Category Archives: लेख – समीक्षा

लेख – समीक्षा / Critical writeups

समीक्षा : तीन घुम्तीका घुमाइहरू

~युवराज मैनाली~ वातावरणको छेदन पुञ्ज व्यक्तित्व हम्मेसि भेटिँदैन । वरपर मात्र होइन टाढा टाढासम्म प्रभाव पारिरहेको छ, पारिरहने छ । विशिष्टता र साधारणतर्फ बिचार्दा पनि साधारण प्रभाव तत्त्वमा सहजसँग समाहित रहन कहिले नसकिने पनि हुँदो रहेछ । विशिष्टतामा कुन प्रभावतत्व … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : विश्वेश्वरप्रसाद कोइरालाको ‘सान्नानी’ कथामा प्रजातीय अध्ययन

~राजेन्द्र गिरी~ लेखसार प्रस्तुत आलेखमा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ‘सान्नानी’ कथामा प्रजातीय अध्ययन गरिएको छ । यो समाजशास्त्रीय सिद्धान्तको मान्यतामा आधारित अध्ययन हो । समाजशास्त्रले साहित्यको समाजसँग रहेको वा रहने सम्बन्धको खोजी गर्दै त्यसको व्याख्या विश्लेषण गर्दछ । कलासाहित्यलाई व्यक्तिगत प्रतिभा … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : ‘नरेन्द्र दाइ’ उपन्यासका पात्र

~कृष्णप्रसाद कोइराला~ प्राज्ञिक जगत्मा नदीको जलप्रवाहको गति झैं निरन्तर चर्चा र सम्झना भइरहने नाम हो, विश्वेश्वरप्रसाद कोइराला (१९७१ : काशी, भारत – २०३९ : काठमाण्डौं ) । नेपाली साहित्य र राजनीति दुबै क्षेत्रमा समुज्वल नक्षत्र भएर चम्किरहने र राष्ट्रिय तथा … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : यौनिक लेखनमा लहसिए लेखकहरु

~लोकनाथ भुषाल ‘घायलश्री’~ कुनै बेला थियो, जतिखेर नेपाली पाठकहरु सुवास घिसिङको ‘नीलो चोली’मा उल्लेखित यौनिक सन्दर्भ पढेर रोमान्चित हुन्थे । टेलिभिजन र मनोरन्जनका अन्य साधनहरु सर्वसुलभ नभइसकेको तीसको दशकमा प्रायः पाठकहरुको सिरानीमुनि घिसिङ र युधिर थापाका उपन्यासहरु भेटिन्थे । उनीहरुका … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : आधुनिक नेपाली कविता र कवि : एक चर्चा

~शरद प्रधान~ आधुनिक नेपाली कवितालाई सर्वेक्षण गर्दा यसको इतिहास विस्तृत पाउँदैनौं । तर यस लेखको उद्देश्य आधुनिक नेपाली काव्यको इतिहासलाई केलाउनु होइन आधुनिक नेपाली कवि र उनीहरुको काव्य प्रवृतिलाई चर्चा गर्नु हो । चर्चा गर्नु पूर्व म आधुनिकताको परिचय दिन चाहन्छु । आधुनिकता व्यापक अर्थमा आर्थिक, सामाजिक राजनैतिक र … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

खोजपत्र : नेपाली नाटकमा संस्कृति र मिथकको प्रभाव

~पुरु लम्साल~ १. थालनी  साहित्यका विविध विधामा संस्कृतिको प्रभाव रहेजस्तै रङ्गमञ्चमा यसको अधिकता रहन्छ । नेपाली नाटकमा पनि मिथक र संस्कृतिको प्रयोग ज्यादा रहेको छ । नेपाली नृत्य, नाटक, कथा, सङ्गीत आदिमा संस्कृतिको प्रयोग भएको छ । वास्तवमा नाटक र … Continue reading

Posted in खोजपत्र | Tagged | Leave a comment

समीक्षा : लिम्बू लोकपद्यमा केसामको अध्ययन

~मधुराज केरुङ~ १. विषयप्रवेश लिम्बू लोकपद्यमा विभिन्न प्रकारका छन्दहरू छन् । अहिलेसम्मको खोज अन्वेषणमा चौध पन्ध्र वटाभन्दा बढी लिम्बू लोकछन्दहरू पाइएका छन् । हाक्पारे, पालाम्, ख्याली, नुवाप्मा र ताम्के, तुवाहरूजस्तै केसाम पनि एक किसिमको लिम्बू लोक छन्द हो । लिम्बू … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : बौद्ध जातक कथा बारेमा

~जीवनकुमार शाक्य~ जातक या जातक पालि या जातक कथाहरु बौद्ध ग्रंथ त्रिपिटकको सुत्तपिटक अन्तर्गत खुद्दकनिकाय को १०औँ भाग हो । यि कथाहरुमा भगवान बुद्धको पूर्व जन्मको कथाहरु छन्। विश्वको प्राचीनतम लिखित कथाहरु जातक कथाहरु हो जस्मा लगभग ६०० कथाहरु संग्रह गरिएकोछ । यो ईस्वी संम्वत देखि से ३०० वर्ष पूर्वको घटना हुन । … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : पालि भाषाको साहित्य

~जीवनकुमार शाक्य~ पालि साहित्यको विकास यात्रा त्रिपिटकमा केहि यस्ता उल्लेख पाईन्छ जस्ले बुद्धको जीवनकालमा नै धर्म को केहि प्रकरणहरुको व्यवस्थित पाठ गरिने थाहा भएकोछ। उदाहरणार्थ, उदानमा वर्णन छ कि एक पटक सीण नामक भिक्षुबाट स्वयम् भगवानले सोध्नुभयो कि तिमीले धर्मलाई कसरी बुझ्यौ ? यस्को उत्तरमा त्यस भिक्षुले १६ अष्टक वर्गहरुलाई पूरै स्वरको साथ गाएर सुनायो । यस्को भगवानले प्रशम्सा पनि गर्नुभयो । विनयपिटक आदि ग्रन्थहरुमा बहुश्रुत, धर्मधर, विनयधर, मातृकाधर तथा पंचनेकायिक, भाणक, सुत्तंतिक जस्ता विशेषणहरुको प्रयोग पाईन्छ, जस्ले स्पष्ट छ कि बुद्धको उपदेशहरुको धारण, पारणको परम्परा उहाँको जीवनकाल देखि नै चलेको थियो । यस परम्पराको आधारमा बुद्धको उपदेशहरुलाई सुव्यवस्थित साहित्यिक रूप दिनको लागि तीन पटक संगीतिहरु … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

लेख : अनुसन्धान तथा प्रतिवेदन लेखन संक्षीप्तमा

अनुसन्धान, अनुसन्धाता र निर्देशक अनुसन्धान, गवेषणा, शोध, अन्वेषण, खोज, खोजी सबै शब्द उस्तै अर्थमा प्रयोग भइरहेका हुन्छन् । ज्ञान आर्जनका पाँच प्रक्रिया (अनुभव, आप्तवाक्य, निगमन,आगमन र अनुसन्धान) मा पछिल्लो चाहिँ सर्वोत्तम हो । अनुसन्धानलाई विषय (भाषा,साहित्य,दर्शन,विज्ञान,आदि) समय ऐतिहासिक,समसामयक), अनुसन्धाता (एकल, सामूहिक), … Continue reading

Posted in लेख | Tagged | Leave a comment

ईतिहास : किरातकालीन कला

~मुकेश मल्ल~ नेपालको किरातकालीन कला किंवदन्तीका आधारमा स्थापित भएको देखिन्छ। किरातकालीन भनिएको एउटै कलाको पनि कलाविद्ले झन्डै ५–६ सय वर्षको अन्तरमा विभाजित गरी व्याख्या विश्लेषण गरिदिँदा कहिलेकाहीँ यसले अन्योल पनि कायम गरेको छ। संस्कृतविद् सत्यमोहन जोशीले युनानी वा गान्धारको प्रभावको … Continue reading

Posted in ईतिहास | Tagged | Leave a comment

खोजपत्र : देउडा लोकगीत: एक विवेचना

~नारायणप्रसाद तिमिल्सेना~ देउडा लोकगीतको परिचय मूलत: मध्यपश्चिम तथा सुदूरपश्चिमका केही जिल्लाहरूमा प्रचलित लोकगीतको एउटा स्वरूपलाई देउडा लोकगीत भनिन्छ । नेपाली लोकगीतजगत्मा नेपाली भाषाको आदिकालदेखि होस या मानवले सामाजिक प्राणीको मान्यता पाएदेखि,अझै भन्नुपर्दा लेख्य साहित्यको बीजारोपणपूर्वदेखि नै आफ्नो अस्तित्व र वर्चस्व … Continue reading

Posted in खोजपत्र | Tagged | Leave a comment

खोजपत्र : तमोर खोलाका मिथकहरू

~मधुराज केरुङ~ १. परिचय ताम्वा खोलाको खस नेपाली नाम तमोर खोला हो । लिम्बू भाषामा ताम्वा भनेको फराकिलो भनिएको हो । यसलाई मुन्धुमी भाषामा इम्बिरी याङधाङवा भनिन्छ । मुन्धुम अनुसार उहिले उहिले सर्वशक्तिमान इश्वरले यो पृथ्वी सुन्दर देखियोस् भनेर आकासमा … Continue reading

Posted in खोजपत्र | Tagged | Leave a comment

चिन्तन/खोजपत्र : बुद्धको बाटो

~हरिभक्त सिग्देल “महेश”~ महामानव बुद्धको जन्म ई.पू. ५६३ मा वैशाख पूर्णिमाको दिन लुम्बिनीको बनमा एउटा शाल वृक्षको मुनि भएको थियो । शाक्य क्षेत्री सूर्य वंशमा उनी जन्मेका थिए । उनका हजुरबुवाको नाम सिंह र हजुरआमाको नाम कञ्चना हो । राजा … Continue reading

Posted in खोजपत्र, विचार मन्थन|चिन्तन | Tagged | Leave a comment

खोजपत्र : कर्णाली साहित्यमा चराचुरुङ्गी र कीट पतङ्गको स्थान

~रत्नाकर देवकोटा~ नेपालको भाषिक, ऐतिहासिक, सांस्कृतिक क्षेत्रमा कर्णाली प्रदेशको महत्वपूर्ण स्थान हुनुका साथै प्राकृतिक र भौगर्भिक क्षेत्रमा पनि यस प्रदेशको उत्तिकै गहकिलो स्थान छ भन्ने कुरामा कर्णाली प्रदेशमा पाइने विभिन्न जीवजन्तु, चरा–चुरुङ्गी र कीट–पतङ्गसम्बन्धी उखान, गाउँखाने कथा, लोककथा, लोकोक्ति र … Continue reading

Posted in खोजपत्र | Tagged | Leave a comment

समीक्षा : लमजुङ्ग, ठाडो भाखा र द्यौबहादुर !

~बद्रीनाथ भट्ट~ नेपाल अधिराज्यभित्र केवल लमजुङ्ग जिल्लामा परम्परागतरूपमा रहँदै आएका दुरा जनजातिको बारेमा थोरै मात्र अध्ययन अनुसन्धान भएको छ । जसले गर्दा दुरा संस्कृतिभित्र लुकेका महत्वपूर्ण प्रतिभाहरू ओझलमा परेका छन् । हुन त नेपालको शाहवंशीय राजाहरूको पुर्खाहरूमध्ये यसोव्रह्मा शाहलाई कास्कीबाट … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : “नटुङ्गिएका कथा” का दृश्यहरु र थप कथाहरु

~डिल्लीराज आचार्य~ जलेका झुप्राहरु देखें ढलेका लासहरु देखें रुँदारुदै मैले रुकुमको कविता लेखें (कवि नदीराम के.सी. कलम अङ्क ३०) शैली मन प¥यो । त्यसैले मैले पनि द्धन्द्धकालमा यही शैलीलाई पछ्याउदै “जे देखें त्यही लेखें” शिर्षकमा कविता लेखेर दाङ्गमा सञ्चालित हुने … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

लेख : सात्त्विक आहार

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ आहार भनेको सम्पूर्ण प्राणीहरूलाई जिउनका लागि नभइनहुने तŒव हो । आहारबाट नै प्राणीहरूले शक्ति वा कुनै पनि कार्य गर्ने क्षमता प्राप्त गर्दछन् । संसारमा विभिन्न प्राणीहरूका लागि विभिन्न प्रकारका आहार्य वस्तुको निर्माण भएको छ । एउटै वस्तु … Continue reading

Posted in लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : वासुदेवको ‘वसन्तवृक्ष’: हाइकु साहित्यको कल्पवृक्ष

~वासुदेव गुरागाइँ~ हाइकु ५–७–५ को वर्णसंरचनात्मक ढाँचामा तीन हरफमा १७ अक्षर समावेश गरी लेखिने जापानी साहित्य विधा हो । यो विधा शुरुमा होक्कुको रूपमा परिचित भए पनि पछि होक्कुबाट हाइकु बन्न पुगेको हो । छैठौं शताब्दीबाट लिखित इतिहास भेटिएको जापानी … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समीक्षा : मनोवैज्ञानिक साहित्यस्रष्टा : पोषण पाण्डे

~डा. नारायण चालिसे~ हामी अहिले अतीतलाई बिर्सेर वर्तमानमा रमाउने यान्त्रिक समयमा उभिएका छौं । हिजोका गौरवमा भन्दा वर्तमानका सुगन्धहीन फूलका रमझममा आफूलाई हराउँदै लैजाने आत्मघाती यात्रामा छौं कि झैँ पनि लाग्छ घरि घरि । निश्चय पनि हिजोको भरमा मात्र उभिएर … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : नूनको ढाकर बोक्दै गर्दा

~सदानन्द अभागी~ कविता चापागाई पेशागतरूपमा शिक्षिका भए पनि उहाँ एक बहुप्रतिभाकी घनी साहित्यकार, समाजसेवी ,हुनुहुन्छ । उहाँ करीव दुई दर्जन संस्थामा आजीवन सदस्यको साथै संस्थाप सदस्य हुनुहुन्छ । २०७०मा वेदना कविता (आत्म बृतान्त सहित) लिएर कृतिकारको रूपमा देखिनु भएकी कविताज्यूले … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : तातेसिना पढेपछि

~कृष्णादेवी शर्मा श्रेष्ठ~ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरबाट प्रकाशित तातेसिना (हाइकु संकलन, २०७४) मेरो हातमा छ । प्रकाश पौडेल ‘माइला’ बाट सम्पादन गरिएको यो हाइकु संग्रहमा ९९ पृष्ठ छन् । पहाडको काखमा अत्यन्त आकर्षक आकारको वृक्ष राखिएको पुस्तकको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समीक्षा : कवि सिद्धिचरण र जूनकीरी

~विष्णुप्रसाद शर्मा~ जस्तै हओस् प्रकृति नूतन, स्वच्छ ताजा जन्माउँछे सरस भार र स्नेह साजा बाँझो रहन्छ, नभए मनभित्र प्रेम हो प्रेेम नै सब कुरा मधु-दिव्य धाम । कवि सिद्धिचरण श्रेष्ठको उत्कृष्ट नव्यकाव्य जूनकीरीभित्रका कैयन कलात्मक सुन्दर श्लोकमध्येको एउटा श्लोक हो, … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य

~कृष्ण प्रधान~ महाकाव्य : परिचयाङ्कन  संस्कृतको ‘महाकाव्यम’ बाट नेपाली भाषामा आएको ‘महाकाव्य’ शब्द ‘महा’ र ‘काव्य’ (महा+काव्य = महाकाव्य) बीच समास भएर बनेको हाे । ‘महाकाव्य’ शब्दको लक्षणअनुसार कथानकयुक्त  चरित्रलाई सर्गबन्ध रूपले कवितामा रचिएको ठूलो काव्य भन्ने बुझिन्छ । याे … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

लेख : कविता के हो ?

~कृष्ण प्रधान~ १ ➽ कविता भनेको सुत्रमै लेखिन्छ । यो कथा,कुथुंग्रीजस्तो गल्प होइन न निबन्धजस्तो छड.्छड.् छहरा बगेको नदी । कतिपय बिम्बले कतिपय प्रतीकले र कतिपय अन्दाजले पनि बुझ्न सकिन्छ कवितालाई । संक्षिप्तता, सुत्रवद्धता कविताका अनिवार्य आचार हुन् । रह्यो … Continue reading

Posted in लेख, समीक्षा | Tagged | Leave a comment

समीक्षा : थारु साहित्यको गोरेटो

~कृष्णराज सर्वहारी~ थारुभाषा नेपालको चौथो ठूलो भाषा हो। २०२८ सालमा आधुनिक कविता, गीत, कथा, लेख समेटिएको ‘गोचाली’ पत्रिकाको उदय भयो। यसले साहित्यमार्फत् पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलनको हुँकार गर्‍यो। यो नै थारुभाषाको पहिलो पत्रिका थियो। यद्यपि, गोचाली प्रकाशन हुनुअघि नै २००७ सालमा … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : युगकविको तुलना अरु कसैसित हुन सक्दैन

~कालीप्रसाद रिजाल~ हाम्रो रिजाल परिवारमा उच्च अध्ययनका लागि काठमाडौँ आउने म पहिलो व्यक्ति हुँ । पूर्वी तराईका प्रायः सबै उच्च अध्ययनका लागि त्यसबेला भारत जाने गर्थे । त्यसमा पनि हाम्रो हजुरबुबा-हजुरआमा काशीबास गरिरहनु भएकाले मेरा काका, दाइ सबैले वनारसमा अध्ययन … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : गीतमा युगकवि मेरो प्यारो ओखलढुङ्गा

~दीपक विहीन~ कविहरुको भीडमा गीतकारहरु हेपिने समय थियो, त्यो बेला । आफू ठूलो देखिन अरुलाई होच्याउने संस्कार ‘राल्फा’ आन्दोलनमा लागेहरुलाई पचेन । त्यसैले पनि उनीहरुले थालेका थिए, कवितालाई नै गीत बनाउने अभियान । यद्यपि, राल्फाले खासै अर्थ नदिने अमूर्त शब्दहरुमा … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : कविताबाटै विद्रोह

~चित्तरञ्जन नेपाली~ नेपालको काव्यजगत्मा सर्वप्रथम ‘क्रान्तिविना यहाँ हुँदैन शान्ति’ -मूल नेपाल भाषामा : क्रान्तिविना थन ज्वीमखु शान्ति)ं भनी हुँकार गर्ने अग्रणी क्रान्तिकारी कवि हुन्- युगकवि सिद्धिचरण श्रेष्ठ । यसरी नेपाल भाषाको कवितामा सबैभन्दा पहिले उनले ‘क्रान्ति’ शब्द प्रयोग गरे, त्यो … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कार्यपत्र : नेपाली साहित्यिक पत्रकारिताको विकासमा बनारसको योगदान

~डि.आर.पोखरेल~ १. विषय प्रवेश पूर्वीय सभ्यता र संस्कृतिको केन्द्रका रूपमा अति प्राचीन कालदेखि नै परिचित सुन्दर नगरी वाराणसी (बनारस) वा काशी नेपालीहरूका निम्ति सहज र सोद्देश्य गन्तव्य थियो भन्ने कुरालाई ‘विद्या हराए काशी जानु …’ भन्ने भनाइले पुस्टि गरेझैँ लाग्छ … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

ईतिहास : विक्रम तथा नेपाल सम्वत्को ईतिहास

~दीर्घराज प्रसाई~ हिमवत्खण्ड नेपाल विश्वकोनैं प्राचीन सभ्यताको केन्द्रस्थल मानिन्छ । पूर्वमा ब्रम्हप’त्र, पश्चिममा हिन्द’क’श, उत्तरमा कैलासमानसरोवर–हिमालय र दक्षिणमा गंगासम्मको भ”भाग हिमवतखण्ड हो भने गंगादेखि हिन्दमहासागरसम्मको भ”भागलाई भारतखण्ड भनिन्छ । हिमवतखण्ड नेपालको जेठो सम्वत्कोरुपमा विक्रम सम्वत् चलिआएको छ । मीन रासी … Continue reading

Posted in ईतिहास | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘दाइबुचु’ भित्र भेटिएको जापान

~भारती गौतम~ ‘विश्व एउटा पुस्तक हो अनि त्यसको विचरण नगर्नेहरूले त्यो पुस्तकको पहिलो पृष्ठमात्र पढेको हुन्छ ।’ सेन्ट अगस्टिन विश्व पुस्तकको प्रस्तावनामा नै कोहीकोही अड्किए पनि धेरैजसोले कमसेकम केही पाना छिचोलेकै हुन्छ । हजुरआमा भेट्न मावलदेखि दिदी वा सानीमा भेट्न … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment