Category Archives: बाल गीत

Children’s Song

बाल गीत : कोरोना कहर

~बिमला ढुंगाना~ कोरोना कहर गाउँ र शहर छायो है छायो है न देख्छ आँखा न घुम्छ पाखा के रोग आयो है लौन …..के रोग आयो है लागेमा एकलाई परिवार घरका भ्याउँछ जहानै श्वासमा सार्यो शरीरलाई गार्यो बृद्ध वा जवान नै

Posted in बाल गीत | Tagged | Leave a comment

तामाङ भाषी बाल गीत : वाई हाजी वाई हाजी

~संकलक : नेत्र तामाङ~ वाई हाजी वाई हाजी च्यागो आले नाका मामा कोतेक्ची वाई हाजी वाई हाजी च्यागो आङा चिङ्ना ल ब्ला माजी कोतकोत कोतकोत, खित्खित् खित्खित्

Posted in तामाङ गीत, बाल गीत | Tagged , | Leave a comment

बाल गीत : म त यो शहरकै सुन्दरी

~अलका मल्ल~ दिनमा हेर्छु त्यसै पनि ऐना नचाहेरै पनि घरी घरी सबैको बर्णन चाहिन्छ मलाई म त यो घरकी सुन्दरी कोही भन्छन् कति फुर्कीएकी

Posted in बाल गीत | Tagged | Leave a comment

बाल गीत : घिन्ताङ मूनी आयो

~ईश्वर बलामी~ घिन्ताङ मूनी आयो, बच्चा डरायो ! बाघ होइन भालु होइन, किन डरायो ? आकाशमा टिलपील गर्ने ताराले बुबु–माम खान्छन्, मिठो साराले !!

Posted in बाल गीत | Tagged | Leave a comment

लोक बाल गीत : तारा बजी लई लई

~अज्ञात~ तारा बजी लई लई मामा आए घोडा ! माईजु आईन् डोली

Posted in बाल गीत | Tagged | Leave a comment

बाल गीत : ऐना हेर्दा सानो भाइ

~रञ्जुश्री पराजुली ~ ऐना हेर्दा सानो भाइ आँखा झिम्क्याउँछ आफू जस्तै अर्को देख्दा ताज्जुप भई हेर्छ । जिब्रो देखाई हात हल्लाई जिस्क्याउँदै खेल्छ

Posted in बाल गीत | Tagged | Leave a comment

बाल गीत : सानैदेखि हाम्रो मन

~प्रभा भट्टराई~ सानैदेखि हाम्रो मन भाँच्न नखोज हामीलाई पैसासँग साट्न नखोज चाँहिदैन सुन चाँदी सम्पत्तीको धारो हामीलाई पैसाभन्दा बाबाआमा प्यारो । न्यानो काख छुटाएर किन पार्छौ पाखा

Posted in बाल गीत | Tagged | Leave a comment

बाल गीत : माटो कति राम्रो ?

~दैवज्ञराज न्यौपाने~ सुन राम्रो, चाँदी राम्रो, मोती झनै राम्रो सबैभन्दा राम्रो धर्ती माटो कति राम्रो ? सुन दिन्न खान मलाई चाँदी खान दिन्न तिर्खा लाग्दा प्यँनु हुन्न मोती खान हुन्न किन चाहियो बाबा, मलाई ? लोभ लाग्ने बानी

Posted in बाल गीत | Tagged | Leave a comment

बाल गीत : चुँ चुँ गर्दै कुनोतिर मुसो करायो

~रञ्जुश्री पराजुली ~ चुँ चुँ गर्दै कुनोतिर मुसो करायो बिरालोको म्याउँले कता लघार्यो आँगनीमा हाऊ हाऊ गर्दै पाङ्ग्रे भुक्यो चर्को घाममा सुकाएको टोपी सुक्यो ।। प्रातः काले सिरसिर बतास मनै रमाइलो भित्र बाहिर चारैतिर धेरै घमाइलो

Posted in बाल गीत | Tagged | Leave a comment

बाल गीत : बालक तारा

~सुभाषचन्द्र भण्डारी~ बालक तारा टिलपिल गर्छौँ मातृभूमिका सन्तति हौँ उन्नति पथको सपना देख्यौँ मङ्गल ग्रहमा वास बस्यौँ फुल्नु छ कोमल हृदय बगैँचा छर्नु छ शान्ति–सुवास शक्ति उचाल्ने साहस देओस् पुर्खाको इतिहास

Posted in बाल गीत | Tagged | Leave a comment

बाल गीत : पहाडकी नानी

~महेश पौड्याल~ पहाडकी नानी, क्या राम्रो बानी, नहाँसी नबोल्ने हिउँ गोरो जिउमा, चौबन्दी चोली, क्या राम्रो सुहाउने । सलल बग्ने कोसीको पानी आँखामा झलझली, हिमाली हावा श्वासमा तिम्रो, गाउँदछ सुसेली ।

Posted in बाल गीत | Tagged | Leave a comment

बाल गीत : आ-उँछ इन्द्रेनी

~एकु घिमिरे~ घाम सँगै पानी पर्दा आ-उँछ इन्द्रेनी हामीलाई मोहनी पो लाउँछ इन्द्रेनी । बैगुनको रङ हुन्छ सबैभन्दा पैले नीर हुन्छ त्यसपछी तिहार सम्झें मैले नीलो आकाश जस्तै रङ तेस्रो खापमा

Posted in बाल गीत | Tagged | Leave a comment

बाल गीत : के के खान हुन्न

~क्षेत्र प्रताप अधिकारी~ सुन सुन नानीहरू खानेकुरा सुन के के खानुहुन्छ अब के के खान हुन्न । दुःख खान हुन्छ बाबा हरेस खान हुन्न दुःख सुख जे परेनि चरेस खान हुन्न ।

Posted in बाल गीत | Tagged | Leave a comment

बाल गीत : स्कुलको मुख देख्न नै पाइन

~कृष्ण अविरल~ पिएर रक्सी बाबाले दिन–रात, निहुँ खोजीखोजी पिटेको देख्दा सहनै मुस्किल भएर आउँछ, आमाको हिक्का छुटेको देख्दा पसिना धारा चुहाउँछिन् आमा, आधापेट खाई अर्काको घरमा अपमान पिउँदै दुःखलाई सिउँछिन्, आशाको त्यान्द्रो साँचेको भरमा

Posted in बाल गीत | Tagged | Leave a comment

बाल गीत : उस्तै रात दिन

~नीलम कार्की निहारिका~ एकै हुन्छ मेरा लागि उस्तै रात दिन संसार हेर्न पठायौ दैब दृिष्ट नदिई किन ? हरियो छ भन्छन् धर्ती आकाश नीलो छ रे लुक्दै छिप्दै डाँडाँबाट ,सूर्य उदाउँछ रे हरियो र नीलो भन्ने, रंग कस्तो होला आकाशले … Continue reading

Posted in बाल गीत | Tagged | Leave a comment

बाल गीत : हिउँ खोलाको पानी

~रामेश श्रेष्ठ~ हिउँ खोलाको पानी छुनै नहुने लेकको भिरालो बाटो हिंड्नै नहुने याकको गलामा लाएको घण्टी बज्छ टिङटिङ

Posted in बाल गीत | Tagged | Leave a comment

बाल गीत : लेकका हामी केटाकेटी

~रामेश श्रेष्ठ~ लेकका हामी केटाकेटी कुईरो भित्र स्कुल छ चौँरीलाई चराउँदै दिन बित्छ पढ्नु र लेख्नु मुस्किल छ

Posted in बाल गीत | Tagged | Leave a comment

बाल गीत : मेरो गाउँ ज्यामिरे

~रामेश श्रेष्ठ~ मेरो गाउँ ज्यामिरे, जमुनीको छोरो म काले भन्छन् मलाई, तर मान्छे गोरो म सबै पढ्न गएछन्, जान्ने सुन्ने भएछन् म त अझै गोठमा,छैन हाँसो ओठमा

Posted in बाल गीत | Tagged | Leave a comment