साहित्य, शिक्षा, संस्कृति र आध्यात्मिक भावबाट राष्टको सेवा गर्ने महापुरुषहरु मध्य रुद्रराज पाण्डे एक हुनुहुन्छ । राष्ट र परमार्थको सेवामा समयको सदुपयोग गरेर जिवन समर्पण गरी यस पृथ्वीको मुहार हसिलो पार्ने रुद्रराज पाण्ड्को जन्म वि.स. १९५७ … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

स्रष्टा जीवनी : हरिभक्त कटुवाल

~नरेन्द्रराज प्रसाई~ कतिकति आँखाहरु बाटो छेक्न आँउछन् परेलीमा बास माग्न कति आँखा धाँउछन् । हरिभक्त कटुवाल जति रसिक थिए त्यति नै पीडादायी जिन्दगी भोग्ने क्रममा पनि बाँधिएका थिए । उनी हाँस्ता पनि रुन्थे र रुँदा पनि हाँस्थे । उनी प्रकृतिप्रेमी … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

स्रष्टा जीवनी : पं.धरणीधर शर्मा

~नरेन्द्रराज प्रसाई~ नेपाली साहित्यिक जगतमा क्रान्तिकारी कविका रुपमा चिरस्मरणीय नाउँ हो– धरणीधर शर्मा । भानुभक्त आचार्यपछि नेपाली जातीय कविमा उनैको नाउँ दरियो । खासगरेर उनका कविताले २००७ सालको आन्दोलन छेड्न महत्वपूर्ण भूमिका खेलेको थियो । नेपाली भाषा,

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

स्रष्टा जीवनी : भानुभक्त आचार्य

~नरेन्द्रराज प्रसाई~ मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो ‘आदिकवि’ चलेन । १९९७ सालमा जुद्धशमशेर राणाले ‘भानुभक्तलाई आदिकवि भने पनि हुन्छ’ भन्ने हुकुम दिएपछि मात्र तमामको जीव्रोमा भानुभक्त आदिकवि हुन थाले । अनि सूर्ययविक्रम ज्ञवालीले … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

स्रष्टा जीवनी : डायमनशमशेर राणा

~नरेन्द्रराज प्रसाई~ डायमनशमशेर राणा १९७५ साल असार २१ गते पाल्पा तानसेनको ठुटेपीपलमा जन्मेका थिए । कर्णेल बुद्धशमशेर र मोहनकुमारीका तीन छोरामध्ये उनी कान्छा थिए । उनी बाल्यकालदेखि नै निडर, निष्पक्ष र निर्भीक थिए । राणाको विबाह ढालविक्रम शाहकी छोरी बालिकासँग २००१ … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment