Category Archives: कार्यपत्र

कार्यपत्र : नेपाली साहित्यिक पत्रकारिताको विकासमा बनारसको योगदान

~डि.आर.पोखरेल~ १. विषय प्रवेश पूर्वीय सभ्यता र संस्कृतिको केन्द्रका रूपमा अति प्राचीन कालदेखि नै परिचित सुन्दर नगरी वाराणसी (बनारस) वा काशी नेपालीहरूका निम्ति सहज र सोद्देश्य गन्तव्य थियो भन्ने कुरालाई ‘विद्या हराए काशी जानु …’ भन्ने भनाइले पुस्टि गरेझैँ लाग्छ … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : समकालीन नेपाली कथामा गणतान्त्रिक चेतनाः एक दृष्टिकोण

~ ताराबाहादुर बुढाथोकी(पाख्रिबासे कान्छो)~ संखुवासभा अरुण उपत्यकाको उपहार हो । बरुण उपत्यका कौशिक ऋषिले तपस्या गरेको तपोभूमि कोशी सभ्यतामा किराँतहरुको आँत मिसिएर बनोको सभ्यतको क्रीडास्थल हो । एकतिर यस भूमिमा हिन्दु संस्कृतिका भाषा, भेष, धर्म, संस्कृति र कलाको समष्टि छताछुल्ल … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : नेपाली उपन्यासमा आञ्चलिकता : परम्परा र प्रवृत्ति 

~डा. धनप्रसाद सुवेदी ‘श्रमिक’~ १. विषय सन्दर्भ  कुनै खास क्षेत्रविशेषमा केन्द्रित रहेर त्यस क्षेत्रका प्राकृतिक, सामाजिक, सांस्कृतिक आदि मौलिकता एवं विशेषताहरूको उजागर गर्ने प्रवृत्ति वा मान्यतालाई आञ्चलिकता भनिन्छ । ‘आञ्चलिकता’ खास गरेर साहित्य, कलाका क्षेत्रमा एउटा अलग्गै प्रवृत्ति र सिद्धान्तका … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : नेपाली आख्यानमा प्रेमा शाहको उपस्थिति र योगदान

~ज्ञानु अधिकारी~ १. विषयप्रवेश प्रेमा शाह (२००२) को साहित्यिक यात्रा २०१६ को शारदा पत्रिकामा प्रकाशित दुई कविता शीर्षकको कविताबाट आरम्भ भएको हो । उनको आख्यान विधाको लेखनयात्रा प्रतिक्रिया शीर्षकको कथा २०१८ को शारदा पत्रिकामा प्रकाशित भए पछि अघि बढेको देखिन्छ … Continue reading

Posted in कार्यपत्र | Tagged , , | Leave a comment

कार्यपत्र : वाच्य, यसका प्रकार र लिम्बू भाषा

~प्रा. डा. टङ्कप्रसाद न्यौपाने~ १. विषय प्रवेश संसारका सबैजसो भाषाहरूमा क्रिया वा वाक्यसंरचनामा वाच्य (Voice) एउटा प्रमुख तत्व, घटक वा व्याकरणिक कोटि (Grammatical categories)का रूपमा रहेको हुन्छ । नेपालीमा वाच्यको अभिव्यक्ति क्रियापदका रूपायनबाट भएको देखिन्छ भने अङ्ग्रेजीमा वाक्यसंरचनाबाट अभिव्यक्त भएको … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : हङकङेली नेपाली भाषा र साहित्य

~ प्रा. डा. टङ्कप्रसाद न्यौपाने~ अहिलेका लोकतान्त्रिक युगमा संसारभरि सबै किसिमका एकल पहिचान, एकल चिन्तन, एकल दर्शन, एकल शासकीय राजनीति वा एकल अस्तित्वको अन्त्य भएका लहरले अवशिष्ट क्षेत्रहरूलाई पनि छोइसकेको छ । हरेक समाजमा शुद्धतावाद प्रतिगामी हुन्छ, यसले पुरातनमार्गतिर मानवीय सभ्यतालाई … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : डायमनशमशेरको औपन्यासिक सफलता

~कुमारप्रसाद कोइराला~ विषयप्रवेशः- नेपाली उपन्यासको इतिहास त्यति लामो छैन । वि.सं. १८२७ देखि औपन्यासिक रचनाहरू लेखिन थालिए तापनि नेपालीमा पहिलो मौलिक उपन्यास भने वि.सं. १९५६ मा लेखिएको, वि.सं. १९६० मा प्रकाशित वीरचरित्र नै हो । त्यसबेला यो कृति अत्यन्त लोकप्रिय भयो । लोकप्रियता … Continue reading

Posted in कार्यपत्र | Tagged , , | Leave a comment

Research Paper : Nepalese Children’s Literature: Past and Present

~Biswambhar Ghimire ‘Chanchal’~ History of Children’s Literature In Nepal Nepal, is a mountaineous, and glittering snowy  country in the world has its diversed culture, traditions and customs. It is privileged with different  ethnic groups with the spirit of tolerance, unification … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : पारिजातका कथाका प्रवृत्तिहरू

~डि आर पोखरेल~ १. विषय प्रवेश नेपाली साहित्यमा पारिजातको नाम शीर्ष स्थानमा रहेको छ । उनी बहुमुखी प्रतिभाकी धनी व्यक्तित्व हुन् । उनले नेपाली साहित्यको चारवटै विधामा कलम चलाएकी छिन् । कविता विधाबाट सिर्जनायात्रा आरम्भ गरेकी उनले आख्यानमा ठूलो उचाइ … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : साहित्यिक पत्रकारिता : अतीत र वर्तमान

~डा. तुलसी भट्टराई~ पृष्ठभूमि नेपालमा पत्रकारिताको प्रारम्भ साप्ताहिक पत्रिकाबाट भएको कुरा गोर्खापत्रको प्रकाशनबाट थाहा हुन्छ । वि.सं. १९५८ मा तत्कालीन प्रधानमन्त्री देव समशेरको सदासयताबाट प्रारम्भ भएको गोर्खापत्र २००७ सम्म करिव ४० वर्ष सम्म साप्ताहिक रुपमा प्रकाशित भएको थियो । २०१७ … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : नेपाली भाषाको मौलिक स्वरूप

~प्रा. डा. जीवेन्द्र देव गिरी~ १. थालनी नेपाली भाषा संसारका नैसर्गिक वा प्राकृतिक भाषाहरूमध्ये एक हो । यो कुनै कृत्रिम भाषा होइन । यसको आफ्नो मौलिक स्वरूप छ । यसको आफ्नो इतिहास र सुदीर्घ परम्परा छ । यसका आफ्ना संरचनागत … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : इलाम जिल्लाबाट प्रकाशित साहित्यिक पत्रपत्रिका

~शिव रेग्मी~ नेपालका जिल्लाहरुबाट प्रकाशित साहित्यिक पत्रिकाहरुको इतिहास जान्ने मेरो जिज्ञासाको फलस्वरुप जन्मेको यो पहिलो आलेख हो । यसमा धेरै पत्र–पत्रिकाहरु छुटेका छन्–म कायल छु यसलाई पूरा गर्ने काममा लाग्नेछु । अध्ययनशील विद्वान सम्पादक÷प्रकाशक वा जसलाई जानकारी छ, लिखित सूचना … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : यात्रा–साहित्य : चिनारी र परिचर्चा

~दिलिप राई “सगर”~ पृष्ठभूमि मिर्मिरेमा घाम झुल्किन्छ, रोशनी छाउँछ उज्यालो । चिर्विराउँछन् चराचुरुङ्गी । उठ्दछन् पशुप्राणी । सनै सनै मेलो लाग्दछन् आ–आफ्नो दिनचर्यामा । चल्दछ हावा हल्लिन्छन् रूखपात । फुल्दछ फूल छर्दछ वासना । झुम्मिन्छन् मौरी पुतली । उड्दछ बादल … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : रापतीको गजल साहित्य र सङ्गीतको सिंहावलोकन

~सन्तोष श्रेष्ठ~ विषय प्रवेश नेपालका १४ अञ्चलमध्ये एक रापती अञ्चल हो । रापती अञ्चलमा पाँच जिल्ला पर्दछन् ती हुन् दाङ, प्यूठान, सल्यान, रोल्पा र रुकुम । भौगोलिक बनोटअनुसार रापती अञ्चलमा रहेका यी पाँच जिल्ला एक हातका पाँच औँलाजस्तै भावनात्मक रूपले … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : चितवनको साहित्यिक पत्रकारिताको सङ्क्षिप्त रुपरेखा

~डि आर पोखरेल~ १. पृष्ठभूमिः साहित्य जीवनको सूक्ष्म अनुभूति र त्यसको कलात्मक अभिव्यक्ति हो । यसमा सामाजिक जीवनको यथार्थ चित्रण हुने भएकाले यसलाई समाजको ऐना भन्ने पनि गरिन्छ । समाजको सांस्कृतिक रुपान्तरणमा यसको हात रहन्छ । यसो भएकाले साहित्यलाई समाज … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : नेपाली भाषाको मानकीकरणको प्रयासका घुम्तीहरू

~हेमाङ्गराज अधिकारी~ नेपाली भाषा छापाखानामा प्रवेश गरेपछि नै यसको मानकीकरण विशेष चर्चाको विषय बनेको हो। छापाखानाले लेख्य भाषाको प्रयोगको विस्तारमा व्यापक स्थान ओगटेको हुन्छ। प्रकाशनका गतिविधिमा जे जति विस्तार हुँदै गयो उति मानक प्रयोगप्रति पनि भाषाका प्रयोक्ताको चासो बढ्नु स्वाभाविक … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम

~अज्ञात~ नेपाली साहीत्यमा अन्य विधाहरुका तुलनामा उपन्यास विधाको सुरुअात निक्कै पछि मात्र भएको हो ! उपन्यास आख्यानात्मक विधा भएकोले नेपाली उपन्यासको प्रारम्भ बिन्दु बि.सं.१८२७ को शक्तिबल्लभको आख्यानात्मक कृति ‘ महाभारत विराट् पर्व ‘ बाट भएको मानिन्छ ! यस कृतिको रचनादेखि … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : नेपालको साहित्यिक–पत्रकारिता : समस्या र समाधान

~विष्णु प्रभात~ अवधारणा र पृष्ठभूमि : १. साहित्यिक–पत्रकारिता पत्रकारिताकै एउटा विशिष्ट रुप हो, जसले साहित्यका विविध विधाको अभिवृद्धिका निम्ति स्रष्टाका सिर्जना र द्रष्टाका मूल्याङ्कनलाई संयोजन गरी पाठकहरुमा पस्कन्छ । वाङ्मय, कला र सङ्गीतका क्षेत्रमा योजनाबद्ध वा स्वस्फूर्त ढङ्गबाट सञ्चालित समग्र … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : तामाङ साहित्यिक पत्रिका : स्थिति, चुनौती र सम्भावना

~अमृत योन्जन–तामाङ~ १. परिचय तामाङ पत्रपत्रिकाको इतिहासमा पहिलो देखा परेको पत्रिका हो म्हेन्दो (फूल) । वि.सं. २०१६ वैशाख पूर्णिमाको दिन भोजपुरबाट निस्केको यो पत्रिका हस्तलिखित पत्रिका थियो । भोजपुरका मोक्तान भाइ र गणेश योन्जनद्वारा सम्पादित यो पत्रिका ११ पृष्ठको थियो … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : कञ्चनपुर जिल्लामा प्रगतिवादी साहित्यको अवस्था

~खगेन्द्र जोशी~ १. विषय प्रवेश कञ्चनपुर जिल्लामा हुने गरेका विविध खाले साहित्यिक गतिविधिका बिचमा प्रगतिवादी साहित्यको अवस्था के कस्तो रहेको छ भनी विमर्श गर्नु नै प्रस्तुत कार्यपत्रको मुख्य विषय रहेको छ । कञ्चनपुर जिल्ला पुरानो संरचना अनुसार नेपालको सुदूर पश्चिमाञ्चल … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : खेली गीत र रोइला गीतका भिन्नता

~तुलसी प्रवास~ १. पृष्ठभूमि खेली गीत र रोइला गीत नेपाली लोक गीतका भिन्न भिन्न प्रकार हुन् । यी गीतहरूको व्युत्पत्ति, परिभाषा, संरचना, लय/छन्द, गायन स्थल, गायन अवसर, गाउने जाति आदिमा धेरै नै भिन्नता पाइन्छ । लोकमा गएर अनुसन्धान गरिएका तथ्यहरूले … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : समकालीन नेपाली कथामा सांस्कृतिक चेतना

~पुरूषोत्तम सुवेदी~ सार नेपाली आख्यानका कथा, नाटक र उपन्यासमा नेपाली संस्कृतिका अनेक पक्षहरूको रचनात्मक आरोपण गरिएको छ । भाषा, भेषभुषा, खाना, गीतसङ्गीत र नृत्य र पेशाका अनेक भँगालामा बाँडिएको नेपाली समाज यही विविधताबाट शक्ति प्राप्त गरेर राष्ट्रिय मूलधारमा हेलिएको छ … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : साठीको दशकमा नेपाली उपान्यास : एक सिंहावलोकन

~महेश पौड्याल~ सबैभन्दा सुलभ र प्रजातान्त्रिक साहित्यक विधा भएकै कारणले उपन्यासले पाठकसँग सम्वन्ध स्थापित गर्नुपर्छ । आवरण, सकारात्मक समीक्षकबाट उद्धृत गरिएका हरफ जस्ता अनेक प्रकारका बाह्य प्रभावहरूले यस सम्बन्धलाई सहज या कुण्ठित तुल्याएको पनि हुनसक्छ । तथापि, उपन्यासले संसारमा आफ्नो … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : आधुुनिक नेपाली लघुकथामा दार्शनिक चेतना

~पुष्करराज भट्ट~ १.१ विषय परिचय आधुुनिक नेपाली लघुकथाले आधुनिक कथातत्वले परिपूूर्ण भएका, क्षीण कथानक, सिमित परिवेश एवम् पात्र भएका नेपाली भाषामा लेखिएका लघु आख्यानात्मक रचनालाई बोध गर्दछ । दर्शनले जीवन जगतमा उत्पन्न चेतनालाई विवेचना एवम् विश्लेषण गर्ने कार्य गर्दछ । … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : समसामयिक नेपाली लघुकथा लेखनको स्थिति र चुनौती

~कुमारप्रसाद कोइराला~ १. विषय प्रवेश साहित्यलाई काव्य, नाटक, आख्यान र निबन्ध गरी चार विधामा वर्गीकरण गरिन्छ । आख्यानभित्र उपन्यास, लघुउपन्यास, कथा र लघुकथा पर्दछन् । त्यसैले लघुकथा आख्यानको उपविधा हो । यो कथाभन्दा सानो हुन्छ ।   कम्तीमा एउटा लक्ष्यमा … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र :  नेपाली कथामा समाजवादी यथार्थवाद : प्रभाव र विकास

~डा.प्रा. गोपिन्द्र पौडेल~ १. विषयारम्भ नेपाली कथामा समाजवादी यथार्थवादी सिर्जन विधिको प्रयोग २००७ सालको राजनीतिक घटना पश्चात् भएको हो । नेपाली कथामा समाजवादी यथार्थवादी चिन्तन सिर्जनको प्रयोग तथा यसको विकास क्रममा देखिएका मोडहरुको बारेमा विवादित विषय प्रसङगहरु पनि हुनाले आवश्यक … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : नेपालमा बज्जिका भाषा : साहित्य र भविष्य

~सञ्जय साह मित्र~ मुख्यरूपमा भारत, बिहारका केही जिल्लाको प्रमुख भाषाको रूपमा रहेको बज्जिका नेपालका केही जिल्लाहरूमा समेत लोकजीवनको मुख्य भाषाको रूपमा रहेको छ । नेपालमा बज्जिका भाषाको भौगोलिक सीमाक्षेत्रबारे मतैक्य पाइन्न । कतै बारादेखि महोत्तरीसम्म त कतै बारादेखि सर्लाहीसम्म बज्जिका … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : नेपाली प्रगतिवादी नाटकः परम्परा, विकास र सम्भावना

~रमेशप्रसाद भट्टराई~ प्रगतिवादी नेपाली नाटकको विकास २००१ मा प्रकाशित “गंगालालको चिता” एकांकी संग्रहपछि प्रगतिवादी नेपाली नाटकको लेखनमा लामो समयसम्म शिथिलता आएको देखिन्छ । २००७ सालको परिवर्तनले ल्याएको उत्साह लामो समयसम्म रहन सकेन । दिल्ली सम्झौतालाई धोका मान्दै आन्दोलनलाई अगाडि बढाउने … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : समकालीन नेपाली उपन्यासका प्रमुख प्रवृत्तिहरू

~कुमारप्रसाद कोइराला~ विषय प्रवेश समकालीन भनेको एउटै समयको वा उही समयको वा अहिलेको, भरखरैको, तत्कालैको हो । यसलाई समसामयिक पनि भनिन्छ । समकालीन वा समसामयिक उपन्यास भनेको अहिलेको वा भरखरै प्रकाशित भएको उपन्यास भनेको हो । समकालीन वा अहिले भनेर … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : २०६० को दशकमा नेपाली कथा

~घनश्याम घिमिरे~ सारसङ्क्षेप             (प्रस्तुत “वि.सं. २०६० को दशकमा नेपाली कथा” शीर्षकको कार्यपत्र २०६० सालदेखि २०६९ सालसम्म प्रकाशनमा रहेका नेपाली कथामा केन्द्रित छ । कथाको सामान्य परिचय र नेपाली कथाको इतिहासका बारे सङ्केत गरी नेपाली … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : समकालीन नेपाली नारीकथाकार र कथा लेखन प्रवृत्ति

~लक्ष्मी उप्रेती~ विषय प्रवेश : कथा सुन्ने र भन्ने परम्परा पुरानै भएता पनि स्वतन्त्र रुपले नेपालमा कथाको इतिहास १९ औं शताब्दीदेखि मात्र आरम्भ भएको पाइन्छ । कथा साहित्यमा समय र सहभागीताका दृष्टिले पुरुषका तुलनामा नारी अलि पछि र संख्यामा केही … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : डायस्पोरा र नेपाली साहित्यको विश्वव्यापीकरण

~डा. खगेन्द्रप्रसाद लुइटेल~ यतिखेर नेपालीमा डायस्पोरिक साहित्य÷आप्रवासी साहित्य, प्रवासी साहित्य, परदेशी साहित्य, लाहुरे साहित्य आदि अनेक नाम प्रचलनमा रहेका देखिन्छन् । यीमध्ये नेपालीमा डायस्पोरा शब्दको चर्चा निकै भएको पाइए पनि यसको सैद्धान्तिक स्वरूपबारे त्यति धेरै चर्चा गरिएको छैन । यस … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment