Category Archives: बाल कविता

बाल कविता; Children’s poem

बाल कविता : राम्रो बानी बसाल्नु

~अलका मल्ल~ सुत नानी सुत अबेर भो अंधेरी झ्याप्पै छाई सक्यो । टि.भी. धेरै हेर्न हुन्न समयको पालना हुन्न । भोली सबेर उठेर गृहकार्य गर्नु छ ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : किताब

~कृष्ण बाउसे~ ज्ञानी भई पढ्नेको झोलाभित्र पस्दछु अनपढलाई चिन्दिन बरु निदाई बस्दछु। थरीथरी अक्षर पानाभरि कुँद्दछु धेरै पाना मिलेर चाङ भई सुत्दछु। हिउँ धेरै थुप्रेर बन्छ हिम–आलय मेरा आफ्नै घर हुन् सबै पुस्तकालय। हाम्रा भेट्ने चौतरी किताबका पसल तिमीलाई भेटेर … Continue reading

Posted in बाल कविता | Tagged | 1 Comment

बाल कविता : पानी

~कृष्ण बाउसे~ मूल भै फुट्छु तलतिर कुद्छु सिमसारमाथि उँघीउँघी सुत्छु। दहमा बस्छु नदी भै बग्छु

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : आज्ञाकारी बालक

~मैथिल सुमन~ आज्ञाकारी बालक म असल मेरो बानी पढि-लेखी ठूलो भई बन्नेछु म त ज्ञानी अनेक छन् प्रतिभा म भित्र भन्छन सबले सिर्जनाको खानी चाहना छ मेरो पनि

Posted in बाल कविता | Tagged | Leave a comment

Poem : Road

~Himanshu Nibha Kunwar~ Oh! road I wonder Oh! I wonder Where do you stop? Where you go? I think You might stop at the edge of the world

Posted in Poem, बाल कविता | Tagged | Leave a comment

बाल कविता : सानी सानी

~अलका मल्ल~ सानी सानी कान्छी मेरी बोल्छे सधैँ दिती भनी कहिले भन्छे स्कुल जान्न कहिले टिफिन लान्न रातो पिरो गाला उस्को

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : घडीभित्र छडी

~रमेशचन्द्र घिमिरे~ ओरालोमा झरी कैले उकालोमा चढी नथाकेर घुम्छन् सधैँ घडीभित्र छडी कान्छो भाइ जाँगरिलो छिटो फन्का मार्छ अल्छी गर्छ माइलो भाइ खुट्टा ढिलो सार्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : रिस

~मोहन कोइराला ‘ललित’~ रिस आफैं एक आगो हो जसले मानिसलाई भित्रभित्रै खाइरहेको छ रिस एकमात्रै यस्तो आगो हो तर शान्त गर्न सकिन्छ ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : पुड्केको बल्छी

~भविलाल लामिछाने~ छप्ल्याङ्ग छपनी पानीमाथि छाल अल्छीलाई बल्छी माछाको काल पानी भयो धमिलो माछा डुल्न थाले बल्छीको चारोमा माछा झुल्न थाले

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : बाटो

~भवानी पाण्डे~ बाटो मेरो नाम हो हिँड्छन् थरीथरीका नबिराई यी आँखा हेर्छन् वरिपरिका स्वभाव थरीथरीका धरतीका प्राणीका

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : घर

~भवानी पाण्डे~ घर सबको भर हो सुखदुःख दुवैमा घरविना सबैलाई लाग्छ साह«ै डर हावा, हुरी, बतास पानीबाट बचाउने

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : बानी

~भवानी पाण्डे~ धूलो कति उडेको बुङबुङ गरेर बल उस्तै खेलेको हल्ला धेरै गरेको राम्रो हो कि नराम्रो साथीभाइ चलेको ? धूलैधूलो उडेर नचिनिने भएको

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : भाले करायो

~रमेशचन्द्र घिमिरे ~ कुखुरी काँ गरेर रातो भाले करायो त्यो भालेको स्वर सुनी भाइ डरायो सस्तो पाई महङ्गोमा बेच्न लान हो या अल्लि ठूलो भएपछि काटी खान हो या

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : मलाई डर लाग्छ

~दुर्गा कार्की~ रेडियोमा सुन्दै छु टि.भी. तिर हेर्दैछु बच्चा लिई भागे रे फिरौती नि मागे रे

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : हाम्रा सर !

~रमेशचन्द्र घिमिरे ~ झिकौं कापी, झिकौं कलम, झिकौं इरेजर हातमा छडी घुमाउँदै आउनु भयो सर “दायाँ-बायाँ नफर्कनू, मुन्टो तल झार्नू हिजो सार्न नभ्याएको पाठ आजै सार्नू”

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : विद्यार्थी

~लाल्शा कुशवाहा~ हुँ म नेपालको आश पहिचान छ विद्यार्थी एक आम गर्ने छु यस्तो काम जसले बढ्नेछ मेरो सान । कलम हो विद्यार्थीको हतियार

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : चेलीबेटी बेचबिखन

~नेहा अग्रवाल~ आज हामी गर्छौं समाजमा चेलीबेटीको काम थाहा छैन के हुन्छ त्यसको परिणाम कसैको खुट्टा समात्छौं, कसैको हात लैजान्छौं कसैको जितेर आत्मविश्वास

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : बालश्रम

~पूजा सिंह~ बालकहरू होटल र फ्याट्रीमा काम गर्दै उनीहरूको समय बिस्तारै बिस्तारै छ बित्दै तिनीहरू के गर्छन् अगाडि बढेर बस्छन् त्यही दु:ख, कष्ट र मर्म सहेर । जन्म दिएर देऊ तिनीहरूलाई आकार

Posted in बाल कविता | Tagged | Leave a comment

बालकविता : बाको हात समाउँदै …

~रमेशचन्द्र घिमिरे ~ बाको हात समाउँदै स्कुलमा गा’को फर्किँदा त बाभन्दा नि म पो पैला भा’को हाम्रा बाचाहिँ ठुला सरलाई भेट्न जानुभयो बालाई अफिस चिनाउन मिसले लानुभयो त्यै मौकामा सुर भयो कक्षा छोडी भाग्ने

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : हिसाब

~सरिता शर्मा समादर्शी~ सबैसँग मिल्न थाल्दा साथी बड्न थाल्यो रिसराग फाली दिदा शत्रु घट्नु थालयो । राम्रो बानी गुणा गर्दा

Posted in बाल कविता | Tagged | Leave a comment

Poem : Leaf and Tree

~Himanshu Nibha Kunwar~ Leaf helps the tree by giving food Thousands and thousands of leaves make One tree grow

Posted in Poem, बाल कविता | Tagged | Leave a comment

बाल कविता : पहिलो माया

~आदर्श मण्डल~ तिमीलाई पहिलो चोटी हेर्दा मेरो मनले तिमीलाई सम्झदा तिमी नभए बाँच्न सक्दिना एक्लो जीवन बिताउन सक्दिना केटी हेरे धेरै किसिमका

Posted in बाल कविता | Tagged | Leave a comment

व्यङ्ग्य बाल कविता : बोल्ने बानी

~सञ्जय संयोग~ सुशीलजीको तोते बोली सुन्दा मीठो लाग्छ । देउवाजीको लटपटाउँदो बोली नसुनी मन भाग्छ ।।

Posted in बाल कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

बाल कविता : मेरो देश

~रन्जन पटेल~ पहाड, हिमाल अग्ला देखिए आाखाले बोकी ल्यायो तराई वनको मीठो हावाले सानो तर विशाल विश्वमा छ यसको नाउा पाइन्छन् अग्ला शिखर छन् विभिन्न धार्मिक ठाउा छ सुन्दर लुम्बिनी, बुद्धको यो जन्मभूमि

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : सानी मेरी नानी

~दीपक कुमार ज्ञवाली~ छम् छम् गर्दै आईन् सानी मेरी नानी तोते बोली बोल्दै सोध्छीन् आमा लोरी गाऊ‘ने मेरी सानी नानी लोरी सुन्दा रमाऊने हे हे मेरी नानी तिमी कति ज्ञानी

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : प्रकृतिको वेदना

~अजयप्रसाद चौधरी~ धेरै माया र स्नेहले मैले बनाएको थिए मानिस जातिलाई आफ्नो मनको फूल तर अहिले मलाई नै चोट पुर्‍याउने किन गर्दैछन् त तिनीहरु भूल आफूलाई जीवन बनाई बनाएका थिए

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : सानी चरी

~निर्मला अवस्थी~ फूर्र फूर्र उड्दै आउँछन् दुइटा साना चरी मेरो घरको दलानमा बस्छन् डेरा गरी एक्लै होइन दुबै मिली घुर्‍‌र्यान बटुलेर बनाउंछौं गुंड भन्छन् मेरै कोठा निर। जीवन साथी होलान् दुबै मिली काम गर्छन् घुर्‍‍र्यान सबै फालि दिए फेरि खोजि … Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : पर्खंदैन समय

~रामेश्वर राउत ‘मातृदास’~ लौरो टेक्ने बूढाले थर्थर गोडा कमाए, यताउति हेरेर रूखका जरा समाए । पढ्ने लेख्ने बेलामा गुच्चा हान्थे ठेलामा अहिले आँसु झारेर रून्छन् कठै हेलाँमा ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : डाँफे चरी

~रञ्जुश्री पराजुली~ डाँफे चरी भन्छन् जसलाई त्यो हो पंक्षीराजा रमाउँदै बस्छन् डाँफे हिमाली क्षेत्रमाझ दुई खुट्टा दुई आँखा दुई कान यिनका रङ्चङ्गी सप्तरङ्गी प्वाँखे लुगा यिनका । प्वाँखे रङ्गी यिनका लुगा औधी राम्रा हुन्छन् हिउँ पर्दा जाडो हुँदा बाक्ला प्वाँखले … Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : फूलबारी

~मीना बज्राचार्य~ मेरो सानो फूलबारी नजिकै छ घरबारी फूलहरू छन् थरीथरी फूलका रंग कति थरी पुतली र भमराहरू

Posted in बाल कविता | Tagged | 1 Comment

बाल कविता : राम्रो खरायो

~ललिता ‘दोषी’~ सानो-सानो सेतो-सेतो राम्रो खरायो मैले आऊ भनेको त परै हरायो खुर्र यता, खुर्र उता आमा छोडी जान्छ दुबो घाँस जे पाए नि कुटुकुटु खान्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : तिमी कति ज्ञानी

~विनोद रोका~ आमा बाबा भन्नु हृुन्छ तिमी कति ज्ञानी । सानैदेखि बसाउदै छौ राम्रा राम्रा बानी ।। बिहानै उठी सफा भई ताजा खाजा खान्छु । स्कुलमा खान पनि घरबाटै लान्छु ।।।

Posted in बाल कविता | Tagged | Leave a comment