Category Archives: गीति कविता

गीति कविता : अन्तर्मन

~मधुश्री~ म खोजेर रोएँ मेरो शान्त मन म रोजेर रोएँ अशान्त जिवन नदेखेर रोएँ प्रतिबिम्ब आफ्नो म देखेर रोएँ ज्ञान कुँञ्ज सानो

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : यौद्धा

~मधुश्री~ बढ्दैछ चाप यौद्धाको मन ईस्पात बन्दैछ फुट्दैछ बाँध धैर्यको यहाँ मसाल बल्दैछ धोकाले मिच्या सिमाना खोज्दै उठ्दैछ बीर त्यो पसिना सँगै रगत छर्दै उठ्दैछ शीर त्यो

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : एउटी मनकी गोरी

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ न्याउली चरी किन रुन्छेस् नरो कठैबरी प्रेममय भयो संसार बुझ्दिनस् हँ चरी अझैसम्म विरहनै सम्झिबस्छे मोरी माया गाँस्न आइसकी एउटी मनकी गोरी । गीत गाउन किन बिसर्िस् कोइली रनबन यस्तो सुखद् बेला बीच नखुम्च्यान मन

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : प्यारा निर्मल भनिकन

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ कैले हाँस्छ्यौ कुरा सुनी मख्ख परी नाच्छ्यौ कतिदिन यसै गरी माइती देशमा बाँच्छ्यौ प्यारा निर्मल भनिकन च्वाक्क म्वाइँ खान्छ्यौ भोलि फेरि भेटौं भनी बिदा भई जान्छ्यौ

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : हिडेको बाटो

~चोक गुरुङ~ सम्झेर ल्याउँदा झझल्को आउँछ हिडेको बाटोमा मरेर पनि के लानु छ र मिल्नु छ माटोमा मरेको भोलि पुरानो लुगा कपुरमा राख्दछ

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : लडेछु भने म

~मधुश्री~ यो लामो यात्रा अप्ठ्यारो बाटो लडेछु भने म । शिखर चढ्दा खोँचमा कतै ढलेछु भने म ।। नझारे आँशु, हिम्मत बोकी अगाडि बढ है । दुस्मन सामु नझुक सधैँ डटेर लड है ।।

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : डुङ्गा राखे जलमा तिमीले

~भिमदर्शन रोका~ डुङ्गा राखे जलमा तिमीले हातको पतवार दिउँला । उत्थान—पतनको माझमा तूफानको किनार दिउँला ।

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : मुक्तियुद्ध

~मधुश्री~ ए साथी-संगी जुटेर अब अगाडि बढ्नु छ मुक्तिको लागि अन्तिम युद्ध हामीले लड्नुछ देखियो रंग फेरेर सबै स्वार्थमै जुटेको चाहना हाम्रो सत्ताकै आगो बालेर भुटेको

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : नेपाली माटो

~मधुश्री~ नेपाली माटो नेपाली बाटो कला र संस्कृति सिगार्ने मन सपार्ने हात जगौँने जाग्रिति मनको धनी महान उनी जन्मेको यो दिन लिनु छ ज्ञान गौरव हाम्रो दिनु छ बिहान

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : माया गाढा लाग्छ

~प्रकाश रोदुङ~ टाढा भएरपो हो कि तिम्रो माया गाढा लाग्छ नजिक पाएर पो हो कि तिम्रो स्पर्श छाडा लाग्छ एकान्तमा खाएको कसम मैदानमा नारा लाग्छ मैदानमा पाएको साथ एकान्तमा भार लाग्छ

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : सत्य

~मधुश्री~ उठ्नु बस्नु खानु हिड्नु जिन्दगीको रीत सत्य बाँच्नु आफैँ ज्यूँनु हैन सार्थक त्यो जित सत्य बाँच्नु ठूलो नठान भो सबै जीवजन्तु बाँच्छ भोली हुन्न भरोषा त्यो बर्तमान आजै हाँस्छ

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : हामी बिद्धान

~मधुश्री~ बिद्बान हामी दर्पण थियौँ बदल्न समाज छर्नुथ्यो ज्ञान हुन्नथ्यो दुःख संकट यो आज निद्रामा डुब्यौँ सपना दिवा देखेरै हरायौँ भुलेर आफ्नो बिद्धता सस्तो हावामा फरायौँ अन्याय-न्याय गलत-सही छुट्यौँन सकेनौँ पुज्यथ्यौँ हामी पुजाको अर्थ बुझ्नेनै भएनौँ

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : भिन्नता

~मधुश्री~ एकै छत मुनि हुर्कि बढी ठूला भयौँ साथी बुद्धी आफ्नो बिवेकले ज्यूँदै हामी गयौँ साथी अधिकार लेख्थ्यौ तिमी ब्यवहार खोज्थेँ मैले समानता भन्थ्यौ तिमी खण्डहर देख्थेँ मैले

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : प्रतिबद्धता

~मधुश्री~ अंजुली भरी यो माटो लिई कसम खानुछ सन्तान थरी-थरिका मिली संघर्ष गर्नुछ खराब बृक्ष रोपेछौँ अब उखेली फाल्नुछ विरुवा नयाँ सारेर गल्ति सुधारी जाग्नुछ बिज्ञान ज्ञान खोज्नुछ बृद्धि उब्जनि कृषिमा श्रमको पूजा गर्नुछ सुन फुलौँन धर्तीमा

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : तिम्रो लागि

~कृष्ण राजभण्डारी ~ धेरै दिन भो नभेटेको, मनमा न्यास्रो लागिरा’ छ । जवानीको धुपले हो कि भित्र प्यास जागिरा’ छ । आउछु भन्थ्यौ आएनौ नि?

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : देश बनाऔँ

~शिवप्रसाद गौतम~ नेपाली नेपाली बीचमा नबनौँ हामी विकल मेची-काली हो हाम्रो जन्मभूमि नेपाल । यो देश रहे मात्र हाम्रो रहन्छ शान, गौरव देशकै लागि बाँच्ने नै बन्छन् सच्चा सपुत ।

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : सुन मेरा पीर व्यथा

~श्रीपुरुष ढकाल~ सुन्न सक्छौ भने मात्रै सोध मेरो जीवन कथा सहन सक्छौ भने मात्रै सुन मेरा पीर व्यथा । धेरै चोटि जिन्दगी यो टनटनी दुःखेको छ आफ्नाले नै जलाउँदा

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : आमा

~आशांक उपाध्याय~ भुलेको छैन तिम्रो त्यों माया सांचेर बस्दैछु ! फालेको छैन तिम्रो त्यों आशा पूरा म गर्ने छु !! म दिने छैन जानलाई खेर तिम्रो त्यों प्रतिज्ञा ! राख्ने छू तिम्रो आंशुको मान गर्दिन अवज्ञा !!

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : आमा सन्देश पठाउँछु चिठ्ठी लेखेर आँसुले

~लता शर्मा~ आमा सन्देश पठाउँछु चिठ्ठी लेखेर आँसुले ।। आमा पुर्याउँछ तिम्रो सामु मनको हुलाकीले । ००० आमाको काखमा बस्दा स्वर्ग सरी दिन थियो ।। आमाको सम्झना आउँदा आँसु झरी रह्यो । आमाको साथ पाउँदा म संसारकै सुखी थिएँ ।।

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : जहाँ बग्छ टिस्टा रंगीत

~सानु लामा~ जहाँ बग्छ टिस्टा रंगीत। जहाँ कञ्चनजंघा असीम- यही हो हाम्रो धानको देश तपोवन हो प्यारो सिक्किम। फुल्छन् यहाँ आँगनैमा,

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : नदुःखेनि हुन्थ्यो

~श्रीपुरुष ढकाल~ यसरी तिम्रो याद नआएनि हुन्थ्यो निको भाको घाउ फेरि नदुःखेनि हुन्थ्यो धेरैचोटि एकान्तमा फूलसँग दाँजेकोथेँ बादलभित्र जून लुक्दा तिम्रो केश पन्छाकोथेँ

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : आमा

~श्रीपुरुष ढकाल~ ए मेरी आमा कता छौ तिमी कहाँ छौ भनन आमाको जस्तो पवित्र माया कहाँ पाउछुँ भनन पाउँदिन भने फर्केर आउ पर्खेर बस्छु म आउदिनौ भने जहाँ छौ तिमी त्यही नै आउँछु म

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : आँसुको नदि

~इश्वर देवकोटा~ पिँढिको डिल मा बगाउदै आशु पियारी रुँदै छिन फर्केर तिमि आउनेछौ भनि दोबाटो कुर्दै छिन !! हिमालझै अग्लो चुलिदै गयो सधै नै साहुको ऋण कहिले आउला खुसीले रमाई सँग सँगै बाँच्ने दिन !! काखको छोरो दगुर्ने हुँदा तिमि … Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : विडम्बना

~जीवराज बुढाथोकी~ कस्तो यो विडम्बना, कस्तो यो अनर्थ, हुन्छ के–के जीन्दगीमा, के–के आइपर्छ ।। दैवले न साथ दिन्छ, न सहयोग गर्छ, चाहानाको फूल सधैं, हावा बिनै झर्छ ।। न त हुन्छन् इच्छा पूरा, न विपत्ति टर्छ….

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : मेरै गीत गाउँछन् होला

~ललिता कार्की~ डाँडा पाखा छहराले मेरै गीत गाउँछन् होला लेक बेसी भञ्ज्याङले मेरै प्रीत लाउन्छन् होला बन पाखा देउरालीले मलाई कुरी बस्छन् होला साथी सँगी भेट हुँदा मलाई सम्झी रुन्छन् होला

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : खै किन खोज्यौ होला म दुखीको साथ ?

~ललिता कार्की~ खै किन खोज्यौ होला म दुखीको साथ ? किन रोज्यौ थाहा छैन मेरा यी दुई हात ? आफ्नो बन्न सकिन नि गर्दा बिन्ती लाख यो जुनिमा सकिन कि पाउन तिम्रो काख

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : मेरो ईच्छा

~रामेश्वर पौडेल~ विरामी छ देश पाई नेता रोगी सद्दे केहि थे भए ती सत्ता भोगी अझै देशमा छ काम बाँकी धेरै ति काम पूरा गर्न होस् बुद्धि मेरै पानी छ खानी प्रशस्तै छ जवानी

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : झटारो

~रामप्रकाश पुरी~ १ “दास होइन तिम्रो म, बाँच्ने छैन झुकेर म । पेट भर्दिन मागेर, खान्न केही ढुकेर म ।।” २ अलेरी बोल्न थाल्दामा अजर साथमा थियो । औंलो मुखमा घोचेर, अलेरी हाँक यो दियो ।।

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : विदेशबाट ल्याएको संघीयताले

~नारायण शर्मा~ संविधान बनाउने मेसै पाएनन नेताले विदेशबाट ल्याएको संघीयताले चार–चार वर्ष बेकारमा फाले हाम्रा नेताले विदेशबाट ल्याएको संघीयताले

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : आफ्नै आँसु पुछ्न सकिन

~श्रीपुरुष ढकाल~ तिम्रो आफ्नो बन्छु भन्थेँ पराइ पनि हुन सकिन सबको आँसु पुस्छु भन्थेँ आफ्नै आँसु पुछ्न सकिन तिम्रो साथ पाउँदा लाग्थ्यो सारा खुसी, मेरो नै हो

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : गरिबको दिन

~मनु वि.क.~ फेरि आयो तीज आमा नेपालीको आँगन दिदीबहिनी छैनन् घरमा रुन्छ यो मन दाजुभाई दिदीबहिनी विदेशमा गएका धेरै वर्ष बितिसक्यो छैनन् आएका

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : काली गङ्गा

~कृष्ण वस्ती~ लाज मान्छ तिम्लाई देख्दा शयपत्री-थुङ्गा । राखिदिए नाम तिम्रो उसै काली गङ्गा ।। हाँगालाई छलेपनि छाँगाबाट खस्छ्यौ । काली गङ्गा कहाँ पुगी बास तिमी बस्छ्यौ ? लेकबाट बेंसी झर्ने तिम्रो केशराशि। राखेको छु साँची मैले हिर्दयमा टाँसी ।।

Posted in गीति कविता | Tagged | Leave a comment